आपतकालमा जीवनरक्षाको लागि आवश्यक पूर्व तयारी : भाग – ९

आपतकाल पार गर्नको लागि साधना सिकाउने सनातन संस्था !

भाग ८ पढ्नको लागि – आपतकालमा जीवनरक्षाको लागि आवश्यक तयारी भाग  ८

अखिल मानवजातिलाई आपतकालमा जीवित रहनको लागि पूर्व तयारीको विषयमा मार्गदर्शन गर्नुहुने एकमेव परात्पर गुरु डा. जयंत आठवलेज्यू !

संकलनकर्ता : परात्पर गुरु डा. जयंत बाळाजी आठवलेज्यू

आपतकालीन लेखमालाको यो भन्दा पहिलाको भागहरुमा हामीले नित्योपयोगी वस्तु/सामान हरुको विकल्प, अन्न भण्डारण कसरी गर्ने विषयहरुमा जानकारी प्राप्त गर्यौं । यस लेखमा स्वास्थ्यको दृष्टिले आवश्यक तयारीको विषयमा जानकारी प्राप्त गर्नेछौं ।

 

३. आपतकालको दृष्टिले शारीरिक स्तरमा आवश्यक तयारी

३ ओ. डाक्टर, वैद्य, चिकित्सालय आदि को सम्भावित अनुपलब्धतालाई

ध्यानमा राख्दै स्वास्थ्यको दृष्टिले आवश्यक तयारी

३ ओ १. परिवारको लागि आपतकाल अघि पर्याप्त औषधिहरू खरीद गर्नुहोस

बाढी, भूकम्प जस्ता प्राकृतिक आपदाहरुमा यातायात रोकिन्छ । यसले अन्य सामानहरुको साथ-साथ औषधि पनि पाउन कठिन हुन जान्छ । युद्धको समयमा औषधिहरु मुख्यतया सेनाहरूलाई उपलब्ध गराउदछन् । यससे औषधिको अभाव उत्पन्न हुन्छ । त्यसकारण परिवाको लागि आवश्यक औषधिहरु आपतकाल अघि नै पर्याप्त मात्रामा किन्नु आवश्यक छ । परिवारको रोग अनुसार कुन औषधि कति मात्रामा किन्नु पर्दछ, भविष्यमा सामान्य रोगहरुको लागि कुन औषधिहरु किनेर राख्नुपर्छ, यस विषयमा नजिकको डाक्टर अथवा वैद्यसँग परामर्श गर्नुहोस् ।

बाजारमा उपलब्ध केही तयार आयुर्वेदिक र ‘होम्योपैथिक’ औषधिहरु दैनिक जीवनमा विकारहरुको लागि कसरी उपयोग गर्ने, यसको जानकारी सनातन संस्थाको ‘आपतकालको संजीवनी’ नामक ग्रन्थमालाको आगामी ग्रन्थमा दिनेछ । सनातन संस्थाले केही आयुर्वेदिक औषधिहरुको उत्पादन आरम्भ गरिसकेको छ र छिट्टै सबैको लागि उपलब्ध हुनेछ ।

३ ओ २. औषधीय वनस्पति रोपण

आपतकालमा औषधिको अभावको पूर्वानुमान गर्दै हामी आयुर्वेदिक औषधी वनस्पति हाम्रो घरको आगंन, टेरेस इत्यादिमा रोप्न सक्छौं । यसले आपतकालमा औषधिहरुको अनुपलब्धताको कारण हुने हाम्रो कष्टलाई रोक्दछ । (बोटबिरुवा सम्बन्धी विवेचन सनातन संस्थाको ग्रन्थ, ‘ठाउँ उपलब्धता अनुसार औषधी जडिबुटी रोप्ने र ‘कसरी औषधीय बोटबिरुवाहरु हुर्काउने ?’ मा गरिएको छ ।)

३ ओ ३. तपाईको वरिपरि पहिला देखि उपलब्ध औषधीय वनस्पतिहरुको विषयमा जानकार व्यक्तिहरुबाट जानकारी प्राप्त गर्नुहोस् र प्रयोग पनि गरेर हर्नुहोस्

