आपतकालमा जीवनरक्षाको लागि आवश्यक पूर्व तयारी: भाग ६

आपतकाल पार गर्नको लागि साधना सिकाउने सनातन संस्था !

भाग ५ पढनेको लागि : आपतकालमा जीवनरक्षाको लागि आवश्यक पूर्व तयारी : भाग – ५

अखिल मानवजातिलाई आतपकालमा जीवित रहनको लागि पूर्व तयारीको विषयमा मार्गदर्शन गर्नुहुने एकमेव परात्पर गुरु डा. जयंत आठवलेज्यू !

परात्पर गुरु डा. आठवलेज्यू

आपतकालीन लेखमालाको यस खण्डमा हामी परिवारको लागि दैनिक उपयोगी वस्तुहरुको विषयमा जान्नेछौं । यी चीजहरु के हुन्, मैसम अनुसार आवश्यक चीजहरु, सुरक्षाको लागि आवश्यक चीजहरु इत्यादि, यस लेखमा जानकारी दिइएको छ ।

 

३. आपतकालको दृष्टिले विभिन्न शारीरिक स्तरका तयारीहरु  !

३ उ. परिवारको लागि आवश्यक नित्योपयोगी तथा कहिलेकाँही प्रयोग गरिने सामानहरु

अहिलेदेखि नै किन्न शुरु गर्नुहोस् !

आपतकालको दृष्टिले कुन-कुन सामान/चीजहरु घरमा हुनुपर्छ, कहिलेकाँही झट्ट याद आउँदैन । पाठकहरुलाई यस्ता सामान/चीजहरु किन्नको लागि सजिलो बनाउनको लागि अगाडि बिभिन्न वस्तुहरुको सूची दिएका छन् । परिवारका सदस्यहरुको संख्या, उनीहरुको उमेर र घरको कोठाको संख्या इत्यादि अनुसार उचित मात्रामा आवश्यक सामानहरु खरीद गर्नुहोस् । यस सूचीमा उल्लेख गरिएका सामानहरु बाहेक यदि कुनै अन्य सामान सम्झनु भयो भने त्यसलाई पनि किन्नुहोस् ।

३ उ १. दैनिक प्रयोगका वस्तुहरु

दन्तमञ्जन, दाह्री काट्ने सामान, कपाल काट्ने सामान, नुहाउने र कपडा धुने साबुन, कपडा, कपालको लागि तेल, कुमकुम (टिका), ऐना, काइयो, नङ्ग काट्ने, चश्मा दैनिक उपयोगको लागि, चश्मा (दैनिक उपयोग गर्ने चश्मा बिग्रियो भने), इस्त्री (यथासम्भव कोइलाले चलने), ओढ्ने-बिछाउने सामानहरु, झाडू, शौचालय सफा गर्ने सामानहरु, पेन र कलम, जुत्ता-चप्पल आदि ।

(सनातनको सात्त्विक सामानहरु दन्तमञ्जन, सात सुगन्धहरुमा नुहाउने साबुन, केशतेल र कुमकुम (टिका) उपलब्ध छ । – संकलनकर्ता)

३ उ २. भान्छाको उपकरणहरु

पेन्चिस, ओखल, काट्ने छुरी, धार लगाउने सामान इत्यादि

३ उ ३. ऋतु अनुरूप उपयोगी सामानहरु

अ. ग्रीष्मकालमा उपयोगी सामानहरु: हातपंखा, कालो चश्मा (गग्गल), घाममा बाहिर जादा अनुहार र घाँटी छोपनको लागि ठूलो रुमाल (स्कार्फ), टोपी इत्यादि

आ. वर्षाऋतुमा उपयोगी सामानहरु : छाता, ‘रेनकोट’, बरसातको मौसमको लागि जुत्ता इत्यादि

इ. शीतऋतुमा उपयोगी सामानहरु : ‘स्वेटर’, पंजा (ग्लव्ज), मोजा, ऊनीटोपी, शाल, मफलर, कम्बल (ब्लैंकेट) इत्यादि

३ उ ४. घरेलु आवश्यक सामानहरु
अ. घरमा सामान्य मर्मतका लागि आवश्यक सामानहरु

काटी, घन, प्लायर, स्क्रू ड्राइवर, हाते करौंती, कैंची, मीटर देप इत्यादि

आ. सिलाईको सामानहरु

सियो-धागो, बटन, कैंची, इंचीटेप (कपडा नाप्नको लागि), सिलाई यन्त्र इत्यादि

इ. केही जीवहरुको रोकथाम हेतु आवश्यक सामानहरु

लामखुट्टे, मुसा, किरा, कमिला, जुम्रा, तिनीहरुको अण्डाहरु रोकथाम गर्नको लागि औषधिहरु; मुसा समात्ने भाडा, झुल (मच्छरदानी) इत्यादि

