घरेलु स्तरमा महत्त्वपूर्ण औषधीय वनस्पतिहरु कसरी रोप्ने ? भाग – ५

Article also available in :

औषधीय वनस्पतिको संख्या अनगिन्ती छ । यस्तो बेला कुन बिरुवा रोप्ने ? यस्तो प्रश्न उठ्न सक्छ । प्रस्तुत लेखमा घरमा केही महत्वपूर्ण औषधीय बिरुवा कसरी रोप्ने भन्ने बारे जानकारी दिइएको छ । यी बिरुवाहरू रोपेको करिब ३ महिनापछि औषधिको रूपमा प्रयोग गर्न सकिन्छ । आजकल आपतकालीन अवस्थालाई ध्यानमा राखेर वृक्षवगर्गीय बिरुवा रोप्नुको सट्टा यस्ता बिरुवालाई प्राथमिकता दिईयो भने हामी ती बिरुवाहरु तुरुन्तै प्रयोग गर्न सक्छौं । जताततै औषधीजन्य वनस्पति सजिलै पाइँदैन । यो समस्याको समाधान पनि यस लेखमा दिइएको छ । पाठकहरूले यस लेखमा दिइएका बाहेक अन्य बिरुवाहरू पनि रोप्न सक्छन् ।

भाग ४ पढ्नको लागि यहाँ क्लिक गर्नुहोस् – घरेलु स्तरमा महत्त्वपूर्ण औषधीय वनस्पतिहरु कसरी रोप्ने ? भाग – ४

 

२२. पारिजात

पारिजातक

२२ अ. महत्त्व

पारिजात ज्वरो र जोर्नी दुखाइको लागि राम्रोसँग उपयोग गरिन्छ। घर नजिकै केही बिरुवा हुनुपर्छ।

२२ आ. रोपण

यसको डाँठबाट नयाँ बिरुवा बनाउन सकिन्छ। फागुन-मार्च महिनामा बालुवामा यसको डाँठ गाडेर असारसम्म राम्रो बिरुवा तयार भई वर्षायाममा रोप्न सकिन्छ।

 

२३. बेल

बेलको बोक्रा, पात र फलहरू औषधिमा प्रयोग गरिन्छ। झाडापखला लागेमा बेल फलको जाम बनाएर खाँदा फाइदा हुन्छ। पातको रस रगतमा हेमोग्लोबिन बढाउन उपयुक्त हुन्छ। त्यसैले केही बिरुवा आफ्नो वरिपरि हुनुपर्छ।

२३ आ. रोपण

तपाईले बेलको बिरुवा किन्न सक्नुहुन्छ। रुखबाट खसेको बेलफलको बीउ छर्दा स्वतः हुर्कन्छ।

 

२४. खस

१. खसको गुच्छ २. खसको जरा

२४ अ. महत्त्व

यसको जरा अत्यन्त सुगन्धित र शीतल हुन्छ। गर्मीको दिनहरु यसको विशेष प्रयोग हुन्छ। खसको जराले माटोलाई बलियोसँग समातेर राख्दछ जसले माटोको क्षयलाई रोक्छ। खसको जरालाई घाममा सुकाएर प्लाष्टिकको झोलामा हालेर कपडाको कपाटमा राख्दा ५–६ वर्षसम्म टिक्छ। यसले गर्दा लुगामा सुगन्ध आउँछ र हामीले चाहेको बेला खसको प्रयोग गर्न सक्छौं।

