सोंठ, शुण्ठी (सौंठ/सुंठ) चूर्ण

वैद्य मेघराज पराडकर

सोंठ चूर्णको गुणधर्म उष्ण हो तथा कफ एवं वात नाशक हुन्छ ।

१. गुणधर्म एवं सम्भावित उपयोग

‘सोंठ चूर्णको गुणधर्म उष्ण हो तथा कफ एवं वात नाशक हुन्छ । विकारहरुमा यसको सम्भावित उपयोग आगाडि दिएको छ; प्रकृति, क्षेत्र, मौसम एवं अन्य विकारहरु अनुसार उपचारमा परिवर्तन हुन सक्छ । तसर्थ वैद्यको मार्गदर्शनमा नै औषधि लिनुहोस् ।

 

उपयोग औषधि लिने पद्धति अवधि
अ. जाडोको अन्त्य पछि आउँदो वसन्तमा, साथै वर्षा ऋतुमा वातावरणमा भएको परिवर्तनको कारण हुने विकार नहोस्, यसको लागि १ लीटर पिउने पानीमा एक चौथाई चम्चा सोंठ चूर्ण हालेर पानी उमाल्नुहोस् र यो पानी बोतल अथवा ताम्रपात्रमा भरेर राख्नुहोस् । तिर्खा लाग्दा तब यो पानी थोरै थोरै पिउनुहोस् । शीत ऋतुको ठन्डि न्यून भएको अगामी १५ दिन, साथै पूर्ण वर्षा ऋतुमा
आ. सर्दी, खांसी र छातीमा कफ हुने एक चौथाई चम्चा सोंठ, आधा चम्चा घी तथा १ चम्चा मह (शहद) एकत्र गरि दिनमा २ – ३ पटक चाटेर खानुहोस् । ५ देखि ७ दिन

 

इ. पीनासको कारण (चिसोको कारण) टाउको दुखाई पर्याप्त मात्रामा सोंठ चूर्ण लिनुहोस् र त्यसमा गरम पानी मिसाएर निधारमा पातलो लेप लगाउनुहोस् । ५ देखि ७ दिन
ई. मुखमा स्वाद छैन, भोक नलाग्ने, पेटमा वेदना भएर शौच हुने, पखला लाग्ने एवं अपचन हुने सोंठ, घी र गुड सबै एक चौथाई चम्चा लिनुहोस् र यो मिश्रण दिनमा २ – ३ पटक सम्भवत: खाना खानु भन्दा आधा घण्टा पहिला चुसेर खानुहोस् । २ – ३ दिन
उ. घाँटी र छातीमा जलन हुने, गला दुख्ने, बान्ता र उल्टी हुने दिनमा ३ – ४ पटक एक चौथाई चम्जा सोंठ र १ चम्चा पिसेको शक्करको मिश्रण चुसेर खाने । ७ दिन
ऊ. ग्यासको कारण छातीमा वेदना भएर अस्वस्थ महसुस गर्ने र बारम्बार डकार आउने पीडा हुँदा एक चौथाई चम्चा सोंठ र आधा चम्चा शहद बारम्बार चाट्नुहोस् । २ – ३ दिन
ए. काँध अरठ्ठ हुने (विशेषतः बिहानको समयमा काँध दुख्ने र सुनिने) दिउँसो र बेलुकाको खाना भन्दा पहिला एक चौथाई चम्चा सोंठ र १ चम्चा अरंडीको तेल पिएर त्यसपछि आधा कचैरा गरम पानी पिउनुहोस् । त्यसपछि तुरुन्त खाना खानुहोस् । साथै रातको खानापछि पर्याप्त मात्रामा सोंठको चूर्ण लिएर त्यसमा गरम पानी मिलाएर वेदना भएको काँधमा बाक्लो लेप लगाउनुहोस् । १५ दिन
ऐ. गर्भवती स्त्रीमा आएको ज्वरो र श्वेतप्रदर (स्त्रिको योनीमार्गबाट श्वेत स्राव हुने) बिहान खाली पेट आधा चम्चा सोंठ, आधा कचैरा दूध र १ कचैरा पानी उमालेर यो मिश्रण १ कचैरा शेष भएपछि छानेर पिउनुहोस् । यो औषधि खाएको लगभग १ घण्टासम्म केहि नखानुहोस् वा नपिउनुहोस् । १५ दिन
ओ. थकान र वजन घट्ने, साथै वीर्यवृद्धिको लागि बिहान खाली पेट आधा चम्चा सोंठ र आधा चम्चा जायफललाई घिसेर बनाएको लेप, १ कप दूध तथा २ चम्चा घी मा मिलाउनुहोस् । यो औषधि लिएको लगभग १ घण्टासम्म केही नखानुहोस् वा नपिउनुहोस् । ३ महिना
औ. सोंठको अन्य उपयोग १. खाना बनाउने समय मसालाको रूपमा सोंठको प्रयोग गरिन्छ ।
२. सामान्य चियामा स्वादनुसार सोंठ हाल्नुहोस् ।
३. दिउँसो खानामा महि पिउनु छ भने त्यसमा स्वादानुसार सोंठ र कालो नुन हालेर पिउनुहोस् ।

