सम्भावित घातक महामारी ‘डिजिज एक्स’ को उपचारको लागि गरिने नामजप

Article also available in :

सन् २०२० र २०२१ मा ‘कोरोना’ महामारी विश्वभर फैलियो। त्यसैगरी २७.९.२०२३ मा धेरै पत्रपत्रिकाले थप डरलाग्दो महामारी आउने समाचार प्रकाशित गरे। विश्व स्वास्थ्य संगठनले ‘डिजिज एक्स’ नामक महामारीले जुनसुकै बेला विश्वभर आतंक मच्चाउन सक्ने दाबी गरेको छ। यस महामारीमा विश्वको ५ करोड मानिसहरुले प्राण गुमाउन सक्छ। यो माहामारीले विश्वमा जुनसुकै बेला आतंक मच्चाउन सक्छ। यो महामारीसँग सम्बन्धित जानकारी अर्थात यो कसरी सर्छ, यसको लक्षणहरु अझै सार्वजनिक गरिएको छैन। यो रोग जुनसुकै बेला पनि फैलिन सक्छ, त्यसैले यस विषयमा सबैले सजग रहन र चिकित्सा उपचारका साथसाथै आध्यात्मिक उपाय अपनाउन जरुरी छ।

१. ‘डिजिज एक्स’ महामारीको विषयमा सूक्ष्ममा ध्यानमा आएका सूत्रहरु

अ. यस रोगको विषाणु हवाबाट फैलिने छ र श्वासको माध्यमबाट शरीरमा प्रवेश गर्छ।

आ. शरीरमा प्रवेश गरेपछि विषाणुले मुटुमा असर गर्छ। यसले मुटुको कामलाई सुस्त बनाउँछ र रक्तसञ्चारको कार्यमा अवरोध खडा गर्छ।

इ. त्यसपछि, मस्तिष्कमा रगत आपूर्ति कम हुँदा मस्तिष्कमा परिणामा हुन जान्छ। यो परिणाम प्रायः मस्तिष्कको दाहिने भागमा हुनेछ। (मस्तिष्कको दाहिने भागले भावना, भान, विभिन्न कला, वरिपरिको ज्ञान हुनु, आदिसँग सम्बन्धित कार्यहरू सम्भाल्दछ।)

ई. मुटु र मस्तिष्क अर्थात् शरीरका दुई मुख्य इन्द्रियलाई असर गर्ने यस रोगका कारण सम्पूर्ण शरीरमा गम्भीर परिणामा हुनेछ। जसका कारण व्यक्ति असहाय बन्न पुग्छ र ७-८ घण्टामा उनको अवस्था गम्भीर हुन सक्छ र मर्न पनि सक्छ।

उ. ‘कोरोना’ महामारीका बेला कोरोना संक्रमित व्यक्तिमा रुघाखोकी, ज्वरो, खोकी जस्ता लक्षण देखिएको थियो। तर ‘डिजिज एक्स’ मा बाहिरी लक्षण खासै देखिने छैनन्।

२. ‘डिजिज एक्स’ महामारीलाई परास्त गर्नको लागि जप

सद्गुरु डॉ. मुकुल गाडगीळजी

‘श्री दुर्गादेव्यै नमः । श्री दुर्गादेव्यै नमः । श्रीराम जय राम जय जय राम । श्री हनुमते नमः । ॐ नमः शिवाय ।’

यी पाँच नामलाई क्रमशः एकसाथ जप गर्दा एउटा जप बन्नेछ। यसरी ‘डिजिज एक्स’ रोग हटाउनको लागि यी ५ नामको संयुक्त जप ४ देखि ५ घण्टासम्म गर्नुपर्छ।

यो नामजप गर्ने समय बीच-बीचमा कपूरको सुगन्ध लिनाले राम्रो फाइदा हुन्छ।

३. कृतज्ञता

‘डिजिज एक्स’ रोगको विषयमा सूक्ष्ममा प्राप्त जानकारी र त्यसलाई प्रतिकार गर्नको लागि गरिने नामजप गुरुकृपाको कारण प्राप्त भयो। यसको लागि म सच्चिदानंद परब्रह्म डॉ. आठवलेज्यूको श्रीचरणमा कृतज्ञता व्यक्त गर्दछु र प्रार्थना गर्दछु कि ‘डिजिज एक्स’ महामारी को कालमा यस नामजपले सबैलाई फाइदा गरोस्!’

– (सद़्‍गुरु) डॉ. मुकुल गाडगीळ, गोवा. (१.१०.२०२३)

Leave a Comment