ठूला शहरहरूमा असुरक्षित वातावरणसँगै रज-तमको वर्चस्व बढ्नुको कारण, आफ्नो परिवारसहित गाउँ वा तालुकमा सर्ने विचार गर्नुहोस् र त्यस्तो व्यवस्था गर्नुहोस् !

महानगर र ठूला शहरहरूमा बस्नेहरूका लागि महत्त्वपूर्ण सुझावहरू!

अहिले नेपालमा, प्रमुख शहरहरुमा जनसङ्ख्या दिनप्रतिदिन बढिरहेको छ । त्यहाँ बढ्दो महामारी सबैका लागि चिन्ताको विषय बनेको छ । भीडभाड, अस्वच्छता, बढ्दो प्रदूषण, शहरमा रज-तमको बाहुल्यता लगायतका कारण नागरिकमा डर र असुरक्षाको भावना छ । युद्ध, दंगा, सुनामी, रोग आदि जस्ता विपत्तिको समयमा गाउँमा भन्दा शहरमा बस्नु खतरनाक हुन्छ ।

 

१. गाउँ वा तालुकामा वातावरण बढी सुरक्षित हुन्छ !

महानगरको तुलनामा गाउँ तथा तालुकमा खुला हावा, प्राकृतिक स्रोतको प्रचुरता (सूर्यको किरण, रुख आदि), कम प्रदूषण आदिका कारण वातावरण सुरक्षित र स्वस्थ छ । त्यहाँको जीवनशैली आत्मनिर्भर छ । गाउँमा अत्यावश्यक वस्तुहरू (पानी, तरकारी, फलफूल आदि) को उपलब्धता पनि सुलभ छ । आफ्नै खेतबारी छ भने त्यसबाट जीविकोपार्जन गर्न सकिन्छ ।

 

२. महानगरहरुमा सरेका साधकहरुले आफ्नो परिवारकोसाथ गाउँ वा तालुकामा बस्ने विचार गरी त्यसको व्यवस्था गर्नुहोस् !

ग्रामीण भेगमा बस्ने केही मानिस शिक्षा, जागिर, व्यवसाय आदिका लागि महानगर र ठूला शहरमा सरेका छन् । विपद्को समयमा यी शहरहरूमा ठूलो क्षति हुने सम्भावनालाई ध्यानमा राखी महानगरहरूमा बसोबास गर्नेहरूले आफ्नो परिवारसहित गाउँ वा तालुकमा सर्ने विचार गर्नुपर्छ । कुनै सुरक्षित ठाउँमा ‘फार्म हाउस’ (खेतमा घर) छ भने त्यसलाई पनि छनोट गर्न सकिन्छ । यदि तपाईको गाउँ असुरक्षित छ, र तपाई त्यहाँ बस्न व्यवस्था गर्न सक्नुहुन्न भने, सुरक्षित वैकल्पिक गाउँ वा तालुक रोज्नुहोस् ।

 

३. आउँदै गरेको आपतकालीन अवस्थामा बस्नको लागि गाउँ र घर छनोट गर्दा निम्न महत्वपूर्ण मापदण्डहरुलाई ध्यानमा राख्नुहोस् !

३ अ. गाउँ वा तालुक छनोट गर्दा ध्यान दिनुपर्ने कुराहरू

१. छानिएको गाउँ वा तालुक महानगर र ठूला शहरको नजिक हुनुहुँदैन ।

२. ‘नजिकैका गाउँहरू सुरक्षित छन् कि छैनन् ? ‘ यो थाहा गर्नुहोस् ।

३. गाउँ बाढी, ज्वालामुखी वा भूकम्पको सम्भावना भएका क्षेत्रमा अवस्थित हुनु हुँदैन । बाँधबाट अतिरिक्त पानी छोडेमा संभावित बाढक्षेत्रको गाउँ छनोट गर्नु हुँदैन ।

४. समुन्द्र र नदी किनारका गाउँको सट्टा वैकल्पिक गाउँ छनोट गर्न प्राथमिकता दिनुपर्छ । यो किनभने समुद्र सतह, साथै नदीमा आएको बाढीले पानीको उच्चतमम सीमा पार गर्दछ । जसका कारण तटीय गाउँहरू बाढीको चपेटामा पर्न सक्छन् । यसबाट बच्न उच्चतम जलस्तरबाट ४ मिटरको उचाइमा (ग्राऊंड लेवल) भएका गाउँ छनोट गर्नुपर्छ ।

