वर्षा ऋतुमा रुघाखोकी, ज्वरो र कोरोनाको लागि  उपयुक्त घरेलु औषधिहरु

Article also available in :

चिकित्सकको निर्देशन अनुसार नै औषधि लिनुपर्छ, आफ्नै मनले लिनु हुँदैन; तर कहिलेकाहीँ तुरुन्तै चिकित्सककहाँ जाने अवस्था हुँदैन । कहिलेकाहीँ थोरै औषधि खाएपछि चिकित्सककहाँ जानु पर्दैन । त्यसैले यहाँ केही आयुर्वेदिक औषधिहरू ‘प्राथमिक उपचार’ को रूपमा दिएको छ । औषधि खाएपछि पनि निको भएन भने स्थानीय चिकित्सकसँग परामर्श लिनुहोस् ।

१. कारण अनुसार उपचार

वर्षायाममा लगातारको वर्षाका कारण वायुमण्डलमा फैलिने चिसोबाट सकेसम्म आफूलाई जोगाउनाले यी दिनहरूमा हुने चिसो, खोकी र ज्वरोबाट छिट्टै निको हुन मद्दत गर्छ ।

१.अ. ज्वरो आएमा न्यानो लुगा जस्तै स्वेटर आदि लगाउनुहोस् । कानटोपी लगाउनुहोस् । यसले पसिना आउदछ र ज्वरो हटदछ । त्रिभुवनकीर्ति रसको १ चक्की पिसेर थोरै मह मिसाएर चाट्नुहोस् । यदि ज्वरो धेरै छ भने, प्रत्येक २ घण्टामा १ ट्याब्लेट खानुहोस् । तपाईले एक दिनमा ५-६ चक्की पनि लिन सक्नुहुन्छ । ज्वरोको तीव्रता एक दिनमा कम भएन भने तुरुन्त चिकित्सकसँग परामर्श लिनुहोस् ।

१.आ. पिउने पानीलाई उमालेर, त्यसलाई मनतातो पिउनुहोस् । यी दिनहरुमा एक स्वस्थ व्यक्तिले पनि गरम अथवा मनतातो पानी पिउनाले अन्नपचन राम्रोसँग हुन्छ । यो स्वास्थ्यको लागि लाभकारी छ ।

१.इ. घाँटी रातो भएमा वा घाँटी दुखेमा थोरै त्रिफलाको धुलो वा बेसार र नुन मिसाएर मनतातो पानीले कुल्ला गर्नुहोस् । ‘चन्द्रामृत रस’ को १-२ ट्याब्लेट चपाउनुहोस् । यसले तुरुन्तै राम्रो लाग्छ । खोकी लाग्दा पनि चन्द्रामृत रस प्रयोग गरिन्छ । एक दिनमा ५-६ ट्याब्लेट पनि लिन सक्नुहुन्छ ।

१.ई. टाउको भारी हुने, सर्दिको कारण नाक बन्द हुने, बङ्गारा दुख्ने, यी लक्षण भए बाहिरबाट गरम कपडाले सेक्नुहोस्स् । तातो पानी पिएपछि गिलास तातो रहन्छ त्यसले सेक्नुहोस् । बाहिरबाट सेक्नु बाफ लिने तुलनामा अधिक लाभदायक हुन्छ । दिनभरि ४-५ पटक सेक्नुहोस् ।

१.उ. राति पंखा चलाएर सुत्दा नाक र मुखमा चिसो हावा प्रवेश गर्छ । घाँटी भित्रबाट सुख्खा हुन्छ र चिसोका कारण घाँटीको रक्तनलीमा रगत जम्मा हुन थाल्छ । जसले गर्दा घाँटी रातो हुन्छ । यसबाट बच्न, घुमाउने टेबल फ्यान प्रयोग गर्नुहोस् वा पंखा नचलाई सुत्नुहोस् । आजकल ‘टाइमर’ भएको पंखा आएका छन् । यसमा निश्चित समयमा स्वतः फ्यान बन्द गर्ने सुविधा छ । यसको प्रयोग गर्नुहोस् । सुत्ने बेलामा नाक र मुखमा चिसो हावा पस्न नदिन कानमा टोपी लगाएर च्यादर ओढेर सुत्नुहोस् ।

