वृक्षारोपण कसरी गर्ने ?

Article also available in :

 

१. वृक्षारोपण गर्ने समय यजुर्वेदको ऋचा पाठ

अपो देवीरुपसृज मधुमतीः, अयक्ष्माय प्रजाभ्य: ।
तासाम् आस्थानात् उज्जिहताम्, ओषधय: सुपिप्पला: ॥

– यजुर्वेद, अध्याय ११, कण्डिका ३८

अर्थ : हे अग्निदेवता, सबै निरोगी होस्, यसको लागि तपाईले आरोग्यदायी जलदेवता लिएर आउनुहोस् । जलदेवता द्वारा सिँचाइ गरेको यस भूमिमा फल-फूलहरुले समृद्ध वनस्पति उब्जन दिनुहोस् भनी म तपाईको चरणमा प्रार्थना गर्दछु । वृक्षारोपण गर्ने समय यजुर्वेदका यो ऋचा मनःपूर्वक भन्नाले त्यो वृक्ष दीर्घायुषी र फलसमृद्ध हुन्छ । मन्त्र  जप गर्दै वृक्षारोपणको लागि बनाइएको खाडलमा पानी प्रोक्षण गर्नुहोस् । मन्त्र जप गर्दै वृक्षको जरा र हाँगाहरुमा पनि पानी छर्किनुहोस् ।

सौ. प्राजक्ता जोशी

 

२. बगैंचा वा वृक्षारोपणको लागि शुभ नक्षत्र

यदि तपाई घरको चारैतर्फ बागैंचा लगाउन अथवा वृक्षारोपण गर्न चाहनुहुन्छ, भने सधैं यी शुभ नक्षत्र अश्विनी, रोहिणी, मृग, पुष्य, उत्तरा, हस्त, चित्रा, विशाखा, अनुराधा, उत्तराषाढा, शततारका, उत्तरा भाद्रपदा र रेवतीमा गर्नुहोस् ।

 

३. वृक्षारोपण सम्बन्धि महत्त्वपूर्ण जानकारी

श्मशान, सडक, तपस्विको आश्रम, नदिको संगममा उम्रेको बोटबिरुवा, आँधीले उखेलिएको बोटबिरुवा, सुकेको बिरुवा, रोगी व्यक्तिले ल्याएको बिरुवा कहिल्यै पनि रोप्नु हुँदैन ।

 

४. कुन दिशामा बोटबिरुवा रोप्ने ?

पूर्व दिशामा औदुम्बर, पश्चिममा पीपल र दक्षिणमा औदुम्बरका वृक्ष हुनु शुभदायक हुन्छ । पूर्व दिशामा चमेली, चम्पा, पहेलो केतकी, सेतो गुलाब, रातो फूल आउने बिरुवा, नारिवल, कागती, सुपारी, जामुन र आपको बिरुवा रोप्ने ।

 

५. घर नजिक कुन बिरुवा अथवा वृक्ष रोप्ने ?

अ. बेल, शमी, अशोक, नागकेशर, चम्पा, अनार जस्ता वृक्ष एवं गुलाब, चमेली र केतकी जस्ता फूलको बिरुवा लगाउन शुभदायक हुन्छ ।

आ. घरको जुनसुकै दिशामा केशर, अशोक, मालती, जपाकुसुम (जास्वन्दी), चन्दन, दालचीनी, नारिवल र कटहर रोप्नु शुभदायक हुन्छ ।

इ. तुलसीको बोट र दुर्वा अधिक मात्रामा लगाउनाले त्यसको सकारात्मक परिणाम हुन्छ । वास्तुमा तुलसी र नीमको बिरुवा अधिक मात्रा हुँदा प्रणवायु बढी मात्रामा उपलब्ध हुन्छ ।

ई. पारिजात, कण्हेर र नीले फूल युक्त बेल, उदा. गोकर्ण, कृष्णकमल आदि ईशान्य (उत्तर-पूर्व) दिशामा हुनाले शुभ परिणाम हुन्छ । यस दिशामा कमलपीठ र करंज हुनु शुभ मानिन्छ ।

