सूतशेखर रस (गोलि)

वैद्य मेघराज पराडकर

सूतशेखर रस पित्तको औषधिको रूपमा प्रसिद्ध छ ।

 

१. सम्भावित उपयोग

‘यो पित्तको औषधिको रूपमा प्रसिद्ध छ । विकारहरुमा यसको सम्भावित उपयोग आगाडि दिएको छ; प्रकृति, क्षेत्र, ऋतु एवं अन्य विकारहरु अनुसार उपचारमा परिवर्तन हुन सक्छ । तसर्थ, वैद्यको मार्गदर्शनमा नै औषधि लिनुहोस् ।

 

उपयोग औषधि लिने पद्धति अवधि
अ. अम्लपित्त, उलटी, पेट दुख्ने, पाचनशक्ति अल्प हुने, पखाला, मुखमा छाला निस्किने, चक्कर लाग्ने, टाउको दुख्ने, हिचकी, दम, ज्वरो, शारीरिक कमजोरी, पित्त बढ्ने, पित्तको कारण निन्द्रा नलाग्ने, उच्च रक्तचाप, यी विकारमा तथा मस्तिष्क तथ हृदयको लागि फाइदाजनक दिनमा २ – ३ पटक १ – २ गोलि २ घुटुक पानीको साथ वा आधा कचौरा दूध र १ चम्चा घीउको साथ वा आधा चम्चा मह र १ चम्चा घीउको साथ लिनुहोस् । गोलि लिनु भन्दा पहिला र पछि १ घण्टासम्म केही पनि नखानुहोस्-नपिउनुहोस् । तात्कालिक अथवा ४० दिन
आ. तीव्र पेट दुख्ने अथवा तीव्र टाउको दुख्ने प्रत्यक आधा घण्टामा १ गोलि एक चौथाई चम्चा महमा मिलाएर लिनुहोस् । अधिकतम १० गोलि

 

२. सूचना

अ. औषधिको गोलि चपाएर अथवा चूर्ण बनाएर लिनाले यसको परिणामकारकता बढ्दछ ।

आ. आयुवर्ग ३ देखि ७ को लागि एक चौथाई र ८ देखि १४ को लागि गोलिको चूर्ण आधा मात्र लिनुहोस् ।

इ. हात-खुट्टा वा शरीरमा जलन हुने, शरीरबाट वाफ निस्कने समान अनुभूति हुने, आँखा तातो हुने, जस्ता तीव्र उष्णताको लक्षण देखिएमा यो औषधि प्रयोग नगर्नुहोस् ।

 

३. औषधिको उचित परिणाम प्राप्त गर्न यस्तो नगर्नुहोस् !

मैदा र बेसनको पदार्थ; अमिलो, नुनीलो, धेरै तेल र मसलादार पदार्थ, आईस्क्रीम, दही, पनीर, चीज, बासी, असमय र अत्यधिक भोजन गर्ने, घाममा घुम्ने तथा रात्रि जागरण

 

४. औषधि लिइरहँदा उपास्य देवतालाई प्रार्थना गर्नुहोस् !

‘हे भगवान, म यो औषधि तपाईको चरणमा अर्पण गरि तपाईको ‘प्रसाद’ को रुपमा ग्रहण गरिरहेको छु । यो औषधिले मेरो विकारहरु निको पारि दिनुहोस् ।’

– वैद्य मेघराज माधव पराडकर, सनातन आश्रम, रामनाथी, गोवा. (११.६.२०२१)

सन्दर्भ : सनातनका ग्रन्थ ‘आयुर्वेदानुसार आचरण कर बिना औषधियोंके निरोगी रहें !’

Leave a Comment