आपतकालमा जीवन रक्षाको लागि आवश्यक पूर्व तयारीहरु भाग १

आपतकाल पार गर्नको लागि साधना सिकाउने सनातन संस्था !

अखिल मानवजातिलाई आपतकालमा जीवित रहनको लागि
पूर्व तयारीको विषयमा मार्गदर्शन गर्नुहुने एकमेव परात्पर गुरु डॉ. जयंत आठवलेजी !

 

१. कोरोना विषाणुरूपी आपदा अर्थात भावी महाभीषण आपतकालको छोटो झलक !

‘फेब्रुअरी २०२० देखि ‘कोरोना’ विषाणुले पूरै विश्वमा हाहाकार मचाइ दिएको छ । ‘कोरोना’ विषाणुको संक्रमणबाट १३ जुन २०२० सम्म पूरै विश्वमा ७७ लाख ६४ हजार ६२१ पुग्यो तथा ४ लाख ७४० हजार व्यक्तिहरुको मृत्यु भएको छ । (यो तथ्याङ्क ग्रन्थ छापने समय अद्यावधिक गरिएको छ । – मु) । यस ‘कोरोना’ संकटकालमा अन्न, पानी, बिजुली आदि जीवनावश्यक वस्तुहरुको आपूर्ति जारी छन् । व्यक्तिहरुको हतमा मोबाइल, इन्टरनेट, टीवी आदि सुख-सुविधाको साधन कार्यरत छ । केवल संचारबन्दी छ, जसको कारण उद्योग-कार्यहरुमा नराम्रो प्रभाव पर्यो, देशमा आर्थिक मन्दी आउने, नागरिहरुलाई देशमा अनि विदेशमा आवागमन अवरुद्ध हुने, जस्ता समस्याहरु उत्पन्न भएका छन्; तर अधिकतर व्यक्तिहरुलाई घरमा रहनु बाहेक अन्य कुनै विशेष समस्या छैन । यस्तो हुँदा पनि, ‘कोरोना’ संकटको कारण आत्महत्या गर्ने, रक्सी अनुपलब्धताका कारण मद्यपान गर्नेहरू सरकारको विरोधमा सडमा उत्रिएका छन्, धेरै मानिसहरु उनीहरुलाई कोरोनाबाट जोगाउनका लागि बनाएको नियमहरु पालन नगर्ने घटनाहरु पनि देख्न सकिन्छ । जनताले धार्मिक शिक्षा नपाएको कारण तथा साधना नगर्नाले उनीहरुको स्थिति कति दयनीय भईगएको छ, यी घटनाहरुबाट प्रस्ट भईरहेका छन् ।

२. भविष्यमा महाभीषण आपतकालको स्वरूपको संक्षिप्त विवरण

विश्वयुद्ध, भूकम्प, गम्भीर बाढी आदि को रूपमा महाभीषण आपतकाल त आउन बाँकी छ । यो महाभीषण आपतकाल निश्चित आउनेछ, यो कुरा धेरै नाडी भविष्यकारहरु र द्रष्टा साधु-सन्तहरुले धेरै पहिला नै बताइसकेका छन् । ती संकटहरुको आवाज अब सुनाइ दिइरहेको छ । अमेरिका लगायत केही युरोपेली देशहरुले चीन बिरुद्धमा कलंक लगाउन थालेका छन् र चीनको कारण ‘कोरोना’ विषाणुरूपी संकट उत्पन्न भएको हो भनेका छन् । तात्पर्य यो हो कि अब विश्वयुद्ध नजिक आउँदैछ । यो भीषण आपतकाल केहि दिनहरुको वा महिनाहरुको लागि होइन, तर वर्ष २०२० देखि २०२३ तीन वर्षसम्म हुनेछ । अर्थात, यो अवधि भारतमा ‘हिन्दू राष्ट्र’ (ईश्वरीय राज्य समान आदर्श राज्य) को स्थापनासम्म चलने छ । आपतकालमा बिजुली आपूर्ति ठप्प हुनेछ । पेट्रोल, डीजल आदिको आपूर्ति घट्नेछ । यसले यातायात ठप्प हुन जान्छ । यातायात ठप्प भएको कारण सरकार सबै स्थानहरुमा सहयोग प्रदान गर्न असमर्थ हुन्छ । शासनको अन्य कार्यहरुमा पनि धेरै अवरोधहरु आउँदछन् । LPG-ग्यास, पिउने पानी आदि धेरै महिनाहरुसम्म उपलब्ध हुँदैन । डाक्टर, वैद्य, औषधि, चिकित्सालय आदि को उपलब्धता गाह्रो हुन्छ । यी सबै चीजहरुलाई ध्यानमा राखेर आउँदो आपतकालिनताको सामना गर्न सबैले दैनिक (शारीरिक), मानसिक, पारिवारिक, आर्थिक, आध्यात्मिक आदि स्तरहरुमा अग्रिम तयारी गर्न आवश्यक छ ।

 

