सनातनको ‘घरघर वृक्षारोपण’ अभियान

 

१. आपतकालिन पूर्वतयारीका लागि घरघरमा सागसब्जी, फलफूल र औषधि वनस्पतिहरु रोपौं !

सन्त-महात्मा, ज्योतिषी आदिका अनुसार आपतकाल सुरु भइसकेको छ र आगामी ३-४ वर्षमा यसको तीव्रता बढ्ने छ । कोरोनाको समयमा हामीले भयानक आपतकालको झलक अनुभव गर्यौ । आपतकालीन अवस्थामा खाद्यान्न र तयार औषधिको अभाव हुनेछ । त्यसैले अबदखि नै हामीले यसको तयारी गर्नुपर्छ ।

आहिले बाजारमा पाइने हरियो तरकारी,फलफूल आदिमा हानिकारक रसायन छर्किएको हुन्छ । यस्ता तरकारी र फलफूल दिनहुँ खाँदा हाम्रो पेटमा विषाक्त पदार्थ जान्छ । यसले रोग निम्तयाउँछ । साधनाको लागि शरीर स्वास्थ राख्न आवश्यक छ । आजको युगमा हानिकारक रसायनरहित अर्थात विषमुक्त खानेकुरा खान घरमै हरियो सागसब्जी उब्जाउन जरुरी भइसकेको छ ।

 

२. बिरुवा रोप्न समस्या भए पनि उपाययोजना बनाएर घरघरमा बिरुवा रोप्न आवश्यक !

घर नजिकै रोप्नको लागि जग्गा उपलब्ध नहुने, रोप्नको लागि समय नपाउने, ‘कसरी रोप्ने ?’, यी जानकारी नहुने, ‘बीउ, मल आदि कहाँबाट ल्याउने ?’, यसको जानकारी नहुने आदि अनेक समस्याहरुको कारण घरमा हरियो सगसब्जी उबजाउन असम्भव लाग्दछन् । तर यी सबैमा उपाययोजना निकालेर अवश्य नै हामी घरमा सागसब्जी, फलफूल र औषधि वनस्पतिका रोपण गर्न सक्छौं । भीषण आपतकालको पूर्वतयारीको लागि सबैले यो गर्नुपर्छ ।

 

३. परात्पर गुरु डाक्टरज्यूको आशीर्वादले कार्तिक एकादशीमा सनातनको ‘घर-घर रोपण’ अभियानको शुभारम्भ !

परात्पर गुरु डाक्टर आठवले

 

उपयोक्त समस्याहरु पार गर्न सबै ठाउँका साधकहरु घरघरमा हरियो सागसब्जी, फलफूलको बोट र औषधी वनस्पतिहरुको धेरै-थोरै रोपन गरोस्, यसको लागि कार्तिक एकादशी (१५.११.२०२१) देखि परात्पर गुरु डाक्टरज्यूको आशीर्वादले सनातन ‘घर-घर रोपण अभियान’ आरम्भ गर्यो । यस अभियान अन्तर्गत प्राकृतिक विधिबाट वृक्षारोपण सिकाइनेछ ।

 

४. घरको छतमा ३० वर्ष भन्दा बढी कुनै रासायनिक मल बिना विषमुक्त खाद्यान्न उत्पादन गर्ने पुणेको श्रीमती ज्योती शहा

पुणेको श्रीमती ज्योती शहा विगत ३० वर्षदेखि आफ्नै घरको छतमा प्राकृतिक तरिकाले हरियो तरकारी, फलफूल र औषधि वनस्पतिहरु रोप्दै आएकी छिन् । उनले थोरै क्षेत्रफलमा १८० भन्दा बढी प्रकारका बिरुवाहरु रोपेका छन् । केवल एउटा इँटाको जग्गामा उनले सुक्खा पत्ता, भान्साको फोहर (श्रीमती शहाले यसलाई ‘फोहर’ न भनेर ‘बिरुवाको खाद्यान्न’ सम्बोधन गर्छ), यसको साथै स्वदेशी गाईको गोबर र गोमूत्रबाट बनाएको ‘जीवामृत’ नामक विशिष्ट पदार्थको उपयोग गरेर उनले ‘माटोविना खेती’ गरेका छन् । उनी आफ्नो घरको छतमा विषमुक्त खाद्यान्न खेती गरिरहेकी छिन् । यसको लागि उहाँको जति प्रशंसा गरे पनि कम हुन्छ ! ‘शहरमा जग्जाको समस्यालाई परास्त गरेर, बिना कुनै प्रकारको मल प्रयोग नगरी पनि रोप्न सकिन्छ’, भन्ने उहाँले गरेको खेतीका तस्बिरले हरेक व्यक्तिको मनमा आत्मविश्वास जगाउँछ । श्रीमती ज्योति शाह आफ्नो घरमा मात्र रोप्न सीमित रहेनन्, उनले अहिलेसम्म अनगिन्ती मानिसहरुलाई रोप्ने विधि सिकाएकी छन् ।

