विकारबाट मुक्ति पाउनका लागि आवश्यक देवताहरुको तत्व अनुसार दिएका केही विकारहरुका लागि मामजप भाग ४

Article also available in :

सच्चिदानंद परब्रह्म डॉ. जयंत आठवले

‘आउँदो आपतकालीन अवस्थामा आधुनिक डाक्टर र औषधिहरु उपलब्ध हुनेछैन । तब ‘कुन रोगमा के उपाय गर्ने’, यो जान्न कठिन हुन्छ । यो ध्यानमा आउनेछ; त्यसैले साधक यो लेख संग्रह गरेर राख्नुहोस् र यसमा उल्लेख भएबमोजिम नामजप गर्नुहोस् । यसले बीमारी अल्प हुनमा मद्दत गर्नेछ ।’

– सच्चिदानंद परब्रह्म डॉ. जयंत आठवले (३०.६.२०२२)

‘कुनै विकारबाट मुक्ति पाउनको लागि दुर्गादेवी, राम, कृष्ण, दत्त, गणपति, मारुति र शिव यी ७ मुख्य देवताहरु मध्ये कुन देवताको तत्व कति मात्रामा आवश्यक हुन्छ ? ध्यान गरेर केही विकारहरु माथि नामजप खोजे । यस प्रकार सबैभन्दा पहिले मैले कोरोना भाइरसविरुद्ध रोग प्रतिरोधात्मक क्षमता बढाउने नामजप खोजेको थिएँ । यसको प्रभावकारिता थाहा पाएपछि म अन्य विकारहरूको लागि पनि नामजप खोज्न प्रेरित भएँ । यी नामजपहरू आवश्यकता अनुसार विभिन्न देवताहरूको संयुक्त नामजप हुन् । यी जप साधकहरुको विकारमा दिइरहेको छु । ती मन्त्रहरूबाट उनीहरूले राम्रो लाभ प्राप्त गरिरहेका छन् । केही महिनाअघि केही विकार, त्यसको लागि नामजप र साधकहरुलाई नामजप गरेपछि भएका  अनुभवहरू यहाँ पढ्नुहोस्  https://www.sanatan.org/mr/chanting-and-mantra प्रस्तुत लेखमा केही अन्य विकार एवं त्यसको लागि नामजप यहाँ दिएको छ । यी नामजप विगत केही महिनादेखि केही साधकहरुलाई दिइँदै आएको छ । साधकहरुले पुस्तकका लागि आफ्ना अनुभवहरु यथाशीघ्र लेखेर यस लेखको अन्त्यमा दिइएको इमेल वा हुलाक ठेगानामा पठाउनुहोस्  ।

टिप्पणी १ – कुनै विकारको लागि दिइएका नामजप त्यस क्रममा बोल्नाले, त्यो एक नामजप हुन्छ । यस्तो नामजप नियोजित अवधिसम्म पुन:पुन: गर्नुपर्छ ।

टिप्पणी २ – ‘मस्तिष्कको कुनै विशिष्ट भागको चेताकोशा अर्थात ‘न्यूरोन्स’ ले काम नगर्दा त्यस भागसँग सम्बन्धित काम हुँदैन । यहाँ ‘बोल्न नसक्ने; तर गाना गाउन सम्भव’, यस्तो उदाहरण दिएको छ । यस सन्दर्भमा विवेचन आगाडि दिए अनुसार छ ।