उ. हरियाली, उचाइ नबढ्ने सानो आकारको, औषधिय गुणले युक्त सानो-सानो बेलहरु, सजावटी बोटबिरुवा, सुगन्धित फूलका बोटहरु जस्तै उदा. जाई, जुही, शेवंती, गुलाबको फूल इत्यादि पूर्व अथवा उत्तर दिशामा लगाउनुहोस् ।

ऊ. उत्तर र उत्तर-पश्चिकमा घरेलु बागैंचा बनाउनुहोस् ।

ए. उत्तर दिशामा अम्बाको बिरुवा रोप्दा समृद्धि प्राप्त हुन्छ ।

ऐ. उत्तर-पश्चिममा सोनचाफा, मोगरा जस्ता सेतो सुगन्धित फूलको बिरुवा रोप्नुहोस् । यसो गर्दा मन प्रसन्न हुन्छ ।

ओ. अनारको बिरुवा प्लटको उत्तर दिशामा कुनै पनि महिनाको शुक्ल पक्षको हस्त नक्षत्रमा लगाउनुहोस् । अनारको बोटमा लक्ष्मीको वास हुन्छ ।

औ. कढीपत्ता पूर्व एवं दक्षिण पूर्व दिशामा रोप्नुहोस् ।

अं. बदामको बिरुवा आग्नेय (दक्षिणी) भागमा शुक्ल पक्षको उत्तरा नक्षत्रमा लगाउनाले सुख-समृद्धि आउँदछ ।

क. दक्षिणमा औदुम्बर वृक्ष हुनाले शुभ फल मिल्छ; कारण यो वृक्षमा गुरुतत्त्व हुन्छ । त्यसैले दक्षिण दिशाबाट आउने यम तरङ्ग नष्ट हुन्छन् ।

ख. घरको प्रवेशद्वार अथवा कम्पाउण्ड गेटसँगै जहाँ आउने-जाने बाटो हुन्छ त्यहाँ केरा नलगाउनुहोस्, । यस रुखमा वातावरणको नकारात्मकता अवशोषित गर्ने क्षमता अधिक हुनाले त्यो नकारात्मकता वास्तुभरि फैलिन्छ ।

 

६. कुन दिशामा कुन बिरुवा रोप्नु हुँदैन र बिरुवा लगाउनाले हुने दुष्परिणाम

अ. आग्नेय दिशा (दक्षिणपूर्व) मा औदुम्बर, पकर, रातो फूल वा काँडा भएको वृक्ष नलगाउनुहोस् । किनकि मृत्यु अथवा अन्य हानि हुने सम्भावना हुन्छ ।

आ. पूर्व दिशामा पीपल, पश्चिम दिशामा बरगद, उत्तरमा औदुम्बर र दक्षिणमा पकर रोप्नु हुँदैन । यो अशुभ हुन्छ । यसले व्यक्तिको उत्कर्ष हुँदैन ।

इ. पूर्व दिशामा पीपल वृक्ष रोप्दा भय बढ्छ ।

ई. पश्चिम दिशामा बरगदको रुख रोप्दा मालिक वा कुटुंबीयलाई कुनै न कुनै कष्ट हुन्छ ।

उ. उत्तर दिशामा औदुम्बरको वृक्ष लगाउनाले त्यस घरमा बस्ने व्यक्तिलाई आँखाको रोग लाग्ने सम्भावना हुन्छ ।

ऊ. पहेलो फूल भएको रुख घर नजिक हुनु अशुभ मानिन्छ ।

ए. घर नजिक बेर, जामुन, साल/शाल/साखूसराटे, नागफनीनिवडुंग वा कुनै किसिमको काँडा भएको बिरुवा हुनुहुँदैन । यी रुखका काँडाले नकारात्मक ऊर्जा फैलाउने गर्छ । तिनीहरु अनिष्ट शक्तिहरुको बलस्थान हुन्छ । जसले गर्दा बिना कारण शत्रूत्व निर्माण भएर घरपरिवारमा झगडा हुन्छ । मन चंचल हुन्छ र घरमा समृद्धि हुँदैन ।

