साना बालबालिकाको रोग प्रतिरोधी क्षमता बढाउन आयुर्वेदका निम्न उपायहरु अपनाउनुहोस् !

वैद्या (श्रीमती) पूनम शर्मा

हरेक अभिभावकको मनमा साना बालबालिकाको रोग प्रतिरोधी क्षमता बढाउने जिज्ञासा हुन्छ । रोगप्रतिरोधक शक्ति राम्रो हुनको लागि शरीर बलियो र पाचनशक्ति उत्तम हुन आवश्यक छ । १ देखि १२ वर्षसम्मका बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता उत्तम रहोस्, त्यसैले हामीले आयुर्वेदका अनुसार निम्न उपायहरू गर्न सक्छौँ ।

१. नियमित रूपमा अभ्यङ्ग गर्नुहोस्, अर्थात् बिहान नुहाउनुअघि शुद्ध तिल वा नरिवलको तेलले सम्पूर्ण शरीरमा मालिस गर्नुहोस् ।

२. साना बच्चाहरूले दिनको १-२ घण्टा खेल्न वा व्यायाम गर्नुपर्छ ।

३. अभ्यङ्ग, व्यायाम र त्यसपछि स्नान, यस क्रममा यी कृतिहरु गर्नुहोस् ।

४. बिहान नुहाएपछि बालबालिकालाई खानेकुरा खुवाउँनुहोस् ।

 

बालबालिकाको पाचन प्रक्रिया उत्तम बनाउन यसो गर्नुहोस् !

१. आहारमा हल्का र पौष्टिक खाना दिनुहोस् ।

२. बेसन र मैदाबाट बनेको खानेकुराको सट्टा सूजीबाट बनेको उपमा, इडली जस्ता स्वादिष्ट खानेकुरा खुवाउँनुहोस् ।

३. साना बालबालिकालाई विरुद्ध आहार अर्थात दूध र फलफूल सँगै नदिनुहोस्, जस्तै कस्टर्ड खान नदिनुहोस् ।

४. साना बच्चाहरूलाई केरा र दही दिनहुँ, विशेष गरी राती खान नदिनुहोस् । दिनको समयमा हप्तामा २ देखि ३ पटक दिन सकिन्छ ।

५. बालबालिकालाई भोक लागेको बेला मात्र खाना खुवाउने । भोक लागेन भने उचित वैद्यलाई देखाएर औषधोपचार गर्नुहोस् ।

६. बाहिरको खाना जस्तै चाइनिज, पिज्जा, बर्गर आदि धेरै नखानुहोस् ।

७. बालबालिकाले दूरदर्शन वा ‘स्मार्ट फोन’ हेर्दै खान नखाने, यसतर्फ ध्यान दिनुहोस् ।

टिप्पणी : साना बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदमा उल्लेखित ‘सुवर्णप्राशन विधि’ उचित आयुर्वेद वैद्यको मार्गदर्शनमा गर्नुहोस् ।

– वैद्या (श्रीमती) पूनम शर्मा, स्त्री एवं बालरोग विशेषज्ञ, हरितश आयुर्वेद, हरियाणा.

Leave a Comment