जलप्रलयको दृष्टिले भौतिक स्तरमा कसरी तयारी गर्ने / जलप्रलयबाट रक्षाको लागि पूर्वतयारी गर्ने – भाग २

बाढी प्रभावित क्षेत्रका नागरिकहरुका लागि महत्त्वपूर्ण जानकारी

वर्षाऋतुमा अत्यधिक बर्षाको कारण धेरै स्थनहरुमा बाढी आउँछ । बाढी अन्य ऋतुहरुमा बादल फट्ने कारणले गर्दा पनि आउन सक्छ । वर्ष २०१९ मा अत्यधिक वर्षाको कारण महाराष्ट्र र कर्नाटक राज्यका धेरै शहरहरु डुबेका थिए । धेरै गाउँहरु जोड्ने सडकहरु पानीमा डुबेका थिए, जसले यातायात ठप्प भएको थियो । हजारौं नागरिकहरुको घर पानीले भरेको थियो । केही स्थानहरुमा पानीको प्रवाह यति तिव्र थियो कि मानिस, पशु र सवारी साधनहरु पनि बगाएका थिए । पेट्रोल, डीजल, दूध आदि जस्ता महत्वपूर्ण चीजहरु पाउन गाह्रो भयो । अचानक आएको यस प्राकृतिक आपतकालको कारण जीवन पूर्णतः अस्त-व्यस्त भयो ।

भविष्यमा यस्तो अवस्था कहिले आउनेछ, भन्न सकिदैन । त्यसैले ‘बाढीबाट प्रभावित क्षेत्रका जनताले आफ्नो सुरक्षाको लागि के गर्नुपर्छ ?’, यस विषयमा मार्गदर्शक सूत्रहरु आगाडि दिइएको छ । अधिल्लो लेखमा, ‘यदि तपाईले बाढीबाट प्रभावित क्षेत्रमा नयाँ घर निर्माण गर्दै हुनुहुन्छ भने के गर्नुपर्छ ? महत्त्वपूर्ण कागजपत्र र बहुमूल्य चीजहरु सुरक्षित राख्न के गर्नुपर्छ ?’ यस विषयमा जानकारी प्राप्त गर्नु भयो । आज, यस बारेमा थप जानकारी प्राप्त गर्नेछौं ।
भाग १ पढ्नको लागि लिंकमा क्लिक गर्नुहोस् : https://www.sanatan.org/nepali/a/772.html

 

४. ‘पानी, अन्न आदिको अभाव नहोस्’, यसको लागि के गर्ने ?

४ अ. शुद्ध पिउने पानीको उपलब्धता घट्दा पानी भण्डारणका लागि वैकल्पिक (अन्य) व्यवस्था गर्ने !

पानीको टयाङकी

जलप्रलयको कारण बाढी आउँछ र ट्रान्सफॉर्मरहरु पनि डुब्छन् जसले गर्दा बिजुली उपलब्ध हुँदैन र शुद्ध पिउने पानीको अभाव हुन्छ । ठाउँ-ठाउँ मा पानी जम्मा हुनाले त्यहाँ पानीको टयाङकी पठाउन गाह्रो हुन्छ । यस कारण पीउने पानी उपलब्ध हुँदैन । त्यसैले, आगाडि बताए अनुसार पिउने पानीको व्यवस्था गर्न सक्दछौं ।

१. पानी भण्डारण गर्नको लागि ठूलो टयाङकी, सानो टयाङकी र गागरी हुनुपर्दछ ।

२. धेरै घरहरुको बार्दलीमा पानी भण्डारण गर्नको लागि टयाङकी हुन्छ । यदि सम्भव छ भने अर्को टयाङकी त्यसमा जोड्न सकिन्छ ताकि धेरै पानी भण्डारण गर्न सक्छौं ।

३. जहाँ वर्षाको पानी घरको छानाबाट खस्छ त्यहाँ एउटा नल राखेर हामी त्यो पानी पिउन र अन्य उद्देश्यहरुको लागि भण्डार गर्न सक्छौं ।

४. उपलब्ध पानी विचारपूर्वक उपयोग गर्नुहोस् । पानीको अपव्यय हुनबाट रोक्न पातमा वा कागजको (डिस्पोजेबल) थाल, कचौरा, चम्चा आदि को प्रयोग गर्नुहोस् ।

४ आ. पानी शुद्ध गर्ने विधिहरु

१. वर्षा र बाढी प्रभाव क्षेत्रहरुमा पानी धमिलो हुन्छ । त्यसैले, पानी उमालेर साथै छानेर पिउनुहोस् । पानी शुद्ध गर्न फिटकरी प्रयोग गर्नुहोस् ।