ऐ. शमी, नीम र बेल, यी रुखहरु घरको पछाडि केही दूरीमा हुनुपर्छ; तर घर नजिक अथवा घर सामुन्ये हुनुहुँदैन ।

ओ. क्षिरवृक्ष अर्थात जुन रुखबाट चर्पी निस्कन्छ, त्यस्तो रुख रोप्दा धनको हानि हुने सम्भावना रहन्छ, जस्तै. वास्तुको छेउमा कपासको वृक्ष, विशेषतः जांभळ्या कपासको रुख कहिल्यै नरोप्नुहोस् ।

औ. दिनको एक प्रहर भएपछि अर्थात बिहान ९ बजेपछि घरमा कुनै पनि रुखको छाया नपरोस् ।

अं. नीलिकानिळंबी एवं दारू हरिद्र (हलदी) को वृक्ष (दारू हरिद्र यो बेसारको एक प्रकार हो ।) घरमा रोप्नु हुँदैन, खेतमा रोप्न सक्छौं । यसले सम्पत्ति र सन्तानको नाश हुन्छ ।

क. केरा, चिकू, इमली, सहजन, जामुन र मेवा जस्ता धेरै बीज भएको फल लगाउनाले पैसा टिक्दैन, आर्थिक तनाव हुन्छ; त्यसैले घरमा रोप्नु हुँदैन ।

ख. घर नजिक पूर्व दिशामा ठूला रुखहरु नलगाउनुहोस्; जसका कारण घरमा घाम लाग्दैन । सूर्यप्रकाश नआउनाले घरमा बस्ने मानिसको रोगप्रतिकारक शक्ति कमजोर हुन्छ ।

ग. प्लटमा जामुनको रुख नरोप्नुहोस् । जामुनको बीउ रगतमा चिनीको मात्रा कम गर्न औषधीय रुपमा प्रयोग गरिन्छ, अर्थात रगतमा चिनी कम हुन्छ । त्यसैले वास्तुमा जामुनको वृक्ष भएमा परिवारमा वादविवाद हुन्छ ।

 

७. रुख कहिले काट्ने ?

भाद्रपद अथवा माघ महिनामा जुनसुकै रुख काट्न सकिन्छ । सिंह अथवा मकर राशिमा सूर्य हुँदा कहिल्यै पनि रुख नकाट्नुहोस् । पुनर्वसु, अनुराधा, हस्त, उत्तरा फाल्गुनी, उत्तराषाढा, स्वाती एवं श्रवण, यी नक्षत्रमा रुख काट्नका लागि शुभ मानिन्छन् ।

 

८. कुनै रुख काट्नु परेमा के गर्ने?

कुनै पनि रुख काट्नु परेमा सरकारको स्वीकृति लिनुहोस् । अनुमति पाएपछि रुख काट्नुभन्दा एक दिन अघि रुखलाई नैवेद्य देखाएर क्षमायाचना गर्नुहोस् । केही अपरिहार्य कारणहरुले गर्दा यो वृक्ष हटाउनु परेकोमा कृपया मलाई माफ गर्नुहोस् । तपाईको ठाउँमा एउटा वृक्ष म निश्चितरूपमा लगाउनेछु भनी संकल्प गर्नुहोस् । अर्को दिन वृक्षको पूजा गर्नुहोस् र उत्तर अथवा पूर्व दिशाबाट वृक्ष काट्नुहोस् । वृक्ष काटिसकेपछि पूर्व अथवा उत्तर दिशामा ढलोस् ।

– श्रीमती प्राजक्ता जोशी, वास्तु विशारद, महर्षि अध्यात्म विश्वविद्यालय, ज्योतिष विभागप्रमुख, गोवा.

Leave a Comment