चक्रवात जस्तो प्राकृतिक विपत्ति सामना गर्न आवश्यक पूर्वतयारी तथा प्रत्यक्ष संकटकालीन स्थितिमा आवश्यक कृत्य

मे र जुन महिनामा भारतले अम्फान र निसर्ग जस्ता शक्तिशाली चक्रवातहरुको सामना गर्नु परेको थियो । २०.५.२०२० मा भारतको पूर्वी समुद्र तटमा अम्फान, तथा २ र ३ जुन २०२० मा मुम्बई लगायत कोंकणको समुद्रतटमा निसर्ग चक्रवातको सामना गर्नुपर्यो ।

तेज हावाको वेग र मुसलधारे वर्षाको स्वरुप भएको यी चक्रवातहरुको कारण ठूलो-ठूलो वृक्षहरु पनि धराशाई  भए, यसले गर्दा मानिसहरु भयभीत भए । यी चक्रवातहरुका कारण घरहरुको भित्ता भत्किए, छाना उडाए इत्यादिले ठूलो आर्थिक क्षति भएको थियो । विद्युत खम्बाहरु ढल्नाले धेरै स्थाहरुमा बिजुली आपूर्ति ठप्प भएको थियो । मोबाइल नेटवर्क ठप्प भएको कारण सम्पर्क प्रणशलीमा पनि अवरुद्ध भएको थियो । जनजीवन पूर्णतः ठप्प भयो । प्रकृतिको यस्तो भयंकर रुप देखेर नागरिकहरु डराए ।

चक्रवात, भारी वर्षा, भूकम्प जस्ता प्राकृतिक विपत्तिहरु कहिले सामना गर्नुपर्छ भनेर भन्न सकिदैन । यस प्रकारको स्थिति कुनै पनि क्षण उत्पन्न हुन सक्छ । तसर्थ यसको लागि अग्रिम तयारी गर्न आवश्यक हुन्छ । यस दृष्टिले सबै गम्भीरतापूर्वक निम्न सूत्रहरुको पालन गर्नुहोस् ।

 

१. प्राकृतिक प्रकोपको दृष्टिले आवश्यक पूर्वतयारी

अ. नयाँ घर बनाउँदै हुनुहुन्छ भने, टिनको छतको सट्टा पक्की (उदा. स्ल्याब) छतको विचार गर्नुहोस् ।

आ. घरको छानाको रूपमा प्रयोग गरिएको टिन ज्यादै मजबूत लाग्न सक्छ तर चक्रवाती हवाको कारण टिनहरु उडेर जान्छन् । छानामा भएको टिनहरुलाई उडेर जान नदिन बोराहरुमा बालुवा भरेर छानामा राख्नुहोस्; किनकि चक्रवात कहिले आउँछ भनेर भन्न सकिदैन । (टिनको क्षेत्रफल ५०० वर्ग फिट सम्म छ भने ५ देखि १० किलोको बोरा छानाको चारै कुना र आवश्यक्ता अनुसार बिचमा राख्नुहोस् । ती बोराहरुको गुणस्तर राम्रो हुनुपर्दछ ।)

इ. यदि घर वरिपरि धेरै पुरानो र जीर्ण रुखहरु छन् भने, तिनीहरुलाई काट्नुहोस् ताकि चक्रवातको समयमा त्यस्ता रुखहरु ढलेर घरको हानि नहोस् ।

ई. यदि हाई टेन्सन बिजुलीको तार तपाईको भवन वा घर बाहिर सडकबाट जान्छन् र त्यहाँ रुखहरु छन्, तब वर्षा अथवा हावाको कारण तारमा यी रुखहरु ढल्नाले जीवनहानि पनि हुन सक्छ । त्यसकारण स्थानीय विद्युत विभागलाई सम्पर्क गर्नुहोस् र उनीहरुलाई विद्युतीय तारको छेउमा रहेको रुखका हागाहरु काट्न भन्नुहोस् ।

उ. कुनै पनि प्रकारको विद्युतीय तारहरुको मुनि नउभिनुहोस् साथै त्यहाँ मोबाइलमा कुरा नगर्नुहोस् । त्यहाँ जनवारहरु पनि उभिनु हुँदैन यसमा ध्यान दिनुहोस् । यदि बिजुलीको तारहरुबाट झिल्काहरु (स्पार्खहरु) बाहिर आउँदैछ भने तुरुन्त विद्युत विभागलाई सूचित गर्नुहोस् ।