२४ आ. रोपण

खसको बिरुवा नर्सरीबाट किन्न सकिन्छ। हरियो चिया जस्तै खसको पनि गुच्छा हुन्छ। यदि कसैसँग खसको गुच्छा छ भने त्यसलाई हरियो चियाको बिरुवा निकालेर रोप्ने तरिकाले रोप्न सकिन्छ। जमिनमा खस ​​लगाएर जरा खन्दा चुटिन्छ र खेर जान्छ। यस्तो हुन नदिन, प्लास्टिकको बोरामा खसलाई रोप्नुहोस्। यसका लागि २५ किलो अनाजको खाली बोरा लिनुहोस्। त्यसको तल्लो भागमा सडेको गाईको गोबर राखेर बालुवा मिसाइएको माटो बोरामा भरेर त्यसमा खसको बिरुवा रोप्नुहोस्। तल गोबर भएको कारण खसको जरा गोबर लिनको लागि लामो हुन्छ र सामान्यतया डेढ वर्षमा खसको जरा बोरा भरि उपलब्ध हुन्छ। खसको जरा निकाल्दा माटोसँगै केही समय पानीमा भिजाएर राख्नुहोस् र त्यसपछि पानी हलाएर माटो निकाल्नुहोस् । यसले सफा जरा मिल्दछ।

 

२५. अश्वगन्धा

अश्वगन्धा

२६ अ. महत्त्व

यो बैंगन परिवारको बिरुवा हो। यसको जरा शक्तिवर्धक हुन्छ। यो सबैभन्दा अधिक प्रयोग हुने औषधि हो।

२६ आ. रोपण

यो ६ महिनाको बाली हो । वर्षायामपछि धान काटिसकेपछि अश्वगन्धा बाली तयार गर्न सकिन्छ । त्यसका लागि छुट्टै पानी चाहिँदैन, ओस नै काफी हुन्छ। यो बीउबाट रोप्न सकिन्छ। व्यावसायिक स्तरमा रोप्न चाहनुहुन्छ भने अश्वगन्धाको ‘नागोरी’ प्रजातिको बीउ प्रयोग गर्नुहोस्। यस जातिको बिरुवाको जरा औंठा जत्तिकै ठूलो हुन्छ। घरेलु स्तरमा रोप्ने हो भने कम्तीमा २ देखि ४ बिरुवा रोप्नुहोस्। घर वरिपरि ठाउँ छ भने ५० देखि १०० बिरुवा रोपेर मात्रै उपयोग गर्न सकिन्छ। जब फल फल्छ, तिनीहरूको रंग रातो हुन्छ र पातहरू झर्न थाल्छन्। तब जरा खन्नुहोस्। जरालाई धुनुहोस्, सुकाउनुहोस् र त्यसबाट पाउडर बनाउनुहोस्। यो बिरुवाको फलबाट प्राप्त बीउबाट पुन: वनस्पति रोप्न सकिन्छ। बिरुवाको माथिल्लो भाग गाईवस्तुको लागि चाराको रूपमा प्रयोग गरिन्छ।

 

२६. सैपत्री

घर वरपर सैपत्रीको बिरुवा राख्नाले लामखुट्टेको समस्या कम हुन्छ। घाउ भरनको लागि सयपत्रीको रस प्रयोग। गरिन्छ। ।फूललाई सुकाएर बीउको रूपमा प्रयोग गरिन्छ।

 

२७. उपलसरी (सारिवा अथवा अनन्तमूल)

उपलसरी (सारिवा अथवा अनन्तमूल)

२७ अ. महत्त्व

यो रगत शुद्धीकरणको लागि उत्कृष्ट औषधि हो। यसको जरा औषधिको रूपमा प्रयोग गरिन्छ। यी जराहरू अत्यन्त सुगन्धित हुन्छन्। यसको नियमित प्रयोगले पाठेघरमा रहेको गाँठो पग्लन मद्दत गर्छ। यो वनस्पति कोंकणमा प्रशस्त मात्रामा पाइन्छ; तर अहिले यो लोप हुने मार्गमा छ। यो बिरुवा जति सम्भव छ, रोप्नुहोस्।

