छतमा बागवानी (टेरेस गार्डनिङ) विपत्तिपूर्ण समयको लागि जीवन रेखा (भाग १)

तरकारी बजार मानव जीवनको अत्यावश्यक अंग हो । तरकारी र फलफूलको नियमित आपूर्तिका लागि अधिकांश मानिस बजार जान्छन् । तर, ताजा र राम्रो गुणस्तरका तरकारी र फलफूल सामान्यतया बजारमा पाइँदैन र उपलब्ध भए पनि महँगो मूल्यमा पाइन्छ भन्ने अनुभव हामीमध्ये धेरैले गरेका छौं । यस्तो अवस्थामा कसैले घरमै खेती गरेर हाम्रो घरायसी आवश्यकता पूरा हुने तरकारी खेती गर्न सकिन्छ भनी सल्लाह दियो भने पत्यार नलाग्न सक्छ । यद्यपि, यो वास्तवमै सम्भव छ । यसका लागि खेत वा आँगन आवश्यक पर्दैन, किनकि यस प्रकारको खेतीका लागि ठाउँ मापदण्ड होइन । यो तपाईको बालकनी, छत वा झ्यालको ग्रिलमा पनि गर्न सकिन्छ ।

आगामी विपत्तिको पृष्ठभूमिमा यस पक्षमा प्रयोग गर्न आवश्यक छ । द्रष्टा र सन्तहरूको सल्लाह अनुसार, विपत्तिको अवधि सुरु भइसकेको छ र आगामी ५ देखि ६ वर्षमा तीव्र हुनेछ । यस्तो अवस्थामा बजारमा तरकारी पाइन्छ वा हामी सामान्य दिनमा जस्तै बजार घुम्न पाउँछौँ भन्ने ग्यारेन्टी कसैले दिन सक्दैन ! कोरोना महामारीको समयमा पनि हामी सबैले तरकारी पाउन कठिनाइ र बजारमा विभिन्न वस्तुको मूल्यवृद्धिको अनुभव गरेका छौं । यस्तो अवस्थामा हामी किन हाम्रो घरमै आफ्नो परिवारको लागि पर्याप्त तरकारी र फलफूल उत्पादन गर्ने प्रयास गर्न सक्दैनौं ? हामीले तरकारीको ताजा आपूर्ति मात्र होइन पैसा र प्रयासहरू पनि बचत गर्न सक्षम हुनेछौं । टेरेस गार्डनिङ एक नयाँ अवधारणा हो जुन जैविक खेती को एक हिस्सा हो । यस लेखमा हामी घरमा तरकारी खेती गर्ने तरिका सिक्नेछौं ।

श्रीमती गौरी कुलकर्णी

 

अ. टेरेस गार्डनिङमा कुन बिरुवाहरू उब्जाउन सकिन्छ ?

१. पत्तेदार र भान्साको तरकारी

रातो अमरान्थस, अम्बाडी (सोरेलको पत्ता), पालक, मेथी, धनियाँ, सिमला मिर्च, खुर्सानी, बैंगन, करेला, धेरउला, लौका, चिप्ले भेडी, बन्दागोभी, प्याज, आलु, टमाटर, गाजर, काकरो, कागती, ग्यान्टे मूला, करी पात, उखु, पुदिना, लसुन र अदुवा ।

२. औषधीय बिरुवाहरु

तुलसी (पवीत्र तुलसी), घीउकुमारी, अदुलसा (वासाका), ब्राह्मी (थाइम-लेभ ग्रेटिओला), शतवारी (कुरीलो, एस्पारागस) र सब्जा (तुलसीको बीउ)

३. फल फल्ने बिरुवाहरु

सुन्ताला, अम्बा, कागती, मेवा, आँप र अन्जीर

४. फूल फूल्ने बिरुवाहरु

गुलाफ, सयपत्री, लिली, चमेली, घण्डी फूल (हिबिस्कस), मोगरा आदि

 

आ. भाँडो कसरी छान्ने ?

टेरेस गार्डनिङका लागि भाँडा वा कन्टेनर प्रयोग गर्न सकिन्छ । सकेसम्म भाँडो पातलो हुनु हुँदैन । यदि भाँडोको माथिको परिधि १२ इन्च छ भने तलको परिधि १० इन्च हुनुपर्छ । भाँडाको किनारा भित्र तिर्फ झुकेको हुँदैन । भाँडोको आकार spherical हुनु हुँदैन । सकेसम्म माटोको भाँडो प्रयोग गर्नुहोस् । यदि उपलब्ध छैन भने टिन वा प्लास्टिकको भाँडा, प्लास्टिकको बाल्टिन, ठूलो प्लास्टिकको झोला, प्लास्टिकको बोतल, प्लास्टिकको ड्रम (पूर्ण वा आधामा काटिएको) वा काठको बक्सा प्रयोग गर्न सकिन्छ । छतमा बागवानीको लागि नर्सरीमा उपलब्ध ‘ग्रो ब्याग’ पनि प्रयोग गर्न सकिन्छ । यी बजारमा पनि उपलब्ध छन् । बजारबाट कन्टेनरहरू खरिद गर्दा तिनीहरूलाई तातो अवशोषित गर्नबाट रोक्नको लागि तिनीहरू प्यास्टेल रङ (pastel colour) मा छन् भनेर सुनिश्चित गर्नुहोस् ।

