घेरेलु स्तरमा महत्त्वपूर्ण औषधि वनस्पतिहरु कसरी रोप्ने ? भाग – २

Article also available in :

औषधीय वनस्पतिको संख्या अनगिन्ती छ । यस्तो बेला कुन बिरुवा रोप्ने ? यस्तो प्रश्न उठ्न सक्छ । प्रस्तुत लेखमा घरमा केही महत्वपूर्ण औषधीय बिरुवा कसरी रोप्ने भन्ने बारे जानकारी दिइएको छ । यी बिरुवाहरू रोपेको करिब ३ महिनापछि औषधिको रूपमा प्रयोग गर्न सकिन्छ । आजकल आपतकालीन अवस्थालाई ध्यानमा राखेर वृक्षवगर्गीय बिरुवा रोप्नुको सट्टा यस्ता बिरुवालाई प्राथमिकता दिईयो भने हामी ती बिरुवाहरु तुरुन्तै प्रयोग गर्न सक्छौं । जताततै औषधीजन्य वनस्पति सजिलै पाइँदैन । यो समस्याको समाधान पनि यस लेखमा दिइएको छ । पाठकहरूले यस लेखमा दिइएका बाहेक अन्य बिरुवाहरू पनि रोप्न सक्छन् ।

भाग १ पढ्नुहोस् – घेरेलु स्तरमा महत्त्वपूर्ण औषधि वनस्पतिहरु कसरी रोप्ने ? भाग १

 

७. निर्गुण्डी

निर्गुण्को पात

७ अ. महत्त्व

यो वातको लागी एक रामबाण उपाय हो । निर्गुण्डीका पातहरू सेक्नको लागि प्रयोग गरिन्छ । ४ व्यक्तिको परिवारको लागि १-२ बिरुवाहरू हुनुपर्छ ।

७ आ. परिचय

यसको पातहरू बेलको पातहरु समान त्रिदल छन्; तर तिनीहरू लामो हुन्छन् । पातहरूमा एक विशिष्ट गन्ध हुन्छ । गाई वस्तुले यसको पात खादैनन् । त्यसैले गाउँका अधिकांश खेतबारीमा बारको रुपमा लगाइन्छ । सडकको छेउमा यस्ता रुख विरलै पाइन्छ । यसमा नीलो रंगको पुंकेसर (स्टेमन) हुन्छ ।

७ इ. रोपण

यसलाई हाँगा रोपेर बढाउन सकिन्छ । यो बिरुवा बारमा लगाउनुहोस् ।

 

८. सहजन

सहजनको बोटमा लाग्ने फल

८ अ. महत्त्व

सहजन (ड्रमस्टिक) रूखसँग सबै परिचित छ । तरकारी र दाल बनाउन सहजनको पात, फूल, फल प्रयोग गरिन्छ । सहजनको तरकारी स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । आपतकालिन अवस्थामा अन्नको सुविधा होस् भनेर आफ्नो वरिपरि धेरै मात्रामा सहजनको बिरुवा रोप्नु राम्रो हुनेछ । सहजनको बोक्राको औषधीय प्रयोग पनि हुन्छ । सहजनमा क्याल्सियम आदि खनिजहरू प्रचुर मात्रामा पाइन्छ ।

८ आ. रोपण

यसलाई रोप्नको लागि बीउबाट बिरुवा बनाएर रोप्न सकिन्छ । सहजनको बीउ छर्नुअघि मनतातो पानीमा रातभर भिजाएर बिहान छर्नुहोस् । यसो गर्दा अंकुर्ने सम्भावना बढ्छ । वर्षायामको शुरुवातमा यसको डाँठ (लठ्ठी समान मोटो डाँठ) पनि रोपेमा त्यसमा जरा लिएर बिरुवा तयार हुन्छ । वर्षायाममा रोप्दा जमिनमा गडेको भाग सड्दछ । त्यसैले यदि तपाई डाँठ रोप्न चाहनुहुन्छ भने, यसलाई वर्षाको मौसम सुरु हुनु अघि वा समाप्त भएपछि रोप्नुहोस् । रोपेको भागबाट १५ दिनमा जरा निस्कन्छ ।

 

९. हरीयो चिया

हरियो चिया

९ अ. महत्त्व

चियाको सट्टा हरियो चिया (दूध बिनाको) वर्षाको मौसममा, साथै चिसो दिनमा पिउनु स्वास्थ्यको लागि राम्रो हुन्छ । यसले पिसाब सफा गर्छ । ज्वरो आयो भने कम हुन्छ । ४ जनाको परिवारको लागि २ देखि ४ वटा हरियो चियाको बिरुवा रोप्नुहोस् ।