ई. घरमा अतिरिक्त संख्यामा राखिने सामानहरु

नुहाउनको लागि बाल्टिन र मग, कपडा भिजाउनको लागि टब, कपडा सफा गर्ने ब्रश, विद्युतीय स्पेर बल्ब, ट्यूब लाइटहरु, दुई-पिन र तीन-पिन प्लग र होल्डर, रबर चप्पलका फिताहरु इत्यादि

उ. अन्य सामानहरु

शासकीय सूचनाहरु सुन्नको लागि सानो रेडियो, चाबीबाट चल्ने घडी, उत्पाद भएको दिनबाट १० वर्षसम्म चल्ने अटोम्याटिक घडी, मोबाइलको लागि पोर्टेबल सोलर चार्जर, ग्यास लाइटर, विंडप्रूफ लाइटर, मैनबत्तीहरु, डोरी, साइकलमा हावा भर्नको लागि पंप, विद्युतप्रवाह (करेन्ट) जाच्ने ‘टेस्टर’ इत्यादि

३ उ ५. बिरामीहरुको लागि उपयोगी उपकरण

थर्मामीटर, तातो पानीको झोला, सानो ओखल आयुर्वेदिक ट्याब्लेटहरु चूर्ण बनाउनको लागि, काठको कमोड, डायपर इत्यादि

३ उ ६. स्वरक्षाको लागि उपयोगी सामानहरु

आपतकालमा अराजकता अथवा दंगा जस्ता परिस्थिति उत्पन्न हुन सक्छ । त्यो समय असामाजिक तत्त्वहरुबाट सुरक्षाको लागि उपयोगी सामानहरु- ‘पेपर स्प्रे’, लठी, नानचाकू इत्यादि

३ उ ७. आध्यात्मिक उपचारको लागि सात्त्विक उत्पादनहरु

सनातन-निर्मित कुमकुम, इत्र, गोमूत्र-अर्क, अगरबत्ती, कपूर, देवताहरुको चित्र, देवताहरुको नामजप-पट्टिहरु इत्यादि

आध्यात्मिक उपचारको विषयमा अधिक जानकारीको लागि अगाडिको लिंक हेर्नुहोस् – www.sanatan.org/mr/spiritual-remedies अथवा आध्यात्मिक उपचारको विषयमा सनातन संस्थाको साधकबाट बुझ्नुहोस् !

३ उ ८. केही समयको लागि आफ्नो घर छोडेर अन्यत्र बस्दा उपयोगी सामानहरु

बाढीको स्थितिमा सरकारबाट सूचना पाउनेबित्तिकै घर छोडेर जानु पर्छ । त्यस्ता समयमा सँगै राख्नु पर्ने प्रमुख सामानहरु अगाडि दिएको छ । यसले यो फाइदा हुन्छ कि अन्तिम घडीमा भागदौड गर्नुपर्दैन र महत्वपूर्ण सामानहरु घरमा छोडिदैन ।

अ. सबै सामानहरु हाल्नको लागि बलियो र बोक्नको लागि सजीलो झोला

आ. दन्तमञ्जन, दाह्री काट्ने सामान, साबुन, सानो ऐना, काइंयो, प्रतिदिन लगाउने कपडा, ओढ्ने-बिछाउने सामानहरु र नियमित औषधिहरु

इ. लगभग तीन दिन पुग्ने सुखा खाद्यपदार्थ र पीउने पानी

ई. पानी शुद्ध गर्नको लागि ‘क्लोरीन’ औषध

उ. मोबाइ र चार्जर, विद्युतकोष (पावर बैंक) र फोन नम्बर लेखेको कापी

ऊ. ब्याट्रीहरुबाट चल्ने टर्च र ठलो बिजुलीबाट चार्ज गर्न मिल्ने टाढासम्म प्रकाश दिने टर्च

ए. मैनबत्तीहरु र सलाई जुन आर्द्र वातावरण बावजुद वा गीलो हुदा पनि प्रज्वलित गर्न सकिन्छ ।

ऐ. महत्त्वपूर्ण कागदपत्रहरु (उदा. नागरिता, बैंकको ‘पासबुक’) को फोटोकपी या सकली र ‘एटीएम कार्ड’

ओ. प्राथमिक उपचारको सामग्री तथा नाक-मुख ढाक्नको लागि ‘मास्क’

औ. मोटो डोरी, दिशादर्शक यन्त्र र सबैलाई सतर्क गर्नको लागि सीटी

अं. सरकारी निर्देशन, समाचार आदि सुनको लागि सानो रेडियो

क. आध्यात्मिक उपचार सामग्री
३ उ ९. भूकम्प, बाढी आदि आपतकालमा उपयोगी सामानहरु
अ. तम्बू, पाल, ठूलो तिरपाल, बाक्लो प्लास्टिक

