आपतकाल पार गर्नको लागि साधना सिकाउने सनातन संस्था !
भाग ४ पढ्नको लागि : आपतकालमा जीवनरक्षाको लागि आवश्यक पूर्व तयारी भाग – ४
अखिल मानवजातिलाई आपतकालमा जीवित रहनको लागि पूर्व तयारीको विषयमा मार्गदर्शन गर्नुहुने एकमेव परात्पर गुरु डॉ. जयंत आठवलेजी !

अहिलेसम्म आपतकालीन लेखमालामा खाद्यान्नको अभावमा भोकमरीबाट बच्न के गर्नुपर्छ तथा अन्नको खेती, गाईपालन, पानीको सुविधाको व्यवस्था, पानी भण्डारण तथा शुद्धीकरण, बिजुलीको विकल्प आदि विषयहरु हेर्यौं । यस लेखमा यात्रा अथवा यातायातको उपयुक्त साधन (वाहन) हरुको जानकारी दिइएको छ ।
३. आपतकालको दृष्टिले शारीरिक स्तरमा गर्ने विविध तयारी
३ ई. पेट्रोल आदि ईन्धन अथवा बिजुलीको अभावमा यात्राको व्यवस्था
३ ई १. यात्रा वा यातायातको लागि उपयुक्त साधन किन्ने
आपतकालमा पेट्रोल, डीजल आदि ईन्धनको संकट अनुभव हुनेछ । आगाडि त यी ईन्धनहरु उपलब्ध हुने छैनन् । तब ईन्धनबाट चल्ने दुईपांग्रो र चारपांग्रो सवारीहरु अनुपयोगी हुनेछन् । यस्तो अवस्थामा यात्रा गर्ने, रोगीलाई वैद्यकोमा लौजाने, अन्न अथवा भारी वस्तुहरु ल्याउने-पुर्याउने आदि को लागि उपयोगी साधनहरुको विषयमा आगाडि बताएको छ ।
३ ई १ अ. साइकल

साइकलका धेरै प्रकारका थप वर्णन गरेको छ । तपाईको आवश्यकता र आर्थिक क्षमता अनुसार तथा साइकलबाट हुने फाइदाहरु ध्यानमा राख्दै आफ्नो लागि उपयुक्त विकल्प छनौट गर्नुहोस् ।
३ ई १ अ १. साधारण साइकल
यहाँ दुई प्रकारका ‘टायर-ट्यूब’ साइकल र ‘ट्यूबलेस (ट्यूब बिना) टायर’ साइकलहरु छन् ।
३ ई १ अ २. विद्युतीय संचालित ब्याट्रीबाट चल्ने साइकल
३ ई १ अ ३. साइकल-रिक्शा
साइकल-रिक्शा रोगीलाई आपतकालको समयमा वैद्यकोमा पुर्याउन उपयोगी हुन्छ ।
३ ई १ आ. विद्युतीय संचालित ब्याट्री बाट चलने दुईपांग्रो र चारपांग्रो वाहन

