तपाईको क्षेत्रमा बाढीको स्थिति नियन्त्रणमा आएपछि घर जानु भन्दा पहिला तथा गएपछि यी सावधानीहरु लिनुहोस् !

बाढी पीडितहरुको लागि महत्त्वपूर्ण जानकारी

केही जिल्लाहरुमा अत्यधिक वर्षाको कारण बाढीको स्थिति सिर्जना भएको थियो । जसका कारण हजारौं नागरिकहरुको घर जलमय भएर जनजीवन अस्तव्यस्त भएको थियो । त्यसैले त्यहाँका नागरिकहरुलाई सुरक्षित स्थानमा लगियो । बाढीको पानीको स्तर घट्न थालेपछि विस्थापित नागरिकहरु घर फर्कि रहेका छन् ।

यी नागरिकहरुले घर जानु अधि के सावधानी अपनाउनु पर्छ ? घर कीटाणुरहित कसरी बनाउने ? स्वास्थ्यको ख्याल कसरी राख्ने ? यस सन्दर्भमा महत्त्वपूर्ण सूत्रहरु तल दिइएको छ ।

१. घर जानु अधि यस्तो गर्नुहोस् !

अ. प्रशासन द्वारा तपाईको क्षेत्र अथवा गाँउ पुनर्वासको लागि सुरक्षित छ यस्तो घोषणा गरेपछि मात्र घर जानुहोस् ।

आ. यदि माटोको घर हो भने बस्न सुरक्षित छ ?, यो निर्माण विशेषज्ञहरु द्वारा पुष्टि गर्न आवश्यक हुन्छ ।

इ. वास्तु वरपरको परिसरमा बिजुलीका तारहरु टुटेका छन् भने तिनीहरुलाई स्पर्श नगर्नुहोस् ।

 

२. घर गएपछि गर्ने कार्य

२ अ. बाढीको कारण क्षतिग्रस्त घर र सामानहरुको बीमाको सन्दर्भमा

१. घर मर्मत गर्नु अधि र सामानहरु व्यवस्थित गर्न अधि क्षतिग्रस्त घर र सामानहरुको फोटो लिनुहोस् । बीमा वा सरकारबाट मद्दत प्राप्त गर्नको लागि प्रयोग गर्न सकिन्छ ।

२. यदि सवारी साधन, बिजुली उपकरण र घरको सामानहरु नयाँ छन् र तिनीहरुको बीमा गरीएको छ तथा पानीबाट क्षति र प्राकृतिक प्रकोपको कारण हानिको क्षतिपूर्ति पाउने दृष्टिले बीमा प्रतिनिधिहरुबाट मार्गदर्शन लिनुहोस् ।

२ आ. बिजुलीको प्रवाह र बिजुलीबाट चल्ने उपकरणहरुको सन्दर्भमा के गर्ने ?

१. घरको भित्ताहरु, बिजुलीको उपकरण (पंखा, लुगा धुने मेसिन, मिक्सर) तथा स्विचबोर्ड भिजेको छ भने बिजुलीको प्रवाह शुरु गर्न अत्यन्त खतरनाक हुन्छ । यसले बिजुलीको झटका लाग्न सक्छ । घर सुकेपछि र बिजुली-विशेषज्ञ द्वारा (इलेक्ट्रिशियन द्वारा) जाँच गरेपछि मात्र बिजुलीको प्रवाह शुरु गर्नुहोस् ।

२. यदि टेलिफोन, ल्यापटप जस्ता उपकरणहरु भिजेका छन् र बन्द छन् भने तिनीहरुको ब्याट्री निकालि दिनुहोस् ।

३. उपकरण भिजेको छ त्यसैले तिनीहरुलाई सिधै फाल्नुको सट्टा, जानकार व्यक्तिलाई देखाएर उपकरण मर्मत गर्न सकिन्छ या सकिदैन त्यसपछि निर्णय लिनुहोस् ।