ऊ. बिजुलीको खम्बा, बिजुलीको तार साथै रुखको तल मोटरसाइकल वा गाडी राखिएको छ भने चक्रवातको कारण खम्बा वा रुख वाहनमाथि खसेर ठूलो हानि हुन सक्छ । त्यसैले वाहन राख्ने वा चलाएर जाने यस्तो कृत्य नगर्नुहोस् ।

ए. वर्षाऋतुमा अनिश्चित अवधिको लागि बिजुली आपूर्ति बन्द हुन सक्छ । त्यसैले घरमा बत्ती, मैनबत्ती, टर्च, लालटेन आदिको प्रबन्ध गर्नुहोस् ।

ऐ. निश्चित गर्नुहोस् कि घरको झ्याल र ढोका राम्ररी बन्द हुन्छ । यदि राम्रोसँग बन्द हुँदैन भने तिनीहरुलाई मर्मत गर्नुहोस् ।

ओ. प्रशासनले समय-समयमा मौसम सम्बन्धित प्रसारण गरेको जानकारीहरुको पालना गर्नुहोस्, बेवास्ता नगर्नुहोस् ।

 

२. चक्रवात आउने सन्दर्भमा पूर्वसूचना प्राप्त भएको छ भने आवश्यक सुरक्षात्मक कार्य

अ. यदि हल्का सामग्रीहरु घरको आंगन, कौसी, छानामा छ भने त्यसलाई तुरुन्त भित्र ल्याउनुहोस् वा राम्रोसँग बाधेर राख्नुहोस् ।

आ. जनावरहरुलाई सुरक्षित ठाउँमा सार्नुहोस् ।

इ. घरमा पानी र सुख्खा खाद्यान्न राख्नुहोस् ।

ई. हावाको गति बढिरहेको छ भन्ने थाहा पाउँदा, ग्यास र यसको मुख्य भल्भ बन्द गर्नुहोस् र चक्रवातको तीव्रता कम नभएसम्म यसलाई खोल्नुहोस्।

 

३. यदि तपाई चक्रवातको समय घरमा हुनुहुन्छ भने के गर्नुपर्छ ?

अ. घरबाट बाहिर नजानुहोस्, कौसी र टिनको छाप्रा भएको क्षेत्रहरुमा नजानुहोस् । नजिकका घरहरुको छत साथै वस्तुहरु हावाले उडाएर क्षति पुग्न सक्छ ।

आ. झ्याल र ढोका राम्रोसँग बन्द गर्नुहोस् । हावाको वेगको कारण ढोका स्वत: नखोलोस् यसको लागि भारी वस्तुहरु भित्र राख्न सकिन्छ ।

इ. झ्यालको सिसा फुटेर चोट लाग्न सक्छ । यस कारणले गर्दा झ्याल नजिक नबस्नुहोस्, नसुत्नुहोस् ।

ई. घरको मुख्य बिजुली प्रवाह बटन (मेन स्विच) बन्द गर्नुहोस् । सकेटबाट टिभी, मिक्सर आदि उपकरणहरुको पिन (प्लग) निकालेर राख्नुहोस् ।

उ. यस समयमा लिफ्ट, एसी, कपाल ड्रायर आदि प्रयोग नगर्नुहोस् । फ्रिजलाई नछुनुहोस् ।

ऊ. कहिलेकाँही संकटकालमा अफवाहहरु फैलाउछ; त्यसैले कुनै पनि अफवाहहरुमा विश्वास नगर्नुहोस् । शासन द्वारा आधिकारिक रूपमा प्रसारित सूचनाहरु मात्र विश्वास गर्नुहोस् ।

 

४. घर बाहिर हुँदा अपनाउने आवश्यक योग्य सावधानीहरु

अ. एक सुरक्षित ठाउँ हेर्नुहोस् र चक्रवातको समय त्यहाँ रहनुहोस् । अधिक समयमा रुख, बिजुलीको खम्बा नभएको स्थान सुरक्षित भन्न सकिन्छ । रुख र बिजुलीको खम्बा मुनि नरोक्नुहोस् ।

आ. यदि तपाईसँग दुईपांग्रो वा चारपांग्रो छ भने रुख वा बिजुलीको खम्बा भन्दा टाढा कुनै सुरक्षित स्थानमा खडा गर्नुहोस् । चारपांग्रो वहानको ढोका र झ्यालहरु राम्रोसँग बन्द गर्नुहोस् । वहानको पांग्रामा ढुङ्गा राख्नुहोस् किन कि चक्रवाती हवाको कारण वाहन गुडने सम्भावना हुन्छ ।