कुनै पनि उपचार विधि अनुसार औषधि सेवन गरी उपरोक्त कारण अनुसार उपचार गर्दा छिट्टै निको हुन मद्दत पुग्छ ।

 

२. कफयुक्त खोकी

२.अ. रुघाखोकीका कारण कफ आइरहेको छ भने अडुसाको रसमा मह मिसाएर खानुहोस् । अडुसाको २ देखि ४ वटा पातहरू धुनुहोस् र यसलाई तावामा हल्का तताउनुहोस् । त्यसपछि त्यसलाई खलमा पिसेर वा मिक्सरमा पिसेर थोरै–थोरै पानी मिसाएर रस निकाल्नुहोस् । अडुसाको पातलाई नतताएर पिसेमा त्यसबाट रस निस्कदैन । एक पाउ कचौरा रसमामा १ चम्चा मह हालेर पिउनुहोस् । अडुसाको कारणले गर्दा यसले कफबाट सजिलै छुटकारा पाउन मद्दत गर्छ । अडुसाको मुख्य गुण भनेको रगतमा बढेको पित्तलाई कम गर्नु हो । त्यसैले नाक, मलद्वार वा योनिबाट रगत बग्नु, शरीरमा तातो महसुस हुनु, पिम्पल्स आउने यी लक्षणका लागि पनि अडुसा उपयुक्त छ ।

२.आ. १ चम्चा सितोपलादी चुर्ण र १ चम्चा महको मिश्रण बनाएर राख्नुहोस् । यो मिश्रणलाई दिनभरि बीचमा चाट्नुहोस् । सितोपलादी चूर्ण दिनमा ३ चम्चासम्म प्रयोग गर्न सकिन्छ । यस चूर्णको कारणले श्वासप्रश्वास नलीको विकृत कफ बाहिर निस्कन मद्दत गर्छ, यससँगै आवश्यक राम्रो कफ पनि बन्न थाल्छ । यसले श्वासप्रश्वासको शक्ति बढाउँछ ।

वैद्य मेघराज माधव पराडकर

 

३. सुख्खा खोकी

कहिलेकाहीँ खोकीको कफ बाहिर आउँदैन, सुख्खा खोकी मात्र लाग्छ । सुख्खा खोकी निम्न सरल उपायले तुरुन्तै रोकिन्छ । एक कचौरा मिठो तेलमा थोरै तोरी, जीरा, लौंग, कालो मिर्च जस्ता उपलब्ध मसलाहरू राख्नुहोस् र तेल तताउनुहोस्। यसो गर्दा यी मसलाको अंश तेल भित्र पस्छ र तेलको कच्चापन हट्छ । त्यसपछि यो तेललाई छान्नुहोस् र चिसो भएपछि बोतलमा राख्नुहोस् । सुख्खा खोकी लाग्दा आधा कचौरा तातो पानीमा दुई चम्चा तेल हालेर मनतातो पिउनुहोस् । त्यसमाथि फेरि तातो पानी पिउनुहोस्। यो उपाय अपनाएमा घाँटी भित्रबाट तुरुन्त आराम मिल्छ र श्वास नलीको वात न्यूनीकार हुनाले सुख्खा खोकी बन्द हुन्छ ।

 

४. गलामा खोकी आउने

भोजन पश्चात पानको बीडा खानुहोस् ।

 

