योगराज गुग्गुलु (गोलि)

वैद्य मेघराज पराडकर

योगराज गुग्गुलु उत्तम वातशामक औषधि हो ।

 

१. गुणधर्म एवं सम्भावित उपयोग

‘यो उत्तम वातशामक औषधि हो । विकारहरुमा यसको सम्भावित उपयोग आगाडि दिएको छ; प्रकृति, क्षेत्र, ऋतु एवं अन्य विकारहरु अनुसार उपचारमा परिवर्तन हुन सक्छ । तसर्थ, वैद्यको मार्गदर्शनमा नै औषधि लिनुहोस् ।

 

उपयोग औषधि लिने पद्धति अवधि
वात विकार, पक्षाघात (शरीरको एक भाग शक्तिहीन हुने), हात काँप्ने, चक्कर लाग्ने, उच्च रक्तचाप, मोटोपन, जोर्नी कडा हुने र सुन्निने र हात-खुट्टा दुख्ने दिनमा २ – ३ पटक २ – २ गोलि मनतातो पानीको साथ लिनुहोस् । १ देखि ३ महिना

 

२. सूचना

अ. औषधिको गोलि चपाएर अथवा चूर्ण बनाएर लिनाले यसको परिणामकारकता बढ्दछ ।

आ. आयुवर्ग ३ देखि ७ को लागि एक चौथाई र ८ देखि १४ को लागि गोलिको चूर्ण आधा मात्र लिनुहोस् ।

 

३. औषधिको उचित परिणाम प्राप्त गर्न यस्तो नगर्नुहोस् !

मैदा र बेसनको पदार्थ; अमिलो, नुनीलो, धेरै तेल र मसलादार पदार्थ, आईस्क्रीम, दही, पनीर, चीज, बासी, असमय र अत्यधिक भोजन गर्ने, घाममा घुम्ने तथा रात्रि जागरण

 

४. औषधि लिइरहँदा उपास्य देवतालाई प्रार्थना गर्नुहोस् !

‘हे भगवान, म यो औषधि तपाईको चरणमा अर्पण गरि तपाईको ‘प्रसाद’ को रुपमा ग्रहण गरिरहेको छु । यो औषधिले मेरो विकारहरु निको पारि दिनुहोस् ।’

– वैद्य मेघराज माधव पराडकर, सनातन आश्रम, रामनाथी, गोवा. (११.६.२०२१)

सन्दर्भ : सनातनका ग्रन्थ ‘आयुर्वेदानुसार आचरण कर बिना औषधियोंके निरोगी रहें !’

Leave a Comment