औषधीय वनस्पति जस्तै अदुसा (Malabar nut), तुलसी, बेल, औदुंबर, पीपल, बर, नीम जताततै पाइन्छन् । पुनर्नवा, दूर्वा, चिचडा, (भंगरैया) भृंगराज जस्ता वनस्पतिहरु धेरै ठाउँहरुमा सहजै आफै उम्रिन्छन् । जानकार व्यक्तिहरुबाट त्यस्ता वनस्पतिहरु पहिचान गर्न सिक्नुहोस् र ‘वनस्पतिको औषधी गुणधर्म’ सँग सम्बन्धित सनातन संस्थाको ग्रन्थमा (मराठी भाषा) उनीहरुको उपयोग पढेर वनस्पतिहरुको प्रयोग गरेर हेर्नुहोस् ।

सनातन संस्थाको आगामी ग्रन्थमा घरेलु औषधि सम्बन्धी जानकारी दिइनेछ ।

३ ओ ४. साना रोगहरुको लागि औषधिमा कम भर पर्नुहोस् र बिना औषधि उपचारको अभ्यास अहिलेदेखि नै आरम्भ गर्नुहोस् जस्तै घाममा बस्ने, उपवास इत्यादि

यी उपचारको जानकारी सनातन संस्थाको ‘आपतकालको संजीवनी’ ग्रन्थमालाको आगामी ग्रन्थमा दिइनेछ ।

३ ओ ५. ‘बिन्दुदाब (एक्यूप्रेशर)’, ‘ खाली बक्सहरुबाट उपचार, ‘नामजप-उपचार’ र  ‘प्राणशक्ति प्रणाली उपचार’ उपचार-पद्धतिहरु सिक्नुहोस्

सनातन संस्थाले माथि उल्लेखित उपचारहरुको बारेमा ग्रन्थ प्रकाशित गरेको छ । यी उपचार विधिहरुको बारेमा जानकारी ‘www.sanatan.org’ र ‘www.ssrf.org’ वेबसाइटहरुमा राखिएको छ ।

[योगासन, सरल व्यायाम, प्राणायाम, मर्मचिकित्सा, स्नायु चिकित्सा (न्यूरोथेरेपी), रंग चिकित्सा जस्ता अन्य प्रचलित बिना-औषधिचिकित्सा-पद्धतिहरु सिकेर यिनीहरुको पनि प्रयोग गर्न सकिन्छ ।]

३ ओ ६. विकार भएपछि औषधि लिनुको अपेक्षा त्यसलाई उत्पन्न हुन नदिनको लागि अहिलेबाट नै प्रयत्न गर्नुहोस

यस विषयको विवेचन, सनातन संस्थाको आगामी ग्रन्थ ‘आयुर्वेद के अनुसार आचरण कर, औषधियों के बिना निरोगी रहें !’ मा गरिएको छ ।

३ औ. कम्तिमा परिवारको एउटा सदस्यले ‘प्राथमिक उपचार प्रशिक्षण’ लिने

चोटपटक लाग्ने, रक्तस्राव, जलन, बेहोशी, हृदयाघात आदि प्रसंग जीवनमा कुनै पनि समय आउन सक्छ । यो भन्न सकिदैन कि आपतकालमा उपचारको लागि डाक्टर तुरुन्त उपलब्ध हुनेछ । यस्तो समयमा रोगीलाई तात्काल उपचार गरि उनको प्राण बचाउनको लागि ‘प्राथमिक उपचार प्रशिक्षण’ लिन आवश्यक छ ।

‘हिन्दू जनजागृति समिति’ को तर्फबाट विभिन्न ठाउँमा नि:शुल्क ‘प्राथमिक उपचार प्रशिक्षण वर्ग’ आयोजित गरिएको छ । यसको फाइदा लिनुहोस् । यो बाहेक, सनातन संस्थाको ग्रन्थमालाको ग्रन्थ ‘प्रथमोपचार प्रशिक्षण (खण्ड ३)’ पनि उपलब्ध छ ।

कम्तिमा परिवारको एक सदस्य ‘अग्निशमन प्रशिक्षण’ प्राप्त गर्नुहोस्

आपतकालमा बमविस्फोट तथा अन्य कारणहरुले पनि आगो लग्ने, आगोले घेरिने जस्ता परिस्थिति उत्पन्न हुने सम्भावना अधिक रहन्छ । आपतकालमा शासकीय ‘अग्निशमन सेवा’ तत्काल सहयोगको लागि उपलब्ध हुनेछ, यो भन्न सकिदैन । त्यसकारण यस्ता दुर्घटनाहरुमा आफूलाई जोगाउन ‘अग्निशमन प्रशिक्षण’ लिन आवश्यक छ ।