२७ आ. रोपण

यस बिरुवाको पातहरू काट्दा सेतो रङ निस्कन्छ। कोंकणीमा यस बोटलाई ‘दूधशिरी’ भनिन्छ। पातहरू सानो सिरभएको र हरियो हुन्छन्। तिनीहरूमा सेतो रंगको तेर्सो रेखाहरू हुन्छन्। यसको जरा गहिरो जान्छ। घरमा जरा खनेपछि पाइने बिरुवा रोप्नुहोस्। जहाँ यी बिरुवा भेटिन्छ, त्यहाँबाट खनेर ल्याउनुहोस्। यसको डाँठ वा जराको टुक्राबाट पनि रोपण गर्न सकिन्छ। २ वर्षपछि यसको जरा औषधिको रूपमा प्रयोग गर्नका लागि तयार हुन्छ।

संकलक

श्री. माधव रामचंद्र पराडकर एवं वैद्य मेघराज माधव पराडकर, सनातन आश्रम, रामनाथी, गोवा.

मार्गदर्शक

डॉ. दिगंबर नभु मोकाट, सहायक प्राध्यापक, वनस्पतिशास्त्र विभाग, सावित्रीबाई फुले पुणे विद्यापीठ, पुणे तथा प्रमुख निर्देशक, क्षेत्रीय सहसुविधा केंद्र, पश्चिम विभाग, राष्ट्रीय औषधि वनस्पति मंडल, आयुष मंत्रालय, भारत सरकार.

सन्दर्भ : सनातन-निर्मित ग्रन्थ ‘जगह की उपलब्धतानुसार औषधीय वनस्पतियों का रोपण’, ‘११६ वनस्पतियों के औषधीय गुणधर्म’ एवं ‘९५ वनस्पतियों के औषधीय गुणधर्म’

अधिक मात्रामा औषधीय वनस्पतिका बिरुवा अथवा बीउ पाइने ठाँउ

१. क्षेत्रीय सहसुविधा केन्द्र, पश्चिम विभाग, राष्ट्रीय औषधीय वनस्पति मण्डल, आयुष मन्त्रालय, भारत सरकार, द्वारा वनस्पतिशास्त्र विभाग, सावित्रीबाई फुले पुणे विद्यापीठ, पुणे. सम्पर्क क्रमांक : ९०२१०८६१२५

यस केन्द्रले कृषकहरूलाई बिरुवा रोप्ने सम्बन्धमा विस्तृत मार्गदर्शन दिन्छ। डा. दिगम्बर नभु मोकाट, सहायक प्राध्यापक, वनस्पतिशास्त्र विभाग, सावित्रीबाई फुले पुणे विश्वविद्यालय, पुणे केन्द्र, यस केन्द्रका प्रमुख सञ्चालक हुनुहुन्छ। किसानहरूले औषधी वनस्पति रोपोस् भन्ने उद्देश्यले विगत २० वर्षदेखि, महाराष्ट्रका विभिन्न भागहरूमा कार्य गरि रहनु भएकोछ।

२. औषधि र सुगन्धित वनस्पति अनुसन्धान संचालनालय, बोरीयावी, गुजरात. (०२६९२-२७१६०२) यहाँ यस लेखमा उल्लेख गरिएका वनस्पतिहरु मध्ये तुलसी, कालमेघ, शतावरी र अश्वगन्धा जस्ता बिरुवाहरू ठूलो मात्रामा रोप्न चाहनुहुन्छ भने तिनको बीउ पाउन सक्नुहुन्छ। ग्वारपाथा (घृतकुमारी), मण्डुकापर्णी (ब्राह्मी), हरियो चिया, अडुलसा र गिलोयको बिरुवा पनि यहाँ अधिक मात्रामा किन्न सकिन्छ। इच्छुक पाठकहरूले यहाँ सम्पर्क गरेर कुरियर मार्फत बीउको उपलब्धता बारे सोध्न सक्नुहुन्छ। यस स्थानमा उपलब्ध बिरुवा वा बीउहरूको बारेमा जानकारी निम्न मार्गमा उपलब्ध छ। https://dmapr.icar.gov.in/HeadPage/Pricelist.html

