उष्णताको विकारहरुमा घरेलु औषधिहरु

Article also available in :

 

१. उष्णताको विकारहरुको केही लक्षणहरु

घाँटी, छाती वा पेटमा जलन हुनु, पिसाब र्फेर्दा जलन हुनु, शरीरमा पिम्पल आउने; आँखा, हात वा खुट्टा गरम हुने, महिनावारीको समयमा धेरै रगत बग्ने, शौचको मार्गबाट रगत निस्क्ने ।

 

२. घरेलु औषधिहरु

अ. चिया चम्चा १ चम्मच तुलसीको बीउ एक पाव कचौरा पानीमा ८ घण्टा भिजाउनुहोस् । त्यसपछि यसलाई एक कप दूध (टिप्पणी १) मा हालेर साँझ पिउनुहोस् ।

टिप्पणी १ – दूध पिउने सन्दर्भमा सर्वसाधारण नियम : औषधि मिलाएर अथवा बिना औषधि दूध सेवन गर्नु भन्दा ३ घण्टा पूर्व र डेढ घण्टापछि सम्म केही पनि नखाने ।

आ. बाजारमा शक्करको पाकमा बनाएको गुलाबको सरबत (सिरप) पाइन्छ । १ चम्चा यो सरबतलाई एक कप दूधमा हालेर बेलुकी पिउनुहोस् । माथि उल्लेख गरिए अनुसार एक चम्चा भिजेको तुलसीको बीउ पनि थप्न सक्नुहुन्छ ।

इ. आवश्यकता अनुसार दिनमा १-२ पटक गुलाबको सरबत पिउनुहोस् वा १-१ चम्चा गुलकन्द खानुहोस् ।

 

३. गर्मिमा निम्न सावधानी अपनाउनुहोस् र विभिन्न विकारहरुबाट टाढा रहनुहोस् !

१. दिनभरिको लागि आवश्यक त्यति पानी पिउनुहोस् वा त्यस्तै पेयपदार्थ पिउनुहोस् । पानी पिउनको लागि प्यास लाग्ने बेलासम्म प्रतीक्षा नगर्नुहोस् । यदि गाढा रंगको पिसाब भइरहेको छ भने ध्यान राख्नुहोस् कि अधिक पानी पिउनुपर्छ ।

२. एकैपटकमा घटघट पानी नपिइ बिस्तारै-बिस्तारै पानी पिउनुहोस् । गर्मीबाट आएपछि तुरुन्तै पानी नपिउनुहोस्, ५-१० मिनेट सान्तसँग बसेपछि पानी पिउनुहोस् ।

३. अधिक चिनी युक्त पेय पचाउन भारी हुन्छ । त्यसैले सम्भवत: नपिउनुहोस् ।

४. खुकुलो, हल्का रङ भएको र हल्का तौल (सम्भवत: सूती) भएको लुगा लगाउनुहोस् ।

५. व्यायामको मात्रा अल्प राख्नुहोस् ।

६. घाम लाग्दा घरमा वा छायामा बस्नुहोस् ।

७. वातावरण चिसो राख्न कुलरको सुविधा छ भने दिनको केही घण्टा प्रयोग गर्नुहोस् ।

८. सम्भवत: बिहान १० बजे अगाडि र दिउँसो ४ बजेपछि घरबाट निस्कनुहोस् । घामको कष्ट नहोस् यसको लागि गगल चश्मा लगाउनुहोस् । छाता वा सबैतर्फबाट छाया दिने टोपी प्रयोग गर्नुहोस् ।

९. कोही अध्यात्म प्रसारको सेवा वा अन्य कारणले बाहिर जान वा प्रवास गर्न बाध्य हुन्छ भने उष्णताको कष्ट नहोस्, त्यसैले पुरुषले खल्तीमा र महिलाले पर्समा प्याज राख्नुहोस् । प्याजले शरीरको उष्णता तान्दछ । उष्णता तानेको कारण ३-४ दिनमा सुक्छ । त्यसपछि यसलाई फ्याँक्नुहोस् र नयाँ प्याज साथमा राख्नुहोस् ।

माथिको सूत्रको आधारमा १ वर्ष मुनिका बालबालिका र ६५ वर्षभन्दा माथिका व्यक्तिहरूको लागि विशेष सावधानी अपनाउन आवश्यक छ ।

 

४. चैत्र महिनामा गर्मिको कष्ट नहोस्, यसको लागि लिने औषधि

‘चैत्र महिना गर्मिमा आउँछ । गर्मीको कष्ट नहोस्; त्यसैले एउटा औषधि बताएको छ । गुडी पाडवाको दिन यस औषधिको सबैले सेवन गर्नुपर्छ । जसलाई गर्मिको कष्ट हुन्छ, पछि पनि यो औषधि लिन सक्छ ।

पारिभद्रस्य पत्राणि कोमलानि विशेषतः ।
सपुष्पाणि समानीय चूर्णं कुर्याद्विधानतः ॥१॥
मरीचिहिंगुलवणमजमोदा च शर्करा ।
तिंतिणीमेलनं कृत्वा भक्षयेद्दाहशांतये ॥२॥

अर्थ : नीमको कोमल पत्ता एवं फूल, काली मिर्च, हींग, नुन, नपाकेको आँप, शक्कर र इमली यी सबैलाई एकत्र गरि, स्वाद पनि आओस् र औषधिको रूपमा पनि यसको प्रयोग होस् । पुरानो पातहरूमा नसहरू हुन्छन्, त्यसैले तिनीहरूको औषधीय गुणहरू कम हुन्छन् । त्यसकारण, सकेसम्म कोमल पातहरू मात्र लिनुहोस्  ।

 

५. हृदय रोगहरु का साथै अन्य सबै रोगहरुको आयुर्वेदिक औषधि दिने समय

दिउँसोको खाना खाएपछि तुरुन्तै वा दिउँसोको खाना खाएको डेढ घण्टाभित्र दिइने औषधिले मुटुका साथै सम्पूर्ण शरीरमा असर गर्छ; कारण यो हो कि यो व्यान वायुको समय हो । व्यान वायुको आश्रय हृदय हो, तर यो शरीरभरि संचार गर्ने वायु हो ।

– वैद्य मेघराज पराडकर (१८.२.२०१८)

Leave a Comment