विकारबाट मुक्ति पाउनका लागि आवश्यक देवताहरुको तत्व अनुसार दिएका केही विकारहरुका लागि नामजप भाग २

Article also available in :

सद्गुरु (डॉ.) मुकुल गाडगीळ

कुनै विकारबाट मुक्ति पाउनको लागि दुर्गादेवी, राम, कृष्ण, दत्त, गणपति, मारुति र शिव यी ७ मुख्य देवताहरु मध्ये कुन देवताको तत्व कति मात्रामा आवश्यक हुन्छ ? ध्यान गरेर केही विकारहरु माथि नामजप खोजे । यस प्रकार सबैभन्दा पहिले मैले कोरोना भाइरसविरुद्ध रोग प्रतिरोधात्मक क्षमता बढाउने नामजप खोजेको थिएँ । यसको प्रभावकारिता थाहा पाएपछि म अन्य विकारहरूको लागि पनि नामजप खोज्न प्रेरित भएँ । मैले गत वर्षदेखि साधकहरूलाई उनीहरूको विकारको लागि पाएका नामजपहरू दिइरहेको छु । ती नामजपबाट आफूलाई फाइदा भएको उनीहरुले बताए । तसर्थ, ती विकारहरू र उनीहरूलाई जुन नामजप दिएको थियो, त्यो तल दिएको छ । यी नामजपहरू आवश्यकता अनुसार विभिन्न देवताहरूको संयुक्त नामजप हुन् । मैले यो जप साधकहरूलाई उनीहरूको विकारहरूमा दिइरहेको थिएँ । ती नामजपबाट राम्रै लाभ मिलिरहेको साधकले बताए । केही महिनाअघि केही विकार, त्यसको लागि नामजप र नामजप गर्दा साधकहरुको अनुभव दैनिक ‘सनातन प्रभात’ मा प्रकाशित भएका थिए । अब अन्य केही विकार र त्यसको लागि नामजप यहाँ दिइएको छ । यी नामजपहरू विगत ३ महिनादेखि केही साधकहरूलाई दिइँदै आएको छ । उनीहरूले सकेसम्म चाँडो आफ्ना अनुभवहरू ग्रन्थको लागि लेखेर यस लेखमा दिएको इ-मेल वा हुलाक ठेगानामा पठाउनुहोस् ।

