घरेलु स्तरमा महत्त्वपूर्ण औषधि वनस्पतिहरु कसरी रोप्ने ? भाग – ३

Article also available in :

औषधीय वनस्पतिको संख्या अनगिन्ती छ । यस्तो बेला कुन बिरुवा रोप्ने ? यस्तो प्रश्न उठ्न सक्छ । प्रस्तुत लेखमा घरमा केही महत्वपूर्ण औषधीय बिरुवा कसरी रोप्ने भन्ने बारे जानकारी दिइएको छ । यी बिरुवाहरू रोपेको करिब ३ महिनापछि औषधिको रूपमा प्रयोग गर्न सकिन्छ । आजकल आपतकालीन अवस्थालाई ध्यानमा राखेर वृक्षवगर्गीय बिरुवा रोप्नुको सट्टा यस्ता बिरुवालाई प्राथमिकता दिईयो भने हामी ती बिरुवाहरु तुरुन्तै प्रयोग गर्न सक्छौं । जताततै औषधीजन्य वनस्पति सजिलै पाइँदैन । यो समस्याको समाधान पनि यस लेखमा दिइएको छ । पाठकहरूले यस लेखमा दिइएका बाहेक अन्य बिरुवाहरू पनि रोप्न सक्छन् ।

भाग २ पढ्नुहोस्… घेरलु स्तरा महत्त्वपूर्ण औषधि वनस्पतिहरु कसरी रोप्ने ? भाग – २

 

१३. पर्णबीज

पर्णबीज

१३ अ. महत्तव

मूत्रमार्गको पथरीको लागि यो उत्तम औषधि हो । ४ जनको परिवारको लागि एउटा बिरुवा हुनुपर्छ ।

१३ आ. रोपण

यसको पातहरू एक चौथाई देखि आधासम्म माटोमा सीधा गाड्नुहोस् । ती पातहरूमा नयाँ बिरुवा आउने भएकाले यसलाई पर्णबीज भनिन्छ । धेरै मानिसहरूसँग यो बिरुवा हुन्छ वा यसको बिरुवा नर्सरीबाट पनि किन्न सकिन्छ ।

 

१४. माका

माका

१४ अ. महत्तव

पेटको विकार, खोकी, दम, साथै कपालको विकारमा यो निकै प्रभावकारी औषधि हो । महलया पक्षमा माका लाग्दछ । त्यसैले धेरैले यसलाई आफ्नो घरमा रोप्छन् । ४ जनाको परिवारका लागि ८ देखि १० बिरुवा हुनुपर्छ ।

१४ आ. रोपण

वर्षायाममा माका बिरुवा आफैं उम्रिन्छ । सडकको छेउमा, कतिपय ठाउँमा (शहरमा पनि) नालाको किनारमा माकाको डोरी पनि पाइन्छ । यो धान खेतीमा ठूलो मात्रामा पाइने झार हो । वर्षायामपछि पानी नपाउँदा यी बिरुवा मर्छन् । त्यसकारण जब पाउँछ तब ल्याएर आफ्नो ठाउँमा रोप्नुहोस् । वर्षायाम पछि नियमित पानी दिनुहोस् ।

 

१५. गुडहल (हिबिस्कस)

गुडहल कपालको स्वास्थ्यको लागि प्रयोग गरिन्छ । हाँगा रोपेर बिरुवा बनाइन्छ । देसी जास्वन्द लगाउनुहोस् । १ बिरुवा ४ जनाको परिवारको लागी पर्याप्त हुन्छ ।

 

१६. पुनर्नवा

पुनर्नवा

१६ अ. महत्तव

यदि मृगौला काम गर्न नसक्ने अवस्थामा छ भने, यो औषधिले जीवन बचाउने छ । यो पत्थरी, कब्जियत, सूजन मा धेरै प्रभावकारी छ । भनिन्छ कि देसी घिउमा बनाएको पुनर्णवको कोमल पातबाट बनेको तरकारी वर्षमा एकपटक खानुपर्छ । यसले पेटका विषाक्त तत्वहरूलाई शरीरबाट बाहिर निस्कन मद्दत गर्छ । घर वरिपरि ठाउँ छ भने, सकेसम्म रोप्नुहोस्।

१६ आ. पहिचान एवं रोपण

वर्षायाममा यी बिरुवाहरु आफै उम्रिन्छन् । सहरमा पनि नालीको किनारमा वा सडकको छेउमा यो वनस्पति पाइन्छ । यसको जरा रातो हुन्छ । पातहरू गाढा हरियो रंगका हुन्छन् । यो बिरुवा फैलिनेछ । यसले गुलाबी फूलहरू दिन्छ । यी बिरुवाहरू वर्षायाम पछि पानीको अभावमा मर्छन्; तर जरा बाँच्छन् । वर्षायाममा पानी परेपछि यी बिरुवाहरू फेरि ताजा हुन्छन् । त्यसैले यसलाई ‘पुनर्णव’ भनिन्छ । २ देखि ४ वटा मात्र रोप्दा यो वर्षभरि १० देखि १२ वर्ग मिटरको परिसरमा फैलिन्छ । यस बोटको जरा धेरै गहिरो जान्छ । त्यसकारण, यो बिरुवा फेला पर्दा, यसलाई तान्नुको सट्टा खनेर निकालेर रोप्नुहोस् ।

संकलक

श्री. माधव रामचंद्र पराडकर एवं वैद्य मेघराज माधव पराडकर, सनातन आश्रम, रामनाथी, गोवा.

मार्गदर्शक

डॉ. दिगंबर नभु मोकाट, साहाय्यक प्राध्यापक, वनस्पतीशास्त्र विभाग, सावित्रीबाई फुले पुणे विद्यापीठ, पुणे तथा प्रमुख निर्देशक, क्षेत्रीय सहसुविधा केंद्र, पश्चिम विभाग, राष्ट्रीय औषधी वनस्पती मंडळ, आयुष मंत्रालय, भारत सरकार.

घरेलु स्तरमा महत्त्वपूर्ण औषधि वनस्पतिहरु कसरी रोप्ने ?

भाग ४ पढ्नुहोस्…  घरेलु स्तरमा महत्त्वपूर्ण औषधीय वनस्पतिहरु कसरी रोप्ने ? भाग – ४

सन्दर्भ : सनातन-निर्मित ग्रंथ ‘जागेच्या उपलब्धतेनुसार औषधी वनस्पतींची लागवड’, ‘११६ वनस्पतींचे औषधी गुणधर्म’ आणि ‘९५ वनस्पतींचे औषधी गुणधर्म’

Leave a Comment