महानगर र ठूला शहरहरूमा बस्नेहरूका लागि महत्त्वपूर्ण सुझावहरू!
अहिले नेपालमा, प्रमुख शहरहरुमा जनसङ्ख्या दिनप्रतिदिन बढिरहेको छ । त्यहाँ बढ्दो महामारी सबैका लागि चिन्ताको विषय बनेको छ । भीडभाड, अस्वच्छता, बढ्दो प्रदूषण, शहरमा रज-तमको बाहुल्यता लगायतका कारण नागरिकमा डर र असुरक्षाको भावना छ । युद्ध, दंगा, सुनामी, रोग आदि जस्ता विपत्तिको समयमा गाउँमा भन्दा शहरमा बस्नु खतरनाक हुन्छ ।

१. गाउँ वा तालुकामा वातावरण बढी सुरक्षित हुन्छ !
महानगरको तुलनामा गाउँ तथा तालुकमा खुला हावा, प्राकृतिक स्रोतको प्रचुरता (सूर्यको किरण, रुख आदि), कम प्रदूषण आदिका कारण वातावरण सुरक्षित र स्वस्थ छ । त्यहाँको जीवनशैली आत्मनिर्भर छ । गाउँमा अत्यावश्यक वस्तुहरू (पानी, तरकारी, फलफूल आदि) को उपलब्धता पनि सुलभ छ । आफ्नै खेतबारी छ भने त्यसबाट जीविकोपार्जन गर्न सकिन्छ ।
२. महानगरहरुमा सरेका साधकहरुले आफ्नो परिवारकोसाथ गाउँ वा तालुकामा बस्ने विचार गरी त्यसको व्यवस्था गर्नुहोस् !
ग्रामीण भेगमा बस्ने केही मानिस शिक्षा, जागिर, व्यवसाय आदिका लागि महानगर र ठूला शहरमा सरेका छन् । विपद्को समयमा यी शहरहरूमा ठूलो क्षति हुने सम्भावनालाई ध्यानमा राखी महानगरहरूमा बसोबास गर्नेहरूले आफ्नो परिवारसहित गाउँ वा तालुकमा सर्ने विचार गर्नुपर्छ । कुनै सुरक्षित ठाउँमा ‘फार्म हाउस’ (खेतमा घर) छ भने त्यसलाई पनि छनोट गर्न सकिन्छ । यदि तपाईको गाउँ असुरक्षित छ, र तपाई त्यहाँ बस्न व्यवस्था गर्न सक्नुहुन्न भने, सुरक्षित वैकल्पिक गाउँ वा तालुक रोज्नुहोस् ।
३. आउँदै गरेको आपतकालीन अवस्थामा बस्नको लागि गाउँ र घर छनोट गर्दा निम्न महत्वपूर्ण मापदण्डहरुलाई ध्यानमा राख्नुहोस् !
३ अ. गाउँ वा तालुक छनोट गर्दा ध्यान दिनुपर्ने कुराहरू
१. छानिएको गाउँ वा तालुक महानगर र ठूला शहरको नजिक हुनुहुँदैन ।
२. ‘नजिकैका गाउँहरू सुरक्षित छन् कि छैनन् ? ‘ यो थाहा गर्नुहोस् ।
३. गाउँ बाढी, ज्वालामुखी वा भूकम्पको सम्भावना भएका क्षेत्रमा अवस्थित हुनु हुँदैन । बाँधबाट अतिरिक्त पानी छोडेमा संभावित बाढक्षेत्रको गाउँ छनोट गर्नु हुँदैन ।
४. समुन्द्र र नदी किनारका गाउँको सट्टा वैकल्पिक गाउँ छनोट गर्न प्राथमिकता दिनुपर्छ । यो किनभने समुद्र सतह, साथै नदीमा आएको बाढीले पानीको उच्चतमम सीमा पार गर्दछ । जसका कारण तटीय गाउँहरू बाढीको चपेटामा पर्न सक्छन् । यसबाट बच्न उच्चतम जलस्तरबाट ४ मिटरको उचाइमा (ग्राऊंड लेवल) भएका गाउँ छनोट गर्नुपर्छ ।
५. कोइला खानी रहेका क्षेत्रमा खानी मुनि आगो हुन्छ । त्यसबाट कोइला जलेर खरानी बन्छ र त्यहाँको जमिन दबिन्छ । त्यसैले यस्तो क्षेत्रमा गाउँ रोज्नु हुँदैन ।
६. ठूला कारखाना, औद्योगिक प्लान्ट र सिलिन्डर गोदामहरूमा उत्पादन हुने ज्वलनशील पदार्थको विस्फोटले वरपरको क्षेत्रमा ठूलो क्षति पुर्याकउन सक्छ । त्यसैले वरपर यस्ता कारखाना वा परियोजनाहरू हुनुहुँदैन ।
७. गाँउहरूमा आपतकालिन समयमा पानीको प्रचुर आपूर्ति हुनु पर्छ, साथै अत्यावश्यक वस्तुहरू (पानी, तरकारी, फलफूल, आदि) को उपलब्धता हुनुपर्छ ।
८. धेरै गाउँहरूमा मोबाइल नेटवर्क छैन, जसले गर्दा अरूसँग सम्पर्क गर्न गाह्रो हुन्छ । त्यसैले ‘गाउँमा सञ्चार प्रणाली राम्रो छ, यसलाई ध्यान दिनुहोस्’ ।
९. गाउँको वातावरण साधनाका साथै व्यक्तिगत जीवनको लागि अनुकूल हुनुपर्छ । गाउँमा घर छ; तर यदि साधनाको लागि पूरक वातावरण छैन भने, अर्को वैकल्पिक स्थान विचार गर्नुहोस् ।
३ आ. घरको बारेमा तल दिइएको विस्तृत अध्ययन आवश्यक छ !