१. बोल्न नसक्नेको लागि गाउन सम्भव हुने

२. बायाँ मस्तिष्क (ब्रेन) को अगाडिको भाग बोल्नेसँग सम्बन्धित क्षेत्र (ब्रोकाज एरिया) को चेतापेशी अकार्यरत हुनाले व्यक्तिको बोल्नमा परिणाम हुन्छ । उसले अरूको बोली बुझ्छ; तर उनी व्याकरणको हिसाबले सही अर्थात क्रिया, क्रियाविशेषण, विशेषण आदि प्रयोग गरेर बोल्न सक्दैनन् । तर पनि उसले केही अर्थपूर्ण शब्दहरू बोल्न सक्छ । उनको बोली ‘टेलीग्राफिक स्पीच’ जस्तै हुन्छ । गायन दाहिने मस्तिष्कसँग सम्बन्धित विषय हो । त्यसैले ‘ब्रोकाज एरिया’ मा चेताकोश अकार्यरत हुँदा पनि उनको गायन क्षमता अबाधित रहन्छ । यहाँ ‘गायन क्षमता’ भन्नाले विशेष गरी ‘मेलोडी’ (चाल, संगीत-रचनाको मुख्य धुन, आलापी) गाउने क्षमता अबाधित रहन्छ ।’– आधुनिक वैद्य दुर्गेश सामन्त (२.७.२०२२)

विकारहरुको लागि ध्यानबाट नामजप खोज्ने समय सद्गुरु डा. मुकुल गाडगीळ

 

विकार लागू हुने केही नामजपहरुको एकत्रित नामजप (टिप्पणी१)
१. हर्पीस श्री दुर्गादेव्यै नम: । ॐ नम: शिवाय । ॐ नम: शिवाय । ॐ नम: शिवाय । ॐ नम: शिवाय ।
२. जोडनीमा दुखाइ श्री हनुमते नम: । ॐ नम: शिवाय । ॐ नम: शिवाय । ॐ नम: शिवाय । ॐ नम: शिवाय । ॐ नम: शिवाय ।
३. गर्भाशयमा रगतको गाँठो भएर गर्भाशय सुन्निने श्री हनुमते नम: । ॐ नम: शिवाय ।
४. प्राणशक्ति अल्प हुने श्री गणेशाय नम । श्रीराम जय राम जय जय राम । श्री हनुमते नम: । श्री हनुमते नम: । ॐ नम: शिवाय ।
५. महिनावारीको समयमा अत्यधिक रक्तस्राव हुने ॐ नमो भगवते वासुदेवाय । श्री गुरुदेव दत्त । श्री हनुमते नम: । ॐ नम: शिवाय । ॐ नम: शिवाय ।
६. क्षयरोग (टी.बी.) हुने श्री गुरुदेव दत्त । श्री गणेशाय नम: । श्रीराम जय राम जय जय राम । श्री हनुमते नम: । ॐ नम: शिवाय ।
७. शरीरमा चर्बीको गाँठो हुने श्री दुर्गादेव्यै नम: । श्री हनुमते नम: । ॐ नम: शिवाय । ॐ नम: शिवाय । ॐ नम: शिवाय ।
८. घाउमा जन्तुसंक्रमण हुने श्री गुरुदेव दत्त । श्रीराम जय राम जय जय राम । श्री हनुमते नम: । ॐ नम: शिवाय । ॐ नम: शिवाय ।
९. आँखा भित्रपट्टि दबिने श्री गणेशाय नम: । श्री दुर्गादेव्यै नम: । श्री हनुमते नम: । ॐ नम: शिवाय । ॐ नम: शिवाय ।
