जीवामृत कसरी बनाउने ?

Article also available in :

प्लास्टिकको भाँडोमा ३०० एमएल (लगभग १ गिलास) पानी, ३० ग्राम (लगभग आधा कचौरा) ताजा गाईको गोबर, ३० एमएल (लगभग आधा कचौरा) स्थानीय/लोकल गाईको पिसाब (यो जति वर्ष पुरानो पनि हुन सक्छ) १ चम्चा बेसन, १ चम्चा गुड़ र एक चिम्टी माटोको मिश्रण बनाएर सुती कपडाले छोप्ने । यस मिश्रणलाई ३ दिनसम्म हरेक बिहान र बेलुका एउटा लठिले घडीको दिशामा आधा मिनेटसम्म चलाउनुहोस् । चौथो दिनमा १० गुना (३ लोटा) पानी थप्नुहोस् । यो पानीमा मिसाएको जीवामृतलाई  १-१ कचौरा, प्रत्येक भाँडाको बिरुवाको जरामा हाल्नुहोस् । यो जीवामृत पानीलाई कपडाले छानेर स्प्रेयर बोतलमा भर्नुहोस् र बिरुवाहरूमा छर्क्नुहोस् । प्रत्येक पूर्णिमा र अमावास्यमा, यी तिथिहरूमा पानी छर्क्नुहोस् । २-३ दिनमा एक पटक तयार जीवनमृत प्रयोग गरेर समाप्त गर्नुहोस् ।

३० ग्राम देशी गायको गोवरले ३ दिनमा ३० बटा गमलालाई प्रयाप्त प्राकृतिक मल बन्दछ । यो भन्दा सस्तो र चाँडो अरु कुन मल हुन्छ ? १५ दिनमा एक पटक यो मल बनाउनुहोस् र घरमा प्रशस्त हरियो सागसब्जी फलाउनुहोस् ।

– श्रीमती राघवी मयूरेश कोनेकर, ढवळी, फोंडा, गोवा. (३०.७.२०२२)

जीवामृतको विषयमा विस्तृत जानकारीको लागि भेट दिनुहोस् । मार्गिका :  https://www.sanatan.org/hindi/a/35341.html

Leave a Comment