यस प्रकारका वाहन (साधन) आपतकालमा पेट्रोल, डीजल आदि ईन्धनको अभावमा उपयोगी हुनेछ; तर यस्ता वाहन/सवारी साधनहरुमा पेट्रोल, डीजल आदि बाट संचालित सवारीको तुलनामा केही कमी हुन्छन् । इस विषयमा पाठकहरु सम्बन्धित विक्रेताबाट अधिक जानकारी लिन सक्दछन् ।
३ ई १ इ. ठेलागाडी (हातठेला)
सडक छेउ तरकारी, वडापाव आदि बिक्री गर्न प्रयोग गरिने ठेलागाडीको उपयोग आपतकालमा सामान दुवानीको लागि प्रयोग गर्न सकिन्छ ।
३ ई १ ई. बयलगाडी अथवा घोडागाडी
बयलगाडीको लागि गोरु पाल्नुहोस् । दुबै गाई र गोरु पाल्नाले दूधको साथ-साथै वंश वृद्धि पनि हुनेछ । साधारणतः गोरुको आयु ३ वर्ष भएपछि बयलगाडीको लागि प्रयोग गर्न सकिन्छ । बयलगाडी जस्तै घोडागाडी पनि किन्न सक्छ । केवल घोडा खरीद गर्दा यात्राको लागि मात्र उपयोगी हुन्छ ।
गाई, गोरु र घोडाको लागि चारा-पानी, उनीहरुको लागि गोठ-तबेलाको व्यवस्था, तिनीहरुको हेरचाह, तिनीहरुको रोग र उपचार आदिको बारे जानकार व्यक्तिसँग बुझ्नुहोस् । घोडामा बसेर यात्रा गर्न तथा घोडागाडी वा बयलगाडी चलाउन पनि सिक्नुहोस् ।
३ ई २. रातमा यात्रा गर्दा बिजुलीको अभावमा पथदीप नहुँदा प्रकाश दिने उपकरणको उपयोग गर्ने
३ ई २ अ. बिजुली अथवा सौर्यऊर्जाले चार्ज हुने दीप (ट्रर्च)
आपतकालको दृष्टिले एक अथवा अनेक यस प्रकारका दीप (ट्रर्च) किनेर राख्नुहोस् ।यस्तो दीप (ट्रर्च) हरु समय-समयमा उपयोग पनि गरिरहनुहोस् ।
३ ई २ आ. लालटिन
लालटिन
लालटिन बाल्नको लागि ‘केरोसिन’ को उपयोग गरिन्छ । केरोसिन उपलब्ध छैन भने, अन्य तेलहरु (उदा. तोरीको तेल, तिलको तेल इत्यादि) पनि हालेर उपयोग गर्न सकिन्छ । लालटिन बाहेक केरोसिनबाट बल्ने धेरै प्रकारका बत्तीहरु बजारमा पाइन्छन् ।
३ ई २ इ. मशाल (राँको)

मशाल (राँको)
‘मशाल पसलमा पाउँदैन; तर यसलाई सिकर्मीले बनाइदिन्छ । मशालको माथिल्लो छेउमा ठूलो कचौरा आकारको धातु हुन्छ (उदा. स्टील, पीतल) । यो कचौरा लगभग आधा मीटर लामो काठको डंडासँग जोडेको हुन्छ । जसरी निरन्जनमा कपासको बाती हुन्छ, त्यही प्रकार मशालमा थाङ्ना कपडा बातीको रुपमा उपयोग गरिन्छ ।
मशाललाई सिधा समात्नुहोस् र थाङ्ने कपडा गोलो बेरेर कसेर राख्नुहोस् र एउटा टुप्पा जलाउनको लागि बाहिर राख्नुहोस् । कपडाको गोल तेलमा पूर्णतः भिजने गरेर माथिबाट तेल (उदा. करन्जा तेल, कपासको बीजको तेल) हाल्नुहोस् । गोलाको बाहिर निस्केको टुप्पालाई बाल्दा, तेल समाप्त नभएसम्म मशाल बली रहन्छ । मशालको तेल समाप्त भएपछि गोलाकार जलेर खरानी हुन्छ । तसर्थ, पूर्ण रुपमा समाप्त हुनु भन्दा पहिला मशालमा आवश्यकतानुसार बीच-बीचमा तेल हाल्नुहोस् । कुनै जानकार व्यक्तिसँग मशाल बनाउन सिक्नुहोस् ।’
– श्री. अविनाश जाधव, सनातन आश्रम, रामनाथी, गोवा.