१०. ‘पाईल्स’ को समस्या श्री दुर्गादेव्यै नम: । श्रीराम जय राम जय जय राम । श्री हनुमते नम: । श्री हनुमते नम: । ॐ नम: शिवाय ।
११. अटोइम्यून डिसअर्डर (तपाईको आफ्नै प्रतिकारशक्ति द्वारा तपाईको आफ्नै शरीरमा आक्रमण हुने) श्री गणेशाय नम: । श्रीराम जय राम जय जय राम । श्री हनुमते नम: । ॐ नम: शिवाय । ॐ नम: शिवाय ।
१२. मांसपेशीको क्षमता घट्ने श्री गणेशाय नम: । श्री दुर्गादेव्यै नम: । श्री दुर्गादेव्यै नम: । श्री हनुमते नम: । श्री हनुमते नम: ।
१३. मूत्राशयमा गाँठ हुने (गाँठ क्यानसरको कारण भएको थियो भनेर ढिलो थाहा पाउने) श्री दुर्गादेव्यै नम: । श्री हनुमते नम: । श्री हनुमते नम: । ॐ नम: शिवाय । ॐ नम: शिवाय ।
१४. भेरिकोज वेन्स (varicose veins) श्री दुर्गादेव्यै नम: । श्रीराम जय राम जय जय राम । श्री हनुमते नम: । ॐ नम: शिवाय । ॐ नम: शिवाय ।
१५. क्यान्सर श्री दुर्गादेव्यै नम: । श्री दुर्गादेव्यै नम: । श्री दुर्गादेव्यै नम: । ॐ नमो भगवते वासुदेवाय । श्री गणेशाय नम: ।
१६. रक्त क्यान्सर श्री दुर्गादेव्यै नम: । श्री दुर्गादेव्यै नम: । श्री दुर्गादेव्यै नम: । श्रीराम जय राम जय जय राम । श्री गुरुदेव दत्त ।
१७. मल्टीपल स्क्लेरोसिस (मध्यवर्ती मज्जासंस्था दुर्बल हुने) श्री दुर्गादेव्यै नम: । ॐ नमो भगवते वासुदेवाय । श्री गुरुदेव दत्त । ॐ नम: शिवाय । ॐ नम: शिवाय ।
१८. शौच साफ नहुने श्रीराम जय राम जय जय राम । श्री हनुमते नम: श्री हनुमते नम: । ॐ नम: शिवाय । ॐ नम: शिवाय ।
१९. मस्तिष्कको कुनै भागको ‘न्यूरोन्स’ अकार्यरत हुने (मस्तिष्कको कोही भागले काम नगर्नाले त्यो भागसँग सम्बन्धित गतिविधिहरु गर्न नसक्ने जस्तै बोल्न नसक्ने; तर गाउन सम्भसव) (टिप्पणी २) श्री गणेशाय नम: । श्री गणेशाय नम: । श्रीराम जय राम जय जय राम । श्री हनुमते नम: । ॐ नम: शिवाय ।
२०. अनिष्ट शक्तिको कष्टको कारण माहिनावारी नहुने ॐ नमो भगवते वासुदेवाय । श्री दुर्गादेव्यै नम: । श्री दुर्गादेव्यै नम: । श्री हनुमते नम: । श्री गणेशाय नम: ।

