संशमनी वटी (गोलि)

वैद्य मेघराज पराडकर

संशमनी वटी रोग प्रतिरोधात्मक क्षमता बढाउने प्रसिद्ध औषधि हो ।

 

१. सम्भावित उपयोग

‘यो रोग प्रतिरोधात्मक क्षमता बढाउने प्रसिद्ध औषधि हो । विकारहरुमा यसको सम्भावित उपयोग आगाडि दिएको छ; प्रकृति, क्षेत्र, ऋतु एवं अन्य विकारहरु अनुसार उपचारमा परिवर्तन हुन सक्छ । तसर्थ, वैद्यको मार्गदर्शनमा नै औषधि लिनुहोस् ।

 

उपयोग औषधि लिने पद्धति अवधि
रोग प्रतिरोधात्मक शक्ति बढाउनुको साथै पुरानो ज्वरो, शरीर कमजोर हुने, हेमोग्लोबिन कम हुने, पुरानो खोकी, श्वेतप्रदर (महिलाको योनिमार्गबाट श्वेत स्राव हुने), वीर्य स्राव, थकान, यी विकारहरु र स्मरणशक्ति बढाउनको लागि, मस्तिष्क र पाचनतंत्र बलियो बनाउन, जुनसुकै दीर्घकालीन रोग र गर्भवती, प्रसूति, साना बालबालिका, संवेदनशील प्रकृति भएको व्यक्ति तथा वृद्धहरुको लागि उपयुक्त दिनमा २ – ३ पटक २ – २ गोलि २ घुटक पानी अथवा १ कचौरा दूधको साथ लिनुहोस् । गोलि दूधको साथ लिनुहुन्छ भने खाली पेटमा लिनुहोस् एवं तदुपरांत १ घण्टासम्म केही पनि नखानुहोस् – नपिउनुहोस् । ३ महिना

२. सूचना

अ. औषधिको गोलि चपाएर अथवा चूर्ण बनाएर लिनाले यसको परिणामकारकता बढ्दछ ।

आ. आयुवर्ग ३ देखि ७ को लागि एक चौथाई र ८ देखि १४ को लागि गोलिको चूर्ण आधा मात्र लिनुहोस् ।

 

३. औषधिको उचित परिणाम प्राप्त गर्न यस्तो नगर्नुहोस् !

मैदा र बेसनको पदार्थ; अमिलो, नुनीलो, धेरै तेल र मसलादार पदार्थ, आईस्क्रीम, दही, पनीर, चीज, बासी, असमय र अत्यधिक भोजन गर्ने, घाममा घुम्ने तथा रात्रि जागरण

 

४. औषधि लिइरहँदा उपास्य देवतालाई प्रार्थना गर्नुहोस् !

‘हे भगवान, म यो औषधि तपाईको चरणमा अर्पण गरि तपाईको ‘प्रसाद’ को रुपमा ग्रहण गरिरहेको छु । यो औषधिले मेरो विकारहरु निको पारि दिनुहोस् ।’

– वैद्य मेघराज माधव पराडकर, सनातन आश्रम, रामनाथी, गोवा. (११.६.२०२१)

सन्दर्भ : सनातनका ग्रन्थ ‘आयुर्वेदानुसार आचरण कर बिना औषधियोंके निरोगी रहें !’

Leave a Comment