घरेलु खेती (रोपण) अन्तर्गत वनस्पतिहरुको पात र फूलबाट बनाउन सकिने चियाका विभिन्न विकल्पहरु

Article also available in :

श्रीमती राघवी कोनेकर

सामान्य चियाको दुष्परिणामको कारण धेरैलाई ‘चिया पिउन बन्द गर्नुपर्छ’, यस्तो लाग्दछ; तर ‘चियाको अन्य विकल्प हुनु पर्छ’, यस्तो पनि लाग्दछ । यस्ता मानिसहरुका लागि फूल र पातबाट बनेको चियाको विकल्प घरेलु खेतीमा उपलब्दछ छ । प्रतिदिन एउटै स्वादको चिया पिउनुको अपेक्षा यस्ता विभिन्न विकल्पहरु प्रयोग गरेर मनलाई नवीनतापूर्ण आनन्दको अनुभव मिल्न सक्नेछ ।

 

१. अपराजिता फूलको निलो चिया (Blue Tea)

‘अपराजिताको बेल र यसको नीलो फूल सर्वपरिचित छ । अपराजिताको बेलमा स-साना फलीहरु आउँदछ र यसको नीलो फूलसँग सबै परिचित छ । बेलमा नै यी फलीहरु सुकेपछि त्यसबाट बीउहरु निस्कन्छन् । यी बीउको खेती गरेर त्यसबाट अपराजिताको बेल उत्पादन गर्न सकिन्छ । अपराजिताको फूलबाट ‘नीलो चिया’ बनाउन सकिन्छ ।

१ अ. करिब २ कप चियाको लागि आवश्यक सामग्री

साढे दुई कप पानी, नीलो अपराजिताको ८ देखि १० फूल, ४ – ५ तुलसीको पात, अदुवाको सानो टुक्रा, घाँसको  चियाको ४ साना पात र दालचीनीको एउटा सानो टुक्रा

१ आ. बनाउने विधि

अपराजिताको फूलहरुलाई हल्का हातले धुनुहोस्; किनकी यी फूललाई रगड्दा निलो रङ्ग हट्छ । यी फूलहरु सहित सबै सामग्रीलाई २ मिनेटसम्म उमालेर यी मिश्रणलाई केही समयसम्म छोपेर राख्नुहोस् । त्यसपछि स्वाद अनुसार गुड र कागतीको रस मिसाएर मनतातो चिया पिउनुहोस् ।

 

२. अधुल पंखुडीबाट बनेको रातो चिया (Red Tea)

अपराजिताको फूल जस्तै अधुलको पंखुडीबाट पनि चिया बनाउन सकिन्छ । माथि दिइएको अपराजिता फूलको चियामा प्रयोग हुने सामग्रीहरु प्रयोग गरि त्यसरी नै चिया बनाउनुहोस् ।

 

३. तुलसी र अदुवाको पातको हरियो चिया (Green Tea)

बजारमा पाइने अदुवा सजिलै माटोमा रोप्न सकिन्छ । रोपेको समयदेखि नयाँ अदुवा फसलको लागि तयार हुन लगभग ८-९ महिना लाग्छ । यस अवधिमा बढ्दो बिरुवामा धेरै पातहरू आउँछन् र यी पातहरूबाट चिया बनाउन सकिन्छ । तुलसीका धेरै प्रजातिहरू पनि रोप्न सकिन्छ । जस्तै राम तुलसी, कृष्ण तुलसी, जंगली तुलसी, कपूर तुलसी, धुप तुलसी ! आफ्नो स्वाद अनुसार यो चियामा एक वा धेरै प्रकारको तुलसीको पात हाल्न सकिन्छ ।

३ अ. करिब २ कप चियाको लागि आवश्यक सामग्री

साढे दुई कप पानी, अदुवाको ५ – ६ पात, तुलसीको ५ – ६ पात, चिया घाँसको ४ साना पात, स्वाद अनुसार अलिकति अलैंचीको धुलो वा दालचीनी, ल्वाङ्ग र मरिच कुनै एक मसला ।

– श्रीमती राघवी मयूरेश कोनेकर, ढवळी, फोंडा, गोवा. (२७.९.२०२२)

‘यदि तपाईले माथि उल्लेखित विभिन्न प्रकारका चिया तयार गरी पिउनुभएको छ भने तपाईले आफ्नो अनुभव निम्न ठेगानामा अवगत गराउनु होला । आपतकालिन अवस्थामा चिया उपलब्ध नभएमा माथि उल्लिखित विभिन्न विधिबाट आफ्नो मनपर्ने चिया बनाएर पिउन सक्नुहुन्छ र यससँग सम्बन्धित लेख प्रकाशित गर्न हामीलाई लेख्नुहोस् । अन्य साधकहरूले पनि यसबाट लाभान्वित हुनेछन् । – संकलनकर्ता

ईमेल ठेगाना : [email protected]

Leave a Comment