वासा (अडुसा/अडुळसा) चूर्ण

वैद्य मेघराज पराडकर

अडुळसा चूर्णको गुणधर्म शीतल हो तथा यो पित्त एवं कफ नाशक छ ।

१. गुणधर्म एवं सम्भावित उपयोग

‘यो औषधिको गुणधर्म शीतल हो तथा यो पित्त एवं कफ नाशक छ । विकारहरुमा यसको सम्भावित उपयोग आगाडि दिएको छ; प्रकृति, क्षेत्र, ऋतु एवं अन्य विकारहरु अनुसार उपचारमा परिवर्तन हुन सक्छ । तसर्थ, वैद्यको मार्गदर्शनमा नै औषधि लिनुहोस् ।

उपयोग औषधि लेने पद्धति अवधि
अ. नाकबाट रगत बग्ने, उष्णताको विकार, महिनावारीको समय अत्यधिक रक्तस्राव र श्वेतप्रदर (श्वेत स्राव हुने) दिनमा २ – ३ पटक १ चम्चा अडुसा चूर्ण
र १ चम्चा मिश्रीको मिश्रण पानीको
साथ लिनुहोस् ।
७ दिन
आ. कफको साथ खासी र दम (अस्थमा) १ चम्चा अडुसा चूर्ण, आधा चम्चा सौंठ अथवा पिप्पली चूर्ण, २ चम्चा महको मिश्रण बनाउनुहोस् । दिनमा ५ – ६ पटक यो मिश्रण थोरै-थोरै चाट्नुहोस् । ७ दिन
इ. क्षय (टीबी) रोगको उपचारमा सहायक बिहान र साँझ १ चम्चा अडुसा चूर्ण, १ चम्चा घीउ र १ चम्चा चीनी एकत्र सेवन गर्नुहोस् । त्यसपछि १ कचौरा तातो पानी पिउनुहोस् । १ देखि ३ महिना
ई. ज्वरको लक्षणबाट युक्त संक्रामक विकारहरु, तथा दादुरा, चिकनपक्स बिहान र बेलुका आधा चम्चा अडुसा चूर्ण र आधा चम्चा मुलेठी चूर्णको मिश्रण पानीको साथ लिनुहोस् । ७ दिन
उ. कुनै पनि प्रकारको घाउ अडुसा चूर्णमा उमालेर चिसो भएको पानी मिसाएर लेप बनाउनुहोस् र घाउमा दिनमा २ पटक लगाउनुहोस् । ७ दिन

२. सूचना

आयुवर्ग ३ देखि ७ को लागि एक चौथाई एवं ८ देखि १४ को लागि औषधि आधी मात्रा मा लिनुहोस् ।

 

३. औषधिको उचित परिणाम प्राप्त गर्न यस्तो नगर्नुहोस् !

मैदा र बेसनको पदार्थ; अमिलो, नुनीलो, धेरै तेल र मसलादार पदार्थ, आईस्क्रीम, दही, पनीर, चीज, बासी, असमय र अत्यधिक भोजन गर्ने, घाममा घुम्ने तथा रात्रि जागरण

 

४. औषधि लिइरहँदा उपास्य देवतालाई प्रार्थना गर्नुहोस् !

‘हे भगवान, म यो औषधि तपाईको चरणमा अर्पण गरि तपाईको ‘प्रसाद’ को रुपमा ग्रहण गरिरहेको छु । यो औषधिले मेरो विकारहरु निको पारि दिनुहोस् ।’

– वैद्य मेघराज माधव पराडकर, सनातन आश्रम, रामनाथी, गोवा. (११.६.२०२१)

सन्दर्भ : सनातनका ग्रन्थ ‘आयुर्वेदानुसार आचरण कर बिना औषधियाेंके निरोगी रहें !’

Leave a Comment