 

१. माथि उल्लेखित केही विकारहरुको सन्दर्भमा बताएको नामजपको सन्दर्भमा साधकहरुलाई आएको विशेष अनुभव

१ अ. हर्पीस हुने

अगस्त २०२१ मा एक साधिकालाई घाँटीदेखि पछाडि ढाडसम्म हर्पीस भयो । मैले उहाँलाई यो विकारमा नामजप दिएँ । हर्पीस हुँदा अत्यधिक वेदना र जलन हुन्छ । यो विकार निको हुन सामान्यत: १ महिना लाग्छ, यस्तो चिकित्सकहरुको अनुभव हो । साधिकाले मैले दिएको नामजप प्रतिदिन १ घन्टा गर्थे । त्यसकारण उसलाई अधिक वेदना र जलन भएन । यससँगै ५ दिनदेखि नै विकार निको हुन थाल्यो । यस्तै अनुभव अन्य ४ जना साधकहरुलाई पनि आयो । उनको विकार पनि पाँचौं दिनमा निको हुन थाल्यो ।

१ आ. क्षयरोग (टी.बी.) हुने

अगस्त २०११ मा, एक साधिका (उमेर ६७) लाई क्षयरोग भएको निदान गरिएको थियो । केही समयअघि उनलाई ‘कोरोना’ संक्रमण भएको थियो र अब क्षयरोगका कारण निकै डराएकी थिइन । उनी वयस्क थिइन् । मैले उहाँलाई क्षयरोग निको हुनको लागि नामजप दिएँ । औषधि सेवनसँगै उनी हरेक दिन दुई घण्टा नामजप गर्थिन् । २ महिना नामजप गर्दा उनको क्षयरोग धेरै हदसम्म कम भयो । यससँगै उनको मनस्थितिमा पनि निकै सुधार आएको छ । उनको धैर्यता र आत्मविश्वास बढ्यो कि अब उनी ठीक हुनेछिन् । थप ४ महिना र औषधिसहित नामजप गर्दा ६ महिनामा उनको क्षयरोग पूर्ण रुपमा निको भयो । सामान्यतया क्षयरोग निको हुन ६ देखि ९ महिना लाग्छ । ‘नामजप गर्दा साधिकाको क्षयरोग छिट्टै निको भएको’, देखियो ।

१ इ. घाउमा जन्तुसंक्रमण हुने

सेप्टेम्बर २०२१ मा, एक साधक लडेको कारण उनको आँखा नजिकै घाउ भएको थियो । त्यो घाउबाट पिप निस्कन थाल्यो । ‘घाउमा जन्तुसंक्रमण नहोस्’, त्यसैले मैले उनलाई नामजप दिएँ  । उसले हरेक दिन २ घण्टा गर्यो । केही दिनपछि नै उनको घाउबाट संक्रमण कम हुन थाल्यो र ४ दिनमै घाउ निको भयो । जसले गर्दा आँखामा उत्पन्न भएको समस्या टल्यो ।

१ ई. अटोइम्यून डिसअर्डर (तपाईको आफ्नौ प्रतिकारशक्ति द्वारा तपाईको आफ्नै शरीरमा आक्रमण हुने)

१. सेप्टेम्बर २०२१ मा, एक साधक यस विकारबाट पीडित थिए । यही विकारका कारण उनको आन्द्रामा अल्सर भएको थियो । जसका कारण उनको दिसामा रगत आउन थाल्यो । उसले न गुलियो न त मसलादार खानेकुरा खान सक्दथ्यो । केवल भातको माड मात्रै पिइरहेको थियो । जसका कारण उनी कमजोर हुन थाले । उनले आयुर्वेदिक औषधि पनि गराइरहेका थिए; तर कुनै फाइदा भएन । मैले उहाँलाई यो विकारको लागि नामजप दिए । साधकले दिनहुँ १ घण्टा जप गर्थे । फलस्वरूप, उनले एक महिना भित्र परिवर्तनहरू देख्न थाले । उनको दिसाबाट रगत आउन बन्द भयो । अहिले उनले अन्य खानेकुरा पनि खान थालेका छन् । कुल ३ महिनामा, उनको विकार पूर्ण रूपमा हट्यो ।

२. यस विकारका कारण एक साधिकाको पूरै शरीरमा धेरै घाउहरू भएको थियो । ती घाउहरु यति धेरै थिए कि उनलाई लुगा लगाउन समेत गाह्रो भएको थियो । यस विकारको लागि कुनै चिकित्सा उपचार लागू भइरहेको थिएन, त्यसैले उहाँ धेरै निराश हुनुहुन्थ्यो । मैले उहाँलाई यो विकारको लागि नामजप दिएँ । फलस्वरूप एक महिनाभित्रै उनको शरीरका सबै घाउ निको भयो र उनी निको भइन् । त्यसपछि उनलाई फेरि कहीले पनि चोटपटक लागेन ।

१ उ. क्यान्सर

शुभचिन्तकका एक जवान छोरालाई हड्डीको क्यान्सर भएको पत्ता लाग्यो । यो क्यान्सर उनको शरीरको ५५ प्रतिशत भागमा फैलिएको थियो । मैले त्यो शुभचिन्तकलाई क्यान्सरको लागि नामजप दिएँ । एक महिनासम्म दिनमा २ घन्टा छोराको लागि नामजप  गर्यो । त्यसपछि उनले छोराको पुनः स्वास्थ्य परीक्षण गराएपछि उनको क्यान्सर ५५ प्रतिशतबाट ०.५ प्रतिशतमा झरेको थियो । त्यसपछि डाक्टरहरु छक्क परे र शुभचिन्तकलाई भने, ‘यदि क्यान्सर ०.०५ प्रतिशतमा आयो भने ‘बोन म्यारो रिप्लेसमेन्ट’ गर्नु पर्दैन र तपाईको १२–१३ लाख रुपैयाँको खर्च बच्यो । ‘यो कुरा बुझेपछि मैले त्यो शुभचिन्तकलाई क्यान्सरको लागि नामजप दैनिक २ घण्टाको सट्टा ३ घण्टा जप गर्न आग्रह गरें ।