९ आ. रोपण

हरियो चिया धेरै मानिसहरुसँग हुन्छ । जोसँग छ, उनीहरूसँग मागेर आफ्नो घरमा लगाउन सक्नुहुन्छ । वर्षायामको सुरुमा, हरियो चियाको गुच्छाबाट आउने नयाँ बिरुवा र जराबाट आउने नयाँ बिरुवालाई अलग-अलग गरेर रोप्नुहोस् । नयाँ बिरुवा रोप्दा, जराबाट एक बित्तसम्मको दूरीका पातहरू काट्नुहोस् । हरियो चियाको गुच्छा वर्षायामअघि खनेर छुट्टाछुट्टै रोपेन भने सड्ने सम्भावना रहन्छ ।

 

१०. दूबो (दूर्वा)

दूबो

१० अ. महत्त्व

यो वनसपति अत्यन्त शीतल हुन्छ । त्यसैले उष्णाताको विकारमा यो धेरै महत्त्वपूर्ण हुन्छ । दुर्वाले गर्भपतन रोक्छ । नराम्रो सपना देख्दा दुर्वाको प्रयोग गरिन्छ । घर वरिपरि अधिकतम दुर्वा हुनुपर्छ ।

१० आ. रोपण

वर्षायाममा दुर्वा प्राकृतिक रूपमा निस्किन्छ । यो दुर्वा निकालेर जहाँ यसलाई पानी पाउँछ त्यहाँ लगाउनुहोस् । दुर्वाको २-४ जरा लगाए पनि यो धेरै फैलिन्छ । वर्षायामपछि पानी नहुँदा दुर्वा ओइलाउँछ ।

 

११. पानबेल (पानको पत्ताको बेल)

११ अ. महत्त्व

वर्षायाममा खाना पछी पानको पात खाँदा खाना पचाउन मद्दत गर्छ । खोकी, कफ, पाचनशक्ति कम आदिमा यसको प्रयोग गरिन्छ । ४ जनाको परिवारको लागि एउटा बोट पर्याप्त हुन्छ ।

११ आ. रोपण

ठूलो बोटको हाँगा काटेर नयाँ बिरुवा उमार्न सकिन्छ । धेरैसँग यसको बोट हुन्छ । यसको बिरुवा नर्सरीमा पनि बेचिन्छ । यसको बिरुवालाई आधार लाग्दछ । त्यसैले यो बिरुवालाई सहजन, नरिवल, सुपारी जस्ता रुखको जरामा लगाईन्छ । यो बिरुवा रोपेपछि छिट्टै बढ्छ ।

 

१२. अपामार्ग

अपामार्ग

१२ अ. महत्त्व

अघाडा मुसा, बिच्छी र कुकुरको विषका साथै दाँत दुखाईमा रामबाण औषधि हो । भनिन्छ दुधमा बिउ (दाना) पकाएर खीर बनाएर खानाले भोक लाग्दैन । यो वजन कम गर्न वा खाना बिना बाँच्न प्रयोग गर्न सकिन्छ । सुत्केरीको समयमा महिलाको कम्मर एवं कपालमा अपमार्गको जरा बाँध्दा प्रसूती सहज हुन्छ । प्रसूतीपछि तुरुन्तै बाँधिएको जरा हटाएर बेसार र कुँकु लगाएपछि विसर्जित गर्नुहोस्, अन्यथा अपाय पनि हुनसक्छ । वृद्धवृद्धा बताउँछन् कि गर्भमा मरेको बच्चा पनि यस उपायले प्रसूत हुन्छ ।

१२ आ. पहिचान

पहिलो वर्पामा यसको बिरुवा स्वतः उम्रिन्छ । वर्षायामको अन्त्य हुने समयमा अपमार्गमा पुंकेसर आउँछ । यी पुंकेसर कपडामा टाँसिन्छन् । यसमा धान जस्तै बीउ हुन्छ ।

१२ इ. रोपण

वास्तवमा यो झारपात हो । यसलाई रोपण आवश्यक छैन; तर अन्तिम क्षणमा खोजी गर्नु नपरोस्; त्यसैले आफ्नो घर वा वरपर कम्तिमा २ देखि ४ वटा बिरुवा हुनुपर्छ ।

संकलक

श्री. माधव रामचंद्र पराडकर तथा वैद्य मेघराज माधव पराडकर, सनातन आश्रम, रामनाथी, गोवा.

मार्गदर्शक

डॉ. दिगंबर नभु मोकाट, सहायक प्राध्यापक, वनस्पतिशास्त्र विभाग, सावित्रीबाई फुले पुणे विद्यापीठ, पुणे तथा प्रमुख निर्देशक, क्षेत्रीय सहसुविधा केंद्र, पश्चिम विभाग, राष्ट्रीय औषधि वनस्पति मंडल, आयुष मंत्रालय, भारत सरकार.

भाग ३ पढ्नुहोस्… महत्त्वपूर्ण औषधीय वनस्पतियों का घरेलु स्तर पर रोपण कैसे करें ? भाग – ३

सन्दर्भ : सनातन-निर्मित ग्रंथ ‘जागेच्या उपलब्धतेनुसार औषधी वनस्पतींची लागवड’, ‘११६ वनस्पतींचे औषधी गुणधर्म’ आणि ‘९५ वनस्पतींचे औषधी गुणधर्म’

Leave a Comment