३. दैनिक (शारीरिक) स्तरमा तयारी

‘अन्न’, बाच्नको लागि मूलभूत आवश्यकता हो । आपतकालमा हामी भोकै रहनु पर्दैन, यसको लागि पर्याप्त मात्रामा अन्न पहिल्यै खरीद गर्नु आवश्यक छ । हाम्रो वर्तमान पुस्तालाई विभिन्न प्रकारको अन्न संचय गर्न र ती अन्नहरुलाई लामो समयसम्म उत्तम स्थितिमा राख्ने पद्धतिहरुको जानकारी हुँदैन । तसर्थ, हामीले यो लेखमा केहि अन्नसुरक्षा पद्धतिहरुको विषय बताएका छौं । अन्नसंग्रह जति गरे पनि बिस्तारै-बिस्तारै समाप्त हुन्छ । यस्तो समयमा अन्नको लागि तडपिन नपरोस्, यसको लागि पूर्वतैयारीको रूपमा अन्न रोप्नु आवश्यक छ । धान, गहुँ, ठूलो अनाज सबै रोप्न सक्षम हुँदैन । व्यक्ति कन्द-मूल, अल्प पानीमा अधिक उपज दिने तथा बाह्र महीनासम्म उत्पन्न हुने तरकारीहरु र बहु उपयोगी फलफूलको वृक्ष घरको परिसरमा तथा फ्लैटको बगैंचामा लगाउन सकिन्छ । यस लेखमालामा खेती सम्बन्धि विषयमा उपयोगी जानकारी दिइएको छ ।

आपतकालमा खाना पकाउनको लागि ‘ग्यास’ आदि साधन अनुपलब्धताको स्थितिमा चुला, ‘सोलर कुकर’ आदि प्रयोग गर्ने विषयमा बताएका छन् । आपतकालमा सामान्य दिनहरुको जस्तै सबै प्रकारका खानाहरु पकाउन सकिँदैन । यो दृष्टिकोणबाट उपयोगी जानकारी दिइएको छ कि कुन दिगो खानेकुरा संग्रह गरिनु पर्दछ र तिनीहरुलाई लामो समयको लागि सुरक्षित राख्न के गर्नुपर्छ । दैनिक प्रयोग र परिवारलाई कहिले काही लाग्ने वस्तुहरुको सूची पनि दिएको छ । यसले, पाठकहरुलाई सबै प्रकारको वस्तुहरु खरीद गर्नमा सुविधा हुनेछन् । मानिस पानी बिना बाँच्न सक्दैन र बिजुली बिना जीवनयापन गर्न कल्पना पनि गर्न सक्दैन । त्यसैले यस लेखमा, पेयजलको व्यवस्था गर्ने, जलभण्डारण, जल शुद्धीकरणका पद्धतिहरु तथा बिजुलीको विकल्पको विषयमा पनि उल्लेख गरिएको छ । एक शीर्षक सम्बन्धि धेरै प्रकारका प्रबन्धहरु लेखमा वर्णन गरिएको छ । प्रत्येक व्यक्ति आफ्नो आवश्यकता, ठाउँको उपलब्धता, आर्थिक अवस्था, स्थानीय मैसम, भौगोलिक स्थिति आदिको विचार गरेर, अफ्नो लागि सुविधाजनक व्यवस्था गर्न सक्दछ । जहाँ प्रत्यक्ष व्यवस्था गर्ने बारेमा विस्तृत वर्णन गर्न सम्भव छैन, त्यहाँ केवल निर्देशन मात्र छ; जस्तै. ‘आपतकालमा पानीको उपलब्धता कम नहोस्, यसको लागि कुवा खन्नुहोस्’, यस्तो भनिएको छ; तर यसको लागि ‘प्रत्यक्ष गर्नुपर्छ’, यसको व्याख्या गरेको छैन । त्यस्ता कार्यहरुको बारेमा, पाठकहरु त्यस विषयसँग परिचित व्यक्तिहरुसँग कुरा गर्नुपर्दछ वा त्यससँग सम्बन्धित पुस्तकको अध्ययन गर्नुपर्दछ ।

 

४. मानसिक तयारी

आपतकालमा धेरै व्यक्तिहरु हडबडाउने, चिन्ता गर्ने, निराश हुने, डराउने आदि हुन्छन् । प्रतिकूल परिस्थितिलाई धैर्यसाथ सामना गर्नको लागि मनलाई पहिला देखि नै दृढ राख्नुपर्दछ र यसको लागि ‘स्वयम सूचना’ दिनुपर्दछ । यो विषयलाई पनि यस लेखमालामा उल्लेख गरिएको छ ।

अधिक जानकारीको लागि पढ्नुहोस्: प्रतिकूल परिस्थितिमा नहडबडाई अगाडि दिएको सूचना मनलाई दिएर आत्मबल बढाउँनुहोस् !

 

५. आध्यात्मिक तयारी


आफ्नो बलमा व्यक्तिले आपतकालमा सुरक्षित हुनको लागि जति तयारी गरे पनि, पर्याप्त हुँदैन । अन्तमा, ईश्वरमाथि भरोसा गर्नै पर्ने हुन्छ । जब व्यक्ति साधना गरेर देवताको कृपा प्राप्त गर्दछ, तब देवताले उनलाई प्रत्येक संकटमा बचाउँछ । यो लेखमाला साधना गर्नुको महत्त्व बुझ्नमा पनि उपयोगी हुन्छ ।

 

६. साधकहरु, स्वयंलाई सबै प्रकारले शीघ्र तैयार गर्नुहोस् !