मशालको किल्लाको चारैतर्फ कसेर गोलाकार बाधेको कपडा
र त्यसलाई जलाउनको लागि निकालेको टुप्पा
३ ई २ ई. जलीरहने बत्ती (चुड)

जलीरहने बत्ती (चुड)
जलीरहने बत्ती (चुड) नरिवलको सुखा पातबाट बनाएको हुन्छ । चुड बनाउनको लागि मुठ्ठीभर नरिवलका पातहरु लिनुहोस् र तिनीहरुलाई अन्य पात वा सुतलीले बीच-बीचमा कसेर बाँध्नुहोस् । जुड बिस्तारै जलोस् यसको लागि जलाउनु अघि पानी छर्कनुहोस् । नरिवलको पातमा प्राकृतिक रुपमा हुने तेलको कारण, चुड जलाउनको लागि छुट्टै ईन्धनको आवश्यक पर्दैन । जसरी हामी सलाई जलाउँदा छड्के राख्छौं त्यसरी नै जलीरहेको चुडलाई छड्के राख्छौं । लगभग ३ फुट लामो चुडले २० मिनेटसम्म प्रकाश दिन्छ ।
– श्री. विवेक प्रभाकर नाफडे, सनातन आश्रम, देवद, पनवेल.
३ ई ३. अपरिचित क्षेत्रमा यात्रा गर्दा दिशासूचक यंत्र (कम्पास) को प्रयोग गरि दिशा पत्ता लगाउने
आपतकालमा एउटा प्रदेशबाट अर्को अपरिचित प्रदेशमा जानु पर्ने हुन्छ । त्यो समय बाटोमा मार्गदर्शक बोर्ड हुनेछ, यो निश्चितसँग भन्न सकिदैन वा बाटो बताइदिनको लागि कोही भेट्ला, यो पनि भन्न सकिदैन । यदि त्यहाँ बोर्ड छ भने पनि रातको अन्धकारमा देखिदैन । यस्तो समयमा बाटो पता लगाउन कम्पास उपयोगी हुन्छ । त्यसैले मोबाइलमा दिशासुचकयन्त्र एप डाउनलोड गर्नुहोस् । यसले दिशाको ज्ञान हुन्छ ।

कम्पास
‘मोबाइलमा दिशासूचकयन्त्र ‘एप’ डाउनलोड हुँदा मोबाइल डिस्चार्ज हुन सक्छ, यसलाई ध्यानमा राखेर छुट्टै कम्पास साथमा राख्नुहोस् । यह यन्त्र बिना ‘ब्याट्ररी’ अथवा बिजुली काम गर्दछ । यसको सुईले सँधै ‘उत्तर-दक्षिण’ दिशा देखाउँदछ । यसले दिशाको ज्ञान हुन्छ ।’ – श्री. विजय पाटील, जलगांव
(सन्दर्भ : सनातनको आगामी ग्रन्थमाला ‘आपतकालमा जीवनरक्षा हेतु आवश्यक तयारी’)
(प्रस्तुत लेखमालाको सर्वाधिकार (कॉपीराइट) सनातन भारतीय संस्कति संस्थाको पास सुरक्षित छ ।)
भाग ६ पढ्नको लागि : आपतकालमा जीवनरक्षाको लागि आवश्यक पूर्व तयारी भाग – ६
ठूला शहरहरूमा असुरक्षित वातावरणसँगै रज-तमको वर्चस्व बढ्नुको कारण, आफ्नो परिवारसहित गाउँ वा तालुकमा सर्ने विचार...
छतमा बागवानी (टेरेस गार्डनिङ) विपत्तिपूर्ण समयको लागि जीवन रेखा (भाग २)
छतमा बागवानी (टेरेस गार्डनिङ) विपत्तिपूर्ण समयको लागि जीवन रेखा (भाग १)
सनातनको ‘घरघर वृक्षारोपण’ अभियान
आपतकालमा जीवनरक्षा हेतु आवश्यक तयारी : भाग – १०
आपतकालमा जीवनरक्षाको लागि आवश्यक पूर्व तयारी : भाग – ९