विकारबाट मुक्ति पाउनका लागि आवश्यक देवताहरुको तत्व अनुसार दिएका केही विकारहरुका लागि नामजप – भाग १

Article also available in :

सद्गुरु (डॉ.) मुकुल गाडगीळ

कुनै विकारबाट मुक्ति पाउनको लागि दुर्गादेवी, राम, कृष्ण, दत्त, गणपति, मारुति र शिव यी ७ मुख्य देवताहरु मध्ये कुन देवताको तत्व कति मात्रामा आवश्यक हुन्छ ? ध्यान गरेर केही विकारहरु माथि नामजप खोजे । यस प्रकार सबैभन्दा पहिले मैले कोरोना भाइरसविरुद्ध रोग प्रतिरोधात्मक क्षमता बढाउने नामजप खोजेको थिएँ । यसको प्रभावकारिता थाहा पाएपछि म अन्य विकारहरूको लागि पनि नामजप खोज्न प्रेरित भएँ । मैले गत वर्षदेखि साधकहरूलाई उनीहरूको विकारको लागि पाएका मन्त्रहरू दिइरहेको छु । ती नामजपबाट आफूलाई फाइदा भएको उनीहरुले बताए । तसर्थ, ती विकारहरू र उनीहरूलाई जुन नामजप दिएको थियो, त्यो तल दिएको छ । यी नामजपहरू आवश्यकता अनुसार विभिन्न देवताहरूको संयुक्त नामजप हुन् ।

 

१. महिनावारीको कष्ट दूर गर्नको लागि नामजप

‘श्री गणेशाय नमः – श्री गणेशाय नमः – श्री गुरुदेव दत्त ।’

कतिपय साधिकाको महिनावारी नियमित हुँदैन थियो, भने केही साधिकाको ५ दिनमा रक्तश्राव बन्द हुनुको सट्टा रक्तश्राव भइरहन्थ्यो । यो महिनावारीको कष्टमा मैले माथि उल्लेखित जप पाएको छु र ती साधिकाहरूलाई महिनावारीको अपेक्षित मिति भन्दा ४ दिन अगाडि देखि महिनावारी समाप्त नभएसम्म प्रत्येक दिन १ घण्टासम्म नामजप गर्न भनेँ । यो जप गर्दा मैले उहाँलाई आफ्नो दाहिने हातको पाँच औंलाको टुप्पो जोडेर आज्ञाचक्रमा राख्न भनें । शरीरबाट १ – २ सेन्टिमिटर टाढा न्यास गर्नको लागि भने । ती साधिकाहरूले यस नामजपको राम्रो लाभ प्राप्त गरे ।

 

२. मधुमेह (डायबिटिज) को लागि नामजप

‘श्री दुर्गादेव्यै नमः – श्री हनुमते नमः ।’

इन्सुलिन (रगतमा रहेको चिनीको मात्रा घटाउने औषधि) को मात्रा बढाएपछि पनि एक साधकको शरीरमा चिनीको मात्रा बढि भइनै रहन्थ्यो । मैले उहाँलाई माथिको नामजप गर्न आग्रह गरें । नामजप गर्न थालेपछि एक साताभित्रै डाक्टरको औषधिमा परिवर्तन गर्ने विचार आयो । त्यो परिवर्तन गरेपछि ती साधकको रगतमा चिनीको मात्रा केही नियन्त्रणमा आयो ।

 

३. खुट्टा देखि पूरै शरीरमा अचानक आएको डण्डीफोर (पिम्पल) को लागि नामजप

‘श्री हनुमते नमः –  श्री गुरुदेव दत्त – श्री गुरुदेव दत्त – श्री गुरुदेव दत्त – श्री हनुमते नमः – श्री गुरुदेव दत्त – श्री गुरुदेव दत्त – श्री गुरुदेव दत्त – ॐ नमः शिवाय ।’