यदि पाठकहरुले यो लेखमाला अनुसार अहिले बाट नै काम सुरु गर्यो भने भाविष्यमा आपतकाल सामना गर्न सजिलो हुनेछ । पाठकहरु यो विषय स्वयममा सीमित नराखेर, समुदायको सदस्यहरुमा पनि जागृती गर्नुहोस् । यस विषयमा ग्रन्थमाला पनि प्रकाशित भएको छ ।

 

७. प्रार्थना

‘आपतकालमा केवल सुरक्षित रहनको लागि मात्र नभएर जीवनमा साधनाको दृष्टिकोण अपनाएर आनन्दमय रहनको लागि पनि यो लेखमाला उपयोगी होस्’, यही श्री गुरुसँग प्रार्थना !

पू. संदीप आळशी

 

परात्पर गुरु डा. जयंत आठवलेज्यू,

आपतकालमा मानव जाति जीवित रहनको लागि र

सृष्टिको कल्याणको लागि प्रयत्नरत विश्वको एकमेव द्रष्टा !

‘हिरण्याक्ष नामक असुरले पृथ्वीलाई अपहरण गरी महासागरमा लुकाइ दियो, तब श्रीविष्णुले वराह अवतार लिनु भएर पृथ्वीको रक्षा गर्नुभयो । सृष्टिको सन्तुलन सदैव टिकि रहनको लागि भगवान शिव अखण्ड ध्यानावस्थामा रहनुहुन्छ । परात्पर गुरु डॉ. जयंत आठवलेज्यू पनि अनेक दैवी गुणहरुले युक्त हुनुहुन्छ र उहाँ देवता समान हुनु भएको धेरै साधकहरुलाई अनुभूतिहरु भएका छन् । परात्पर गुरु डाक्टरज्यूलाई पनि देवताहरुको समान अखिल मानवजातिको सुरक्षा र कल्याणको बारेमा चिन्ता छ ।

आपतकालमा बाढी, भूकम्प समान प्राकृतिक आपतिहरु र महायुद्ध समान मानव-निर्मित विपतिहरु आउनेछन् । परात्पर गुरु डा. आठवलेज्यूले अखिल मानव जातिलाई, यी आपतिहरु समाना गर्नको लागि, उनीहरुलाई मार्गदर्शन मिलोस् यस कारण वर्ष २०१३ देखि ‘आपतकालको संजीवनी’ यो ग्रन्थमालाको निर्मिति आरम्भ गर्नुभयो । यसमा डाक्टर, औषधिहरु आदि उपलब्ध नहुँदा पनि स्वयं उपचार गर्न सकोस्, यस्तो विभिन्न उपचार-पद्धतिहरु ग्रन्थमा दिएको छ । यस अन्तर्गत ‘प्राणशक्ति प्रणालीको उपचार’ अथवा ‘खाली कागजको बक्सको उपचार’ यी सरल र प्रभावी उपचार-पद्धतिहरुको अनुसन्धान परात्पर गुरु डाक्टरज्यूले स्वयं लगाउनु भएको छ । आश्चर्यको कुरा यो हो कि परात्पर गुरु डाक्टर आठलेज्यूले वर्ष १९८० देखि जब उहाँ आफ्नो मुम्बई स्थित घरमा हुनुहुन्थ्यो, त्यस समयदेखि आयुर्वेद, बिन्दुदाब, रेकी जस्ता उपचार-पद्धतिहरुको विषयसँग सम्बन्धित सयौं कतरनहरु संग्रहित गरेर राख्नु भएको छ । यी कतरनहरु को उपयोग अब ग्रन्थ बनाउनको लागि भईरहेको छ । यसबाट परात्पर गुरु डाक्टरज्यूको द्रष्टापन ध्यानमा आउँदछ ।

आपतकालमा घरेलु औषधी सजिलै उपलब्ध हुनको लागि देश-विदेशका मानिस सजिलैसँग आफ्नो घरको आँगन अथवा घरको परिसरको बगैंचामा लगाउन सकोस्, यस्तो औषधि वनस्पतिहरुको अभ्यास उहाँले साधकद्वारा गरिरहनु भएको छ । यी वनस्पतिहरु सर्वत्र लगाउन सकोस् यसको लागि पनि ध्यान दिइरहेको छ । उहाँले औषधि वनस्पतिहरुको बागवानीसँग सम्बन्धित ग्रन्थ पनि तैयार गर्नुभएको छ ।

आपतकालमा मानव जीवित रहनको लागि केवल उपचार-पद्धतियहरुको जानकारी हुनु मात्र पर्याप्त हुँदैन, तर अन्न-धान्य, पानी, इन्धन, बिजुली जस्ता अनेक जीवनावश्यक मानवको लागि अत्यन्त आवश्यकता हुनेछ । यी सबै ध्यानमा राखेर आपतकाल सामना गर्नको लागि सबैलाई शारीरिक स्तरमा होइन, मानसिक, कौटुंबिक, आर्थिक र आध्यात्मिक स्तरमा पनि पूर्वतैयारी गर्न आवश्यक हुन्छ । यो दृष्टिले ‘प्रत्येकलाई व्यक्तिगतरूपले र आफ्नो समाज बन्धुहरुको साथ मिलेर के गर्नुपर्छ’, यो बताउने एकमेव परात्पर गुरु डाक्टर हुनुहुन्छ । उहाँको ‘भावी आपतकालमा जीवित रहनको लागि गरिने तयारी’ यस विषयमा लेख नियतकालिक र वेबसाइटमा प्रकाशित भएको छ र अब छिट्टैनै यस विषयमा आधारित ग्रन्थमाला पनि प्रकाशित हुँदैछ ।

