विकारबाट मुक्ति पाउनका लागि आवश्यक देवताहरुको तत्व अनुसार दिएका केही विकारहरुका लागि नामजप भाग ५

Article also available in :

‘विकारमा नामजपको उपाय’ यस विषयमा अनुसन्धान गर्ने’, मनमा यस्तो विचार आएपछि सद्गुरु डा. गाडगीळज्यूको यस विषयमा प्रस्तुत लेख पढेर परात्पर गुरु डा. आठवलेज्यूको मनमा सद्गुरु डा. मुकुल गाडगीळज्यू प्रति शब्दातीत कृतज्ञता जागृत हुने ।

सच्चिदानंद परब्रह्म डॉ. जयंत आठवले
‘सद्गुरु डा. मुकुल गाडगिलज्यूको ‘विकार हटाउन आवश्यक देवताको तत्त्व अनुसार प्रस्तुत केही विकारहरूमा नामजप’ सम्बन्धी लेख दैनिक ‘सनातन प्रभात’ २७.१२.२०२० मा प्रकाशित भएको थियो । त्यो पढेपछि मलाई याद आयो कि यसभन्दा २ दिन अगाडि मेरो मनमा यस्तै विचार आयो, ‘यस प्रकारको अनुसन्धान गर्नुपर्छ; यसले धेरै साधकहरूलाई फाइदा पुग्नेछ, विशेष गरी तेस्रो विश्वयुद्धको समयमा औषधि उपलब्ध नहुने बेलामा सबैलाई पक्कै फाइदा हुन्छ । यो विचार सद्गुरु डा. मुकुल गाडगिलज्यूको मनमा पहिला नै भगवानले दिनुभयो र उचित प्रकारले लेखन पूर्ण गरिदिनु भयो; त्यसैले मेरो मनमा सद्गुरु डा. मुकुल गाडगिल प्रति शब्दातीत कृतज्ञता जागृत भयो तथा यो विचार उहाँलाई दिनुभएकोमा, मलाई देवताहरूप्रति पनि भाव जागृत भयो।’

– (परात्पर गुरु) डा. आठवलेज्यू

 

आउँदै गरेको आपतकालीन अवस्थामा आधुनिक डाक्टर वा उनीहरुको औषधि उपलब्ध हुनेछैन । त्यसबेला कुन रोगको लागि के उपचार गर्न सकिन्छ भनेर थाहा पाउन गाह्रो हुन्छ । त्यसैले साधकले यो लेख आफ्नो संग्रहमा राख्नुपर्छ र तदनुसार जप गर्नुपर्छ । यसबाट विकार कम गर्न लाभ मिल्नेछ ।

– (परात्पर गुरु) डा. आठवले (३०.६.२०२२)

‘कुनै विकारबाट मुक्ति पाउनको लागि दुर्गादेवी, राम, कृष्ण, दत्त, गणपति, मारुति र शिव यी ७ मुख्य देवताहरु मध्ये कुन देवताको तत्व कति मात्रामा आवश्यक हुन्छ ? ध्यान गरेर केही विकारहरु माथि नामजप खोजे । यस प्रकार सबैभन्दा पहिले मैले कोरोना भाइरसविरुद्ध रोग प्रतिरोधात्मक क्षमता बढाउने नामजप खोजेको थिएँ । यसको प्रभावकारिता थाहा पाएपछि म अन्य विकारहरूको लागि पनि नामजप खोज्न प्रेरित भएँ । मैले गत वर्षदेखि साधकहरूलाई उनीहरूको विकारको लागि पाएका नामजपहरू दिइरहेको छु । ती नामजपबाट आफूलाई फाइदा भएको उनीहरुले बताए । तसर्थ, ती विकारहरू र उनीहरूलाई जुन नामजप दिएको थियो, त्यो तल दिएको छ । यी नामजपहरू आवश्यकता अनुसार विभिन्न देवताहरूको संयुक्त नामजप हुन् , मैले पाएका यी मन्त्रहरू साधकहरूलाई तिनीहरूको विकारहरूको लागि प्रस्तुत गरेको छु । ‘ती जपबाट उहाँहरुलाई राम्रो लाभ भइरहेको छ । उनीहरुले यस्तो भनेपछि ध्यानमा आयो ।  दुई महिनाअघि केही विकार, त्यसको लागि नामजप र नामजप गर्दा साधकहरुको अनुभव दैनिक ‘सनातन प्रभात’ मा प्रकाशित भएका थिए । अब अन्य केही विकार र त्यसको लागि नामजप यहाँ दिइएको छ । यी नामजपहरू विगत ३ महिनादेखि केही साधकहरूलाई दिइँदै आएको छ । उनीहरूले सकेसम्म चाँडो आफ्ना अनुभवहरू ग्रन्थको लागि लेखेर यस लेखमा दिएको इ-मेल वा हुलाक ठेगानामा पठाउनुहोस् ।

