स्थापना र उद्देश्य

१. स्थापना र उद्देश्य

१.८.१९९१ मा प.पू. भक्तराज महाराजज्यू को कृपाले सनातन भारतीय संस्कृति संस्थाको स्थापना भयो । तत्पश्चात प.पू. डॉक्टरज्यू द्वारा लिनुभएको अभ्यासवर्ग, गुरुपूर्णिमा महोत्सव तथा वर्ष १९९६ देखि वर्ष १९९८ को कालावधिमा लिनुभएको सयौं सभाहरुबाट हजारैं जिज्ञासु र साधक संस्थासँग जोडियो । तत्पश्चात अध्यात्मप्रसारको व्याप्ति बढ्नाले परात्पर गुरु डॉ. आठवलेज्यूले २३ मार्च १९९९ मा सनातन संस्थाको स्थापना गर्नु भयो । प.पू. भक्तराज महाराजज्यूको सदैव आशीर्वाद प्राप्त यो संस्थाको कार्यको विस्तार आज धेरै गुना बढेको छ र हजारैं साधक सनातनको मार्गदर्शनमा तथा प.पू. गुरुदेव डॉ. आठवलेज्यूको मार्गदर्शनमा साधनारत छन् । उहाँको मार्गदर्शनबाट अनेक हिन्दुत्वनिष्ठ हिन्दू राष्ट्र स्थापनाको लागि संगठित र क्रियाशील भई रहेका छन् ।

 

२. सनातनको कार्यको उद्देश्य

भक्तियोग, ज्ञानयोग, ध्यानयोग आदि विभिन्न योगमार्गहरुका साधकहरुलाई व्यक्तिगत आध्यात्मिक उन्नतिको लागि मार्गदर्शन गर्नु, सनातनको कार्यको केन्द्रबिन्दु हो । हिन्दू धर्म अन्तर्गत अध्यात्मशास्त्रलाई वैज्ञानिक परिभाषामा प्रसार गर्नु, सनातन संस्थाको स्थापनाको प्रमुख उद्देश्य हो । देशको संविधानमा भारत हिन्दू राष्ट्र घोषित होस्, यस हेतु जागृति गर्ने दृष्टिले सनातन संस्था समविचारी संस्थाहरुसँग हिन्दूसंगठन र साम्प्रदायिक एकताको लागि प्रयत्न गर्दछ ।

३. उद्देश्य

अ. जिज्ञासुहरुलाई अध्यात्मको शास्त्रीय परिभाषाको परिचय गर्ने तथा धर्मशिक्षा दिने ।
आ. साधकलाई व्यक्तिगत साधनाको विषयमा मार्गदर्शन गरि ईश्वरप्राप्तिको मार्ग देखाउने ।
इ. आध्यात्मिक अनुसन्धानकार्य गर्ने तथा त्यसबाट प्राप्त निष्कर्षद्वारा अध्यात्मको महत्त्व प्रमाणित गर्ने ।
ई. अध्यात्ममा विद्यमान सैद्धान्तिक (theory) एवं व्यावहारिक भाग (practical) सिकाउने ।
उ. समाजसहायता, राष्ट्ररक्षा एवं धर्मजागृति द्वारा सबै दृष्टिले आदर्श धर्माधिष्ठित हिन्दू राष्ट्र स्थापनाको लागि कार्य गर्ने ।

 

४. विशेषताहरु

१. विभिन्न पन्थहरुलाई उनको पन्थ अनुसार मार्गदर्शन !
२. संकीर्ण साम्प्रदायिकता होइन, तर हिन्दू धर्मको व्यापक दृष्टिकोण अनुसार शिक्षा !
३. जति व्यक्ति त्यतिनै प्रकृतिहरु र त्यतिनै साधनामार्ग तत्त्व अनुसार प्रत्येक व्यक्तिलाई  उनको आवश्यकता एवं क्षमता अनुसार साधनाको दिशादर्शन !
४. शीघ्र ईश्वर प्राप्तिको लागि सबै योगमार्गहरु समाबेश गर्ने गुरुकृपायोग योगमार्ग अनुसार साधना !
५. व्यक्तिगत साधनाको साथ-साथै समाजको उन्नति हेतु गर्न आवश्यक साधनाको शिक्षा !

सनातन संस्थाको, वेबसाइट पनि Sanatan.org विशेषताहरु

2 thoughts on “स्थापना र उद्देश्य”

Leave a Comment