आपतकालमा रक्षा हेतु व्यक्तिले आफ्नो बलमा जति नै तयारी रहे पनि भूकम्प, सुनामी समान महाभीषण आपत्तिहरुबाट बच्नको लागि अन्ततः भगवानमा भरोसा गर्नुनै पर्छ । यदि व्यक्ति साधना गरि भगवानको कृपा प्राप्त गर्छ, तब भगवान त्यस व्यक्तिलाई प्रत्येक संकटमा रक्षा गर्दछ । भक्त प्रल्हाद, पाण्डव जस्ता अनेक उदाहरणहरुबाट यो सिद्ध भएको छ । त्यसैले परात्पर गुरु डाक्टरज्यू केहि वर्षहरुदेखि ग्रन्थ, नियतकालिक, वेबसाइट आदि को माध्यमबाट अखिल मानवजातिमा अपार करुणा गरि, फेरि-फेरि बताइरहनु भएको छ कि ‘अब न्यूनतम जीवित रहनको लागि साधना गर !’

हिन्दू धर्मशास्त्रले भन्छ कि ‘धर्माचरणको विकृति हुनाले अधर्म प्रबल हुन्छ, जसले पृथ्वीमा अनेक संकट आउँदछ ।’ जब समाज धर्माचरण गर्दछ, साधना गर्न थाल्दछ तथा सामाजिक र राष्ट्रीय जीवनमा धर्मलाई महत्त्व दिइन्छ; तब पृथ्वीमा संकट आउँदैन । यसले सृष्टिको सन्तुलन बनि रहनमा सहायता हुन्छ । त्यसैले परात्पर गुरु डाक्टरज्यू केवल भारतमा मात्र होइन, अपितु सम्पूर्ण पृथ्वीमा धर्माधारित ‘ईश्वरीय राज्य’ स्थापित गर्नको लागि मानवजातिको आध्यात्मिक स्तरमा मार्गदर्शन गरिरहनु भएको छ । यस अतिरिक्त उहाँ सन्त, सम्प्रदाय, साधक, हिन्दुत्ववादि, धर्मप्रेमि र राष्ट्रभक्तलाई संगठित पनि गरि रहनुभएको छ ।

केहि वर्षदेखि परात्पर गुरु डाक्टरज्यूको प्राणशक्ति धेरै घटेको छ । उहाँ विभिन्न व्याधिरुले ग्रस्त हुनुको कारण जसो-तसो केवल जीवित हुनुहुन्छ । उहाँ सधै ब्रह्मलीन अवस्थामा रहनुहुन्छ; मनमा विचार आयो भने कुनै समय पनि आनन्दपूर्वक देहत्याग गर्न सक्नुहुन्छ । यस्तो हुँदा पनि, केवल सम्पूर्ण मानवजातिलाई आपतकालमा बचाउनको लागि तथा यसलाई सात्तिवक बनाउनु भएर सर्वत्र ईश्वरीय राज्य स्थापना गर्नुको साथ-साथै सम्पूर्ण सृष्टिको कल्याण होस्, यो उद्देश्यले प्रतिदिन आफ्नो पूरा शक्ति लगाउनु भएर १५-१६ घण्टा कार्य गर्नुहुन्छ !

यस्तो धर्मसंस्थापक, जगतोद्धारक, सृष्टिको पालनहार, युगप्रवर्तक तथा परम कृपालु गुरुदेवज्यूको चरणमा दण्डवत प्रणाम !’

– (पू.) श्री. संदीप आळशी (११.११.२०१९)

घोर आपतकालको विषयमा द्रष्टा, सन्त, सप्तर्षि र देवताहरुको भविष्यवाणि !

भारतमा २०२३ मा ‘हिन्दू राष्ट्र’

(आदर्श यस्तो ईश्वरीय राज्य) स्थापना हुने समयसम्म आपतकाल रहनेछ !