सद्गुरु डा. मुकुल गाडगीळ विकारहरुमा ध्यान मार्फत नामजपको अनुसन्धान गर्नुहुँदै

 

विकार उपयोगमा आउने केही नामजपहरु का क्रमश: एकत्रित नामजप (टीप)
१. खुट्टामा एैठन हुने श्री गणेशाय नमः । श्री दुर्गादेव्यै नमः । श्री हनुमते नमः । श्री हनुमते नमः । ॐ नमः शिवाय ।
२. मूत्र द्वारा प्रोटिन बाहिर निस्किने (नेफ्रोटिक सिन्ड्रोम) श्री गुरुदेव दत्त । श्री दुर्गादेव्यै नमः । श्रीराम जय राम जय जय राम । ॐ नमः शिवाय । ॐ नमः शिवाय ।
३. स्क्लेरोडर्मा (लक्षण- छाला बाक्लो हुने/ साह्रो हुने, रक्तप्रवाह अल्प हुने, थकान, मांसपेशी संकुचन आदि ) श्री गुरुदेव दत्त । श्रीराम जय राम जय जय राम । ॐ नमो भगवते वासुदेवाय । ॐ नमः शिवाय । ॐ नमः शिवाय ।
४. टाउकोमा खटिरा आउनाले चिलाउने ॐ नमो भगवते वासुदेवाय । श्री गुरुदेव दत्त । श्री हनुमते नमः । ॐ नमः शिवाय । ॐ नमः शिवाय ।
५. समलैंगिक आकर्षण प्रतीत हुने श्री गुरुदेव दत्त । श्री गुरुदेव दत्त । ॐ नमो भगवते वासुदेवाय । ॐ नमः शिवाय । ॐ नमः शिवाय ।
६. युवावस्थामा लैंगिक विचारहरु अधिक मात्रामा आउने श्री गुरुदेव दत्त । ॐ नमो भगवते वासुदेवाय । ॐ नमो भगवते वासुदेवाय । ॐ नमः शिवाय । ॐ नमः शिवाय ।
७. शरीरमा ‘इन्सुलिन’ नबन्ने (डायबिटीज) ॐ नमो भगवते वासुदेवाय । श्री गणेशाय नमः । श्री दुर्गादेव्यै नमः । श्री हनुमते नमः । श्री हनुमते नमः ।
८. निन्द्रमा बोल्ने, चिच्याउने तथा निकट सुतेको व्यक्तितर्फ रिसाएर दौडिदै जाने श्री गुरुदेव दत्त । ॐ नमो भगवते वासुदेवाय । ॐ नमः शिवाय । ॐ नमः शिवाय । ॐ नमः शिवाय ।
९. शरीरमा मांसपेशीको गाँठो हुने ॐ नमो भगवते वासुदेवाय । ॐ नमः शिवाय । ॐ नमः शिवाय । ॐ नमः शिवाय । ॐ नमः शिवाय ।
१०. मायस्थेनिया ग्रेविस (मस्तिष्कबाट उक्त स्नायुसँग सम्वन्धित स्नायुमा आउने संवेदनाको प्रतिबन्धका कारण त्यो स्नायुको कार्यमा अवरोध उत्पन्न हुने ।) ॐ नमो भगवते वासुदेवाय । श्री गणेशाय नमः । श्री हनुमते नमः । श्री हनुमते नमः । ॐ नमः शिवाय ।
११. पेटमा पित्तको मात्रा बढी हुनुको कारण खाएको अन्न बान्ताद्वारा बाहिर निस्कने तथा त्यस कारण थकान हुने श्री दुर्गादेव्यै नमः । श्री हनुमते नमः । ॐ नमः शिवाय । ॐ नमः शिवाय । ॐ नमः शिवाय ।
१२. रक्तमा ‘कोलेस्ट्रोल’ को मात्रा अधिक हुने श्री गुरुदेव दत्त । श्रीराम जय राम जय जय राम । श्री हनुमते नमः । ॐ नमः शिवाय । ॐ नमः शिवाय ।
१३. फ्रोजन शोल्डर श्री गणेशाय नमः । श्री हनुमते नमः । श्री हनुमते नमः । ॐ नमः शिवाय । ॐ नमः शिवाय ।
१४. ‘एड्रिनोकोर्टिकोट्रोपिक हर्मोन’ को अत्यधिक मात्रामा वृद्धि श्री गणेशाय नमः । श्रीराम जय राम जय जय राम ।
१५. मूत्रपिण्ड (किडनी) सूनिने ॐ नमो भगवते वासुदेवाय । श्री गणेशाय नमः । ॐ नमः शिवाय । ॐ नमः शिवाय । ॐ नमः शिवाय ।
१६. महिनावारी हुँदा पेट अधिक दुख्ने श्री गणेशाय नमः । श्री हनुमते नमः । श्री हनुमते नमः । श्री हनुमते नमः । ॐ नमः शिवाय ।
१७. ठूलो आन्द्रमा अल्सर श्री गणेशाय नमः । श्री गणेशाय नमः । श्रीराम जय राम जय जय राम । ॐ नमः शिवाय । ॐ नमः शिवाय ।
१८. बाह्य परिस्थितिका कारण मानसिक सन्तुलन बिग्रने श्री गुरुदेव दत्त । श्री गणेशाय नमः । ॐ नमः शिवाय । ॐ नमः शिवाय । ॐ नमः शिवाय ।
१९. ‘कोरोना’ पीडित व्यक्तिको रक्त थम जाने, त्यसलाई पतलो गर्नको लागि श्रीराम जय राम जय जय राम । श्री गुरुदेव दत्त । श्री हनुमते नमः । ॐ नमः शिवाय । ॐ नमः शिवाय ।
२०. ‘स्टेरोइड’ को दुष्परिणाम हुने श्री गणेशाय नमः । श्री गणेशाय नमः । श्रीराम जय राम जय जय राम । श्री हनुमते नमः । ॐ नमः शिवाय ।