फलले भरिएको मेवाको रुख

 

छतमा केवल एउटा इँटा जति माटोमा लगाएको सहजनको रुख

 

गमलामा लगाएको अम्बाको रुखमा अम्बाहरु

 

सानो रुखमा फलेको कागती

 

केराको रुखमा केराको गुच्छा

 

छतमा लगाएको लौका

 

पुरानो कार्पेटबाट बनाएको झोलामा क्याप्सिकम (शिमला मिर्ची)

‘भान्साको फोहरलाई’ ‘बिरुवाको खाना’ सम्बोधित गर्नाले त्यो फोहरलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन्छ । केवल शब्द परिवर्तनले स्वयंको कृतिमा पनि परिवर्तन हुन्छ र यो ‘आहार’फ्याँक्दैनौं तर ‘बिरुवालाई खुवाउँछौं ।’ – श्रीमती ज्योती शहा, पुणे (२४.१०.२०२१)

कृतज्ञता

सनातनको साधकले सम्पर्क गर्दा विगत ३० वर्षदेखि ‘शहर खेती’ को अनुभव प्राप्त पुणेको श्रीमती ज्योती शहाले सनातनको साधकको ‘घर-घरमा रोपण’ अभियानको लागि कुनै पनि समय नि:शुल्क मार्गदर्शन गर्ने तत्परता देखाइन् । उनले आफ्नो घरमा रोपेको भिडियोहरु ‘यूट्यूब’ मा राखेका छन् । यी भिडियोहरुको लिंक तल दिइएको छ । उनले बनाएको भिडियोको कारण ‘प्राकृतिक विधिबाट रोपण कसरी गर्ने’, यो बुझ्न निकै सहज भएको छ । हामी श्रीमती ज्योती शहाको अमूल्य सहयोगको लागि ऋणी छौं !

 

५. ‘बिना रासायनिक मल आफ्नो घरमा रोप्न सक्नुहुन्छ’, यस्तो आत्मविश्वास निर्माण गर्ने श्रीमती ज्योती शहाको ‘शहर खेती’ !

(सूचना : रोपणको निम्न सबै भिडियोहरु मराठी भाषामा छन् । यी भिडियोहरुको सारांश हिन्दी भाषामा दिइएको छ । यदि भिडियोको भाषा बुझेन भने पनि, सारांश पढेर यो भिडियोमा के भनिएको छ ?, बुझ्न सक्छौं । कृति जान्नको लागि यो भिडियो उपयोगी हुनेछ ।)

भिडियोको अवधि : ३ मिनेट

भिडियोको अवधि : ३ मिनेट

भिडियोको अवधि : ५ मिनेट

 

६. हामी कसरी घरको झ्यालमा रोप्न सक्छौं भन्ने उदाहरण

साभार : श्री. राहुल रासने, पुणे
भिडियोको अवधि : ११ मिनेट

भिडियोको सारांश : घरको झ्यालमा पनि खण्ड (क्यारी) बनाएर रोपण (खण्डीय रोपण/segmental farming) गर्न सक्छौं । ४.५ इन्च वृक्षबाट खसेको सुक्खा पत्तहरुको सतह र त्यसमा १ इन्च गीलो फोहर (विरुवाको लागि आहार) सतह राख्नाले कुनै पनि प्रकारको दुर्गन्ध आउँदैन । (गीलो फोहरको सतह १ इन्च भन्दा बढी हुनुहुँदैन ।) जीवामृत छिर्किनाले फोहर छिट्टै सडदछ र रोप्ने ठाउँलाई उर्वर बनाउँछ । हरियो तरकारी आदि थोरै ठाउँमा पनि रोप्न सकिन्छ ।

 

