जेठीमधु (यष्टीमधु / मुलेठी / ज्येष्ठमध) चूर्ण

वैद्य मेघराज पराडकर

ज्येष्ठमध चूर्णको गुणधर्म शीतल तथा नेत्र, त्वचा, केश र घाँटीको लागि लाभदायक छ ।

 

१. गुणधर्म एवं सम्भावित उपयोग

‘यो औषधि शीतल तथा नेत्र, त्वचा, केश र घाँटीको लागि लाभदायक छ । विकारहरुमा यसको सम्भावित उपयोग आगाडि दिएको छ; प्रकृति, क्षेत्र, ऋतु र अन्य विकारहरु अनुसार उपचारमा परिवर्तन हुन सक्छ । तसर्थ, वैद्यको मार्गदर्शनमा नै औषधि लिनुहोस् ।

उपयोग औषधि लिने पद्धति अवधि
अ. दौरा पर्ने (मिर्गी) बिहान र बेलुका ३ ग्राम (१ चम्चा) मुलेठी चूर्ण आधा गिलास कुभिन्डोको रससँग लिनुहोस् । ६ महिना
आ. रुघाखोकी, घाँटी दुख्ने, आवाज बस्ने, घाटीमा कफ टासिने र मुखमा छाला निस्किने प्रतिदिन ४ पटक एक चौथाई चम्चा चूर्ण चुस्नुहोस् । ५ दिन
इ. गिजाबाट रगत आउने दुबै समयको खानापछि एक चौथाई चम्चा मुलेठी चूर्ण र १ चम्चा कालो तिल चबाएर खानुहोस् एवं ५ मिनेट उपरांत कुल्ला गर्नुहोस् । ७ दिन
ई.पित्तको कारण वाकवाकी हुने, अस्वस्थता, टाउको दुखाइ तथा अम्लपित्तमा उलटी द्वारा शुद्धि हुनको लागि ४ चम्चा चूर्ण २ गिलास मनतातो पानीमा मिलाएर पिउनुहोस् र प्रसाधनगृहमा कुर्सीमा या टुक्रुक बस्नुहोस् र जिब्रोमा औंला रगर्दै उल्टी गर्नको लागि प्रयास गर्नुहोस् । (तात्कालिक) यो उपचार अत्यावश्यक छ भने ६ महिनामा एक पटक गर्नुहोस् । त्यसपछि २ दिन हलका आहार (रवा उपमा, सूजी हलवा (शिरा), नरम भात (जाउलो), दाल-भात, कढण (गुड, नुन, नारिवल हालेर पकाएको मुंगको दाल इ.) लिनुहोस् । तात्कालिक
उ. कब्जियत दुबै खाना खानु भन्दा पहिला १ चम्चा चूर्ण र एक चुट्की नुन मनतातो पानीमा लिनुहोस् । १५ दिन
ऊ. अनुहारमा मुँहासे आउने चूर्ण दूधमा मिलाएर पातलो लेप लगाउनुहोस् । सुकेपछि धुनुहोस् । १५ दिन
ए. उष्णताको लक्षण (उष्ण पदार्थ नसहने, मुखमा छाला निस्किने, शरीरमा जलन, मूत्रमार्गमा जलन, शरीरमा डण्डीफोर आउने, चक्कर लाग्ने इ.) २ पटक १ चम्चा चूर्ण १ चम्चा घीउको साथ लिनुहोस् । १५ दिन
ऐ. वजन कम हुने र थाक्ने बिहान खाली पेट व्यायाम गरेर ३० मिनटपछि १ चम्चा चूर्ण १ कप दूध र २ चम्चा घीउको साथ लिनुहोस् । यसपछि १ घण्टासम्म केहि पनि नखानुहोस्-नपिउनुहोस् । ३ महिना
ओ. ज्वरो दिनमा २ पटक आधा चम्चा मुलेठी चूर्ण, आधा चम्चा तुलसीको रस, आधा चम्चा अदुवाको रस र १ चम्चा शहदको मिश्रण लिनुहोस् । ३ देखि ५ दिन
औ. सुनिने पर्याप्त मात्रामा मुलेठी चूर्ण लिएर त्यसमा आवश्यकतानुसार मनतातो पानी मिलाएर बाक्लो लेप बनाउनुहोस् । एक घण्टापछि लेप मनतातो पानीले धुनुहोस् । ७ दिन

 

२. सूचना

अ. आयुवर्ग ३ देखि ७ को लागि एक चौथाई र ८ देखि १४ को लागि औषधि आधी मात्रा मा दिनुहोस् ।

आ. मुलेठी अधिक मात्रामा खादा उल्टी हुन्छ । त्यसैले यसलाई उचित मात्रामा मात्र लिनुहोस् ।’

 

३. औषधिको उचित परिणाम प्राप्त गर्न यो नगर्नुहोस् !

मैदा र बेसनको पदार्थ; अमिलो, नुनीलो, धेरै तेल र मसलादार पदार्थ, आईस्क्रीम, दही, पनीर, चीज, बासी, असमय र अत्यधिक भोजन गर्ने, घाममा घुम्ने तथा रात्रि जागरण

 

४. औषधि लिइरहँदा उपास्य देवतालाई प्रार्थना गर्नुहोस् !

हे भगवान, म यो औषधि तपाईको चरणमा अर्पण गरि तपाईको ‘प्रसाद’ को रुपमा ग्रहण गरिरहेको छु । यो औषधिले मेरो विकारहरु निको पार्नुहोस् ।

– वैद्य मेघराज माधव पराडकर, सनातन आश्रम, रामनाथी, गोवा. (११.६.२०२१)
सन्दर्भ : सनातनको ग्रन्थ ‘आयुर्वेदानुसार आचरण कर बिना औषधियाेंके निरोगी रहें !

Leave a Comment