‘आजकल भूकम्प, भीषण बाढी आदि को माध्यमबाट आपतकाल आरम्भ भई सकेको छ । वर्ष २०२१ देखि आपतकालको भीषणता धेरै बढ्नेछ । भारत मा वर्ष २०२३ मा ‘हिन्दू राष्ट्र’ (ईश्वरीय राज्य) को स्थापना हुने समयसम्म आपतकाल रहनेछ ।’ (परात्पर गुरु) डा. जयंत आठवले

 

१. आपतकाल आरम्भ भएको संकेत दिने प्राकृतिक प्रकोपहरु र अन्तर्राष्ट्रिय घटनाक्रम

१ अ. केही प्राकृतिक प्रकोपहरु

केही वर्षहरु देखि विश्वमा प्राकृतिक प्रकोपहरु आइरहेका छन् । उदाहरणको रूपमा, गएको वर्षहरुमा घटित केहि घटनाहरुको विषयमा हेर्नेछौं । वर्ष २०१३ मा केदारनाथमा जलप्रलय भएको थियो, जसमा ६० गाँउहरु बगाएको थियो तथा १,००० भन्दा अधिक मानिसहरुको मृत्यु भएको थियो । वर्ष २०१८ मा केरलमा ठूलो बाढी आएको थियो, जसमा ३ लाख मानिसहरु विस्थापित हुनु परेको थियो र ३७५ भन्दा अधिक मानिसहरुको प्राण गएको थियो । डिसेम्बर २०१८ मा इन्डोनेशियाको समुन्द्रमा ज्वालामुखी विस्फोट भएको थियो, जसले गर्दा समुन्द्रमा सुनामी आएको थियो र लगभग ३०० मानिसहरुको मृत्यु भएको थियो । कैलिफोर्निया (अमेरिका) को वनमा केहि वर्षहरुमा दुई पटक आगो लागेको थियो जसले गर्दा हजारै एकड भूमिमा व्याप्त प्राकृतिक सम्पत्ति नष्ट भएको थियो ।

१ आ. तेस्रो महायुद्धको कारण बन्न सक्ने केहि अन्तर्राष्ट्रिय घटनाहरु

पाकिस्तानले भारतको सीमामा लगातार संघर्षविरामको उल्लंघन र आतंकवादिको माध्यमबाट भारत विरुद्ध लुकाएको युद्ध, चीनको पटक-पटक भारतीय सीमामा घुसपैठ, उत्तर कोरियासँग भएको स्थित पारमाणविक अस्त्र नष्ट गर्ने विषयमा उत्तर कोरिया-अमेरिका बीच संघर्षको स्थिति, महासत्ता बन्ने चीनको महत्त्वाकांक्षाले आरम्भ चीन-अमेरिका संघर्ष, अमेरिका-रूस बीच पुनः उत्पन्न शीतयुद्ध, ‘कोरोना’ विषाणुरूपी संकट चीनको कारण उत्पन्न भएको हो, यो भन्दै अमेरिका सहित केहि यूरोपीय देशहरुले चीन विरुद्ध प्रतिबन्ध लगाउने घटनाहरुमा विचार गर्यो भने भारतसहित विश्वको धेरै देशहरु तेस्रो महायुद्धको लपेटमा आउन सक्छ ।

२. ‘आपतकालमा परिस्थितिको भीषणता दर्शाउने केहि घटनाहरु

२ अ. दोस्रो महायुद्धको समयको स्थिति

दोस्रो महायुद्धको समय जर्मनीले ब्रिटेन विरुद्ध युद्ध घोषित गर्यो । त्यस कारण ब्रिटेनमा पहिला ४ दिनमा नै १३ लाख व्यक्तिहरुले स्थलांतर गर्नु परेको थियो । युद्धकालमा निर्दीपन (ब्लैक आऊट) पनि आरम्भ भयो । राति घर बाहिर पूरै अध्यारो हुन्थ्यो । झ्याल अथवा ढोकाबाट मधुरो प्रकाश पनि बाहिर जादा मानिसहरुलाई दण्ड दिइन्थ्यो ! यति कठोर प्रतिबन्ध एक-दुई दिन अथवा एक महिना-दुई महिना होइन, लगातार ५ वर्षसम्म थियो ! दोस्रो महायुद्धको समय जर्मनीले रूसलाई पनि आफ्नो कबजामा लिएको थियो । त्यो समय रूसी जनताले रुखको पत्ता, काठको भुसको केक जस्ता पदार्थ खाएर पेट पालनु परेको थियो !

२ आ. वर्ष २०१५ मा नेपालमा भूकम्पबाट उत्पन्न विकट परिस्थिति र त्यसबाट जनताले भोग्नु परेको दुर्दशा सम्बन्धी केहि घटनाहरु

२ आ १. खाना पकाउने ग्याको आपूर्ति घट्दा जनताले भोग्नु परेको दुर्दशासँग सम्बन्धित केहि प्रसंगहरु
२ आ १ अ. खाना पकाउने ग्याको कालोबाजारी

‘१,५०० रुपैयाँमा पाउने ग्यास सिलिंडर कालोबाजारीमा ८,००० रुपैयाँमा पाउँदथ्यो ।

२ आ १ आ. भूकम्पमा भत्केको घरको काठको उपयोग खाना पकाउनमा प्रयोग

भूकम्प पश्चात, ७ महिनासम्म ग्यास सिलिन्डर उपलब्ध भएन । त्यसैले, खाना पकाउनको लागि भूकम्पमा भत्केको घरको काठको प्रयोग गर्न थाल्यो । केहि महिनापछि शासनले जनताको लागि काठको प्रबन्ध गर्यो; तर काठ २० रुपैयाँ प्रति किलोमा मिल्दथ्यो !