५. कोइला खानी रहेका क्षेत्रमा खानी मुनि आगो हुन्छ । त्यसबाट कोइला जलेर खरानी बन्छ र त्यहाँको जमिन दबिन्छ । त्यसैले यस्तो क्षेत्रमा गाउँ रोज्नु हुँदैन ।

६. ठूला कारखाना, औद्योगिक प्लान्ट र सिलिन्डर गोदामहरूमा उत्पादन हुने ज्वलनशील पदार्थको विस्फोटले वरपरको क्षेत्रमा ठूलो क्षति पुर्याकउन सक्छ । त्यसैले वरपर यस्ता कारखाना वा परियोजनाहरू हुनुहुँदैन ।

७. गाँउहरूमा आपतकालिन समयमा पानीको प्रचुर आपूर्ति हुनु पर्छ, साथै अत्यावश्यक वस्तुहरू (पानी, तरकारी, फलफूल, आदि) को उपलब्धता हुनुपर्छ ।

८. धेरै गाउँहरूमा मोबाइल नेटवर्क छैन, जसले गर्दा अरूसँग सम्पर्क गर्न गाह्रो हुन्छ । त्यसैले ‘गाउँमा सञ्चार प्रणाली राम्रो छ, यसलाई ध्यान दिनुहोस्’ ।

९. गाउँको वातावरण साधनाका साथै व्यक्तिगत जीवनको लागि अनुकूल हुनुपर्छ । गाउँमा घर छ; तर यदि साधनाको लागि पूरक वातावरण छैन भने, अर्को वैकल्पिक स्थान विचार गर्नुहोस् ।

३ आ. घरको बारेमा तल दिइएको विस्तृत अध्ययन आवश्यक छ !

१. तपाईको घर हिन्दू बहुल सुरक्षित क्षेत्रमा हुनुपर्छ ।

२. सुकुम्बासी बस्ती, अनाधिकृत निर्माण कार्य, भीडभाड बस्ती, अत्यधिक अस्वच्छताका कारण तीव्र गतिमा रोग फैलिने, सिलिन्डर विस्फोट, ‘सर्ट सर्किट’ आदिका कारण आगलागी हुने दुर्घटना हुन्छ । त्यसैले घरबाट करिब १–२ किलोमिटरको दुरीमा बस्ती हुनुहुँदैन ।

३. हामीलाई मद्दत गर्न सक्ने यस्ता व्यक्तिहरू वरपर बस्दा उत्तम हुन्छ ।

४. ‘धर्मप्रसार, जडी-बूटि खेती गर्न सम्भव छ, यसको पनि विचार गर्नुहोस् ? ’

३ ई. माथिका सबै मापदण्डहरु लागू हुने, यस्तो गाउँ वा तालुका भेटिएमा उत्तम !

रज-तम प्रधान गाउँ वा तालुकको तुलनामा सात्विक गाउँको रक्षा हुनेछ । त्यसैले आश्रय छनोट गर्दा सात्विकतासँगै माथिका मापदण्डहरू पालना गर्ने प्रयास गर्नुपर्छ । यदि यो सम्भव छैन भने, अधिकतम मापदण्ड लागू हुने गाउँ र घर छान्नुहोस् ।

ध्यान दिनुहोस्, महानगर र ठूला शहरहरू भन्दा सुरक्षित गाउँमा स्थानान्तरण हुने विचार गर्नु एक प्रकारको आपतकालीन तयारी हो !

आपतकालको पूर्वतयारीका लागि गाउँको घरमा निम्न व्यवस्था गर्नुहोस् !

आफ्नो गाउँको घर मर्मत गरेर बस्न योग्य बनाउनुहोस् । माथिको मापदण्ड अनुसार गाउँ वा तालुक छनोट गर्नु पर्छ भने जतिसक्दो चाँडो छनोट गरी त्यहाँ बस्ने सबै व्यवस्था मिलाउनुहोस् । सौर्य उर्जाका उपकरणहरू घरमा पनि राख्न सकिन्छ । पहिले नै सबै व्यवस्था मिलाइयो भने ठूला शहर छाडेर गाउँमा शरण लिन सुविधाजनक हुन्छ र आफ्नो ज्यान जोगाउन सहज हुन्छ ।

सन्दर्भ: दैनिक सनातन प्रभात

Leave a Comment