शतावरी (कुरीलो) चूर्ण वटी (गोलि)

वैद्य मेघराज पराडकर

शतावरी आयुर्वेदको एउटा उत्कृष्ट शक्तिवर्धक (टॉनिक) औषधि हो ।

 

१. गुणधर्म एवं सम्भावित उपयोग

‘यो आयुर्वेदको एउटा उत्कृष्ट शक्तिवर्धक (टॉनिक) औषधि हो । विकारहरुमा यसको सम्भावित उपयोग आगाडि दिएको छ; प्रकृति, क्षेत्र, ऋतु एवं अन्य विकारहरु अनुसार उपचारमा परिवर्तन हुन सक्छ । तसर्थ, वैद्यको मार्गदर्शनमा नै औषधि लिनुहोस् ।

 

उपयोग औषधि लिने पद्धति अवधि
थकान, पातलो शरीर , मूत्र पथमा जलन हुने, कम पिसाब हुने (गर्मीको कारण), अम्लपित्त, उष्णताको विकार, रक्तप्रदर (योनिमार्गबाट अधिक रक्तस्राव हुने), श्वेतप्रदर (योनिमार्गबाट श्वेत स्राव हुने), यी विकारहरुमा तथा वीर्यवृद्धिको लागि, पाठेघर बलियो बनाउन, र स्तनपान गराउने आमाको दूध बढाउनको लागि बिहान र बेलुका

 

२ – ३ गोलि १ कचौरा गरम दूध र २ चम्चा घीउको साथ लिनुहोस् । यो औषधि सेवन गर्नु अधि र पछि करिब १ घण्टासम्म केही पनि नखानुहोस् वा पिउनुहोस् । ३ महिना

 

२. सूचना

अ. औषधिको गोलि चपाएर अथवा चूर्ण बनाएर लिनाले यसको परिणामकारकता बढ्दछ ।
आ. आयुवर्ग ३ देखि ७ को लागि एक चौथाई एवं ८ देखि १४ को लागि औषधि आधी मात्रा मा लिनुहोस् ।

 

३. औषधिको उचित परिणाम प्राप्त गर्न यस्तो नगर्नुहोस् !

मैदा र बेसनको पदार्थ; अमिलो, नुनीलो, धेरै तेल र मसलादार पदार्थ, आईस्क्रीम, दही, पनीर, चीज, बासी, असमय र अत्यधिक भोजन गर्ने, घाममा घुम्ने तथा रात्रि जागरण

 

४. औषधि लिइरहँदा उपास्य देवतालाई प्रार्थना गर्नुहोस् !

‘हे भगवान, म यो औषधि तपाई को चरणमा अर्पण गरि तपाईको ‘प्रसाद’ को रुपमा ग्रहण गरिरहेको छु । यो औषधिले मेरो विकारहरु निको पारि दिनुहोस् ।’

– वैद्य मेघराज माधव पराडकर, सनातन आश्रम, रामनाथी, गोवा. (११.६.२०२१)

सन्दर्भ : सनातनका ग्रन्थ ‘आयुर्वेदानुसार आचरण कर बिना औषधियोंके निरोगी रहें !’

Leave a Comment