२. सूचना

अ. आयुवर्ग ३ देखि ७ को लागि चौथाई र ८ देखि १४ को लागि चूर्ण आधी मात्रा मा लिनुहोस् ।

आ. यदि तपाईलाई मधुमेह (डायबीटिज) छ भने औषधि महको साथ नलिएर पानीको साथ लिनुहोस् अथवा केवल चुसेर खानुहोस् ।

इ. उष्णताको लक्षण (उष्ण पदार्थ नसहने, मुखमा छाला आउने, शरीरमा जलन हुने, मूत्रमार्ग मा जलन हुने, शरीरमा फोडा आउने, चक्कर आउने आदि) हुँदा तथा ग्रीष्म एवं वर्षापछि आउने शरद ऋतु (अक्टूबर हीट) को अवधिमा सोंठको प्रयोग कम अथवा नगर्नुहोस् ।

ई. यदि उष्णता बढ्यो भने सोंठ बन्द गर्नुहोस् र १ – २ दिन, दिनमा २ पटक १ गिलास कागतीको रसको शरबत पिउनुहोस् ।

उ. सोंठको लेप सुकेपछि पानीले धुनुहोस् । त्यस ठाउँको जलन सहन सक्नु भएन भने पुनः लेप नलगाउनुहोस् । जलन रोक्नको लागि त्यसम ठाउँमा कागतीको रस लगाउनुहोस् ।

ऊ. कीरा नलाग्नको लागि चूर्णलाई फ्रिजमा राख्नुहोस्; अन्यथा एक महिनामा समाप्त गर्नुहोस् ।

 

३. औषधिको उचित परिणाम प्राप्त गर्न यस्तो नगर्नुहोस् !

मैदा र बेसनको पदार्थ; अमिलो, नमकीन, ज्यादा तेल र चर्को पदार्थ, आईस्क्रीम, दही, पनीर, चीज, बासी, असामयिक र ज्यादा भोजन, धाममा घुम्ने र रातमा जागरण

 

४. औषधि लिइरहँदा उपास्य देवतालाई प्रार्थना गर्नुहोस् !

हे भगवान, यो औषधि म तपाईको चरणमा अर्पण गरि तपाईको ‘प्रसाद’ सम्झेर ग्रहण गरिरहेको छुँ । यो औषधिले मेरो विकारहरु निको बनाइ दिनुहोस् ।

– वैद्य मेघराज माधव पराडकर, सनातन आश्रम, रामनाथी, गोवा. (११.६.२०२१)

सन्दर्भ : सनातनको ग्रंथ ‘आयुर्वेदानुसार आचरण गरि बिना औषधि निरोगी रहनुहोस् !’

Leave a Comment