७. जीवामृत बनाउने र प्रयोग गर्ने विधि

भिडियोको अवधि : ४ मिनेट

भिडियोको सारांश : जीवामृत प्राकृतिक खेतीमा सबैभन्दा महत्त्वपूर्ण सामग्री हो । हरेक हप्ता यो जीवामृत बनाउनुहोस् र ताजा प्रयोग गर्नुहोस् ।

अ. १००० वर्ग फुट (१०० फुट x १० फुट) बिरुवा रोप्नको लागि १० लिटर जीवामृत बनाउन आवश्यक पर्ने सामग्रीहरु

१. १० लिटर पानी

२. देशी गायको आधा देखि १ किलो ताजा गोबर

३. आधा देखि १ लिटर गोमूत्र (जति पुरानो भए पनि)

४. १ मुठ्ठी माटो

५. १०० ग्राम प्राकृतिक वा रसायन मुक्त गुड

६. १०० ग्राम कुनै पनि दालको पीठो

आ. जीवामृत धातुको भाँडामा होइन, माटो वा प्लास्टिकको भाँडामा बनाउनुहोस् ।

इ. जीवामृतको मिश्रणलाई बोरा वा सुतीको कपडाले छोपेर राख्नुहोस् ।

ई. ३ दिनसम्म प्रत्येक दिन बिहान र बेलुका घडीको दिशामा काठले घुमाउनुहोस् र चौथो दिन प्रयोग गर्नुहोस् ।

उ. प्रयोग गर्दा १० गुना पानी थप्नुहोस् ।

भिडियोको अवधि : ४ मिनेट

भिडियोको सारांश : प्रत्येक वृक्षलाई जीवामृत दिँदा १ मग जीवामृतमा १० मग पानीमा मिसाउनुहोस् । जीवामृत दिँदा प्रत्येक सानो बोटलाई एक कप र ठूलो बोटलाई १ लिटर यस प्रमाण अनुसार दिनुहोस् । हप्तामा एक पटक सबै बिरुवाहरुलाई जीवामृत दिनुहोस् ।

 

८. इँटा, सुख्खा पात र सुख्खा घाँसको सहायताले खण्ड बनाउने विधि

(खण्ड अर्थात बिरुवा रोप्ने ओछ्यान)

भिडियोको अवधि : ६ मिनेट

भिडियो सारांश : खण्डलाई अधिकतम २ फुट चौडाइको बनाउनुहोस्, यसले काम गर्न सजिलो हुन्छ । खण्डको लम्बाई जति लामो भएपनि हुन्छ । इँटाहरु राखेर खण्ड बनाउन सकिन्छ । यसमा घास, नारिवलको बोक्रा वा सुक्खा पातहरु फैलाउनुहोस् । त्यसपछि खुट्टाले थिच्नुहोस् । यसमा साधारणत: १ इन्च माटोको सतह राख्नुहोस् । माटो नभए घाँस वा रुखको सुकेको पात मात्र राख्न सकिन्छ । त्यसपछि १ भाग जीवामृत र १० भाग पानीको मिश्रण बनाएर त्यसमा अलि-अलि छर्किनुहोस् । यी खण्डहरुमा दैनिक थोरै पानी छर्किनुहोस्, ताकि सधैं चिसो बनिरहोस् । यसको साथै हप्तामा एक पटक जीवामृत बनाएर यी खण्डहरुमा छर्किनुहोस् । (घाँस वा सुक्खा पातहरु ओसिलो राख्नाले ती छिट्टै सडेर माटो बन्छन्।)

इँटाको खण्ड बनाउनाले कौसीमा अधिक वजन हुँदैन । घाँस वा सुक्खा पातले बनेको उर्वर माटोमा गीलोपन ग्रहण गर्ने क्षमता बढी हुन्छ । त्यसैले बिरुवालाई थोरै पानी दिए पनि पर्याप्त हुन्छ ।

 

