कुन दिशामा हात र खुट्टामा तेल लगाउनु पर्छ ?

वैद्य मेघराज पराडकर

१. आयुर्वेद अनुसार

आयुर्वेदको मौलिक संस्कृत ग्रन्थहरूमा हात र खुट्टामा ‘माथिबाट (काँध वा तिघ्राबाट औंलाहरूसम्म) वा तलबाट माथिसम्म (औँलाहरूबाट काँध वा तिघ्रासम्म)’ भन्ने कुनै उल्लेख छैन । आयुर्वेदमा ‘अनुसुखम् मर्दयेत्’ अर्थात् ‘जुन विधिद्वारा रोगीले राम्रो महसुस गर्छ, त्यही विधि’ भनिएको छ ।

 

२. व्यवहारमा उपयोगमा आइरहेको पद्धति

व्यवहारमा हात र खुट्टामा माथिदेखि तल र तलदेखि माथिसम्म तेल लगाउने विधि छ । दुई प्रकारहरू बीचको रक्तसंक्रमणको परिणाममा कुनै विशेष भिन्नता छैन । तलबाट माथि तेल लगाउनाले नसाको रगत मुटुतर्फ धकेलिन्छ । माथिदेखि तलसम्म तेल लगाउनाले धमनी (रोहिणी) को रगतलाई गति प्राप्त हुन्छ र नसाहरूद्वारा हृदयतर्फ धकेलिन्छ ।

 

३. शरीरशास्त्र अनुसार दुवै प्रकारमा तेल लगाउने सन्दर्भमा विवेचन

३ अ. तलदेखि माथि सम्म तेल लगाउने

१. यसमा शरीरको कपलाको उल्टो दिशामा तेल लगाइन्छ । यसले अत्यन्त कम तेल लगाउँदा घर्षणको कारण कुनै केशको जरा चुटिनाले फोका निस्कने सम्भावना हुन्छ; तर यदि प्रयाप्त मात्रामा तेल लगाउँनाले घर्षण हुँदैन र फोका निस्कने सम्भावना पनि घट्दछ ।

२. नसाहरू फूलिएको हुनाले (भेरिकोज भेन्सको विकार भएको अवस्थामा) हल्का हातले तलदेखि माथिसम्म तेल लगाउनाले भेन्सहरूमा जम्मा भएको रगतलाई अगाडि बढाउन मद्दत गर्छ । यस विकारमा भन्सहरू थिच्नु हुँदैन ।

३. हात र खुट्टाको मांसपेशीको फाइबर माथि देखि तलको दिशामा रचिएको हुन्छ । जब तेललाई विपरीत दिशामा लगाइन्छ, मांसपेशीको फाइबरहरू तानिन्छ र तिनीहरूलाई बलियो बनाउन मद्दत गर्दछ ।

४. एक मतका अनुसार यस दिशामा तेल लगाउँनाले शरीरमा भएको केशको जराबाट शरीरमा अधिक तेल अवशोषित हुन्छ ।

३ आ. माथिदेखि तलसम्म तेल लगाउने

१. यसमा कपालको दिशामा शरीरमा तेल मालिस गर्नाले कपालको जरा तान्दैन ।

२. नसाहरू फूलिएको हुनाले यो दिशामा तेल नलगाउनुहोस् । किनभने नसाहरुमा दबाब पर्नाले हानि हुन सक्छ । फूलिएको नसाहरुमा दबाब नदिई धेरै हलुका हातले यस दिशामा तेल मालिस गर्नाले क्षति हुने सम्भावना हट्छ ।

३. शरीरको कपालको जरामा चेतन्तु (मज्जातंतु) हुन्छ । माथिदेखि तलसम्म तेल लगाउनाले यी चेतन्तुका माध्यमबाट मांसपेशीहरूलाई आरामको अनुभूति हुन्छ । यस कारणले गर्दा यस दिशामा तेल लगाउनाले मांसपेशीहरू केही समयको लागि शिथिल भएर र आराम महसुस गर्छन् ।’

– वैद्य मेघराज माधव पराडकर, सनातन आश्रम, रामनाथी, गोवा. (१०.७.२०१७)

 

आयुर्वेदका अनुसार तेल माथिदेखि तलसम्म र तलदेखि माथिसम्म लगाउने, यो विधि योग्य हुनुपर्छ

वैद्य पू. विनय भावे

‘वात, पित्त र कफ यी प्रकृतिका अनुसार मालिसको दिशा परिवर्तन हुँदैन । हात र खुट्टामा तेल लगाउँदा सधैं माथिबाट तलसम्म लगाउनुहोस् र तलदेखि माथिसम्म अर्थात् मुटुको दिशामा मालिस गर्नुहोस् । मुटुको दिशामा मालिस गर्दा नसाको रगत मुटुतिर धकेलिन्छ र रगत सजिलै प्रवाह हुनमा सहायता हुन्छ ।’

– वैद्य (पू.) विनय भावे

विशेषज्ञ वैद्यसँग विनती !

‘हात र खुट्टामा कुन दिशामा तेल लगाउँदा के फाइदा हुन्छ र त्यसको शास्त्र के हो, माथिको जानकारी अतिरिक्त अन्य जानकारी छ भने कृपया अगाडि दिएको ठेगानामा जानकारी पठाउनु होला । प्राप्त जानकारी आयुर्वेदको प्रसारको लागी उपयोग गरिनेछ ।

सम्पर्क : वैद्य मेघराज माधव पराडकर, २४/ब, सनातन आश्रम, रामनाथी, बांदिवडे, फोंडा, गोवा. पिन – ४०३४०१.

ई-मेल : [email protected]

Leave a Comment