पिप्पली (पिंपळी) चूर्ण

वैद्य मेघराज पराडकर

पिप्पली चूर्ण वात एवं कफ नाशक हुन्छ ।

 

१. गुणधर्म एवं सम्भावित उपयोग

यो औषधि वात एवं कफ नाशक हुन्छ । विकारहरुमा यसको सम्भावित उपयोग आगाडि दिएको छ; प्रकृति, क्षेत्र, ऋतु र अन्य विकारहरु अनुसार उपचारमा परिवर्तन हुन सक्छ । तसर्थ वैद्यको मार्गदर्शनमा नै औषधि लिनुहोस् ।

उपयोग औषधि लेने पद्धति अवधि
अ. कम रक्तचाप, शरीर चिसो हुने र अत्यधिक चिसो लाग्ने २ चुटकी पिप्पली चूर्ण १ चम्चा अदुवाको रसमा मिलाएर चाट्नुहोस् । तात्कालिक
आ. खोकी, सास फूलिने, छातीमा कफ हुने, मुखमा स्वाद नलाग्ने, भोक नलाग्ने, अपच र पेटमा ग्यास हुने दिनमा २–३ पटक २ चुटकी पिप्पली चूर्ण आधा चम्चा घी र १ चम्चा मह (शहद) मा मिलाएर चाट्नुहोस् । ५ देखि ७ दिन
इ. कब्जियत २ चुटकी पिप्पली चूर्ण र १ चम्चा त्रिफला चूर्णको मिश्रण आधा कचौरा मनतातो पानीको साथ बिहान खाली पेटमा लिनुहोस् । ५ देखि ७ दिन
ई. पुरानो ज्वरो २ चुटकी पिप्पली चूर्ण १ चम्चा महको साथमा दिनमा तीन पटक लिनुहोस् । ७ दिन
उ. ‘हाइपोथाइरॉइड’, श्वसनतन्त्रको विकार, गर्भाशयमा गाठहरु (फाइब्रॉइड), डिम्बग्रंथिमा गाठहरु (ओवेरियन सिस्ट) इत्यादि मा उपयुक्त ‘वर्धमान पिप्पली रसायन’ सूर्योदयको समय १ कचैरा दूधमा आधा ग्राम (१/८ चम्चा) चूर्ण उमाल्नुहोस् र त्यसमा १ चम्चा घी (घ्यू) मिलाएर पिउनुहोस् । त्यसपछि १ घण्टासम्म केही पनि नखानुहोस् वा पिउनु हुदैन । केवल चूर्णको मात्रा प्रतिदिन आधा ग्राम बढाउनुहोस् र ९ औं दिनबाट प्रतिदिन आधा ग्राम घटाउदै जानुहोस् । यसको लागि प्रयोग बाहेक निरन्तर ८ दिन भन्दा अधिक पिप्पली चूर्णको उपयोग नगर्नुहोस् । १५ दिन

 

२. सूचना

अ. आयुवर्ग ३ देखि ७ को लागि चौथाई र ८ देखि १४ को लागि चूर्ण आधी मात्रा मा लिनुहोस् ।

आ. मधुमेह (डायबीटिज) हुनुहुन्छ भने औषधि महको साथ नलिएर पानीको साथ लिनुहोस् वा केवल चूसेर खानुहोस् ।

इ. उष्णताको लक्षण (उष्ण पदार्थ नसहने, मुखमा छाला निस्किने, शरीरमा जलन हुने, मूत्रमार्गमा जलन हुने, शरीरमा फोका आउने, चक्कर आउने आदि) भएमा तथा ग्रीष्म वा वर्षा पछि आउने शरद ऋतु (अक्टूबर हीट) को अवधिमा पिप्पलीको उपयोग कम गर्नुहोस् अथवा नगर्नुहोस् ।

ई. उष्णता बढ्यो भने पिप्पली बन्द गरि दिनमा दुई पटक कागतिको शरवत १–२ दिन पिउनुहोस् ।’

 

३. औषधिको उचित परिणाम प्राप्त गर्न यो नगर्नुहोस् !

मैदा र बेसनको पदार्थ; अमिलो, नुनीलो, धेरै तेल र मसलादार पदार्थ, आईस्क्रीम, दही, पनीर, चीज, बासी, असमय र अत्यधिक भोजन गर्ने, घाममा घुम्ने तथा रात्रि जागरण

 

४. औषधि लिइरहँदा उपास्य देवतालाई प्रार्थना गर्नुहोस् !

हे भगवान, म यो औषधि तपाईको चरणमा अर्पण गरि तपाईको ‘प्रसाद’ को रुपमा ग्रहण गरिरहेको छु । यो औषधिले मेरो विकारहरु निको पार्नुहोस् ।

– वैद्य मेघराज माधव पराडकर, सनातन आश्रम, रामनाथी, गोवा. (११.६.२०२१)

सन्दर्भ : सनातनको ग्रन्थ ‘आयुर्वेदानुसार आचरण कर बिना औषधियाेंके निरोगी रहें !’

Leave a Comment