आपतकालमा जीवनरक्षाको लागि आवश्यक पूर्व तयारी : भाग – ५

आपतकाल पार गर्नको लागि साधना सिकाउने सनातन संस्था !

भाग ४ पढ्नको लागि : आपतकालमा जीवनरक्षाको लागि आवश्यक पूर्व तयारी भाग – ४

अखिल मानवजातिलाई आपतकालमा जीवित रहनको लागि पूर्व तयारीको विषयमा मार्गदर्शन गर्नुहुने एकमेव परात्पर गुरु डॉ. जयंत आठवलेजी !

अहिलेसम्म आपतकालीन लेखमालामा खाद्यान्नको अभावमा भोकमरीबाट बच्न के गर्नुपर्छ तथा अन्नको खेती, गाईपालन, पानीको सुविधाको व्यवस्था, पानी भण्डारण तथा शुद्धीकरण, बिजुलीको विकल्प आदि विषयहरु हेर्यौं । यस लेखमा यात्रा अथवा यातायातको उपयुक्त साधन (वाहन) हरुको जानकारी दिइएको छ ।

 

३. आपतकालको दृष्टिले शारीरिक स्तरमा गर्ने विविध तयारी

३ ई. पेट्रोल आदि ईन्धन अथवा बिजुलीको अभावमा यात्राको व्यवस्था

३ ई १. यात्रा वा यातायातको लागि उपयुक्त साधन किन्ने

आपतकालमा पेट्रोल, डीजल आदि ईन्धनको संकट अनुभव हुनेछ । आगाडि त यी ईन्धनहरु उपलब्ध हुने छैनन् । तब ईन्धनबाट चल्ने दुईपांग्रो र चारपांग्रो सवारीहरु अनुपयोगी हुनेछन् । यस्तो अवस्थामा यात्रा गर्ने, रोगीलाई वैद्यकोमा लौजाने, अन्न अथवा भारी वस्तुहरु ल्याउने-पुर्याउने आदि को लागि उपयोगी साधनहरुको विषयमा आगाडि बताएको छ ।

३ ई १ अ. साइकल

साइकलका धेरै प्रकारका थप वर्णन गरेको छ । तपाईको आवश्यकता र आर्थिक क्षमता अनुसार तथा साइकलबाट हुने फाइदाहरु ध्यानमा राख्दै आफ्नो लागि उपयुक्त विकल्प छनौट गर्नुहोस् ।

३ ई १ अ १. साधारण साइकल

यहाँ दुई प्रकारका ‘टायर-ट्यूब’ साइकल र ‘ट्यूबलेस (ट्यूब बिना) टायर’ साइकलहरु छन् ।

३ ई १ अ २. विद्युतीय संचालित ब्याट्रीबाट चल्ने साइकल

३ ई १ अ ३. साइकल-रिक्शा

साइकल-रिक्शा रोगीलाई आपतकालको समयमा वैद्यकोमा पुर्याउन उपयोगी हुन्छ ।

३ ई १ आ. विद्युतीय संचालित ब्याट्री बाट चलने दुईपांग्रो र चारपांग्रो वाहन

यस प्रकारका वाहन (साधन) आपतकालमा पेट्रोल, डीजल आदि ईन्धनको अभावमा उपयोगी हुनेछ; तर यस्ता वाहन/सवारी साधनहरुमा पेट्रोल, डीजल आदि बाट संचालित सवारीको तुलनामा केही कमी हुन्छन् । इस विषयमा पाठकहरु सम्बन्धित विक्रेताबाट अधिक जानकारी लिन सक्दछन् ।

३ ई १ इ. ठेलागाडी (हातठेला)

सडक छेउ तरकारी, वडापाव आदि बिक्री गर्न प्रयोग गरिने ठेलागाडीको उपयोग आपतकालमा सामान दुवानीको लागि प्रयोग गर्न सकिन्छ ।

३ ई १ ई. बयलगाडी अथवा घोडागाडी

बयलगाडीको लागि गोरु पाल्नुहोस् । दुबै गाई र गोरु पाल्नाले दूधको साथ-साथै वंश वृद्धि पनि हुनेछ । साधारणतः गोरुको आयु ३ वर्ष भएपछि बयलगाडीको लागि प्रयोग गर्न सकिन्छ । बयलगाडी जस्तै घोडागाडी पनि किन्न सक्छ । केवल घोडा खरीद गर्दा यात्राको लागि मात्र उपयोगी हुन्छ ।

गाई, गोरु र घोडाको लागि चारा-पानी, उनीहरुको लागि गोठ-तबेलाको व्यवस्था, तिनीहरुको हेरचाह, तिनीहरुको रोग र उपचार आदिको बारे जानकार व्यक्तिसँग बुझ्नुहोस् । घोडामा बसेर यात्रा गर्न तथा घोडागाडी वा बयलगाडी चलाउन पनि सिक्नुहोस् ।

३ ई २. रातमा यात्रा गर्दा बिजुलीको अभावमा पथदीप नहुँदा प्रकाश दिने उपकरणको उपयोग गर्ने

३ ई २ अ. बिजुली अथवा सौर्यऊर्जाले चार्ज हुने दीप (ट्रर्च)

आपतकालको दृष्टिले एक अथवा अनेक यस प्रकारका दीप (ट्रर्च) किनेर राख्नुहोस् ।यस्तो दीप (ट्रर्च) हरु समय-समयमा उपयोग पनि गरिरहनुहोस् ।

