पूनर्नवा चूर्ण

वैद्य मेघराज पराडकर

शरीरलाई पुनः नयाँ बनाउनमा सहायता गर्दछ; त्यसैले यसलाई ‘पुनर्नवा’ भन्दछ ।

 

१. गुणधर्म एवं सम्भावित उपयोग

‘यो औषधिको गुणधर्म शीतल हो एवं यो कफ र पित्त हटाउँछ । विकारहरुमा यसको सम्भावित उपयोग आगाडि दिएको छ; प्रकृति, क्षेत्र, ऋतु एवं अन्य विकारहरु अनुसार उपचारमा परिवर्तन हुन सक्छ । तसर्थ, वैद्यको मार्गदर्शनमा नै औषधि लिनुहोस् ।

उपयोग औषधि लिने पद्धति अवधि
अ. कब्जियत, मूत्रप्रणालको विकार, पथरी तथा मूत्रपिंडको कार्य सुधारनको लागि १ चम्चा पुनर्नवा चूर्ण १ कचौरा गरम पानीमा मिलाएर बिहानको भोजन भन्दा ३० मिनट पहिला लिनुहोस् । १ महिना
आ. सुन्निने १ चम्चा पुनर्नवा चूर्ण १ कचौरा
गरम पानीमा मिलाएर दिनमा ३–४ पटक लिनुहोस् । साथै, पुनर्नवा चूर्ण पानीमा मिलाएर यसको लेप सुन्निएको भागमा लगाउनुहोस् । १ घण्टापछि यो लेप मनतातो पानीले धुनुहोस् ।
७ दिन

 

२. सूचना

आयुवर्ग ३ देखि ७ को लागि एक चौथाई एवं ८ देखि १४ को लागि औषधि आधी मात्रा मा लिनुहोस् ।

 

३. औषधिको उचित परिणाम प्राप्त गर्न यस्तो नगर्नुहोस् !

मैदा र बेसनको पदार्थ; अमिलो, नुनीलो, धेरै तेल र मसलादार पदार्थ, आईस्क्रीम, दही, पनीर, चीज, बासी, असमय र अत्यधिक भोजन गर्ने, घाममा घुम्ने तथा रात्रि जागरण

 

४. औषधि लिइरहँदा उपास्य देवतालाई प्रार्थना गर्नुहोस् !

‘हे भगवान, म यो औषधि तपाईको चरणमा अर्पण गरि तपाईको ‘प्रसाद’ को रुपमा ग्रहण गरिरहेको छु । यो औषधिले मेरो विकारहरु निको पारि दिनुहोस् ।’

– वैद्य मेघराज माधव पराडकर, सनातन आश्रम, रामनाथी, गोवा. (११.६.२०२१)

संदर्भ : सनातनका ग्रंथ ‘आयुर्वेदानुसार आचरण कर बिना औषधियोंके निरोगी रहें !’

Leave a Comment