२ आ १ इ. काठको उपयोग ईन्धनको रुपमा उपयोग गर्दा उत्तपन्न भएका समस्याहरु

१. काठ विक्रेताहरुले चिसो काठ बेच्न थाले । यसले स्त्रीहरुलाई चुला जलाउनमा धेरै कठिनाई हुदथ्यो ।

२. धेरै मानिसहरुसँग दाउरा चिरनको लागि बनचरो थिएन, केहि मानिसहरुलाई दाउरा चिर आउँदैन थियो; त्यसैले दाउरा चिरनको लागि अर्को व्यक्तिलाई भन्नु पर्दथ्यो ।

३. भाडामा बस्ने मानिसहरुलाई घर मालिकले दाउरामा खाना पकाउन दिदैन थियो किन कि धुवाले घर फोहर बनाइ दिन्छ ।

२ आ १ ई. धेरै हप्ताको पर्खाइपछि ग्यास पायो तर गाडीको सुविधाको अभावमा घरसम्म लैजान कठिनाई भयो

धेरै हप्ताको पर्खाइपछि ग्यास सिलिन्डर उपलब्ध भयो तर गाडीको सुविधाको अभावको कारण घरसम्म लैजान कठिनाई हुन्थ्यो ।

२ आ २. किराना पसलमा सामानहरु उपलब्ध हुन कठिनाई हुने

त्यस समयमा किराना पसलहरुमा धेरै सामानहरु उपलब्ध हुँदैन थियो र उपलब्ध भयो भने पनि पहिलाको तुलनामा चार गुना मूल्यमा मिल्दथ्यो; १०० देखि १८० रुपैया प्रति लीटर पाउने तेल, ५०० रुपैया प्रति लीटर पर्दथ्यो ।

२ आ ३. औषधिको अभावको कारण साधारण रोगबाट पनि मृत्यु हुने

चिकित्सालयमा औषधि उपलब्ध नहुनुको कारण साधारण रोगबाट पनि मृत्यु हुन्थ्यो ।

२ आ ४. बिजुलीको अपर्याप्त आपूर्तिबाट उत्पन्न समस्या

काठमाण्डु शहरमा प्रतिदिन निर्धारित १४ घण्टा बिजुली आपूर्ति हुँदैन थियो । कहिलेकाहि बिजुली आपूर्ति दिनमा केवल २ -३ घण्टा मात्र हुन्थ्यो । बिजुली आपूर्ति आरम्भ भएपछि प्रत्येक घरमा पानीको मोटर चलाउने, बिजुलीको उपकरणबाट खाना बनाउने आदि कार्य हुन्थ्यो । यस्तो अवस्थामा ज्यादा भार (लोड) को कारण ट्रान्सफॉर्मर जल्दथ्यो । त्यसलाई ठीक गर्नमा राजकीय कर्मचारी ४ – ५ लगाउँदथ्यो ।

२ आ ५. पेट्रोल र डीजलको आपूर्ति घट्दा उत्पन्न समस्या

अ. पेट्रोल र डीजलको आपूर्ति घट्नाले गाडी चल्दैनथ्यो; त्यसैले विद्यालय र उद्योग बन्द हुन्थ्यो ।

आ. कहिलेकाही ईन्धनको वितरण सरकारको तर्फबाट हुन्थ्यो; तर यसको लागि कम्तिमा ४ – ५ घण्टा लाईनमा बस्नु पर्दथ्यो । आफ्नो पालो आउँदासम्म इन्धन समाप्त हुन जान्थ्यो । फेरि यसको लागि धेरै हप्ता प्रतीक्षा गर्नुपर्दथ्यो । शासनको तर्फबाट इन्धन फेरि कहिले वितरण गर्नेछ यसको जानकारी हुँदैन थियो त्यसैले मानिसहरु आफ्नो वाहन बाटोमा लाईनमा छोडेर जान्थे ।

इ. सामान्य स्थितिमा १०० देखि १३० रुपैया प्रति लीटरमा पाउने पेट्रोल काला बाजारीमा ५०० रुपैया प्रति लीटरमा बिक्रि हुन्थ्यो र ८० देखि १०० रुपैया प्रति लीटरमा बिक्ने डीजल २५० देखि ३०० रुपैया प्रति लीटरमा बिक्रि गर्दथ्यो ।

ई. ईन्धन आपूर्ति घटेपछि साइकल चलाउने संख्या बढ्न थाल्यो । त्यसैले सबै भन्दा सस्तो साइक जुन सात हजार पर्दथ्यो त्यसको मूल्य पनि १०,००० भयो !

२ आ ६. बिजुली, पेट्रोल तथा डीजलको अभावमा ‘इन्टरनेट’ सेवा बन्द

विभिन्न कार्यालयहरुमा बिजुली नहुँदा जनरेटरको उपयोग गर्दथ्यो । तर भूकम्प पश्चात बिजुली सहित पेट्रोल र डीजलको पनि आपूर्तिमा बाधा हुँदा जनरेटर निरुपयोगी हुन गयो । परिणामस्वरुप ‘इन्टरनेट’ को माध्यमबाट हुने काम रोकियो ।

२ आ ७. उद्योग बन्द भएको कारण धेरै मानिसहरुले नोकारी गुमाए

त्यस समयमा लगभग २,००० उद्योगहरु बन्द भयो र लगभग १ लाख मानिसहरुले नोकरी गुमाए ।’

– ‘एस.एस.आर.एफ.’को साधिका कु. सानु थापा, नेपाल (२४.४.२०१६)

माथिका सबै उदाहरणहरु आपतकालको भीषणताको केवल झलक मात्र हुन् । हामी कलपना पनि गर्न सक्दैनौं कि आपतकालमा के-कस्तो समस्याहरु हुन सक्छन् । यदि हामीले यी सबै समस्याहरुलाई डटेर सामना गर्ने हो भने आपतकालको लागि पहिलादेखि त्यति नै कडा तयारी गर्नुपर्ने हुन्छ; यो याद राख्नुहोस् कि आपतकालमा बच्नको लागि अन्य मार्ग छैन !