तम्बू, पाल तात्कालिक निवासको लागि उपयोगी हुन्छ । घर बाहिर राखेको सामानहरुलाई चिसो तथा पानीबाट बचाउनको लागि तिरपाल, प्लास्टिक आदि को उपयोग हुन्छ ।

आ. लाइफ जैकेट र सानो डुङ्गा

जहाँ बाढी आउन सक्छ त्यस्तो स्थानमा बस्नेलाई यो सामानहरु उपयोगी हुन्छ । यसलाई अनलाइन किन्न सकिन्छ । डुङ्गा किने पछि त्यसलाई चलाउन पनि सिक्नुहोस् ।

इ. ‘ग्यास मास्क’ (Gas Mask) र ‘पोर्टेबल ऑक्सीजन मास्क ट्याङ्क’ (Portable Oxygen Mask Tank)

ग्यास मास्क विषालु ग्यासको चुहावटको समय उपयोगी हुन्छ । यसको प्रयोग गरेर व्यक्ति सुरक्षित स्थानमा जान सक्छ । पोर्टेबल ऑक्सीजन मास्क ट्याङ्कबाट अक्सिजन दिएर बिरामीलाई बचाउन सकिन्छ । ग्यास मास्क र पोर्टेबल ऑक्सीजन मास्क ट्याङ्क अनलाइन उपलब्ध छन् ।

ई. ‘वकी-टकी’ (Walkie Talkie) र ‘हयाम रेडिओ’ (Ham Radio)

यो बिना तारको सम्पर्क प्रणाली हो । जब टेलिफोन र मोबाइल फोन प्रणाली बाधित हुन्छन्, प्रशासनको अनुमति लिएर वाकी-टकी र हयम रेडियोको उपयोग गर्न सकिन्छ । वाकी-टकी र हयम रेडियोको विषयमा अधिक जानकारी जानकार व्यक्तिबाट प्राप्त गर्न सकिन्छ ।

उ. अरु सामानहरु

निधारमा लगाउने टर्च (दुबै हातहरु खाली रहन्छ), सानो दूरबीन, सिग्नलिंग मिरर (यसको चम्किरहेको उज्यालोले हामी अड्किएको ठाउॅं भन्दा टाढाको व्यक्तिहरुको ध्यानाकर्षण गर्न सक्दछ), प्यारा कर्ड (भारी तौल थाम्ने डोरी), रेन पोन्चो (टोपीको साथ ठूलो रेनकोट), व्यक्तिगत अलार्म र थर्मल कम्बल (ज्याद चिसो क्षेत्रमा उपयोगी)

३ उ १०. लेखमालामा अन्यत्र बताएको सामानहरु

आपतकाललाई ध्यानमा राखेर खाना, पानी, बिजुली, यात्रा आदि सँग सम्बन्धित सामानहरु पनि (उदा. अन्न संरक्षक औषधि, पानीको ट्याङ्की) किनेर राख्नु पर्छ । ती सामानहरुको नाम “आपतकालमा जीवनरक्षाको लागि आवश्यक पूर्व तयारी भाग ५” मा दिएको छ ।

३ उ ११. घरको लागि अतिरिक्त पुर्जाहरु खरिद गर्नुहोस् र जानकार व्यक्तिबाट ती उपकरणहरु मर्मत गर्नको लागि सिक्नुहोस्

आपतकालमा घरको पंखा, धारा, मिक्सर जस्ता सामानहरु बिग्रन सक्छन् । त्यसलाई मर्मत गर्नको लागि बजारमा पुर्जाहरु पाउन गाह्रो हुन्छ । त्यसैले त्यस्ता सामानहरुको खुल्ला पुर्जाहरु अहिले देखिनै किनेर राख्नुहोस् र यथासम्भव ती सामानहरु मर्मत गर्न पनि सिक्नुहोस् ।

३ उ ११ अ. भान्छासँग सम्बन्धित अतिरिक्त पुर्जाहरु

प्रेसर कुकरको सीटी र गैसकेट, मिक्सरमा लगाउने कार्बन ब्रश, खाना पकाउने ग्यासको पाइप इत्यादि ।

३ उ ११ आ. परम्परागत बत्तीहरुका अतिरिक्त पुर्जाहरु

लालटिनको कांच, बाती, चाबी (लालटिनको बाती तल-माथि गर्ने साधन) इत्यादि ।

३ उ ११ इ. बिजुलीको उपकरण सम्बन्धी अतिरिक्त पुर्जाहरु

ट्यूबलाइटको ‘स्टार्टर’, इन्सुलेशन टेप, ‘फ्यूज वायर र फ्यूज’, बिजुलीको बटन, ‘एक्सटेन्शन वायर’, सादा ‘वायर’, छतको पंखाको रेगुलेटर इत्यादि ।
ट्युबलाइटको स्टार्टर, बिजुलीको बटन आदि फेर्न; फ्यूच ठिक गर्न सिक्नुहोस् ।