इ. सडकमा खसेको रुखहरु नछुनुहोस्; किनकि त्यस्ता रुखहरुमा बिजुलीको तारहरु खस्ने सम्भावना हुन्छ ।

ई. यदि वर्षाले जताततै ओस उत्पन्न गरेको छ भने कुनै पनि बिजुलीको खम्बा छुनु हुँदैन; किनकि ओसको कारण बिजुलीको झटका लाग्न सक्छ ।

 

५. चक्रवात समाप्त भएपछि आवश्यक कार्यहरु

अ. वातावरण सामान्य नभएसम्म घरबाट बाहिर नजानुहोस् ।

आ. चक्रवात र वर्षाको कारण परिसरमा रुख अथवा बिजुलीको तार चुटिएको छ भने, त्यसलाई स्पर्श नगर्नुहोस् । यस सम्बन्धमा अग्निशमन विभाग र विद्युत विभागलाई सूचित गर्नुहोस् ।

इ. यदि घरमा ग्यास सिलिन्डरबाट ग्यासको चुहावट छ भने बिजुलीको प्रवाहको मुख्य बटन (मेन स्विच) बन्द राख्नुहोस् । सिलिन्डरलाई हावा चल्ने ठाउँ जस्तै कौसीमा राख्नुहोस् । यदि घरमा ग्यासको गन्ध फैलिएको छ भने बिजुलीको कुनै पनि बटन नदबाउनुहोस् ।

ई. यदि वाहन, विद्युतीय उपकरण, साथै घरमा भएको नयाँ सामग्री, तिनीहरुको बीमा गरेको छ र प्राकृतिक विपत्तिले गर्दा हुने नोक्सानीको क्षतिपूर्ति मिल्छ भने यस्तो अवस्थामा बीमा प्रतिनिधिको मार्गदर्शन लिनुहोस् । क्षतिग्रस्त वस्तुहरुलाई उठाउनु भन्दा पहिला तिनीहरुको तस्वीर लिनुहोस् र पञ्चनामा गर्नुहोस् ।

आपदाको समय राष्ट्रीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकारण (National Disaster Risk Reduction & Management Authority) को हेल्पलाइन नम्बर ०१-४२००२५७ मा सम्पर्क गरेर मार्गदर्शन लिन सकिन्छ ।

 

संकटको समय मनोबल कायम राख्न

साधनाको कुनै विकल्प छैन, त्यसैले साधनामा ध्यान दिनुहोस् !

आज विज्ञानले सबै क्षेत्रमा प्रगति गरेको हुन सक्छ; तर चक्रवात जस्तो प्राकृतिक आपतकाल रोक्न मनुष्य शक्ति भन्दा बाहिर छ । यस्तो समयमा स्थिर रहेर मनोबल टिकाइ राख्नु नै हाम्रो हातमा छ । यसका लागि दैनिक जीवनमा साधनाको प्रयास गर्नु अनिवार्य छ । साधनाको बलमा सबैभन्दा कठिन परिस्थिति पनि धैर्यताको साथ सामना गर्न सकिन्छ । पाठकहरु, केवल विपत्तीमा मात्र होइन, तर अबदेखि साधना आरम्भ गर्नुहोस् र आफ्नो साथ आध्यात्मिक ऊर्जा (ईश्वरीय बल) को संरक्षण लिएर निश्चित रहनुहोस् !

 

पाठकहरुलाई आवाहन !

यहाँ चक्रवातको दृष्टिले केही मार्गदर्शन सूत्र दिएका छन् । यो परिप्रेक्ष्यमा पाठकहरुसँग अनुरोध छ कि केही सूत्र बताउनु छ भने कम्प्युटर वा हुलाक ठेगानामा पठाउनुहोस् ! यसले समाजमा व्यापक दृष्टिले विषय राख्नमा सहायता हुनेछ ।

कम्प्युटर ठेगाना: [email protected]

हुलाक ठेगाना : श्रीमती भाग्यश्री सावंत, द्वारा सनातन आश्रम, २४/बी, रामनाथी, बांदिवडे, फोंडा, गोवा – ४०३४०१

स्त्रोत : दैनिक सनातन प्रभात

Leave a Comment