घरेलु स्तरमा महत्त्वपूर्ण औषधीय वनस्पतिहरु कसरी रोप्ने ? भाग – ४

Article also available in :

औषधीय वनस्पतिको संख्या अनगिन्ती छ । यस्तो बेला कुन बिरुवा रोप्ने ? यस्तो प्रश्न उठ्न सक्छ । प्रस्तुत लेखमा घरमा केही महत्वपूर्ण औषधीय बिरुवा कसरी रोप्ने भन्ने बारे जानकारी दिइएको छ । यी बिरुवाहरू रोपेको करिब ३ महिनापछि औषधिको रूपमा प्रयोग गर्न सकिन्छ । आजकल आपतकालीन अवस्थालाई ध्यानमा राखेर वृक्षवगर्गीय बिरुवा रोप्नुको सट्टा यस्ता बिरुवालाई प्राथमिकता दिईयो भने हामी ती बिरुवाहरु तुरुन्तै प्रयोग गर्न सक्छौं । जताततै औषधीजन्य वनस्पति सजिलै पाइँदैन । यो समस्याको समाधान पनि यस लेखमा दिइएको छ । पाठकहरूले यस लेखमा दिइएका बाहेक अन्य बिरुवाहरू पनि रोप्न सक्छन् ।

भाग ३ पढ्नको लागि या क्लिक गर्नुहोस् – घरेलु स्तरमा महत्त्वपूर्ण औषधि वनस्पतिहरु कसरी रोप्ने ? भाग – ३

 

१७. ब्राह्मी

जलब्राह्मी
मण्डूकपर्णी

१७ अ. महत्त्व

यो स्मरणशक्ति बढाउने उपायको रुपमा प्रख्यात छ । यो शान्त निद्राको लागी साथै कपालको स्वास्थ्यको लागी उपयुक्त छ । यसले रक्तचाप नियन्त्रणमा राख्न मद्दत गर्छ । यो घर वरिपरि अधिक मात्रामा रोप्नु गर्नुपर्छ ।

१७ आ. प्रकार एवं रोपण

यसका दुई प्रकार छन्, जलब्राह्मी र मण्डुकापर्णी । दुवै प्रकारका गुणहरू समान छन् । मण्डुकापर्नी कोंकणको नरिवल-सुपारी बगैंचामा लगाउँछ । धेरैले आफ्नो घरको चारैतिर घाँसको सट्टा मण्डुकापर्नी रोप्छन् । यो वनस्पति जमिनमा फैलिन्छ । यदि कसैसँग छ भने ५-६ बिरुवा ल्याएर रोप्दा केही दिनमै धेरै फैलिन्छ । यसको बिरुवा नर्सरीमा पाउन सकिन्छ । धान खेतीमा प्राकृतिक रूपमा आउँने झार भएकोले, यो बिरुवा निश्चित रूपमा त्यहाँ पाइन्छ । गाईवस्तुको मनपर्ने खाना भएकोले यो बिरुवा खेतमा लामो समय टिक्दैन; तर जहाँ लाजवन्ती जस्ता काँडे बिरुवा हुन्छन्, गाईवस्तुले मुख हाल्दैनन्, त्यस्ता धानबारीमा ब्राह्मी बिरुवा पाइन्छ । यी बिरुवाहरू कुनै पनि गमलामा रोप्न सकिन्छ । यसको जराको टुक्राबाट नयाँ ब्राह्मी बनाउन सकिन्छ । ब्राह्मी रोप्नको लागि सधैं पानी उपलब्ध हुने ठाउँ छान्नुहोस् ।

 

१८. वेखंड

वेखंड

१८ अ. महत्त्व

यो औषधि दैनिक जीवनमा नियमित प्रयोग हुँदैन, तर पनि घरमा बिरुवा राख्नुपर्छ । यो ‘संज्ञास्थापन’ को औषधि हो जसको अर्थ ‘अचेत अवस्थामा रहेको व्यक्तिको अचेतपन हटाउनु’ हो ।

१८ आ. रोपण

यसलार्इ धेरै पानी लाग्छ । यदि त्यहाँ दलदल छ भने, वेखंड राम्रो हुन्छ । यदि कसैसँग वेखंडको बिरुवा छ भने, त्यसको कंद काटेर रोप्न सकिन्छ । यसको बिरुवा केही नर्सरीहरूमा पनि पाइन्छ ।

 

१९. शतावरी

शतावरीको पात एवं शतावरीको जरा

१९ अ. महत्त्व

शतावरी एक उत्तम शक्तिवर्धक औषधि हो । घरेलु स्तरमा शतावरीको २ देखि ४ बिरुवा लगाउन पर्याप्त हुन्छ । शतावरीको जराबाट तारा रस औषधिको रूपमा प्रयोग गरिन्छ ।

१९ आ. पहचान

कोंकणमा यो बिरुवा वर्षायाममा आँप-काजुको बगैंचामा वा बाँझो जमिनमा पनि आफैं हुर्कन्छ । यसको पातहरू विशेष हुन्छन् । यसको बोटको जरा खनेमा एउटा काण्डमा ५० देखि १०० जरा हुन्छन् । १ जरा रोप्दा त्यसबाट १०० जरा बन्छ । सायद त्यसैले नै यसलाई शतावरी नाम दिइएको होला ।