 

३. आपतकालको दृष्टिले शारीरिक स्तरमा गरिने विभिन्न तयारीहरु !

३ अ. खाना बिना भोकइ बस्न नपरोस्, यसको लागि तयारी !

३ अ १. भान्छाको लागि आवश्यक ‘ग्यास’, ‘स्टोव’को लागि आवश्यक केरोसीन इत्यादिको सम्भावित अनुपलब्धता ध्यानमा राखि, निम्न आवश्यक उपाय लिनुहोस् ।
३ अ १ अ. घरमा चुलाको व्यवस्था गर्नुहोस्

१. यदि घरमा कुनै चुला छैन भने बाजारबाट माटो, सिमेन्ट अथवा ‘बीड’ (बीड कच्चा फलाम हो । यसलाई अंग्रेजीमा पिग आयरन भनिन्छ ।) नामक धातुबाट बनेको चुला किनेर राख्नुहोस् । केही उत्पादकहरु पारम्परिक चुलाको तुलनामा कम ईन्धन, कम धुवा, ढुवानी गर्न सकिने यस्ता अनेक सुविधाहरुले युक्त फलामको चुला बनाउँछन्, उदा. भोपाल, मध्य प्रदेश स्थित ‘दत्तू चुला’ (मोबाइल: ९१ ९४२५००९११३) । केही उत्पादकहरुले बनाएको चुलोमा धुँवा निस्किने ‘चिम्नी’ को सुविधा पनि हुन्छ । यी आधुनिक चुलाको अध्ययन गरि आफ्नो आवश्यकता अनुसार चुला किन्न सकिन्छ । (ऐन समयमा तीन ढुङ्गाको विशिष्ट पद्धतिबाट रचना गरि चुला बाउन पनि आवश्यक हुन्छ ।)


दत्तू चुला

२. चुला जलाउने, प्रतिदिन सफा गर्ने इत्यादि चीजहरु पनि सिक्नुहोस् ।

३. चुलाको इन्धनको रूपमा काठ, कोइला, गोबर, ‘बायोमास ब्रिकेट’ (उखुको लट्ठी, रस नभएको भाग), काठको भूस, बदामको बोक्रा, सूर्यमुखि फूल टिपेपछि बाँकी रहेको भाग आदि चीजहरुमा दबाबसहित प्रशोधन गरि स-साना टुक्राहरुको प्रर्याप्त संग्रह गरेर राख्नुहोस् । ‘बायोमास ब्रिकेट’ ठूलो शहरको पसल तथा ‘अनलाइन’ पनि किन्न सकिन्छ । दाउरा चिरनको लागि बनचरो, सलाई, लाईटर इत्यादि किनेर राख्नुहोस् ।


४. चुलामा चलाउनको लागि तावा, कडाई जस्तो विशिष्ट भाडाकुडा साथै जोसँग सौर्य ऊर्जाबाट प्रयाप्त बिजुली निर्मिति गर्ने यन्त्र छ, उनी बिजुलीको सहायताबाट चलने घरेलु मिल राख्नुहोस् ।

५. चुलामा खाना पकाउन सिक्नुहोस् । सकेसम्म ‘प्रेशर कुकर’ को उपयोग नगर्नुहोस्, अन्य भाँडामा दाल-चामल पकाउने, रोटि तावामा पल्टाएर त्यसलाई कोइलामा सेक्ने जस्ता कृत्यहरु समावेश होस् । चुलामा खाना बनाउन सिक्ने समय भान्छा कोठाको ‘प्लेटफर्ममा खाना पकाउने बानी’ पनि घटाउने प्रयास गर्नुहोस् ।

३ अ १ आ. सौर्य ऊर्जामा खाना पकाउने उपकरणहरु किन्नुहोस्

१. जोसँग सौर्य ऊर्जाबाट (‘सोलर’ बाट) बिजुली निर्माण गर्ने व्यवस्था छैन, उसले ‘सोलर कुकर’ जस्ता उपकरणहरु किनेर राख्नुहोस् ।

२. जोसँग प्रयाप्त सौर्य ऊर्जाबाट बिजुली निर्माण गर्ने व्यवस्था छ, उसले यस्तो प्रकारको चुला ‘इंडक्शन चुला’ र त्यस चुलाको लागि उपयुक्त भाँडा किन्नुहोस् । (ध्यान दिनुहोस् कि अधिक बादलको कारण सौर्यऊर्जा सीमित हुन जान्छ ।)