 

टिपण्णी – कुनै रोगको लागि दिएको नामजप यदि दिएको क्रममा गर्यो भने त्यो एक नामजप हुन्छ । यसरी नियोजित अवधिसम्म नामजप जारी राख्नुहोस् ।

 

१. माथि उल्लिखित केही रोगहरुको सन्दर्भमा बताएको नामजपबाट साधकहरुलाई आएको अनुभव

१ अ. मूत्रद्वारा प्रोटिन बाहिर निस्किने (नेफ्रोटिक सिन्ड्रोम)

यो मिर्गौलाको रोग हो । यसमा धेरै मात्रामा प्रोटिन पिसाबको माध्यमबाट बाहिर निस्कन्छ । एक साधिकाको ९ वर्षीय छोरालाई सन् २०१५ देखि यो रोग लागेको थियो । उनलाई हरेक ३–४ महिनामा यो रोग लाग्थ्यो । त्यतिबेला उनलाई ‘स्टेरोइड’ दिनु आवश्यक हुन्थ्यो । ‘स्टेरोइड’ का कारण उनको पूरै शरीर ज्यादै सुन्निएको थियो । मैले उनलाई यो रोगको बारेमा २१ डिसेम्बर २०२१ मा जप दिएँ । साधिकाले छोराको लागि दैनिक एक घण्टा यो नाम जप्यो । जप सुरु गरेपछि ७ दिनभित्र छोराको पिसाबमा प्रोटिन निस्कन बन्द भयो । साधिकालाई घरमै छोराको पिसाबबाट निस्कने प्रोटिनको परीक्षण सजीलै कसरी गर्ने भन्ने थाहा थियो । छोरालाई ३-४ महिनादेखि लागेको यो रोग नामजपको प्रभावले पूर्णतया निको भए पनि छोराको आमाले भने जप गरिरहेकी छिन् । त्यसपछि छोराको आमाले यो रोगमा लडनको लागि होमियोप्याथिक औषधि सुरु गर्न थाल्नुभयो; किनकी बच्चाको बिमारी केहि डरका कारण भएको डाक्टरहरुको ध्यानमा आयो । औषधिद्वारा रोगलाई जराबाट हटाउदैछ ।

१ आ. समलैंगिक आकर्षण प्रतीत हुने

एक जिज्ञासुलाई समलिङ्गी आकर्षण भएको देखिन्थ्यो । उनले यो समस्या खुलेर बताइन् । त्यसपछि मैले उहाँलाई यो रोगको लागि नामजप बताएँ । उसले दैनिक १ घण्टा नाम जप्न थाल्यो । त्यसपछि उनको कष्ट २० दिनमा नै कम भयो ।

