आमलकी (अमला/आंवला/आवळा) चूर्ण

वैद्य मेघराज पराडकर

आंवला चूर्णको गुणधर्म शीतल हो तथा यसले वात, पित्त एवं कफको सन्तुलन बनाइ राख्दछ ।

 

१. गुणधर्म एवं सम्भावित उपयोग

‘यो औषधिको गुणधर्म शीतल हो तथा यसले वात, पित्त एवं कफको सन्तुलन बनाउदछ । विकारहरुमा यसको सम्भावित उपयोग आगाडि दिएको छ; प्रकृति, क्षेत्र, ऋतु एवं अन्य विकारहरु अनुसार उपचारमा परिवर्तन हुन सक्छ । त्यसैले वैद्योको मार्गदर्शनमा नै औषधि लिनुहोस् ।

उपयोग औषधि लेने पद्धति अवधि
अ. केश झर्ने, असमय सेतो हुने आंवला, गिलोय एवं गोखरू को समभाग १ चम्चा मिश्रण बिहान खाली पेटमा मनतातो पानीसँग लिनुहोस् । त्यसपछि आधा घण्टा केही पनि नखानुहोस् – नपिउनुहोस् । ३ महिना
आ. कपाल कालो बनाउनको लागि बिहान खाली पेटमा १ चम्चा आंवला चूर्ण मनतातो पानीसँग लिनुहोस् । त्यसपछि आधा घण्टासम्म केही पनि नखानुहोस्-नपिउनुहोस् । यसको साथमा हपतामा २ पटक फलामको भाडामा २ देखि ४ चम्चा आंवला चूर्ण थोरै पानीमा रातभरि भिजाएर राख्नुहोस् । बिहान कालो भएको मिश्रण कपालमा आधा घण्टा लगाएर राख्नुहोस् । तदुपरांत कपाल धुनुहोस् । सधैं
इ. टाउनको दुखाई बिहान खाली पेट १ चम्चा आंवला चूर्ण १ चम्चा घीउ एवं १ चम्चा मिश्रीको मिश्रण खानुहोस् । ३ देखि ५ दिन
ई. टाउनको तातो हुने जब समस्या हुन्छ तब पर्याप्त मात्रामा आंवला चूर्ण दूधमा पिसेर निधारमा लेप लगाउनुहोस् । एक घण्टापछि लेप मनतातो पानीले धुनुहोस् । तात्कालिक
उ. आँखाको विकार रातमा सुत्ने समय १ चम्चा चूर्ण आधा चम्चा घीउ र १ चम्चा महको साथ लिनुहोस् । ३ महिना
ऊ. नाकबाट रक्तस्राव हुने बिहान र सायंकालमा आधा चम्चा आंवला चूर्ण आधी कचौरा पानीमा मिलाएर लिनुहोस्, साथै पर्याप्त मात्रामा आंवला चूर्ण घीउमा भुटेर त्यसमा महि मिलाएर निधारमा बाक्लो लेप लगाउनुहोस् । यो लेप १ घण्टापछि पानीले धुनुहोस् । ३ देखि ५ दिन
ए. घाँटी सुक्ने १० किशमिश र १ चम्चा आंवला चूर्ण एकत्रित पिसेर त्यसको चटनी बनाउनुहोस् । त्यसको सानो गोलि बनाएर त्यो दिनमा ३- ४ पटक चुस्नुहोस् । ७ दिन
ऐ. पित्तको कारण उल्टि हुने १ चम्चा आंवला चूर्ण, आधा चम्चा चंदन पाउडर या चंदन काष्ठ रगडेर मिलेको लेप र आधा चम्चा महको मिश्रण चाटेर खानुहोस् । तात्कालिक
ओ. कब्जियत बिहान-बेलुकाको खाना भन्द पहिला १ चम्चा चूर्ण आधा कचैरा मनतातो पानीको साथ लिनुहोस् । १५ दिन
औ. मधुमेह बिहान र साँझ १ चम्चा आंवला चूर्ण एवं १ चम्चा बेसारको चूर्ण एक कचौरा पानीको साथ लिनुहोस् । तदुपरांत आधा घण्टासम्म केही नखानुहोस्-नपिउनुहोस् । ३ महिना
अं. मूत्र खुलेर नहुने, मूत्रमा जलन हुने, मूत्र अल्प मात्रामा हुने र श्वेतप्रदर (स्त्रिको योनीमार्गबाट श्वेत स्राव हुने) १ चम्चा आंवला चूर्ण रातमा पानीमा भिजाएर त्यसमा बिहान आधा चम्चा जीराको चूर्ण र १ चम्चा मिश्री हालेर पिउनुहोस् । यसरी नै बिहान आंवला चूर्ण भिजाएर सायंकालमा लिनुहोस् । ५ देखि ७ दिन
क. हात-खुट्टामा जलन हुने, चक्कर लाग्ने, आँखा अगाडि अध्यारो छाउने तथा मासिक धर्मको समय अधिक रक्तस्राव हुने दिनमा २ – ३ पटक १ चम्चा आंवला चूर्ण र १ चम्चा मिश्री १ कचौरा पानीमा मिलाएर पिउनुहोस् । ७ दिन
ख. खुजली दिनमा २ – ३ पटक पर्याप्त मात्रामा आंवला चूर्ण पानीमा मिलाएर खुजली हुने स्थानमा पातलो लेप लगाउनुहोस् । १ घण्टापछि लेप मनतातो पानीले धुनुहोस् । ५ देखि ७ दिन
ग. असमय वृद्धत्व नहोस्, यसको साथै शरीर स्वस्थ रहनको लागि बिहान खाली पेट १ चम्चा आंवला चूर्ण मनतातो पानीमा लिनुहोस् । त्यसपछि आधा घण्टासम्म केही पनि नखानुहोस्-नपिउनुहोस् । ३ महिना

 

२. सूचना

आयुवर्ग ३ देखि ७ को लागि एक चौथाई एवं ८ देखि १४ को लागि औषधि आधी मात्रा मा लिनुहोस् ।

 

३. औषधिको उचित परिणाम प्राप्त गर्न यस्तो नगर्नुहोस् !

मैदा र बेसनको पदार्थ; अमिलो, नुनीलो, धेरै तेल र मसलादार पदार्थ, आईस्क्रीम, दही, पनीर, चीज, बासी, असमय र अत्यधिक भोजन गर्ने, घाममा घुम्ने तथा रात्रि जागरण

 

४. औषधि लिइरहँदा उपास्य देवतालाई प्रार्थना गर्नुहोस् !

‘हे भगवान, म यो औषधि तपाईको चरणमा अर्पण गरि तपाईको ‘प्रसाद’ को रुपमा ग्रहण गरिरहेको छु । यो औषधिले मेरो विकारहरु निको पारि दिनुहोस् ।’

– वैद्य मेघराज माधव पराडकर, सनातन आश्रम, रामनाथी, गोवा. (११.६.२०२१)
सन्दर्भ : सनातनका ग्रन्थ ‘आयुर्वेदानुसार आचरण कर बिना औषधियाेंके निरोगी रहें !’

Leave a Comment