विकार नामजप
१. राम्रो स्वास्थ्यको लागि श्री गणेशाय नम: । श्री दुर्गादेव्यै नम: । श्री हनुमते नम: । ॐ नम: शिवाय । ॐ नम: शिवाय ।
२. रगतमा ‘सी रिएक्टिभ प्रोटिन’ को मात्रा बढ्नु, छातीमा कफको संक्रमण हुनु र पित्तको रातो दाग देखिनु । श्री दुर्गादेव्यै नम: । श्री हनुमते नम: । श्री हनुमते नम: । ॐ नम: शिवाय । ॐ नम: शिवाय ।
३. रगतमा कम हेमोग्लोबिन श्री हनुमते नम: । श्रीराम जय राम जय जय राम । श्रीराम जय राम जय जय राम । श्री गणेशाय नम: । श्री गणेशाय नम: । श्री गणेशाय नम: । श्री गणेशाय नम: ।
४. रगतमा यूरिक एसिडको वृद्धि श्री गणेशाय नम: । श्री हनुमते नम: । ॐ नम: शिवाय । ॐ नम: शिवाय । ॐ नम: शिवाय ।
५. रगतमा ‘पोटासियम’को मात्रा अधिकतम स्तर भन्दा कम हुनु श्री दुर्गादेव्यै नम: । श्रीराम जय राम जय जय राम । श्री हनुमते नम: । श्री हनुमते नम: । श्री हनुमते नम: ।
६. गर्भाशयमा सिस्ट श्री हनुमते नम: । ॐ नम: शिवाय । ॐ नम: शिवाय । ॐ नम: शिवाय । ॐ नम: शिवाय ।
७. ‘साइटिका’ को कष्ट (नशा दबिने) श्री दुर्गादेव्यै नम: । ॐ नमो भगवते वासुदेवाय । श्री हनुमते नम: । ॐ नम: शिवाय । ॐ नम: शिवाय ।
८. दिसा साह्रो हुनाले दिसा नआउने र त्यस कारण पेट फूलिने श्री हनुमते नम: । श्री हनुमते नम: । श्री हनुमते नम: । श्री हनुमते नम: । ॐ नम: शिवाय ।
९. शरीर सुन्निने र तौल बढ्नु श्री हनुमते नम: । ॐ नम: शिवाय । ॐ नम: शिवाय । ॐ नम: शिवाय ।
१०. शरीरमा डण्डीफोर आउने श्री गुरुदेव दत्त । श्री गणेशाय नम: । श्री दुर्गादेव्यै नम: । श्री हनुमते नम: । श्री हनुमते नम: ।
११. केश झर्ने श्री दुर्गादेव्यै नम: । श्री हनुमते नम: । श्री हनुमते नम: ।
१२. थायराईड श्री दुर्गादेव्यै नम: । श्री हनुमते नम: । श्री हनुमते नम: । श्री हनुमते नम: । ॐ नम: शिवाय ।
१३. ‘ग्याङ्ग्रीन’ हुने श्री दुर्गादेव्यै नम: । श्री हनुमते नम: । ॐ नम: शिवाय । ॐ नम: शिवाय । ॐ नम: शिवाय ।
१४. एलर्जी श्री गणेशाय नम: । ॐ नम: शिवाय ।
१५. जन्डिस ॐ नम: शिवाय । ॐ नम: शिवाय । ॐ नम: शिवाय । श्री दुर्गादेव्यै नम: । ॐ नम: शिवाय । ॐ नम: शिवाय । श्री दुर्गादेव्यै नम: । श्री गुरुदेव दत्त ।
१६. ‘एक्जिमा’ नामक त्वचारोग ॐ नम: शिवाय । ॐ नम: शिवाय । ॐ नम: शिवाय । ॐ नम: शिवाय । श्री दुर्गादेव्यै नम: । श्री दुर्गादेव्यै नम: । श्री दुर्गादेव्यै नम: । श्री गुरुदेव दत्त ।श्री गुरुदेव दत्त । श्री गणेशाय नम: ।
१७. ‘सोरायसिस’ नामक त्वचारोग श्री हनुमते नम: । श्री दुर्गादेव्यै नम: । श्री दुर्गादेव्यै नम: । श्री दुर्गादेव्यै नम: । श्री गुरुदेव दत्त । श्री दुर्गादेव्यै नम: । श्री दुर्गादेव्यै नम: । श्री दुर्गादेव्यै नम: । श्री गणेशाय नम: ।
१८. उष्णताले आठौं एवं नवौं द्वारमा डण्डीफोर आउने श्री गुरुदेव दत्त । श्री हनुमते नम: । ॐ नम: शिवाय । ॐ नम: शिवाय । ॐ नम: शिवाय ।
१९. घाउ शीघ्र पुरिनको लागि श्री दुर्गादेव्यै नम: । श्री गणेशाय नम: । ॐ नम: शिवाय । ॐ नम: शिवाय । ॐ नम: शिवाय ।
२०. फ्रयाक्चर शीघ्र जोडिनको लागि श्री गणेशाय नम: । श्री हनुमते नम: । श्री हनुमते नम: । ॐ नम: शिवाय । ॐ नम: शिवाय ।
२१. ‘एसिडिटी’ मा वृद्धि श्री गणेशाय नम: । श्रीराम जय राम जय जय राम । श्री हनुमते नम: । ॐ नम: शिवाय । ॐ नम: शिवाय ।
– (सद्गुरु) डॉ. मुकुल गाडगीळ, गोवा.

यदि साधकलाई यहाँ दिइएको कुनै विकार छ भने त्यसबाट मुक्ति पाउन चिकित्सा उपचारका साथसाथै त्यस सन्दर्भमा दिएका नामजप गर्ने प्रयास गर्न मन लागेमा त्यो नामजप १ महिना दैनिक १ घण्टा प्रयोगको तौरमा गर्न सक्नुहुन्छ ।

साधकहरूले यस नामजपको सन्दर्भमा आफ्ना अनुभव/अनुभूतिहरू [email protected] यस इ-मेल वा तल दिइएको हुलाक ठेगानामा पठाउनुहोस् ।

साधकका यी अनुभवहरूलाई ग्रन्थमा लिने दृष्टिकोणको साथै नामजपको योग्यता बुझ्ने दृष्टिकोणबाट पनि महत्त्वपूर्ण छ ।

हुलाक ठेगाना: सनातन आश्रम, २४/बी रामनाथी, बांदोडा, फोंडा, गोवा. पिनकोड ४०३४०१

Leave a Comment