२. नरिवलको बोकरा (साह्रो भाग) जलाएर पानीमा हाल्यो भने प्रकृतिक रुपमा पानी कीटाणुरहित हुन्छ ।

३. पानी सफा गर्ने ट्याब्लेटहरु (पानी शुद्धीकरण ट्याब्लेट) धेरै औषधालयहरूमा उपलब्ध हुन्छन् । २० लिटर पानीमा एउटा ट्याब्लेट राख्दा आधा घण्टामा पानी कीटाणुरहित हुन्छ ।

४. आजकल बाजारमा ‘फिल्टर वाटर बोतल’ उपलब्ध छन् । यसको १००० लिटर पानी शुद्ध गर्ने छमता हुन्छ । यस्तो बोतलमा अशुद्ध पानी हाल्दा कीटाणु नष्ट गरेर तथा क्षार आदि अशुद्धताहरु छुट्याएर पानी शुद्ध गर्दछ । यदि आपतकालमा पिउने पानी अशुद्ध भयो भने यो बोतलको प्रयोग गर्न सकिन्छ ।

४ इ. घाममा सुकाएपछि हावा नछिर्ने प्लास्टिक ब्यागमा खाद्यान्न भण्डार गर्नुहोस्

बाढी क्षेत्रमा तरकारी र फलफूलको कुनै आपूर्ति हुँदैन । त्यसैले अन्न, दाल आदि को भण्डारण पहिले नै गर्नुपर्दछ । अन्नलाई राम्रोसँग केलाएर घाममा सुकाउनुहोस् । अन्नमा किरा नलागोस्, यसको लागि त्यसमा औषधी हालेर राम्रो गुणवत्ता भएको हावा नछिर्ने (एयरटाइट) प्लास्टिकको झोलामा भर्नुहोस् । त्यसपछि यी झोलाहरुलाई ठूलो ड्रममा राख्नुहोस् । यथासम्भव यो ड्रम उच्च स्थानमा राख्नुहोस्। बारम्बार अन्न राखेको ड्रम खोल्दा औषधीको प्रभाव हुँदैन र बाहिरको हावाको सम्पर्कको कारण अन्न बिग्रन्छ । त्यसकारण एक महिनाको अन्न एकैचोटि निकालेर राख्नुहोस्

आटामा किरा लाग्छ त्यसैले माथि बताए अनुसार संग्रह नगर्नुहोस् ।

४ ई तरकारी भण्डारण

बाढीमा यातायात ठप्प हुन्छ । त्यसकारण त्यो अवधिमा तरकारी, दूध र अन्न उपलब्ध हुँदैन । तसर्थ तिनीहरुलाई अग्रिम संकलन गर्न आवश्यक हुन्छ ।

१. राम्रोसँग सुकेको प्याज, लहसुन, तरुल आदि १-२ महिनासम्म राम्रो अवस्थामा रहन्छन् । तिनीहरुलाई सुख्खा ठाउँमा राख्नुहोस् ।

२. भेन्टा, सिमी, धनियाको पात, खुर्सानी, मेथीको पातहरु आदि चर्को घाममा ५ देखि ६ दिन सुकाउनुहोस् । राम्रोसँग सुकेको तरकारीहरुलाई सुखा ठाउँमा राख्नुहोस् । फ्रिजमा राख्न आवश्यक छैन । यी सुकेको तरकारीहरु २ महिनासम्म राम्रोसँग रहन सक्छ । प्रयोगमा ल्याउनु भन्दा केही समय पहिला पानीमा भिजाएर राख्नुहोस्, पानी अवशोषित गर्दछ र ताजा बन्दछ ।

३. करेला, आलुको चिप्समा नुन लगाएर घाममा सुकाउनुहोस् । यी केही महिनासम्म राम्रोसँग रहन सक्छ ।

४. कुभिण्डो, लौका आदि कोरेसोमा कोरेर मसिनो बनाउनुहोस् र घाममा सुकाउनुहोस् यसलाई आवश्यक्ता अनुसार तरकारी बनाउन सकिन्छ ।

४ उ. घरमा टिकाउ खाद्य पदार्थ राख्नुहोस् !