१. तपाईको घर हिन्दू बहुल सुरक्षित क्षेत्रमा हुनुपर्छ ।
२. सुकुम्बासी बस्ती, अनाधिकृत निर्माण कार्य, भीडभाड बस्ती, अत्यधिक अस्वच्छताका कारण तीव्र गतिमा रोग फैलिने, सिलिन्डर विस्फोट, ‘सर्ट सर्किट’ आदिका कारण आगलागी हुने दुर्घटना हुन्छ । त्यसैले घरबाट करिब १–२ किलोमिटरको दुरीमा बस्ती हुनुहुँदैन ।
३. हामीलाई मद्दत गर्न सक्ने यस्ता व्यक्तिहरू वरपर बस्दा उत्तम हुन्छ ।
४. ‘धर्मप्रसार, जडी-बूटि खेती गर्न सम्भव छ, यसको पनि विचार गर्नुहोस् ? ’
३ ई. माथिका सबै मापदण्डहरु लागू हुने, यस्तो गाउँ वा तालुका भेटिएमा उत्तम !
रज-तम प्रधान गाउँ वा तालुकको तुलनामा सात्विक गाउँको रक्षा हुनेछ । त्यसैले आश्रय छनोट गर्दा सात्विकतासँगै माथिका मापदण्डहरू पालना गर्ने प्रयास गर्नुपर्छ । यदि यो सम्भव छैन भने, अधिकतम मापदण्ड लागू हुने गाउँ र घर छान्नुहोस् ।
ध्यान दिनुहोस्, महानगर र ठूला शहरहरू भन्दा सुरक्षित गाउँमा स्थानान्तरण हुने विचार गर्नु एक प्रकारको आपतकालीन तयारी हो !
आपतकालको पूर्वतयारीका लागि गाउँको घरमा निम्न व्यवस्था गर्नुहोस् !
आफ्नो गाउँको घर मर्मत गरेर बस्न योग्य बनाउनुहोस् । माथिको मापदण्ड अनुसार गाउँ वा तालुक छनोट गर्नु पर्छ भने जतिसक्दो चाँडो छनोट गरी त्यहाँ बस्ने सबै व्यवस्था मिलाउनुहोस् । सौर्य उर्जाका उपकरणहरू घरमा पनि राख्न सकिन्छ । पहिले नै सबै व्यवस्था मिलाइयो भने ठूला शहर छाडेर गाउँमा शरण लिन सुविधाजनक हुन्छ र आफ्नो ज्यान जोगाउन सहज हुन्छ ।
छतमा बागवानी (टेरेस गार्डनिङ) विपत्तिपूर्ण समयको लागि जीवन रेखा (भाग २)
छतमा बागवानी (टेरेस गार्डनिङ) विपत्तिपूर्ण समयको लागि जीवन रेखा (भाग १)
सनातनको ‘घरघर वृक्षारोपण’ अभियान
आपतकालमा जीवनरक्षा हेतु आवश्यक तयारी : भाग – १०
आपतकालमा जीवनरक्षाको लागि आवश्यक पूर्व तयारी : भाग – ९
आपतकालमा जीवन रक्षाको लागि आवश्यक पूर्व तयारीहरु : भाग – ८