वाराणसीका एक साधिकाको शरीरमा अचानक डण्डीफोर देखा परेको थियो । ४.११.२०२० मा उहाँलाई माथिको नामजप दैनिक १ घण्टा गर्न भनियो । आठ दिनमा उक्त साधिकाले भनिन्, यो नामजपका कारण पहिले सुख्खा र रुखो भएको छाला, नामजप सुरु गरेपछि दुई दिनमै नरम भयो र डण्डीफोर सुक्न थाल्यो । चिलाउने मात्रा पनि कम भयो । आठ दिनमा शरीरमा डण्डीफोरको आकार धेरै घट्यो र यसको रंग पनि हल्का भयो । अर्को आठ दिनमा, छाला थप नरम भयो र डण्डीफोरहरूको संख्या घट्यो ।

 

४. छालाको फंगल संक्रमणको लागि नामजप

‘श्री गणेशाय नमः – श्री गणेशाय नमः – श्री गणेशाय नमः – श्री गणेशाय नमः – श्री गुरुदेव दत्त – श्री गणेशाय नमः – श्री गणेशाय नमः – श्री गणेशाय नमः – श्री हनुमते नमः – श्री हनुमते नमः ।’

एक साधिकाको कम्मर र तिघ्रामा फंगल संक्रमण भएको थियो । त्यहाँ उनको छाला मोटो र कालो भएको थियो । १५ दिनसम्म प्रत्येक दिन १ घण्टा माथिको नामजप गरेपछि ती अंगको चिलाउने समस्या कम भयो । यससँगै छालाको कालोपन र सुन्निने समस्या पनि धेरै हदसम्म कम भयो ।

 

५. रगतमा क्रिएटिनिनको मात्रा बढ्नाले मृगौलाको क्षमता घट्ने विकारमा नामजप

‘श्री दुर्गादेव्यै नमः – श्री दुर्गादेव्यै नमः – श्री दुर्गादेव्यै नमः – श्री गुरुदेव दत्त – श्री हनुमते नमः ।’

 

६. मूलव्याधिको लागि नामजप

‘श्री गणेशाय नमः – श्री गणेशाय नमः – श्री गणेशाय नमः – श्री हनुमते नमः – श्री गणेशाय नमः – श्री गणेशाय नमः – ॐ नमः शिवाय ।’

 

७. पथरीको लागि  नामजप

‘श्री दुर्गादेव्यै नमः – श्री दुर्गादेव्यै नमः – श्री दुर्गादेव्यै नमः – श्री दुर्गादेव्यै नमः – श्री हनुमते नमः ।’

 

८. रगतमा आइरन घटेको मात्रा बढाउनको लागि नामजप

‘श्री गुरुदेव दत्त – श्री गुरुदेव दत्त – श्री गुरुदेव दत्त – श्री दुर्गादेव्यै नमः – श्री गुरुदेव दत्त – श्री गुरुदेव दत्त – श्री गुरुदेव दत्त – श्री दुर्गादेव्यै नमः – श्री गुरुदेव दत्त – श्रीराम जयराम जय जय राम ।’

यदि साधकलाई यहाँ दिइएको कुनै विकार छ भने त्यसबाट मुक्ति पाउन चिकित्सा उपचारका साथसाथै त्यस सन्दर्भमा दिएका नामजप गर्ने प्रयास गर्नुहोस्, यदि मन लागेमा त्यो नामजप १ महिना दैनिक १ घण्टा प्रयोगको तौरमा गरेर हेर्नुहोस् । साधकहरूले यस नामजपको सन्दर्भमा आफ्ना अनुभव/अनुभूतिहरू [email protected] यस इ-मेल वा तल दिइएको हुलाक ठेगानामा पठाउनुहोस् । साधकका यी अनुभवहरूलाई पुस्तकमा लिने दृष्टिकोणले पनि महत्त्वपूर्ण छ, साथै नामजपको योग्यता बुझ्ने दृष्टिकोणबाट पनि महत्त्वपूर्ण छ ।

हुलाक ठेगाना: सनातन आश्रम, २४/बी रामनाथी, बांदोडा, फोंडा, गोवा. पिनकोड ४०३४०१

-(सद्गुरु) डॉ. मुकुल गाडगीळ, (१०.१२.२०२०)

Leave a Comment