२ इ . घरको स्वच्छता र जीवाणु रहित बनाउने

१. जब पानी धेरै दिनको लागि जम्मा हुन्छ तब जीवाणुहरु उत्पन्न हुन्छन् । साबुन र सफा पानी वा लाइजोल जस्तो कीटनाशक रसायनको उपयोग गरेर भुइँ धुनुहोस् । त्यसपछि त्यसलाई सुकाउनुहोस् ।

२. नीमको पात र कपुर जलाएर घरमा धुप देखाउनुहोस् । यसले वातावरण शुद्ध भएर घर जीवाणु रहित हुन्छ ।

३. घरको ढोका र झ्यालहरु खुल्ला राख्नुहोस् । यसले सफा हावा आउँदै-जाँदै गर्छ जसले भित्ताहरु सुकन मद्दत गर्दछ ।

२ ई. घरको सामानहरु सार्दा ध्यान दिनु पर्ने सूत्रहरु

१. यदि ग्यास सिलिन्डरबाट ग्यास लीक भइरहेको छ भने बिजुलीको मुख्य बटन (मैन स्विच) बन्द गर्नुहोस् । सिलिन्डर हवाको सम्पर्कमा आओस् त्यस्तो खुल्ला ठाउँमा राख्नुहोस् । घरमा ग्यासको गन्ध फैलिएको छ भने बिजुलीको बटन नथिच्नुहोस् । घरको ढोका र झ्यालहरु खोल्नुहोस् ।

२. बाढीको पानी सँगै सर्प, बिच्छी वा मुसा जस्ता प्राणी घरमा प्रवेश गर्ने सम्भावना हुन्छ । ध्यानपूर्वक सबै अनावश्यक सामानहरु हटाउनुहोस् । सर्प, बिच्छी आदि बाहिर निकाल्नको लागि प्राणीमित्र संगठनको सहायता लिनुहोस् ।

३. घरमा भरीएको फोहर सफा गर्ने समय र सामानहरु हटाउने समय सावधानी अपनाउनुहोस् । खुट्टामा मोटो जुत्ता लगाउनुहोस्, हातमा पन्जा लगाउनुहोस् । यस्तो गर्दा कैंची, छुरी जस्ता तिखो वस्तुहरु छन् भने चोट लाग्दैन ।

४. काठको फर्निचर, कपडा जस्ता सामानहरु बाढीको पानीसँग सम्पर्कमा आएका सबै उपयोग गर्नु अघि तिनीहरुलाई सफा गर्नुहोस् अथवा धुनुहोस् । घरको अलमारी, पलंग, कुर्सी जस्ता फलामको सामानहरुमा खिया नलागोस् यसको लागि सुक्खा कपडाले पुछ्नुहोस् । यी सामानहरुमा गर्मीको समय रंग लगाउनको लागि निर्णय लिन सकिन्छ ।

२ ऊ. पानी र अन्नपदार्थ यी सन्दर्भमा ध्यान दिन योग्य सूत्र

१. बाढीपीडित परिसरमा कुवा छ भने त्यहाँको पानी नपिउनुहोस् । त्यस पानीमा जीवाणु हुने अधिक सम्भावना हुन्छ ।

२. घरमा राखेको वा जम्मा भएको पानी पिउनको लागि प्रयोग नगर्नुहोस् ।

३. पानीको ट्यांकी, भाडाकुडा इत्यादि साबुन लगाएर सफा गर्नुहोस् । तत्पश्चात सफा पानीले धोएर सुक्खा कपडाले पुछेपछि पानी भर्नुहोस् ।

४. खाना पकाउनको लागि र दाँत माझ्नको लागि पनि शुद्ध पानीको उपयोग गर्नुहोस् । पिउने पानी प्रतिदिन १० मिनेट उमाल्नुहोस् ।

५. कुनै पनि खाद्य पदार्थ खानु भन्दा पहिले साबुन पानीले हात सफा गर्नुहोस् ।

६. बाढीको पानीको सम्पर्कमा आएको खाद्यान्न र तरकारीहरु प्रयोग नगर्नुहोस् । फ्रिजमा राखेको पदार्थहरु राम्रो छ कि छैन निश्चित गरेर मात्र उपयोग गर्नुहोस् ।

 

३. आफ्नो र अरुको स्वास्थ्यको ख्याल राख्नुहोस् !