१ इ. युवावस्थामा लैंगिक विचार अधिक मात्रामा आउने

एक जिज्ञासु युवा पुरुषमा महिलाहरूप्रति उच्च मात्रामा यौन आकर्षण प्रतीत भइरहेको थियो । यिनै विचारहरू लगातार मनमा आइरहेको कारणले साधनामा बाधाहरू आइरहेको थियो । यस सन्दर्भमा नामजप सोधेपछि मैले उहाँलाई नमाजप दिएँ । १५ दिनसम्म उक्त नामको नियमित जप गरेपछि उनको कष्ट धेरै हदसम्म हट्यो ।

१ ई. शरीरमा ‘इन्सुलिन’ नबन्ने (डायबिटीज)

आधुनिक चिकित्सकको १६ वर्षीय बालकको शरीरमा इन्सुलिन उत्पादन हुन सकेको थिएन । यो घटना कुनै व्यक्तिको सन्दर्भमा अपवादको रुपमा हुन्छ । त्यसैले यस्ता व्यक्तिले प्रत्येक ३ महिनापछि रगतमा ‘इन्सुलिन’ को मात्रा जाँचेर सोहीअनुसार उपचार गर्नुपर्छ । मैले जनवरी २०२२ मा यस रोगमा नामजप दिएँ । विगत ४ महिनादेखि हरेक दिन १ घण्टा उक्त नाम जप गर्दा उनको रगतमा इन्सुलिनको मात्रा कम हुनुको सट्टा १ न्यानोग्राम/१ मिलिलिटर भयो । रगतमा इन्सुलिनको सामान्य मात्रा २ न्यानोग्राम/१ मिलीलिटर हुन्छ । त्यसैले अहिले उनलाई दैनिक २ घण्टा नामजप गर्न भनिएको छ ।

१ उ. निन्द्रामा बोल्ने, चिच्याउने तथा निकट सुतेको व्यक्तितर्फ रिसाएर दौडिदै जाने

दुई साधक यो समस्याको सामना गरिरहेका थिए । ती दुवै साधकको रोग जाँचेर नमाजप दिएपछि दुई साताभित्रै रोग निको भयो ।

१ ऊ. शरीरमा मांसपेशीको गाँठो हुने

मार्च २०२२ मा, एक साधिकाको भाउजुको पेटमा स्नायुको गाँठो थियो । मैले उहाँलाई यो रोगको लागि नामजप दिएँ । उनले दैनिक १ घण्टा जप गरे । त्यसपछि उनको गाँठो सानो भएको थाहा पायो । उनी जाँचका लागि डाक्टरकहाँ गइन् । ‘स्क्यानिङ’ गरेपछि डाक्टरले त्यो गाँठोको आकार सानो भएको देखे । चिकित्सकले साधिकालाई स्नायुको गाँठो यसरी सानो भएको पहिलो पटक देखेको बताए । यो कहिल्यै सम्भव हुन्थेन । गाँठो सानो हुने प्रक्रिया एक राम्रो संकेत हो । यो जपको परिणाम हो भनेर बुझ्न सक्छौं ।

१ ए. ‘मायस्थेनिया ग्रेविस’ (मस्तिष्कबाट उक्त स्नायुसँग सम्वन्धित स्नायुमा आउने संवेदनाको प्रतिवन्धको कारण त्यो स्नायुको कार्यमा अवरोध उत्पन्न हुने ।)

यो एक गम्भीर रोग हो । यो रोग चेतातंतु (नर्भ) एवं स्नायुको संगम स्थान (न्युरोमस्कुलर जंक्शन) सँग सम्बन्धित छ । यो रोग ‘अटोइम्यून डिसअर्डर’ (स्वयंमा रहेको प्रतिरोधात्मक क्षमता आफ्नै शरीरमा अथवा शरीरको घटकमा आक्रमण गर्ने) रोगको श्रेणीमा आउँछ । ‘मायस्थेनिया ग्रेभिस’ मा हड्डीसँग जोडिएका नसाहरू प्रभावित हुन्छन् । त्यसैले यो रोगमा शरीरको कुनै अंग हलचल गर्नको लागि तथा श्वासप्रश्वाससँग सम्बन्धित नसाहरू हुन्छन् तिनीहरु यस रोगमा कमजोर हुन्छन् । एक साधिकालाई यो विकार भएको थियो । तसर्थ, उनलाई कुनै पनि प्रकारको काम गर्नु, जस्तै औँलाले कलम उठाउन पनि सम्भव थिएन । उनी थकित हुन्थिन् । ऊ सुतेर बस्नु पर्दथ्यो । यसमा ‘स्टेरोइड’ एउटै औषधि हो; तर यसको साइड इफेक्ट थियो कि उनी सुन्निन्थ्यो ।