९. माटो बिना गमला भर्ने वा बिरुवा लगाउने पद्धति

भिडियोको अवधि : ५ मिनेट

भिडियोको सारांश : गमलाको फेदमा रहेको प्वालमा फूटेको गमलाको टुक्रा वा कौल (टिपरी) को टुक्रा राख्नुहोस् । गमलामा सुक्का पातहरु थिचि-थिचि भरनुहोस् । थैलीमा लगाएको तयार बिरुवा यदि गमलामा लगाउने हो भने त्यसको थैली काट्नुहोस् । बिरुवालाई माटो सहित गमलामा राख्नुहोस् । माटो नहटाउनुहोस् । माटोको थुप्रो पूर्ण रुपमा गमला भित्र रहनुपर्छ । गमला भन्दा माथि नहोस् । यसलाई चारैतिरबाट सुकेको पातहरुले भर्नुहोस् । सबै भन्दा माथि भान्साको फोहरको एक इन्च (यो भन्दा धेरै हुँदैन) फैलाउनुहोस् । यसमा १ कप जीवामृतको घोल (१ भाग जीवामृत र १० भाग पानी) छिर्किनुहोस् । (भिडियोमा यसको सट्टा घन जीवामृतको उपयोग गरेको छ ।) त्यसपछि त्यसमा थोरै पानी छर्क्नुहोस् । बिरुवालाई पानी दिने समय थोरै मात्रामा नै पानी छर्क्नुहोस् । बिरुवालाई नुहाउनु हुँदैन !

भिडियोको अवधि : ४ मिनेट

भिडियोको सारांश : हप्तामा एक पटक गमलामा वा खण्डामा सुक्खा पात, नारिवलको बोक्रा समान काष्ठो ओछ्यान ४.५ इन्चसम्म राख्न सक्छौं; केवल गीलो ‘आहार’ (भान्छाघरको गीलो फोहर) १ इन्च भन्दा ज्यादा नगर्नुहोस् । पहिला हालेको काठको ओछ्यान (घास वा सुक्खा पात आदि) तल गएमा नयाँ राख्नुहोस् ।

 

१०. पहिला नै रोपेकोमा कसरी प्राकृतिक पद्धति अन्तर्भूत गर्नुपर्छ यसको उदाहरण

भिडियोको अवधि : ३ मिनेट

भिडियोको सारांश : यदि तपाईले गमलामा पहिला नै बिरुवा रोप्नु भएको छ भने, त्यस गमलाको माथिको भागबाट थोरै माटो निकाल्नुहोस् । गमलाको माटोमा १ कप जीवामृत र १० भाग पानीको मिश्रण छर्क्नुहोस् । गमलाको खाली भागमा घाँस वा सुक्खा पातहरु आदिले भर्नुहोस् । त्यसमा पानी छर्केर भिजाउनुहोस् । (पानी मात्र छर्क्नुहोस्। बिरुवालाई नुहाइ दिएको जस्तै धेरै पानी नहाल्नुहोस् ।)

 

११. घरमा रोप्न सकिने बिरुवाको बीउ

भिडियोको अवधि : ३ मिनेट

भिडियोको सारांश : यहाँ घरमा कुन-कुन प्रकारको बिरुवाहरुको बीउ रोप्न सकिन्छ भनेर देखाएको छ ।

 

१२. बीजामृत बनाउने कृति

भिडियोको अवधि : ३ मिनेट

 

अ. १००० वर्ग फुट (१०० फुट x १० फुट) मा रोप्णको लागि आवश्यक आधा लिटर बीजामृत बनाउनको लागि लाग्ने सामाग्रीहरु

१. आधा लिटर पानी

२. देशी गाइको ५० देखि १०० ग्राम ताजा गोबर

३. ५० देखि १०० मिलि (आधा देखि १ कप) गोमूत्र

४. एक चुटकी माट्टो

५. एक चुटकी खाने चूना

आ. बीजामृत धातुको भाँडामा नभई मोटो वा प्लाष्टिकका भाँडामा बनाउनुहोस् ।

इ. बीजामृतको मिश्रण बोरा वा सुती कपडाले छोपेर राख्नुहोस् ।

ई. बीजामृतको मिश्रण बिहान र बेलुका काठको लठिले घडीको दिशामा घुमाउनुहोस् र २४ घण्टा भित्र प्रयोग गर्नुहोस् ।

 

१३. बीज संस्कार (बीज छर्न अघि गरिने संस्कार)