अ. बाढीको कारण मुख्यत: संक्रामक रोग फैलिने सम्भावना हुन्छ । अशुद्ध पानी पिउनाले पीलिया, टाइफाइड, पखाला जस्ता रोग लाग्न सक्छ ।

आ. लामखुट्टेको संख्या बढ्नुको कारण मलेरिया, डेंगु जस्ता रोगहरु लाग्न सक्छन् । यदि लामखुट्टेहरु तपाईको वरपरको परिसरमा बढेको छ भने मच्छरदानी वा लामखुट्टे प्रतिबन्धक घुप इत्यादि को उपयोग गर्न सक्नुहुन्छ ।

इ. साना बच्चाहरुलाई जम्मा भएको पानीमा खेल्न नदिनुहोस् ।

ई. घरमा राखिएको औषधिको उपयोग गर्नु पूर्व आधुनिक वैद्यको सल्लाह लिनुहोस् ।

यस कालावधिमा सबैले स्वास्थ्यको ख्याल राख्न आवश्यक छ । स्वास्थ्यसँग सम्बन्धित कुनै पनि प्रकारको समस्या छ भने डाक्टर वा सरकारी अस्पतालमा तुरुन्तत सम्पर्क गर्नुहोस् ।

 

बाढीको पानीको स्तर कम भएपछि तल दिएको अनुसार घरको शुद्धिकरण गर्नुहोस् !

बाढी कम भएपछि साधक पहिला घरको शुद्धि गर्नुहोस् । त्यस पछि घरको प्रवेश द्वार बाहिर उभिएर तल दिएको अनुसार घरको नजर उतार्नुहोस् र तत्पश्चात अन्य कोठाहरुको नजर उतारनुहोस् ।

१. नारिवल वा कागतीले घरको नजर उतारर्ने

संभवतः ३ दिन नरिवलले घरको नजर उतारनुहोस् । नरिवलको शिखा बाहिरको दिशामा होस्, यस प्रकार नरिवल अंजुलीमा समात्नुहोस् । प्रत्येक कोठामा घडीको सुइको विपरीत दिशा मा (दायाँ बाट बायाँ तर्फ) घूमाएर नजर उतारनुहोस् । त्यसपछि घर बाहिर गएर नरिवल फुटाउनुहोस् वा विसर्जित गर्नुहोस् । नरिवलले नजर उतारन सम्भव छैन भने कागतीले नजर उतार्नुहोस् । प्रत्येक कोठाको ढोकामा उभिएर पहिला घडीको सुइको दिशामा ३ पटक र घडीको सुइको विपरीत दिशामा ३ पटक कागती धुमाउनुहोस् । त्यसपछि कागती विसर्जित गर्नुहोस् । कागतीले नजर उतारने समय प्रत्येक कोठा भित्र जान आवश्यक छैन । कोठाको ढोकामा उभिएर नजर उतार्न सक्नु हुन्छ ।

२. गोमूत्र र घुपले शुद्धि गर्ने

घरको नजर उतारेपछि गोमूत्र छर्किएर र घुप देखाएर जसरी प्रतिदिन घरको शुद्धि गर्दछ त्यही प्रकार घरको शुद्धि गर्नुहोस् ।

भविष्यमा भीषण आपतकाल सामना गर्न विभिन्न स्तरमा अहिले देखि के प्रयासहरु गर्नुपर्छ यो जान्नको लागि यहाँ CLICK गर्नुहोस् !

स्रोत : दैनिक सनातन प्रभात

Leave a Comment