लघुमालिनी वसंत (गोलि)

वैद्य मेघराज पराडकर

लघुमालिनी वसंत औषधि शरीरमा अग्नि उत्पन्न गर्छ र पुरानो ज्वरो हटाउदछ ।

 

१. गुणधर्म एवं सम्भावित उपयोग

‘शरीरमा अग्नि उत्पन्न गर्छ र पुरानो ज्वरो हटाउदछ । विकारहरुमा यसको सम्भावित उपयोग आगाडि दिएको छ; प्रकृति, क्षेत्र, ऋतु एवं अन्य विकारहरु अनुसार उपचारमा परिवर्तन हुन सक्छ । तसर्थ, वैद्यको मार्गदर्शनमा नै औषधि लिनुहोस् ।

 

उपयोग औषधि लिने पद्धति अवधि
अ. पुरानो ज्वरो, ‘स्प्लीन’ बढ्ने, झाडापखाला, शरीर कमजोर हुने, पाइल्स, भोक नलाग्ने, महिनावारीको समयमा अत्यधिक रगत बग्ने, सेतो पानी बग्ने (ल्युकोरिया) र आँखाका रोगहरु बिहान र साँझ १ – २ गोलि १ कचौरा दूध अथवा २ चुटकी पिप्पली चूर्ण र १ चम्चा महको मिश्रणको साथ लिनुहोस् । गोलि लिनु भन्दा पहिला र पछि १ घण्टा केही पनि नखानुहोस् – नपिउनुहोस् ।

 

१ देखि ३ महिना
आ. वर्षा वा जाडो मौसमा चिसो हावाको स्पर्शले शरीरमा पित्त बढ्ने र  चिलाउने दिनमा २ – ३ पटक २ – ४ गोलि आधा चम्चा महको साथ लिनुहोस् । यसको साथ राति सुत्ने समय थोरै पानीको साथ १ चम्चा त्रिफला चूर्ण लिनुहोस् तथा बिहान स्नान गर्नु भन्दा पहिला एक चौथाई चम्चा मरिच (काली मिर्च) को चूर्ण २ चम्चा घीउमा मिलाएर पूरै शरीरमा लगाउनुहोस् ।

 

७ देखि १५ दिन
इ. सानो बच्चाको ज्वरो ३ वर्षसम्मको बालकको लागि आधा गोलि र त्यस भन्दा ठूलो बच्चाको लागि १ गोलि दिनमा २-३ पटक आधा चम्चा महमा मिलाएर दिनुहोस् । ५ दिन

 

२. सूचना

अ. यो औषधि सेवन गरेपछि मुखमा अल्सर (छाला निस्किने), शरीरभरि जलन महसुस भएमा यो औषधि लिन बन्द गर्नुहोस् ।

आ. औषधिको गोलि चपाएर अथवा चूर्ण बनाएर लिनाले यसको परिणामकारकता बढ्दछ ।

 

३. औषधिको उचित परिणाम प्राप्त गर्न यस्तो नगर्नुहोस् !

मैदा र बेसनको पदार्थ; अमिलो, नुनीलो, धेरै तेल र मसलादार पदार्थ, आईस्क्रीम, दही, पनीर, चीज, बासी, असमय र अत्यधिक भोजन गर्ने, घाममा घुम्ने तथा रात्रि जागरण

 

४. औषधि लिइरहँदा उपास्य देवतालाई प्रार्थना गर्नुहोस् !

‘हे भगवान, म यो औषधि तपाईको चरणमा अर्पण गरि तपाईको ‘प्रसाद’ को रुपमा ग्रहण गरिरहेको छु । यो औषधिले मेरो विकारहरु निको पारि दिनुहोस् ।’

– वैद्य मेघराज माधव पराडकर, सनातन आश्रम, रामनाथी, गोवा. (११.६.२०२१)

सन्दर्भ : सनातनका ग्रन्थ ‘आयुर्वेदानुसार आचरण कर बिना औषधियोंके निरोगी रहें !’

Leave a Comment