मुस्ता (नागरमोथा) चूर्ण

वैद्य मेघराज पराडकर

नागरमोथा चूर्णको गुणधर्म शीतल हो तथा यो पित्त एवं कफ नाशक हुन्छ ।

१. गुणधर्म एवं सम्भावित उपयोग

‘यो औषधिको गुणधर्म शीतल हो तथा यो पित्त एवं कफ नाशक हुन्छ । विकारहरुमा यसको सम्भावित उपयोग आगाडि दिएको छ; प्रकृति, क्षेत्र, ऋतु एवं अन्य विकारहरु अनुसार उपचारमा परिवर्तन हुन सक्छ । तसर्थ, वैद्यको मार्गदर्शनमा नै औषधि लिनुहोस् ।

उपयोग औषधि लिने पद्धति अवधि
अ. तिर्खा लाग्ने, हलका ज्वरो र वेदना (शरीर दुखाइ) १ लीटर पीउने पानीमा आधा चम्चा नागरमोथा चूर्ण हालेर पानीलाइ ५ मिनेट उमाल्नुहोस् । तिर्खा लाग्दा यही पानी पिउनुहोस् । ३ देखि ४ दिन
आ. वाकवाकी, उलटी, पखला लाग्ने र गुदाद्वारबाट रक्त आउने खस चूर्ण, नागरमोथाको चूर्ण, धनियाको चूर्ण एवं सौंफको चूर्ण समभागमा मिलाउनुहोस् । यो १ चम्चा मिश्रण दिनमा ३ – ४ पटक १ कचौरा गरम पानीको साथ लिनुहोस् । ३ देखि ४ दिन
इ.शरीर भारी हुने, भोक नलाग्ने, मूत्र धमिलो आउने, ज्वरो, साथै रगत शुद्धिकरणको लागि १ चम्चा नागरमोथा चूर्ण १ कचौरा गरम पानीमा मिलाएर दिनमा ३ – ४ पटक लिनुहोस् । ७ दिन
ई. सानो बच्चहरुको दाँत निस्कने समय आउने ज्वरो अथवा त्यो समय हुने अन्य विकारहरु, साथै स्तनपान गर्ने बच्चाहरुमा आउने ज्वरो १ गिलास पानीमा १ चम्चा नागरमोथा चूर्ण हालेर त्यसलाई उमालेर छान्नुहोस् । त्यसबाट थोरै-थोरै पानी बच्चालाई पिलाउनुहोस् । ७ दिन

 

२. सूचना

आयुवर्ग ३ देखि ७ को लागि एक चौथाई एवं ८ देखि १४ को लागि औषधि आधी मात्रा मा लिनुहोस् ।

 

३. औषधिको उचित परिणाम प्राप्त गर्न यस्तो नगर्नुहोस् !

मैदा र बेसनको पदार्थ; अमिलो, नुनीलो, धेरै तेल र मसलादार पदार्थ, आईस्क्रीम, दही, पनीर, चीज, बासी, असमय र अत्यधिक भोजन गर्ने, घाममा घुम्ने तथा रात्रि जागरण

 

४. औषधि लिइरहँदा उपास्य देवतालाई प्रार्थना गर्नुहोस् !

‘हे भगवान, म यो औषधि तपाईको चरणमा अर्पण गरि तपाईको ‘प्रसाद’ को रुपमा ग्रहण गरिरहेको छु । यो औषधिले मेरो विकारहरु निको पारि दिनुहोस् ।’

– वैद्य मेघराज माधव पराडकर, सनातन आश्रम, रामनाथी, गोवा. (११.६.२०२१)

सन्दर्भ : सनातनका ग्रन्थ ‘आयुर्वेदानुसार आचरण कर बिना औषधियोंके निरोगी रहें !’

 

Leave a Comment