भिडियोको अवधि : ३ मिनेट

भिडियोको सारांश : बीजामृतमा भिजाएर बीउ रोप्नुहोस् । यसलाई ‘बीजसंस्कार’ भनिन्छ । यसो गर्नाले फंगसले लाग्ने रोगका कारण बीउ खेर जाने सम्भावना कम हुन्छ । फसल अधिक हुन्छ । घास वा सुक्खा पात आदि कुहाएर तयार पारिने अत्यधिक उर्वर माटोलाई अंग्रेजीमा ‘ह्यूमस’ भनिन्छ । यो ‘ह्यूमस’ अत्यधिक भूसभूसी हुन्छ र औंलाले सजिलै रेखा बनाएर यसमा बीउ रोप्न सकिन्छ । हामी खण्ड बनाउँछौं, तब केही बिरुवाहरु आफै उम्रिन्छन् । तिनीहरुलाई पनि बीजामृतमा भिजाएर पुन: रोप्नुहोस् । (चेरी, गोलभेडाको बिरुवाको प्रत्यारोपण यस भिडियोमा देखाइएको छ ।) अंकुरित बीउहरु राजमा, मूग आदि रोपेर हावाको नायट्रोजन माटोमा मिलासाउन प्रयोग गरिन्छ । बिरुवाको वृद्धिको लागि माटोमा पर्याप्त नायट्रोजन हुन आवश्यक छ ।

 

१४. प्रत्यक्ष रोपण कसरी गर्ने ?

भिडियोको अवधि : ३ मिनेट

भिडियोको सारांश : यस भिडियोमा प्रत्यक्ष रोपण किसरी गर्ने भनेर देखाएको छ । अदुवा, आलु, प्याज जस्ता कन्दलाई बीजामृतमा भिजाएर ‘ह्यूमस’ मा रोप्नुहोस् ।

 

१५. रोपणको लागि बीज कसरी सङ्कलन गर्ने ?

भिडियोको अवधि : ५ मिनेट

भिडियोको सारांश : जङ्गली तुलसीको मञ्जरीमा वीउ हुन्छ । जंगली तुलसी परागणको लागि उपयोगी हुन्छ । मौरीहरु जङ्गली तुलसीको मञ्जरीतर्फ आकर्षित हुन्छन् । मौरीहरुले नजिकैका बिरुवाहरु परागकण गर्छन् । जति धेरै पराग, उति धेरै सृष्टि ! जङ्गली तुलसीको मञ्जरी निकालेर हातमा माडेर बिस्तारै फुक्नुहोस् । यसो गर्दा बोक्रा छुट्टिन्छ र वीउ अलग निस्कन्छ । घरमा रोपिएका गाजर, पालक, मकै आदि बिरुवाको वीउ लिन सक्छौं ।

 

१६. प्राकृतिक खेतीको आधारभूत तत्त्व

पद्मश्री सुभाष पालेकरले ‘सुभाष पालेकर प्राकृतिक खेती’ नामक प्राकृतिक खेती प्रणालीलाई व्यापक रुपमा फैलाउनु भयो । यस प्रशलीको ४ मूलभूत तत्त्वहरु निम्नानुसार छन् ।

अ. जीवामृत

आ. बीजामृत

इ. वाफसा

ई. आच्छादन

१६ अ. जीवामृत

जीवामृत बनाएपछि ७ दिनसम्म प्रयोग गर्न सकिन्छ । जीवामृत बनाउँदा यसलाई नमिसाएर प्रयोग गर्नुहोस्, अर्थात् माथिको पानी मात्र निकाल्नुहोस् र तल्लो फोहोरमा फेरि १० गुणा पानी हाल्नुहोस्। यसो गरेपछि ४ दिनपछि फेरि नयाँ जीवामृत तयार हुन्छ । १ चौरस फुट स्थानको लागि १० गुना पानीमा मिलाएर १०० मिलि (१ कप) जीवामृतको प्रयोग गर्नुहोस् । जीवामृतलाई घाममा नराखेर छायामा राख्नुहोस् ।

