अतृप्त पूर्खाको कारण हुने कष्ट र स्वरुप

अतृप्त पूर्खाको कारण हुने कष्टबाट रक्षा हेतु उपासना गर्नुहोस् !

वर्तमान कालमा पहिलाको जस्तो कोहि श्राद्ध-पक्ष इत्यादि गर्दैन्न् र साधना पनि गर्दैन्न् । त्यसैले अधिकतर सबैलाई पितृदोष (पूर्खाको अतृप्तिको कारण कष्ट) हुन्छन् । आउने दिनहरुमा पितृदोषको सम्भावना छ या वर्तमानमा भई रहेको कष्ट पितृदोषको कारण हो, यो केवल उन्नत पुरुषले नै बताउन सक्नुहुन्छ । कुनै उन्नत पुरुषसँग भेट सम्भव छैन भने यहाँ पितृदोषको केहि लक्षणहरु दिएका छन् – विवाह नहुने, श्रीमान-श्रीमतीमा अनबन, गर्भधारण नहुने, गर्भधारण भएपछि गर्भपात हुने, सन्तानको समय भन्दा पूर्व जन्म हुने, मन्दबुद्धि अथवा विकलांग सन्तान हुने, सन्तानको बाल्यकालमा नै मृत्यु हुने आदि । व्यसन, दरिद्रता, शारीरिक रोग, यस्ता लक्षणहरु पनि हुन सक्छन् ।

दत्तको नामजपले कसरी पितृदोषबाट रक्षा गर्दछ ?

अ. सुरक्षा-कवच निर्माण हुने

दत्तको नामजपबाट निर्मित शक्तिबाट नामजप गर्ने व्यक्तिको सबैतर्फ सुरक्षा-कवचको निर्माण हुन्छ ।

आ. पूर्खालाई गति प्राप्त हुन्छ

अधिकांश व्यक्ति साधना गर्दैनन् । त्यसैले उनीहरु मायामा अत्यधिक लिप्त हुन्छन् । तसर्थ मृत्युपछि त्यस्ता व्यक्तिको लिंगदेह अतृप्त रहन्छ । यस्तो अतृप्त लिंगदेह मत्र्यलोकमा (मृत्युलोकमा) फस्दछ । (मृत्युलोक भूलोक र भुवर्लोक बिचमा हुन्छ ।) दत्तको नामजपको कारण मृत्युलोकमा अट्केको पूर्खालाई गति मिल्दछ र उनी आफ्नो कर्म अनुसार आगाडिको लोकमा जान्छ । यसले स्वाभाविक रूपमा पूर्खाको कारण व्यक्तिलाई हुने कष्टको तीव्रता घटेर जान्छ ।
अधिक जान्नको लागि । दत्तात्रेयको नामजपद्वारा पूर्खाको कष्टबाट रक्षण कसरी हुन्छ ?

अतृप्त पूर्खाबाट हुने कष्टमा उपाय

१. कुनै पनि प्रकारको कष्ट भइरहेको छैन, तब पनि आउने दिनहरुमा कष्ट नहोस् यसको लागि, साथै यदि थोरै भए पनि कष्ट छ तब ‘श्री गुरुदेव दत्त ।’ नामजप १ देखि २ घण्टा गर्नुहोस् । शेष समय प्रारब्धको कारण कष्ट नहोस् यसको लागि एवं आध्यात्मिक उन्नति होस् यसको लागि सामान्य मनुष्य अथवा प्राथमिक अवस्थाको साधक कुलदेवताको अधिकाधिक नामजप गर्नुहोस् ।

२. मध्यम कष्ट छ भने कुलदेवताको नामजपको साथ ‘श्री गुरुदेव दत्त ।’ नामजप प्रतिदिन २ देखि ४ घण्टा गर्नुहोस् । बिहीबार दत्तमन्दिर गएर सात परिक्रमा लगाउनुहोस् एवं बसेर एक-दुई माला जप वर्षभरि गर्नुहोस् । तत्पश्चात तीन माला नामजप जारी राख्नुहोस् ।

३. तीव्र कष्ट छ भने कुलदेवताको नामजपको साथै ‘श्री गुरुदेव दत्त ।’ नामजप प्रतिदिन ४ देखि ६ घण्टा गर्नुहोस् । कुनै ज्योतिर्लिंगमा गएर नारायणबलि, नागबलि, त्रिपिंडी श्राद्ध, कालसर्पशान्ति आदि विधिहरु गर्नुहोस् । साथै कुनै दत्तक्षेत्रमा रहेर साधना गर्नुहोस् अथवा सन्तसेवा गरि उनको आशीर्वाद प्राप्त गर्नुहोस् ।

जब व्यक्ति ‘श्री गुरुदेव दत्त ।’ यो नामजपगर्दछ, त्यो समय कुन अतृप्त पुर्खालाई यस नामजपबाट सर्वाधिक लाभ हुन्छ ?

कोहि व्यक्ति जब ‘श्री गुरुदेव दत्त ।’ यो नामजप गर्दछ, त्यो समय जुन पूर्खामा अगाडिको लोकमा जाने तीव्र इच्छा हुन्छ, त्यस्तो पूर्खालाई  यस नामजपबाट सर्वाधिक लाभ हुन्छ । ‘यदि यस्तो हो भने, अधिकतर पूर्खा नामजप गर्ने उत्तराधिकारीलाई  नै लक्ष्य बनाउँछ’, यो प्रश्न कसैको मनमा आउन सक्छ । यसको कारण यस प्रकार छ – ‘मेरो आध्यात्मिक प्रगति होस्’, यो इच्छा राख्ने पूर्खा साधना गर्ने वंशजबाट सहायता लिन्छ, र जुन पूर्खाहरुको इच्छा (खाना-पीना आदि सँग) भौतिक इच्छाहरुसॅं सम्बन्धित हुन्छ त्यही प्रकारको वासना भएको आफ्नो वंशजबाट सहायता लिन्छ ।

सन्दर्भ : सनातनको ग्रन्थ ‘भगवान दत्तात्रेय’

Leave a Comment