३. यदि औषधीय बिरुवाहरू ठूलो मात्रामा आवश्यक छ भने, तिनीहरू निम्न स्थानहरूमा पनि पाउन सकिन्छ। संस्थाको नामको छेउमा उक्त संस्थाको सम्पर्क नम्बर दिइएको छ।

महाराष्ट्रको कृषि विद्यापीठ र यसका उपविभाग

१. डॉ. बाळासाहेब सावंत कोकण कृषि विद्यापीठ, दापोली, जि. रत्नागिरी (०२३५८-२८२०६४)

२. डॉ. पंजाबराव देशमुख कृषि विद्यापीठ, अकोला (०७२४-२२५८३७२)

३. सुगंधी एवं औषधीय वनस्पति, वसंतराव नाईक मराठवाडा कृषि विद्यापीठ, परभणी. (०२४५२- २३४९४०८)

४. अखिल भारतीय औषधीय सुगंधी वनस्पति एवं पानवेल शोध योजना, वनस्पति रोगशास्त्र एवं कृषि अणुजीवशास्त्र विभाग, महात्मा फुले कृषि विद्यापीठ, राहुरी. (०२४२६-२४३३१५, २४३२९२)

महाराष्ट्रको केही निजी नर्सरी

१. कोपरकर नर्सरी, गवे, ता. दापोली, जि. रत्नागिरी. (०२३५८-२८२१६५/२६७५२१, ९४२२४३१२५८)

२. इको फ्रेंडली नर्सरी, परंदवाडी, सोमटणे फाट्याजवळ, तालुका मावळ, जि. पुणे. (९४२२२२४३८४, ९२२५१०४३८४)

३. ए.डी.एस्. नर्सरी, कशेळे, कर्जत-मुरबाड रस्ता, जि. रायगड.

४. धन्वन्तरि उद्यान, पिंपळगाव उज्जैनी, जि. नगर. (९६७३७६९६७६)

गोवामा औषधीय वनस्पतिहरु निम्न स्थानहरुमा उपलब्ध छन्

गोवाको वन विभागको ‘रिसर्च एंड युटिलायजेशन’ द्वारा औषधीय वनस्पति रोपणलाई प्रोत्साहन गरिन्छ। यस विभागको वाल्किनी, सांगे र घोटमोड, उसगाउँ, फोंडा आदि स्थानमा वृक्षारोपण गरिएको छ। यसमध्ये वाल्किनी गाउँको रोपवाटिकामा विभिन्न साना औषधीका बिरुवाहरू सस्तोमा उपलब्ध छन्। देवस्थान समिति, समाजसेवी संस्था आदिलाई औषधी बिरुवा पनि नि:शुल्क वितरण गरिन्छ । गोवाका इच्छुक व्यक्तिहरूले औषधीय वनस्पति बिरुवाको लागि गोवाको वन विभागको ‘रिसर्च एंड युटिलायजेशन’ विभागमा सम्पर्क गर्न सक्नुहुन्छ।

सम्पर्क ठेगाना

Dy. Conservator of Forests,
Research and Utilisation Division and CEO
State Medicinal Plants Board
Goa.
Phone : 0832 – 2750099

घरेलु स्तरमा आपतकालिन दृष्टिकोणबाट महत्त्वपूर्ण औषधीय बिरुवा कसरी रोप्ने? पाठकहरू र साधकहरुले यस लेखहरूको श्रृंखला राख्नुहोस्।

मध्यम (३-४ एकड) वा धेरै खेतीयोग्य जमिन भएका मानिसहरूले आफ्नो सामाजिक साथीहरूलाई ध्यानमा राखेर औषधीजन्य बिरुवा अधिक मात्रामा रोप्नुहोस्। यसले धेरैलाई आयुर्वेदिक औषधि उपलब्ध गराउनेछ र उनीहरूको स्वास्थ्य सुरक्षित हुनेछ। यस माध्यमबाट, उनीहरूको समष्टि साधना हुनेछ!

Leave a Comment