बहुगुणी भीमसेनी आयुर्वेदिक कपूर !

हिन्दू धर्म अनुसार कर्पूर आरतीको पूजामा कपूरको प्रयोग गरिन्छ । यस बाहेक कपूरका अन्य उपयोग पनि छन् । यसको बारेमा यहाँ जानकारी प्राप्त गर्नेछौं ।

भीमसेनी आयुर्वेदीय कपूर

१. आकार

भीमसेनी आयुर्वेदिक कपूरको कुनै विशीष्ट आकार हुँदैन । यो कपूर स्फटिक जस्तै हुन्छ । यसलाई गोलाकार वा चौकोनी आकार बनाउन सकिँदैन; किनकी यसमा सामान्य कपूर जस्तो मोम हुँदैन ।

 

२. भीमसेनी आयुर्वेदिक कपूरको औषधीय उपयोग

२ अ. चिसो र खोकीमा प्रभावकारी

१. रुघाखोकी लागेमा भाँडामा पानी तताएर कपूरको धुलो हालेर त्यसको बाफ लिनुहोस् ।

२. व्यक्तिको नाक, निधार र छातीमा कपूर लगाउनुहोस् । साना बच्चाहरूले पनि कपूर लगाउन सक्छन् । कपूरलाई रुमालमा रगडेर सुगन्ध लिनुहोस् वा सानो बक्समा कपूर राखेर, त्यो बक्सा आफूसँग राख्नुहोस् । ‘विक्स’ लगाउने बानी त्याग्नुहोस् ।

३. रुमालमा कपूरका केही टुक्राहरू डोरीले बाँधेर राख्दा रुमालमा सुगन्ध आउँछ र कपूरको सुगन्ध लिन सजिलो हुन्छ । यदि रुमाल त्यसरीनै धुन गएमा दाग लाग्दैन र त्यसमा बेरेको कपूर साबुनले पग्ल्दैन ।

४. खोकीको औषधि बनाउने आयुर्वेदिक औषधि प्रतिष्ठानहरूले यो कपूर प्रयोग गर्छन् ।

२ आ. पर्यटनको क्रममा हिउँद क्षेत्रमा सास फेर्न गाह्रो भएमा…

पर्यटनको क्रममा हिउँ पर्ने ठाउँमा सास फेर्न गाह्रो भएमा कपूरको सुगन्ध लिनुहोस् ।

२ इ. जोर्नीको दुखाइ

तिलको तेलमा कपूरको धुलो मिसाएर जोर्नीमा लगाउने । तिलको तेलको गन्ध उग्र हुने कारण यो तेलमा कपूर मिसाएर लगाउनाले कपडामा दुर्गन्ध आउन थाल्छ । त्यसैले आवश्यक सावधानी अपनाउनुहोस् ।

२ ई. दाँतको दुखाइ

यो कपूरको सानो टुक्रा कीराले प्रभावित दाँतमा राख्नुहोस् । यो आफै पग्लन्छ र पेटमा राल गए पनि कुनै हानि हुँदैन ।

२ उ. केशमा पर्ने चायाको लागि प्रभावकारी

यो कपूर नरिवलको तेलमा मिसाएर कपालको जरामा लगाउनुहोस् । डन्ड्रफ भएका नरिवलको तेलको सट्टा तिलको तेल प्रयोग गर्नुहोस् ।

 

३. धार्मिक विधिमा उपयोग

अ. अन्य कपूरमा मोम हुन्छ । यो कपूर शुद्ध भएकाले धार्मिक कार्यमा प्रयोग गरिन्छ । आरती गर्दा यो कपूर जलाउनुहोस् । चन्दनको पेस्ट बनाउने समयमा कपूर हाल्नुहोस् ।

आ. भगवानलाई पानको बीडा दिँदा यो कपूर मिसाएर दिन्छन् । दक्षिण भारतमा तीर्थप्रसाद बनाउन अलैंची र भीमसेनी कपूर प्रयोग गरिन्छ । तिरुपतिको श्री बालाजी देवस्थानको प्रसिद्ध लड्डूमा पनि यसको प्रयोग गरिन्छ ।

 

४. दृष्टि (नजर) उतारन

यो कपूरको दुई साना टुक्रा हातमा लिएर साँझ घरको दृष्टि (नजर) उतारनुहोस् । त्यसपछि घर बाहिर पुरानो दीप वा पुरानो भाँडामा यो कपूर जलाउनुहोस् ।

 

५. अन्य उपयोग

अ. यो कपूरलाई यात्रा गर्ने झोला वा लुगा राख्ने झोलामा राख्नाले दुर्गन्ध आउँदैन । झोलामा सुगन्धको साथमा, तिनीहरूमा कीराहरू र साङले पनि लाग्दैन्न्  ।

आ. वर्षामा लुगा राम्ररी सुक्दैन । तिनीहरूमा नमी रहन्छ । यस्ता कपडा झोलामा राख्दा दुर्गन्ध आउँछ । झोलामा कपूर राख्दा दुर्गन्ध आउँदैन ।

इ. मोजामा कपूर राख्दा मोजा र खुट्टामा दुर्गन्ध आउँदैन । मोजा लगाउँदा कतिपयको खुट्टा चिलाउने गर्छ । तब मोजामा कपूर हाल्दा खुट्टामा चिलाउने समस्या हुँदैन ।

ई. राति आफ्नो वरिपरि कपूर बाल्दा लामखुट्टे आउँदैनन् । यसका साथै अन्य कीरा, मुसा आदि पनि टाढा रहन्छन् ।

उ. घरमा लामखुट्टे छ भने ‘गुड नाइट’ यन्त्रमा म्याट (लामखुट्टे हटाउन ट्याब्लेट) हाल्छौं। त्यो यन्त्रमा म्याट नराखी कपूर राखेर यन्त्र चलाउनुहोस् । कपूरको सुगन्ध हावामा फैलिन्छ, जसका कारण लामखुट्टे पनि भाग्नेछन् । यो म्याट भन्दा सुरक्षित छ ।

ऊ. कहिले काँही चिमनी वा चुल्हा बाल्न कठिन भयो भने केही कपूरको टुक्रा राखेर सलकाउनाले काम सजिलो हुन्छ ।

(सन्दर्भ : वॉट्सएप)

भीमसेनी कपूर वात रोगको लागि पनि उपयुक्त !

‘पुदिनाको फूल, ज्वानोको फूल र भीमसेनी कपूर, तीनवटै बराबर मात्रामा राख्दा केही समयपछि तेलमा परिणत हुन्छ । यो तेललाई अमृतधारा तेल भनिन्छ । यो तेल वात रोगको लागि अत्यंत उपयुक्त हुन्छ ।’ – वैद्या (श्रीमती) प्राची दळवी-मोडक, ठाणे

Leave a Comment