फेब्रुअरी २०२२ मा, मैले उहाँलाई यो रोगको लागि नामजप खोजेर दिएँ । उनले दिनहुँ २ घण्टा नाम जप गर्न थालिन् । एक महिनामै उनले यो नामजपको राम्रो लाभ पाए । दैनिक काम गर्न थालिन् । आधुनिक चिकित्सकहरुले पनि यो राम्रो परिवर्तन भएको बताउँदै अहिले यो रोग नियन्त्रणमा आएको बताए । चिकित्सकले ‘स्टेरोइड’ औषधिको डोज पनि घटाए । साथै आधुनिक चिकित्साले भने कि यो महत्त्वपूर्ण कुरा हो कि यो रोगले श्वासप्रश्वास क्रियालाई असर गरेन । नत्र गम्भीर अवस्था आउने सम्भावना हुन्छ ।

१ ऐ. ‘एड्रिनोकोर्टिकोट्रोपिक हर्मोन’ को अध्यधिक मात्रामा वृद्धि

फेब्रुअरी २०२२ मा, एक साधिकाले आफ्नो शरीरमा ‘एड्रेनोकोर्टिकोट्रोपिक हर्मोन’ को मात्रा बढेको थाहा पाए । उनको रक्तचाप लगातार कम हुन्थ्यो । (यदि रगतमा स्थित ‘कोर्टिसोल’ हर्मोनको मात्रा घट्यो भने ‘एड्रेनोकोर्टिकोट्रोपिक हर्मोन’को मात्रामा वृद्धि हुन्छ । रक्तचाप कम हुनुको कारण ‘कोर्टिसोल’ नामक हर्मोनको मात्रा कम हुनु ।) यसले उनलाई थकान साथै पाचन (मेटाबोलिजम) क्रियामा पनि परिणाम भएको थियो । उहाँको यो रोगमा मैले २०२२ मार्चमा नामजप दिएँ र उहाँलाई दैनिक १ घण्टा जप गर्न भनें । उनले ३ महिनासम्म त्यो नामजप जपिन् । आधुनिक चिकित्सकको भनाइअनुसार उनले यो रोगका लागि एक महिनासम्म ‘स्टेरोइड’ लियो । जुन २०२२ मा उनको शारीरिक अवस्थामा केही सुधार आयो । उनको थकान कम भयो, पहिले कम रहेको रक्तचाप बढ्यो, साथै अन्नपचन पनि हुन थाल्यो । उनीमा हुने ‘एड्रेनोकोर्टिकोट्रोपिक हर्मोन’ को मात्रा पहिले ७२.६ पिकोग्राम/१ एमएल थियो, अहिले ६४.१ पिकोग्राम/१ एमएल भयो । (‘एड्रेनोकोर्टिकोट्रोपिक हर्मोन’ को सामान्य मात्रा ४६ पिकोग्राम / १ एमएल भन्दा कम हुनुपर्छ ।)

 

२. नामजपको महत्त्व

आपतकालिन समयमा औषधि र डाक्टरको अभाव हुनेछ, तब यी नामजपहरुको राम्रो उपयोग हुनेछन् ।

 

३. कृतज्ञता

परात्पर गुरु डाक्टरज्यूको कृपाले मैले नामजप पत्ता लगाउन सक्षम भएँ र यी नामजपहरुको राम्रो परिणामकारकता पनि ध्यानमा आयो । यसको लागि म परात्पर गुरु डाक्टरज्यू प्रति हार्दिक आभारी छु ।

– (सद्गुरु) डा. मुकुल गाडगीळ, पी.एचडी., महर्षि अध्यात्म विश्वविद्यालय, गोवा (३.७.२०२२)

यदि यहाँ प्रस्तुत रोगहरू मध्ये कुनै रोग छ भने, त्यसलाई हटाउनको लागि, तपाई त्यस सन्दर्भमा उल्लेख गरिएको नाम जप गर्न सक्नुहुन्छ । यदि तपाई जप गर्न चाहनुहुन्छ भने, तपाईले प्रयोगको रूपमा १ महिनाको लागि प्रत्येक दिन १ घण्टा जप गर्न सक्नुहुन्छ । यस मन्त्र सम्बन्धी आफ्ना अनुभवहरू यस इमेल [email protected] वा निम्न हुलाक ठेगानामा पठाउनुहोस् । पुस्तकमा प्रकाशन गर्ने दृष्टिकोणको साथ-साथै नामजपको क्षमता प्रमाणित गर्न यी अनुभवहरू उपयुक्त साबित हुनेछन् ।

ठेगाना: सनातन आश्रम, २४/बी रामनाथी, बान्दोडा, फोंडा, गोवा। पिनकोड ४०३४०१

Leave a Comment