ब्राह्मी चूर्ण

वैद्य मेघराज पराडकर

ब्राह्मी चूर्णको गुणधर्म शीतल हो तथा यो स्मृति बढाउने औषधिको रूपमा प्रसिद्ध छ ।

 

१. गुणधर्म एवं सम्भावित उपयोग

‘यो औषधिको गुणधर्म शीतल हो तथा यो स्मृति बढाउने औषधिको रूपमा प्रसिद्ध छ । विकारहरुमा यसको सम्भावित उपयोग आगाडि दिएको छ; प्रकृति, क्षेत्र, ऋतु एवं अन्य विकारहरु अनुसार उपचारमा परिवर्तन हुन सक्छ । तसर्थ, वैद्यको मार्गदर्शनमा नै औषधि लिनुहोस् ।

उपयोग औषधि लिने पद्धति अवधि
अ. निन्द्रा नलाग्ने, मिर्गी(फिट), विस्मरण, शिर गरम रहने, रिस उठ्ने आदि विकारहरु करा लागि, साथै बौद्धिक वृद्धि गर्नको लागि ४ चम्चा ब्राह्मी चूर्ण ४ कचौरा नरिवलको तेलमा उमाल्नुहोस् । यस तेललाई छानेर चिसो भएपछि बोतलमा भरेर त्यसमा १० ग्राम भीमसेनी कर्पूर पिसेर हाल्नुहोस् । प्रतिदिन राति सुत्ने समय १ – २ चम्चा तेल शिरमा लगाएर सुत्नुहोस्, साथै १ चम्चा ब्राह्मी चूर्ण रातमा सुत्ने समय आधी कचौरा मनतातो पानीमा मिलाएर पिउनुहोस् । ३ महिना
आ. उष्णता विकार, पित्त र चक्कर लाग्ने १ चम्चा ब्राह्मी चूर्ण र १ चम्चा मिश्री मिलाएर दिनमा २ – ३ पटक पानीको साथ लिनुहोस् । ७ दिन
इ. मूत्रमार्गमा जलन हुने र मूत्र धमिलो हुने दिनमा २ – ३ पटक १ चम्चा ब्राह्मी चूर्ण, १ चम्चा मिश्री हालेर मनतातो पानीसँग पिउनुहोस् । ७ दिन

२. सूचना

आयुवर्ग ३ देखि ७ को लागि एक चौथाई एवं ८ देखि १४ को लागि औषधि आधी मात्रा मा लिनुहोस् ।

 

३. औषधिको उचित परिणाम प्राप्त गर्न यस्तो नगर्नुहोस् !

मैदा र बेसनको पदार्थ; अमिलो, नुनीलो, धेरै तेल र मसलादार पदार्थ, आईस्क्रीम, दही, पनीर, चीज, बासी, असमय र अत्यधिक भोजन गर्ने, घाममा घुम्ने तथा रात्रि जागरण

 

४. औषधि लिइरहँदा उपास्य देवतालाई प्रार्थना गर्नुहोस् !

‘हे भगवान, म यो औषधि तपार्इको चरणमा अर्पण गरि तपाईको ‘प्रसाद’ को रुपमा ग्रहण गरिरहेको छु । यो औषधिले मेरो विकारहरु निको पारि दिनुहोस् ।’

– वैद्य मेघराज माधव पराडकर, सनातन आश्रम, रामनाथी, गोवा. (११.६.२०२१)

सन्दर्भ : सनातनका ग्रन्थ ‘आयुर्वेदानुसार आचरण कर बिना औषधियोंके निरोगी रहें !’

Leave a Comment