५. रुघाखोकी, ज्वरो नआउन यसको लागि वा चाँडैनिको हुनको लागि

तुलसी, हरियो चिया, गुलवेल र पुनर्णवको काढा लिनुहोस् । यदि यसको सबै घटकहरू उपलब्ध छैनन् भने, जति उपलब्ध छन् सबै हालेर काढा बनाउनुहोस् । २ देखि ४ तुलसीको पात, १-२ हरियो चियाको पात, अलिकति लामो गुलवेल जरा (पिसेको), अलिकति लामो पुनर्णव जरा (पात सहित) लिएर २ गिलास पानीमा हालेर उमालेर १ गिलास काढा बनाउनुहोस् । बिहान आधा गिलास र बेलुका आधा गिलास तातो पिउनुहोस् । चिनी वा गुड़ आवश्यकतानुसार काढामा थप्न सकिन्छ ।

 

६. बद्धकोष्ठता

६.अ. ज्वरोको समयमा कब्जियत भएमा खानाअघि आधा चम्चा मेथीको दाना मुखमा राखेर मनतातो पानीले निल्ने । मेथीको दाना खाएपछि कतिपयलाई मलद्वारमा जलन हुने वा दुख्ने समस्या हुन्छ । मेथीको दानाको सट्टा सब्जीहको दाना वा हलीम लिनुहोस् ।

६.आ. ‘गंधर्व हरीतकी वटी’ २ गोलि मनतातो पानीको साथ दुईपटक भोजन पूर्व लिनुहोस् ।

 

७. कोरोना पोजेटिभ भेटिएपछि

‘सुवर्णमालिनी वसन्त’ वा ‘महालक्ष्मी विलास रस’ मध्ये कुनै पनि एउटा गोलि मसिनो पिसेर खाली पेटमा महको २ देखि ४ थोपामा मिलाएर खानुहोस् । यो औषधि ७ देखि १५ दिनसम्म सेवन गर्दा रोगबाट छिट्टै निको हुन मद्दत गर्छ । यी दुवै औषधि सुवर्णयुक्त (सुनको भस्मयुक्त) छन् । त्यसैले यिनीहरुको मूल्य बढी हुन्छ । आयुर्वेदका अनुसार सुन उत्कृष्ट विषहर औषधि हुनुका साथै उत्कृष्ट रसायन पनि हो । विभिन्न ब्याक्टेरिया वा भाइरसको संक्रमणका कारण तिनीहरूको विष शरीरमा फैलिन्छ । यस विषको प्रतिरोध गर्ने शक्ति सुवर्णयुक्त औषधिको सेवनबाट आउँछ । ‘रासायन’ भन्नाले शरीरघटक निर्माण गर्नमा सहायता गर्ने औषधि हो ।

 

८. रोग ठीक भएपछि आउने थकान

गुलवेलको काढा घ्यूमा मिसाएर बिहान बेलुका सेवन गर्नुहोस् । एक मुट्ठी गुलवेललाई पिसेर २ गिलास पानीमा उमालेर १ गिलास काढ़ा बनाउनुहोस् । बिहान आधा गिलास र बेलुका आधा गिलास पिउनुहोस् । सम्भवतः काढा तातो वा मनतातो लिनुहोस् । प्रत्येक पटक काढामा १ चम्चा घिउ थप्नुहोस् । (यस लेखमा दिइएका औषधीय बिरुवाहरू घरमा रोप्नका लागि उल्लेख गरिएका २७ औषधीय बिरुवाहरू मध्येका हुन् । यी बिरुवाहरू पहिचान नभएको खण्डमा विज्ञको सल्लाह लिएर मात्र प्रयोग गर्नुहोस् । गलत वनस्पतिको प्रयोगले हानि हुन सक्छ ।)

यहाँ केही घरेलु आयुर्वेदिक औषधिहरू ‘प्राथमिक उपचार’ को रूपमा दिएको छ । कुनै पनि लक्षणको लागि, दुई प्रकारको औषधि मध्य कुनै एउटा औषधि लिन सकिन्छ । दुवै प्रकारको औषधि खानु आवश्यक छैन । औषधि खाएपछि निको भएन भने स्थानीय वैद्यसँग परामर्श लिनुहोस् ।

– वैद्य मेघराज माधव पराडकर, सनातन आश्रम, रामनाथी, गोवा. (४.७.२०२२)

Leave a Comment