उशीर (खस/वाळा) चूर्ण

वैद्य मेघराज पराडकर

यो चूर्णको गुणधर्म शीतल हो तथा यो पित्त एवं कफ नाशक हुन्छ ।

 

१. गुणधर्म एवं सम्भावित उपयोग

‘यो औषधिको गुणधर्म शीतल हो तथा यो पित्त एवं कफ नाशक हुन्छ । विकारहरुमा यसको सम्भावित उपयोग आगाडि दिएको छ; प्रकृति, क्षेत्र, ऋतु एवं अन्य विकारहरु अनुसार उपचारमा परिवर्तन हुन सक्छ । तसर्थ, वैद्यको मार्गदर्शनमा नै औषधि लिनुहोस् ।

 

उपयोग औषधि लिने पद्धति अवधि
अ. उष्णताको विकार (उष्ण पदार्थ सहन नसक्ने, मुखको अल्सर, देहमा जलन हुने, मूत्रमार्गमा जलन हुने, देहमा फोका आउने, चक्कर, कपाल झर्ने इ.) बिहान खाली पेट १ चम्चा खसको
चूर्ण १ कप दूध र १ चम्चा मिश्रीको साथ लिनुहोस् । यो औषधि खाएको लगभग १ घण्टासम्म केही पनि नखानुहोस् या नपिउनुहोस् ।
७ दिन
आ. वाकवाकी, उल्टी, पखाला र गुदाद्वार बाट रक्त आउने खस चूर्ण, नागरमोथा चूर्ण, धनिया चूर्ण र सौंफ चूर्ण समभागमा मिलाउनुहोस् । यो १ चम्चा औषधि दिनमा ३-४ पटक १ कचैरा गरम पानीको साथ लिनुहोस् । ३ देखि ४ दिन
इ. ज्वरो दिनमा ३ – ४ पटक चौथाई चम्चा खस चूर्ण १ कचैरा गरम पानीको साथ लिनुहोस् । ३ देखि ४ दिन
ई. गर्मीको दिनहरुमा उष्णताको विकार नहुनको लागि १ लिटर पीउने पानीमा आधा चम्चा उशीर चूर्ण मिलाउनुहोस् र तिर्खा लाग्दा यो पानी मात्र पिउनुहोस्। गर्मी मौसम र जाडो मौसम (अक्टूबर हीट)

२. सूचना

आयुवर्ग ३ देखि ७ को लागि एक चौथाई एवं ८ देखि १४ को लागि औषधि आधी मात्रा मा लिनुहोस् ।

 

३. औषधिको उचित परिणाम प्राप्त गर्न यस्तो नगर्नुहोस् !

मैदा र बेसनको पदार्थ; अमिलो, नुनीलो, धेरै तेल र मसलादार पदार्थ, आईस्क्रीम, दही, पनीर, चीज, बासी, असमय र अत्यधिक भोजन गर्ने, घाममा घुम्ने तथा रात्रि जागरण

 

४. औषधि लिइरहँदा उपास्य देवतालाई प्रार्थना गर्नुहोस् !

‘हे भगवान, म यो औषधि तपाईको चरणमा अर्पण गरि तपाईको ‘प्रसाद’ को रुपमा ग्रहण गरिरहेको छु । यो औषधिले मेरो विकारहरु निको पारि दिनुहोस् ।

-वैद्य मेघराज माधव पराडकर, सनातन आश्रम, रामनाथी, गोवा. (११.६.२०२१)

सन्दर्भ : सनातनका ग्रन्थ ‘आयुर्वेदानुसार आचरण कर बिना औषधियोंके निरोगी रहें !’

Leave a Comment