अचार, चटनी, जाम, मसाला, तेल आदि एयरटाइट भाडामा संग्रह गर्न सकिन्छ । साथै दूध पाउडर, सुक्खा टिकाऊ खाद्यपदार्थ घरमा राख्नुहोस् । कार्यालय अथवा यात्रा गर्दा केही सुक्खा खाजा बोक्नुहोस् । किनकि प्रतिकूल परिस्थितिमा घर पुग्न सकेन भने केही समयसम्मको लागि भोकाउनुहुने छैन ।

 

५. नियमित प्रयोग गरिने औषधिहरूको स्टक सुरक्षित ठाउँमा राख्नुहोस् ।

यदि औषधिहरु समाप्त भयो भने समयमा प्राप्त गर्न थुप्रै समस्याहरु आउँदछन् । दैनिक प्रयोग गरिने औषधिहरु (जस्तै रक्तचाप, मधुमेह, ज्वरो, सर्दी, खोकी, जोडनी दुखाईको औषधिहरु) केही मात्रा स्टकमा अवश्य राख्नुहोस् । औषधिको उपयोग लामो समयसम्म हुन सकोस् यो दृष्टिले ‘लामो एक्सपायरी डेट’ को औषधिहरु स्टकमा राख्नुहोस् ।

यी औषधिहरु सुरक्षित रहोस्, यसको लागि तिनीहरुलाई प्लास्टिकको झोलामा राखेर उच्च स्थानमा राख्नुहोस् । यस्तो गर्ने समय, ध्यान दिनुहोस् कि प्रत्यक्ष सूर्यको किरण नपरोस् ।’ औषधि इन्जेक्शन हो, भने त्यसलाई फ्रिजमा राख्ने सलाह दिइन्छ । यथासम्भव त्यसलाई एउटा ‘बरफको झोला’ मा राख्नुहोस्, ताकि यदि तपाईले अचानक घर छोड्नु पर्यो भने पनि केही दिनसम्म राम्रो अवस्थामा रहिरहन्छ ।

(प्रस्तुत लेखमालाको सर्वाधिकार (कॉपीराईट) सनातन भारतीय संस्कृति संस्थाको पास छ ।)

भाग ३ पढ्नको लागि यस लिंकमार क्लिक गर्नुहोस् :

‘सनातन प्रभात’ मा उल्लेख गरिए अनुसार, आपतकालको तयारी गर्ने फरीदाबाद (हरियाणा) को वैद्य भूपेश शर्मा !

श्रीसत्शक्ति (श्रीमती) बिंदा सिंगबाळ

सर्वज्ञानी र दूरदर्शी परात्पर गुरु डॉक्टर आठवलेज्यूले केही वर्ष पहिला नै, पूरै मानवजातिको भविष्यमा आउने भीषण आपतकालको बारेमा सचेत गराउनु भएको थियो र त्यसमा सुरक्षित रहनको लागि प्रभावकारी उपाय पनि दिनु भएको छ । यस प्रकार, ‘आपतकालीन परिस्थितिको सामना गर्नको लागि तयारी कसरी गर्ने ?’ यस विषयमा उहाँकाे अमूल्य मार्गदर्शन पनि समाचारपत्र ‘सनातन प्रभात’ मा समय-समयमा प्रकाशित भएको छ ।

‘सनातन प्रभात’ मा प्रकाशित जानकारी पढेर फरीदाबाद, हरियाणाको वैद्य भूपेश शर्माले आफ्नो घरको गमलाहरुमा ६०-७० प्रकारको जडिबुटी लगाए । उनले गाउँबाट झातो र सिलैटा पनि मगाए ।

‘सनातन प्रभात’ अनुसार भविष्यमा आउने आपदाको पूर्वतयारी गर्नको लागि वैद्य शर्माले जुन प्रकार तत्परतासँग कृति गरे, यो सबैको लागि उदाहरणीय छ । सबै साधकहरु, पाठकहरु, शुभचिन्तकहरु र धर्मप्रेमिहरु, उनी समान आपतकालको सामना गर्नको लागि तयार हुनु पर्दछ ! ’

– श्रीसत्शक्ति (श्रीमती) बिंदा सिंगबल, सनातन आश्रम, रामनाथी, गोवा (२०२०/०७/२७)

 

पाठकहरुलाई आवाहन (अपील) !

यहाँ जलप्रलयको बारेमा केही महत्वपूर्ण सूत्रहरु बताएका छन् । पाठकहरुलाई अनुरोध छ कि यस विषयमा यदि तपाईको केही सुझाव छ भने कृपया तलको वेबसाइट वा हुलाक ठेगानामा पठाउनुहोस्; यसले समाजलाई यस विषयमा व्याख्या गर्न मद्दत गर्दछ ।

वेबसाइट ठेगाना : [email protected]

हुलाक ठेगाना : श्रीमती भाग्यश्री सावंत, द्वारा ‘सनातन आश्रम’, २४/बी, रामनाथी, बांदिवडे, फोंडा, गोवा. पिन – ४०३४०१

स्त्रोत : दैनिक सनातन प्रभात

Leave a Comment