३ उ ११ ई. पलम्बिंगसँग सम्बन्धि अतिरिक्त पुर्जाहरु

धारा, ‘वॉशर’, ‘टेफ्लन टेप’, आवश्यक स्प्यानरहरु, एम् सील (M-seal), ‘ग्लू स्टिक’ (पीभीसी पाइपमा चुहावटलाई सील गर्न), साइकलको पुराने ट्यूब को काटेको पट्टि (यसको उपयोग पानी का चुहावट रोक्न प्रयोग गरिन्छ), पानीको पाइप इत्यादि ।

३ उ ११ उ. सवारी साधनहरुको अतिरक्त पुर्जाहरु

आफूसँग भएको साइकल, रिक्शा, दुईपांग्रो, चारपांग्रो, बयलगाडी, घोडागाडी आदि सवारी साधनहरुको खुल्ला भाग किनेर राख्न सक्छ; उदा. साइकल छ भने, टायर, ट्यूब, पंचर बनाउने सामग्री इत्यादि  आफ्नो सवारी साधनको हेरचाह र मर्मत गर्न सिक्नुहोस्; उदा. साइकल छ भने ‘पंचर’ बनाउन सिक्नुहोस् ।

संकलनकर्ता : परात्पर गुरु डा. जयंत बाळाजी आठवलेज्यू
सन्दर्भ : सनातनको आगामी ग्रन्थमाला ‘आपतकालमा जीवनरक्षाको लागि आवश्यक पूर्व तयारी’

(प्रस्तुत लेखमालाको सर्वाधिकार (कॉपीराईट) ‘सनातन भारतीय संस्कृति संस्था’को पास छ ।)

‘महर्षि अध्यात्म विश्विद्यालय’को तर्फबाट पूरै

भारतमा प्रस्तावित औषधीय वनस्पतिहरुको रोपणमा सहायता गर्नुहोस् !

आउने भीषण कालमा तृतीय विश्युद्धबाट उत्पन्न परिस्थिति र प्राकृतिक आपदाहरुको सामना गर्ने दृष्टिले ‘महर्षि अध्यात्म विश्विद्यालय’ को तर्फबाट छिटै पूरै भारतमा औषधीय वनस्पतिहरु रोप्ने योजना आरम्भ भएको छ । यसको लागि किसान, ठूला जग्गा धनी; वनस्पतिशास्त्र, कृषि तथा आयुर्वेदका विज्ञहरु; औषधीय बोटबिरुवाका विशेषज्ञहरुको मद्दत चाहिन्छ । यस विषयमा रुचि राख्नेहरु आफ्नो क्षमता अनुसार निम्न सेवाहरुमा सहयोग गर्न सक्छन् ।

१. प्रत्यक्ष वनस्पति रोपणसेवा

खेतमा औषधीय बिरुवाहरु उब्जाउने, त्यसपछि तिनीहरुलाई खेत वा जमिनमा रोप्ने; भूमि, श्रमिक वा उपकरण उपलब्ध गराउने; शास्त्रीय विधि प्रयोग गरेर बिरुवा रोप्ने; स्वयं श्रमदान गर्ने

२. अन्य सेवा

औषधीय वनस्पति पहिचान गर्ने; वृक्षारोपणको लागि मार्गदर्शन गर्ने; प्राविधिक बाधाहरु हटाउने; औषधीय वनस्पति रोपणसँग सम्ब्धित ग्रन्थ वा लेखहरु उपलब्ध गराउने; यस विषयमा सम्बन्धित सरकारी योजनाबाट फाइदा लिन सहयोग गर्ने; वृक्षारोपणको लागि आर्थिक सहायता गर्ने; वनस्पतिबाट औषधि निर्माणमा सहायता गर्ने ।

औषधीय वनस्पति रोपणसेवामा सम्मिलित हुनको लागि ठेगाना : श्री. विष्णु जाधव, ‘सनातन आश्रम’, २४/बी, रामनाथी, बांदिवडे, फोंडा, गोवा. पिन – ४०३ ४०१.
भ्रमणभाष : +९१ ८२०८५ १४७९१

इ-पता : [email protected]

‘आयुर्वेद’ आउने हिन्दू राष्ट्रमा मुख्य उपचार प्रणाली हुनेछ ! त्यसैले जतिसक्दो चाँडो औषधीय वनस्पति रोप्न र खेती गर्न सिक्नुहोस् ।

 

Leave a Comment