प्लास्टिकको ड्रम काटेर बनाइएको भाँडा

टेरेस गार्डनिङमा उब्जाउने अधिकांश बिरुवाहरू माटोको भाँडोमा बढ्न सक्छ । छोटो जरा भएका बिरुवाहरू जस्तै पातदार तरकारीहरू सानो भाँडोमा उब्जाउन सकिन्छ । टमाटर, मूला र गाजर मध्यम आकारको भाँडोमा उब्जाउनुपर्छ । ठूला बिरुवाहरूका लागि ठूला प्लास्टिक वा टिन कन्टेनरहरू प्रयोग गर्नुपर्छ । उपलब्ध ठाउँको अधिकतम उपयोग गर्न भित्ता र पाइपहरूमा लहरा जाने तरकारीहरु उब्जाउन सकिन्छ ।

 

इ. भाँडा वा कन्टेनरमा प्वालहरु छेड्ने

ग्रो ब्याग

भाँडा वा कन्टेनरहरुमा हावा भेन्टिलेसनको लागि प्वाल बनाउन आवश्यक छ । औसत आकारको भाँडोको लागि (प्लास्टिक कन्टेनरहरूका लागि पनि) ४ देखि ५ प्वालहरु पिधमा बनाउहोस् र गमलाको बिच भागमा १० देखि १२, ४ देखि ५ इन्चको दूरीमा प्वालहरु बनाउनुहोस् । ग्रो ब्यागहरुमा पहिला नै प्वालहरु बनाएका हुन्छन् ।

 

ई. रोप्नको लागि भाँडा कसरी तयार गर्ने

भाँडा भर्न धेरै तरिकाहरू छन् । माटो वा माटोको मिश्रण, कोको पीट माटो (नरिवलको भुसी भित्रको पिथबाट बनाइएको) र मल वा भान्साको फोहोर र सुकेका पातहरू आदिबाट बनेको मललाई विकल्पको रूपमा प्रयोग गर्न सकिन्छ ।

उच्च कार्बन भएको माटोलाई नियमित पानीको आवश्यकता पर्दैन किनभने त्यसमा पानी राखि राख्ने क्षमता हुन्छ । रातो माटोमा खनिज तत्वको मात्रा कम र पानी निकास गर्ने क्षमता बढी हुन्छ तर कालो माटोमा खनिज तत्व बढी र पानी निकास गर्ने क्षमता कम हुन्छ । टेरेस गार्डनिङको लागि, उच्च पोषक तत्व र पानी निकास क्षमता भएको माटो आवश्यक हुन्छ ।

कालो माटो प्रयोग गर्दा नदी किनार वा निर्माण स्थलबाट मुट्ठीभर धोएको बालुवा हाल्नु पर्छ । रातो माटो प्रयोग गर्दा कोको पीट (नरिवलको भुसीबाट एक निश्चित प्रक्रियाबाट तयार पारिएको प्राकृतिक सूक्ष्मजीव मुक्त पाउडर र इँटाको रूपमा पनि उपलब्ध छ) को प्रयोग गर्नुपर्छ किनभने यसले पानी राखि राख्छ । यदि तपाईको घर समुद्रको नजिक छ भने, त्यहाँ कोको पीट माटो प्रयोग गर्न आवश्यक छैन किनकि त्यस्ता स्थानहरूमा हावामा आर्द्रता उच्च हुन्छ । यदि कोको पीट प्रयोग गरियो भने, अत्यधिक पानी प्रतिधारणको कारणले बिरुवाहरू मर्न सक्छन् ।

नरिवलको भुसी भाँडाको तल्लो भागमा राख्नुहोस् । तिनीहरूमा ठाडो प्रकारले सुख्खा काठहरु घुसाउनुहोस् । त्यसपछि सुकेका पातहरूको १.५ देखि २ इन्च तह फैलाउनुहोस्, त्यस माथिबाट २ इन्च सम्म माटो हाल्नुहोस् । त्यसपछि बिरुवा रोप्नुहोस् र सुकेको पातहरूको तहले छोप्नुहोस् र केही मात्रामा पानी हाल्नुहोस् ।

माटो मात्र प्रयोग गर्नुको सट्टा, माटो, कोको पीट माटो र मलको मिश्रण प्रयोग गर्न सकिन्छ । कोको पीट माटोलाई ४ देखि ५ घण्टासम्म पानीमा भिजाउनुहोस् । त्यसपछि दुवै हातले थिचेर त्यसबाट पानी निकालेर माटोमा मिसाउनुहोस् । भाँडामा यस्तो माटोले भर्नुहोस्, सुक्खा फोहोर वा सुकेको नीम पातको तहले छोप्नुहोस् । भाँडो त्यस्ता तहहरूले भरिएपछि बिरुवा रोप्नुहोस् वा बीउ छर्नुहोस् ।

संकलक: श्रीमती गौरी नीलेश कुलकर्णी, सनातन आश्रम, रामनाथी, गोवा
सन्दर्भ: दैनिक सनातन प्रभात

Leave a Comment