१ ऊ. मल्टीपल स्क्लेरोसिस (मध्यवर्ती मज्जासंस्था दुर्बल हुने)

एक २८ वर्षको साधकलाई विगत १४ वर्षदेखि यो विकार भइरहेको थियो । यस विकारको कारण उनको खुट्टामा झिनझिन हुने, पोल्ने र सुन्निने जस्ता लक्षण देखिन थालेपछि यो लक्षण अन्य अंगमा पनि फैलिन थालेको थियो । यो एक तीव्र रुपको विकार हो । यस विकारको लक्षण यस साधकलाई दिनमा अनुभव हुँदथ्यो र रातमा यसको तीव्रता बढ्दथ्यो । मैले अक्टोबर २०२१ मा उहाँलाई यस विकारको बारेमा नामजप दिएँ । उसले कहिले जप गर्ने योजना बनायो? विकारको लक्षण देखिने बित्तिकै उनी ३० मिनेट जप गर्थे । जसका कारण उनको विकारको लक्षण कम हुन थाल्यो र १ देखि २ घण्टा आराम मिल्दथ्यो । लक्षण फेरि देखिन थालेपछि उनी ३० मिनेट जप गर्थे । धेरै पटक साँझ वा रातमा यो नामजप जप्नुपर्थ्यो । यसरी उनले यस विकारबाट छुटकारा पाउनको लागि लगनसाथ प्रयास गरे । जसका कारण दिन प्रतिदिन त्यो विकारको लक्षणको आवृत्ति कम हुन थाल्यो र लक्षणको तीव्रता पनि २ महिनामा निकै कम भएको उनले देखे ।

 

२. नामजपको महत्त्व

आपतकालमा औषधि, डाक्टर इत्यादि को अभाव हुनेछ, तब यी नामजपहरुको राम्रो सदुपयोग हुनेछन् ।

३. कृतज्ञता

परात्पर गुरु डाक्टरज्यूको कृपाले मैले यी नामजपहरु पत्ता लगाउन सक्षम भएँ र ती नामजपहरुको राम्रो परिणाम पनि ध्यानमा आयो । त्यसैले म परात्पर गुरु डाक्टरज्यू को श्रीचरणमा कोटिशः कृतज्ञ छु ।

– (सद्गुरु) डा. मुकुल गाडगीळ, महर्षि अध्यात्म विश्वविद्यालय, गोवा. (३०.६.२०२२)

यदि साधकलाई यहाँ दिइएको कुनै विकार छ भने त्यसबाट मुक्ति पाउन चिकित्सा उपचारका साथसाथै त्यस सन्दर्भमा दिएका नामजप गर्ने प्रयास गर्न मन लागेमा त्यो नामजप १ महिना दैनिक १ घण्टा प्रयोगको तौरमा गर्न सक्नुहुन्छ । साधकहरूले यस नामजपको सन्दर्भमा आफ्ना अनुभव/अनुभूतिहरू [email protected] यस इ-मेल वा तल दिइएको हुलाक ठेगानामा पठाउनुहोस् । साधकका यी अनुभवहरूलाई ग्रन्थमा लिने दृष्टिकोणको साथै नामजपको योग्यता बुझ्ने दृष्टिकोणबाट पनि महत्त्वपूर्ण छ ।

हुलाक ठेगाना: सनातन आश्रम, २४/बी रामनाथी, बांदोडा, फोंडा, गोवा. पिनकोड ४०३४०१

Leave a Comment