सनातन संस्थाको ‘अग्निशमन प्रशिक्षण’ ग्रन्थ उपलब्ध छ; यसको अवश्य फाइदा लिनुहोस् । ‘अग्निशमन प्रशिक्षणवर्ग’ कतै चल्छ भने, त्यसमा पनि भाग लिनुहोस् ।

आफू र आफ्नो परिवरलाई दंगा, गुण्डा आदिबाट जोगाउन ‘स्वरक्षा प्रशिक्षण’ लिनुहोस्

देशको सर्वसामान्य जनता अझै पनि दंगा, गुण्डा, बलात्कारी जस्ता असमामाजिक तत्त्वबाट पीडित छन् । आपतकालिन समयमा धेरै पटक अराजकता जस्ता अवस्था सिर्जना हुन्छ । यस समयमा असामाजिक तत्त्वहरुको संकट बढ्दछ । रक्षाको लागि अहिले देखि नै ‘स्वरक्षा प्रशिक्षण’ लिन आवश्यक छ ।

‘हिन्दू जनजागृति समिति’ द्वारा ‘स्वरक्षा प्रशिक्षणवर्ग’ नि:शुल्क संचालन गरिन्छ । यी प्रशिक्षण वर्ग र सनातन संस्थाको ग्रन्थ ‘स्वरक्षा प्रशिक्षण’ को लाभ उठाउनुहोस् ।

आपतकालको दृष्टिले आवश्यक अन्य तयारिहरु

१. आधुनिक चिकित्सा यन्त्र अथवा उपकरणहरुले गरिने अवश्यक चिकित्सा, उदा. आँखाको शल्यक्रिया, दन्त चिकित्सा आपतकाल भन्दा पहिला गर्नुहोस् ।

२. खाना, पानी, बिजुली, खाना पकाउने ग्यास तथा अन्य वस्तुहरु (उदा. खाने तेल) आवश्यक भएमा मात्र खर्च गर्ने स्वभाव अहिले देखि बनाउनुहोस् ।

३. ‘तपाईको स्वास्थको लागि कुन खाना आवश्यक छ’, यो जानेर त्यहि अनुसार उचित मात्रामा आहार सेवन गर्ने स्वभाव अहिलेदेखि बनाउनुहोस् । आपतकालमा आफ्नो रुचि अनुसार भोजन अथवा पदार्थ मिल्नेछ, यो आवश्यक छैन । त्यसकारण, आफ्नो रुचि-अरुचि अहिलेदेखि कम गर्नुहोस् । आपतकालमा कन्द-मूल खानु पर्ने हुन सक्छ अथवा भोकै रहनु पर्ने हुन सक्छ । यस दृष्टिले पनि मनलाई तयार पार्नुहोस् ।

४. अहिले देखिनै गर्मी, वर्षा र जाडो मैसममा न्नूयनतम संख्यामा कपडा प्रयोग गर्ने अभ्यास गर्नुहोस् ।

५. सबै आवश्यकताहरु [उदा. नुहाउनको लागि तातो पानी, निरन्तर पंखा मुनि बस्न आवश्यक, वातानुकूलित यन्त्र (एसी) बिना ननिदाउने] यी सबै बिस्तारै घटाउने अभ्यास गर्नुहोस् ।

६. आपतकालमा उपयोगी विविध शारीरिक कार्यहरु यथासम्भव अहिले देखि आरम्भ गर्नुहोस्, उदा. डोरीको मद्दतबाट पानी निकाल्ने, हातले कपडा धुने, लिफ्टको उपयोग नगरि सीढीबाट आउने-जाने, छोटो दूरीको कामको लागि गाडीको स्थान साइकल प्रयोग गर्ने । यसको मतलब हो ‘यन्त्रको सहारा घटाएर अधिक आत्मनिर्भर बन्नुहोस् !’

७. प्रतिकूल परिस्थितिमा पनि शरीर स्वस्थ रहोस्, यसको लागि प्रतिदिन व्यायाम (उदा. सूर्यनमस्कार गर्नुहोस्, न्यूनतम १ – २ किमी. हिंड्नुहोस्), प्राणायाम, योगासन आदि गर्नुहोस् ।

(सन्दर्भ : सनातनको आगामी ग्रन्थमाला ‘आपतकालमा जीवनरक्षाको लागि आवश्यक तयारी’)

(इस लेखमालाको सर्वाधिकार (कॉपीराईट) ‘सनातन भारतीय संस्कृति संस्था’ को साथ छ ।)

Leave a Comment