१९ इ. रोपण

वर्षायामको अन्त्यमा स–साना फलफूल आउँछन् । यी फलहरूको बीउबाट शतावरी बिरुवा बनाएर रोप्न राम्रो हुन्छ । यसको जराको गुच्छाबाट जरा अलग-अलग निकालेर पनि बिरुवा तयार गरिन्छ । करिब डेढ वर्षमा एउटै जराबाट धेरै जराहरू तयार हुन्छन् । तिनीहरूलाई घरेलु स्तरमा रोप्नुहोस् । महाराष्ट्रका धेरै किसानहरूले व्यावसायिक स्तरमा शतावरी खेती गर्छन् । शतावरीको जराको केही गुच्छा ल्याएमा जति जरा छन् त्यति नै (करिब ५० देखि १००) बिरुवा बनाउन सकिन्छ । सांगली, सोलापुर, सतारा र पुणेको यस भागमा धेरै किसानहरूले व्यावसायिक स्तरमा शतावरी खेती गर्छन् । दुई प्रकारका शतावरी हुन्छन् – सेतो र पहेंलो । दुबै प्रकारका शतावरी औषधिहरूमा प्रयोग गरिन्छ ।

१९ इ १. अधिक मात्रामा रोपण गर्ने हो भने, शतावरी छिल्ने व्यवस्था गर्न आवश्यक

यदि तपाई व्यावसायिक स्तरमा शतावरी रोप्न चाहनुहुन्छ भने, त्यसको लागि शतावरी छिल्ने मेसिन हुनु धेरै महत्त्वपूर्ण छ; किनकी हातले शतावरी छिल्नु अधिक श्रमसाध्य हुनुका साथै समय पनि अधिक लाग्दछ । शतावरीको माथिल्लो बोक्रा नहटाएसम्म सुक्दैन र त्यसरी नै राख्नुभयो भने ढुसी लागेर सड्छ । त्यसकारण, यदि तपाईसँग घरमा शतावरी पिलिङ मेसिन छैन भने, यसलाई व्यावसायिक स्तरमा नरोप्नुहोस् ।

 

२०. बेसार

बेसारको पात

२० अ. महत्त्व

हरेक रात सुत्ने बेला १ चम्चा पिसेको बेसार रगत सफा गर्ने र छालामा कान्ति ल्याउने औषधि हो । यसको पातहरू सुगन्धित हुन्छन् । दूध तताउँदा वा घिउ निकाल्दा त्यसमा केही मात्रामा बेसारको पात राख्दा दूध र घिउमा मिठो सुगन्ध आउँछ ।

२० आ. रोपण

बेसार बजारमा पाइन्छ, तैपनि हामीले घरमा पनि केही मात्रामा बेसार लगाउनु पर्छ; किनकी बजारमा पाइने बेसारलाई पानीमा पकाउने गरिन्छ । यसले यसको औषधीय गुण कम गर्छ । बेसार रोप्ने किसानहरू वा स्थानीय कृषि कार्यालयहरूमा बेसारको गाँठहरू (रोप्नका लागि ट्युबरहरू) उपलब्ध हुन्छन् ।

बेसार वर्षाको सुरुमा रोपिन्छ । साधारणतया ९ महिनापछि कन्द तयार हुन्छ । बेसारको पात सुक्न थालेपछि बेसार तयार भएको मानिन्छ । परिवारका ४ जनालाई मात्रै औषधिको लागि रोप्ने हो भने आधा किलो बेसारको गाँठो पर्याप्त हुन्छ । घर वरिपरि ठाउँ छैन भने गमलमा केही बेसारको बिरुवा रोप्नुहोस् । ती बिरुवाहरूको पात प्रयोग गर्न सकिन्छ ।

 

२१. नीम

नीमको पात

२१ अ. महत्त्व

नीमको डाँठहरू (डाँठको नरम छेउ) सामान्यतया दैनिक दाँत सफा गर्न एवं दाँतको आरोग्य कायम राख्न प्रयोग गरिन्छ । नीम रगत शुद्धिकरण र छालासम्बन्धी रोगमा निकै उपयोगी हुन्छ ।

२१ आ. रोपण

नीम देशैभरि धेरै मात्रामा पाइन्छ । त्यसैले यसलाई रोप्नु आवश्यक छैन; तर यदि तपाईको वरपर नीमको रूख छैन भने, केही बिरुवा अवश्य रोप्नुहोस् । नीमको बिरुवा रोपवाटिकामा पाइन्छ । बिरुवाहरू बीउबाट बनाइन्छ ।

संकलक

श्री. माधव रामचंद्र पराडकर तथा वैद्य मेघराज माधव पराडकर, सनातन आश्रम, रामनाथी, गोवा.

मार्गदर्शक

डॉ. दिगंबर नभु मोकाट, साहाय्यक प्राध्यापक, वनस्पतीशास्त्र विभाग, सावित्रीबाई फुले पुणे विद्यापीठ, पुणे तथा प्रमुख निर्देशक, क्षेत्रीय सहसुविधा केंद्र, पश्चिम विभाग, राष्ट्रीय औषधी वनस्पती मंडळ, आयुष मंत्रालय, भारत सरकार.

भाग ५ पढ्नुहोस्… घरेलु स्तरमा महत्त्वाच्या औषधी वनस्पतीहरु कसरी रोप्ने ? भाग – ५

सन्दर्भ : सनातन-निर्मित ग्रंथ ‘जागेच्या उपलब्धतेनुसार औषधी वनस्पतींची लागवड’, ‘११६ वनस्पतींचे औषधी गुणधर्म’ आणि ‘९५ वनस्पतींचे औषधी गुणधर्म’

Leave a Comment