३ ई २ आ. लालटिन

लालटिन

लालटिन बाल्नको लागि ‘केरोसिन’ को उपयोग गरिन्छ । केरोसिन उपलब्ध छैन भने, अन्य तेलहरु (उदा. तोरीको तेल, तिलको तेल इत्यादि) पनि हालेर उपयोग गर्न सकिन्छ । लालटिन बाहेक केरोसिनबाट बल्ने धेरै प्रकारका बत्तीहरु बजारमा पाइन्छन् ।

३ ई २ इ. मशाल (राँको)

मशाल (राँको)

‘मशाल पसलमा पाउँदैन; तर यसलाई सिकर्मीले बनाइदिन्छ । मशालको माथिल्लो छेउमा ठूलो कचौरा आकारको धातु हुन्छ (उदा. स्टील, पीतल) । यो कचौरा लगभग आधा मीटर लामो काठको डंडासँग जोडेको हुन्छ । जसरी निरन्जनमा कपासको बाती हुन्छ, त्यही प्रकार मशालमा थाङ्ना कपडा बातीको रुपमा उपयोग गरिन्छ ।

मशाललाई सिधा समात्नुहोस् र थाङ्ने कपडा गोलो बेरेर कसेर राख्नुहोस् र एउटा टुप्पा जलाउनको लागि बाहिर राख्नुहोस् । कपडाको गोल तेलमा पूर्णतः भिजने गरेर माथिबाट तेल (उदा. करन्जा तेल, कपासको बीजको तेल) हाल्नुहोस् । गोलाको बाहिर निस्केको टुप्पालाई बाल्दा, तेल समाप्त नभएसम्म मशाल बली रहन्छ । मशालको तेल समाप्त भएपछि गोलाकार जलेर खरानी हुन्छ । तसर्थ, पूर्ण रुपमा समाप्त हुनु भन्दा पहिला मशालमा आवश्यकतानुसार बीच-बीचमा तेल हाल्नुहोस् । कुनै जानकार व्यक्तिसँग मशाल बनाउन सिक्नुहोस् ।’

– श्री. अविनाश जाधव, सनातन आश्रम, रामनाथी, गोवा.

मशालको किल्लाको चारैतर्फ कसेर गोलाकार बाधेको कपडा
र त्यसलाई जलाउनको लागि निकालेको टुप्पा

३ ई २ ई. जलीरहने बत्ती (चुड)

जलीरहने बत्ती (चुड)

जलीरहने बत्ती (चुड) नरिवलको सुखा पातबाट बनाएको हुन्छ । चुड बनाउनको लागि मुठ्ठीभर नरिवलका पातहरु लिनुहोस् र तिनीहरुलाई अन्य पात वा सुतलीले बीच-बीचमा कसेर बाँध्नुहोस् । जुड बिस्तारै जलोस् यसको लागि जलाउनु अघि पानी छर्कनुहोस् । नरिवलको पातमा प्राकृतिक रुपमा हुने तेलको कारण, चुड जलाउनको लागि छुट्टै ईन्धनको आवश्यक पर्दैन । जसरी हामी सलाई जलाउँदा छड्के राख्छौं त्यसरी नै जलीरहेको चुडलाई छड्के राख्छौं । लगभग ३ फुट लामो चुडले २० मिनेटसम्म प्रकाश दिन्छ ।

– श्री. विवेक प्रभाकर नाफडे, सनातन आश्रम, देवद, पनवेल.

३ ई ३. अपरिचित क्षेत्रमा यात्रा गर्दा दिशासूचक यंत्र (कम्पास) को प्रयोग गरि दिशा पत्ता लगाउने

आपतकालमा एउटा प्रदेशबाट अर्को अपरिचित प्रदेशमा जानु पर्ने हुन्छ । त्यो समय बाटोमा मार्गदर्शक बोर्ड हुनेछ, यो निश्चितसँग भन्न सकिदैन वा बाटो बताइदिनको लागि कोही भेट्ला, यो पनि भन्न सकिदैन । यदि त्यहाँ बोर्ड छ भने पनि रातको अन्धकारमा देखिदैन । यस्तो समयमा बाटो पता लगाउन कम्पास उपयोगी हुन्छ । त्यसैले मोबाइलमा दिशासुचकयन्त्र एप डाउनलोड गर्नुहोस् । यसले दिशाको ज्ञान हुन्छ ।

कम्पास

‘मोबाइलमा दिशासूचकयन्त्र ‘एप’ डाउनलोड हुँदा मोबाइल डिस्चार्ज हुन सक्छ, यसलाई ध्यानमा राखेर छुट्टै कम्पास साथमा राख्नुहोस् । यह यन्त्र बिना ‘ब्याट्ररी’ अथवा बिजुली काम गर्दछ । यसको सुईले सँधै ‘उत्तर-दक्षिण’ दिशा देखाउँदछ । यसले दिशाको ज्ञान हुन्छ ।’  – श्री. विजय पाटील, जलगांव

(सन्दर्भ : सनातनको आगामी ग्रन्थमाला ‘आपतकालमा जीवनरक्षा हेतु आवश्यक तयारी’)

(प्रस्तुत लेखमालाको सर्वाधिकार (कॉपीराइट) सनातन भारतीय संस्कति संस्थाको पास सुरक्षित छ ।)

भाग ६ पढ्नको लागि : आपतकालमा जीवनरक्षाको लागि आवश्यक पूर्व तयारी भाग – ६

Leave a Comment