लशुनादि वटी (गोलि)

वैद्य मेघराज पराडकर

लशुनादि वटी एक उत्तम पाचन औषधि हो ।

 

१. गुणधर्म एवं सम्भावित उपयोग

‘यो एक उत्तम पाचन औषधि हो । विकारहरुमा यसको सम्भावित उपयोग आगाडि दिएको छ; प्रकृति, क्षेत्र, ऋतु एवं अन्य विकारहरु अनुसार उपचारमा परिवर्तन हुन सक्छ । तसर्थ, वैद्यको मार्गदर्शनमा नै औषधि लिनुहोस् ।

 

उपयोग औषधि लिने पद्धति अवधि
अ. मुखमा स्वाद नलाग्ने, भोक नलाग्ने, अपच, खाना खाइसकेपछि पेट भारी हुने, पेटमा ग्यास हुने, बारम्बार डकार आउने, बाडुली लाग्ने र शरीर चिसो हुने दिनमा २-३ पटक २-२ गोलि चुसेर खानुहोस् वा मनतातो पानी वा महीको साथ लिनुहोस् ।

 

१ – २ दिन
आ. उल्टी र झाडापखला आधा घण्टाको अन्तरालमा दिनभरिमा बढीमा ५ पटक २ – २ गोलि चुसेर खानुहोस् ।

 

तात्कालिक
इ. पेटमा कीरा दुबै खानाको समय आधा घण्टा पहिला २ गोलि लिनुहोस् साथै २ गोलि गन्धर्व हरीतकी वटी अथवा १ चम्चा त्रिफला चूर्ण मनतातो पानीको साथ लिनुहोस् । १५ दिन

 

२. सूचना

अ. आयुवर्ग ३ देखि ७ को लागि एक चौथाई र ८ देखि १४ को लागि गोलिको चूर्ण आधा मात्रामा दिनुहोस् ।’

आ. उष्णताको लक्षणहरु (उष्ण पदार्थ सहन नसक्ने, मुखमा छाला निस्किने, शरीमा जलन हुने, मूत्रमार्गमा जलन हुने, शरीरमा फोका/डाबर आउने, चक्कर लाग्ने आदि) हुँदा एवं दिसा कडा भएमा यो औषधिको उपयोग नगर्नुहोस् ।

इ. यो औषधि उष्ण भएको कारण, गर्मी र वर्षा ऋतु पछि आउने शरद ऋतु (अक्टूबर हीट) को अवधिमा यो औषधिको उपयोग सावधानीपूर्वक प्रयोग गर्नुपर्छ ।

ई. यी गोलिहरुमा सिधे नुन (सेंधा नमक) हुन्छ, त्यसैले लामो समय वायुको सम्पर्कमा रहदा आर्द्रताको कारण गोलि खराब हुन्छन् । त्यसैले डब्बामा ढकनि राम्रोसँग कसेर लगाउनुहोस् ।’

 

३. औषधिको उचित परिणाम प्राप्त गर्न यस्तो नगर्नुहोस् !

मैदा र बेसनको पदार्थ; अमिलो, नुनीलो, धेरै तेल र मसलादार पदार्थ, आईस्क्रीम, दही, पनीर, चीज, बासी, असमय र अत्यधिक भोजन गर्ने, घाममा घुम्ने तथा रात्रि जागरण

 

४. औषधि लिइरहँदा उपास्य देवतालाई प्रार्थना गर्नुहोस् !

‘हे भगवान, म यो औषधि तपाईको चरणमा अर्पण गरि तपाईको ‘प्रसाद’ को रुपमा ग्रहण गरिरहेको छु । यो औषधिले मेरो विकारहरु निको पारि दिनुहोस् ।’

– वैद्य मेघराज माधव पराडकर, सनातन आश्रम, रामनाथी, गोवा. (११.६.२०२१)

सन्दर्भ : सनातनका ग्रन्थ ‘आयुर्वेदानुसार आचरण कर बिना औषधियोंके निरोगी रहें !’

Leave a Comment