१६ आ. बीजामृत

१६ इ. वाफसा

माट्टो वा ‘ह्यूमस’ को २ पङ्क्तिहरु बीच रिक्ति हुन्छ । (रसायनिक मलको प्रयोग गर्दा यो रिक्तता रहँदैन । त्यसैले रासायनिक मलको प्रयोग नगर्नुहोस्) यस रिक्तिमा चल्ने हावा र सूर्यको तापका कारण पानीको निर्माणको एकत्रीकरणको कारण जुन स्थिति बदन्दछ, त्यसलाई ‘वाफसा’ भनिन्छ । वाफसाको स्थिति बन्नको लागि माटो उर्वर हुनुपर्छ । घाँस वा सुक्खा पात आदि, नारिवलको बोक्रा, सुक्खा बालीले ओछ्यान बनाएर त्यसमा जीवामृत छिर्किएपछि केहि समय पश्चात जुन माटो समान घटक तयार हुन्छ त्यसलाई ‘ह्यूमस’ भनिन्छ । ‘ह्यूमस’ बिरुवाहरुको लागि जीवनद्रवको लागि एउटा प्रमुख स्रोत हो । घाँस वा सुक्खा पातहरुबाट जति राम्रोसँग ओछ्यान बनाउनुहुन्छ त्यति नै रोम्रो ह्यूमस तयार हुन्छ । जति धेरै ह्यूमस हुन्छ, माटो त्यति नै ऊर्वर हुन्छ । सबैभन्दा राम्रो ह्युमस बनाउनको लागि, पहिलेको रोपणलाई पनि माथिको भिडियोमा वर्णन गरे अनुसार ‘प्राकृतिक’ बनाउनुहोस् ।

 

१६ ई. आच्छादन

वाफसा बनाउनको लाजि जुन माटो बनाउनु पर्ने हुन्छ, त्यसको लागि हामी घाँस वा सुकेका पातहरु, नरिवलको बोक्रा, सुकेका बाली, बगैंचामा काटेको बिरुवाहरुको हाँगा आदि जुन भुईमा बिछाउँछौं त्यसलाई आच्छादन भनिन्छ । सुक्खा बालीको आच्छादन ४.५ इन्चसम्म, बिरुवाहरुको लागि मल (भान्साको गीलो फोहर)’ आच्छादन ज्यादामा १ इन्चसम्म राख्नुहोस् । गीलो फोहरको आच्छादन १ इन्च भन्दा बढी नबनाउनुहोस् ।

१७. यदि तपाईसँग रोपणको बारेमा कुनै शंका छ भने, वेबसाइटमा सोध्नुहोस् !

अ. पृष्ठको अन्त्यमा ‘Leave a Comment’ पर्यायमा क्लिक गर्नुहोस् ।

आ. यहाँ आफ्नो प्रश्न टाइप गर्नुहोस् । आफ्नो नाम र इमेल ठेगाना प्रविष्ट गर्नुहोस् ।

इ. Save my name& यो विकल्प चयन गर्नुहोस् । यस्तो गर्दा अर्को पटक नाम र इमेल पनु: प्रविष्ट गर्नु पर्दैन ।

ई. ‘Post Comment’ मा क्लिक गर्नुहोस् ।

 

१८. शंका समाधानको कार्यपद्धति

यस अभियानमा निर्धारित दिनहरुमा साधकहरुको शंकानिरसन गर्नको लागि अनलाइन अभ्यासवर्ग लिइनेछ । यी अभ्यासवर्गहरुमा वेबसाइटमा सोधिएका प्रश्नहरुको जवाफ दिइनेछ । सबैको लागि उपयुक्त उत्तर सनातन प्रभातमा दिइनेछ ।

 

१९. श्री गुरुको आज्ञापालनको रूपमा

यस अभियानमा श्रद्धापूर्वक र भावपूर्वक सहभाग हुनुहोस् !
श्रीगुरुचरित्रको चालीसौं अध्यायमा एउटा प्रसंग छ । नरहरि नामको ब्राह्मण कुष्ठ रोगबाट पीडित हुन्छ । श्री गुरु नृसिंहसरस्वतीज्युले उसलाई ४ वर्षदेखि सुकेको एउटा गूलरको काठ दिएर त्यसलाई दिनमा ३ पटक पानी हाल्नको लागि भन्नु भयो । मानिसहरु द्वारा उपहास उडाउँदा पनि भक्त नरहरि गुरुको आज्ञा पालनगरि ७ दिन मनमा बिना कुनै शंका सुकेको काठमा श्रद्धापूर्वक पानी हाल्छन् । त्यसबेल श्री गुरु उहाँसग प्रसन्न भएर स्वयंको कमण्डलको तीर्थ त्यस काठमा छर्किदिनुहुन्छ । तब त्यो सुक्खा भएको काठबाट पत्ताहरु निस्कन्छन् र नरहरिज्युको कुष्ठ रोग पनि ठीक हुन्छ । भक्त नरहरि समान हामी पनि श्रद्धापूर्वक र भावपूर्वक यस अभियानमा सहभागि बनौं । ‘श्री गुरु नै हामीबाट यो सेवा गरिरहनु भएको छ’,यस्तो भाव राख्नुहोस् !’

Leave a Comment