गन्धर्व हरितकी वटी (गोलि)

वैद्य मेघराज पराडकर

गन्धर्व हरीत औषधिले पेट सफा गर्छ ।

 

१. गुणधर्म एवं सम्भावित उपयोग

‘यो औषधिले पेट सफा गर्दछ । विकारहरुमा यसको सम्भावित उपयोग आगाडि दिएको छ; प्रकृति, क्षेत्र, ऋतु एवं अन्य विकारहरु अनुसार उपचारमा परिवर्तन हुन सक्छ । तसर्थ, वैद्यको मार्गदर्शनमा नै औषधि लिनुहोस् ।

 

उपयोग औषधि लिने पद्धति अवधि
कब्जियत, कडा दिसा हुने, पेटमा ग्यास हुने, पेट भारी हुने, वाकवाकी लाग्नु, अम्लपित्त, जन्डिस, जोर्नी दुख्ने र कडा हुने, ढाड दुख्ने, गृध्रसी (साइटिका) र घुँडा दुख्ने । दिनमा १ – २ पटक २ – ४ गोलि गरम पानीको साथ लिनुहोस् । अधिक लाभ प्राप्त गर्नको लागि गोलि बिहान खाली पेटमा मनतातो पानीको साथ लिनुहोस् र त्यसपछि १ घण्टासम्म केही पनि नखानुहोस् या नपिउनुहोस् ।

 

१ महिना

 

२. सूचना

अ. औषधिको गोलि चपाएर अथवा चूर्ण बनाएर लिनाले यसको परिणामकारकता बढ्दछ ।

आ. आयुवर्ग ३ देखि ७ को लागि एक चौथाई र ८ देखि १४ को लागि गोलिको चूर्ण आधा मात्र लिनुहोस् ।’

 

३. औषधिको उचित परिणाम प्राप्त गर्न यस्तो नगर्नुहोस् !

मैदा र बेसनको पदार्थ; अमिलो, नुनीलो, धेरै तेल र मसलादार पदार्थ, आईस्क्रीम, दही, पनीर, चीज, बासी, असमय र अत्यधिक भोजन गर्ने, घाममा घुम्ने तथा रात्रि जागरण

 

४. औषधि लिइरहँदा उपास्य देवतालाई प्रार्थना गर्नुहोस् !

‘हे भगवान, म यो औषधि तपाईको चरणमा अर्पण गरि तपाईको ‘प्रसाद’ को रुपमा ग्रहण गरिरहेको छु । यो औषधिले मेरो विकारहरु निको पारि दिनुहोस् ।’

– वैद्य मेघराज माधव पराडकर, सनातन आश्रम, रामनाथी, गोवा. (११.६.२०२१)

सन्दर्भ : सनातनका ग्रन्थ ‘आयुर्वेदानुसार आचरण कर बिना औषधियोंके निरोगी रहें !’

Leave a Comment