इंडक्शन चुला

३ अ १ इ. जहाँ पर्याप्त मात्रामा गीलो फोहर (सब्जीको डाँठ, बचेको खाना, अन्य पदार्थहरु जुन छिटो सड्न सक्छ इत्यादि) उपलब्ध भैरहन्छ भने बायोग्यास प्लान्टमा जानुहोस्

बायो-ग्यास संयंत्र

भान्छाको फोहर बाहेक, गोबर प्रयोग गर्न सकिन्छ, शौचालयको फोहर पनि बायोग्यास प्लान्टमा हाल्न सकिन्छ । केही राज्यहरुमा बायोग्यास प्लान्ट निर्माण गर्न सरकारले सम्पूर्ण खर्च उठाउँदछ; जबकि केही राज्यहरुमा आंशिक अनुदान प्रदान गर्दछ ।

३ अ १ ई. जोसँग गाईवस्तु छन् उनीहरुले गोबरग्यास प्लान्ट बनाउन सक्नु हुन्छ ।

गोबर-ग्यास संयंत्र

शौचालयको फोहरलाई गोबर ग्यास प्लान्टमा जोड्न सकिन्छ । जुन किसानले यस्तो प्लान्ट बनाउँछ उनले विशेष योजना अन्तर्गत राज्य सरकारबाट आंशिक अनुदान प्राप्त गर्न सक्छ ।

सिलैटा

अ. मही बनाउँदा यान्त्र प्रयोग नगरिकन ठेकीको माध्यबाट मही बनाउनुहोस् ।

आ. ‘मिक्सर’ को स्थान मा अचार पिस्न या बदामलाई पाउडर बनाउन ओखल (खल) को प्रयोग गर्नुहोस् ।

ओखल

इ. अन्य पारम्पारिक वस्तुहरु (उदा. जातो, ढिक्की,) आदि उपयोग गर्ने पनि बानी गर्नुहोस् ।

 

प्रत्येक व्यक्ति बिभिन्न तहमा तयार रहन आवश्यक छ,

आपतकालमा शासनमा निर्भर हुने गल्ती नगर्नुहोस् !

आपतकालमा यातायात ठप हुन्छ । त्यसकारण, शासनको सहायता सबै ठाउँमा पुग्न सक्दैन । शासनको सहायता कार्यमा अन्य अवरोधहरु पनि आउन सक्छ । प्राय: आपतकालमा खाना पकाउन ग्यास, खाद्यान्न वस्तुहरू आदि को आपूर्ति खण्डित हुन्छ । यस कारणले वितरण-व्यवस्थामा भ्रष्टाचारको उच्च सम्भावना रहन्छ । त्यस समय शासन केही वस्तुहरुको राशनिंग गर्दछ तथा ‘औषध-वितरण केन्द्र’ खोलेर नागरिकहरुलाई धैर्यता प्रदान गर्ने प्रयास गर्दछ । तर, शासनको सहायता कार्यको पनि सीमा हुन्छ । यो सबै ध्यानमा राख्दै, आपतकालमा बाच्नको लागि सबै जाना शारीरिक, मानसिक, आध्यात्मिक आदि स्तरमा पहिलादेखि नै सिद्ध हुन अत्यन्त महत्वपूर्ण छ ।

 

आपतकाल मा, ‘जस्तो भाग्यमा लेखेको छ, त्यही हुन्छ, यस्तो मानसिकता ठीक होइन !

आपतकालको विषयमा गम्भीरता उत्पन्न गर्ने दृष्टिले केही मानिसहरुलाई बताइन्छ तब उनीहरु भन्छन्, ‘आपतकालमा जुन सबैलाई हुन्छ त्यही हामीलाई पनि हुन्छ । आपतकालमा जे हुनुछ त्यही हुन्छ । अगाडिलाई अगाडिनै हेर्नेछौं ।’ यस सन्दर्भमा निम्न दृष्टिकोण लिनुपर्दछ ।

आपतकालमा जो हुनेछ, त्यो विनाश नै हुनेछ । यद्यपि, घर-धरमा वृद्ध र साना बच्चाहरु रहन्छन् । वृद्ध व्यक्तिहरु प्याराबोलिक र असहाय हुन्छन्, भने बच्चा अनभिज्ञ हुन्छ । उनीहरुलाई सम्हाल्ने र उनीहरुको रक्षा गर्ने दायित्व परिवारको सदस्यहरुमाथि हुन्छ । जब परिवारको कर्ता व्यक्ति नै आपतकालबाट रक्षाको लागि प्रयास गर्दैन्न् अगाडि आपतकालको आगोमा वृद्ध र बच्चा जल्नेछन्, तब त्यस परिवारको कर्ता व्यक्तिलाई महसुस हुनेछ, यसलाई अवश्य ध्यानमा राख्नुहोस् ।

(प्रस्तुत लेखमालाको सर्वाधिकार (कॉपीराइट) ‘सनातन भारतीय संस्कृति संस्था’ सँग छ ।)

भाग २ पढ्नको लागि हेर्नुहोस् । आपतकालमा जीवनरक्षा हेतु आवश्यक पूर्वतैयारी भाग – २

सन्दर्भ : सनातनको ग्रन्थमाला ‘आपतकालिन स्थितिमा जीवनरक्षा’

Leave a Comment