जलप्रलयको दृष्टिले भौतिक स्तरमा कस्तो पूर्व तयारी गर्नुपर्छ ? : भाग ३ 

बाढी पीडित क्षेत्रका नागरिकहरुका लागि महत्त्वपूर्ण जानकारी

वर्षा ऋतुमा अत्यधिक वर्षा हुँदा जलप्रलय (भीषण बाढी) आउँछ । अन्य ऋतुहरुमा पनि बादल फट्दा जलप्रलय हुन सक्छ । वर्ष २०१९ मा अत्यधिक वर्षाको कारण महाराष्ट्र र कर्नाटक राज्यका धेरै शहरहरु डुबेका थिए ।

धेरै गाउँहरु जोड्ने सडकहरु पानीमा डुबेका थिए, जसले यातायात ठप्प भएको थियो । हजारौं नागरिकहरुको घर पानीले भरेको थियो । केही स्थानहरुमा पानीको प्रवाह यति तिव्र थियो कि मानिस, पशु र सवारी साधनहरु पनि बगाएका थिए । पेट्रोल, डीजल, दूध आदि जस्ता महत्वपूर्ण चीजहरु पाउन गाह्रो भयो । अचानक आएको यस प्राकृतिक आपतकालको कारण जीवन पूर्णतः अस्त-व्यस्त भयो ।
‘भविष्यमा यस्तो अवस्था कहिले आउनेछ, भन्न सकिदैन ।’ त्यसैले ‘बाढीबाट प्रभावित क्षेत्रका जनताले आफ्नो सुरक्षाको लागि के गर्नुपर्छ ?’, यस विषयमा मार्गदर्शक सूत्रहरु आगाडि दिइएको छ ।

भाग २ पढ्नको लागि लिंकमा क्लिक गर्नुहोस् : https://www.sanatan.org/nepali/a/783.html

 

६. बाढीको पानीबाट बाहिर निस्कनको लागि गरिने पूर्व तयारी

अ. कहिलेकाँही बाढीको पानीको स्तर ७ – ८ फुट अथवा सो भन्दा बढी हुन्छ । यस्तो समय यदि व्यक्ति पौडी खेल्न जान्दैन भने, उसको जीवन खतरामा पर्न सक्छ । त्यसैले धेरै भन्दा धेरै व्यक्ति पौडी खेल्न सिक्नुहोस् ।

आ. बाढीको पानीबाट सुरक्षित ठाउँमा जान, ‘लाइफ ज्याकेटहरु’ (‘जीवरक्षक ज्याकेट’) को प्रयोग गर्न सकिन्छ । त्यसकारण पानी जति गहिरो भएपनि व्यक्ति पानीमा डुब्दैन । ‘लाइफ ज्याकेट’ किनेर राख्नाले आपतकालीन अवस्थामा प्रयोग गर्न सक्दछ ।

इ. गाडीको ‘टायरको ट्यूब’ मा हवा भरेर त्यसको प्रयोग गर्नाले डुब्नबाट बचाउँछ । त्यसैले घरमा जति मानिसहरु छन्, त्यतिनै संख्यामा ‘टायरको ट्यूब’ राख्नुहोस् ।

 

७. अन्य महत्त्वपूर्ण सूत्र

७ अ. जीवनावश्यक सामग्री एकत्रित राख्नुहोस्

भीषण बाढी, भूकम्प अथवा अन्य आपतकालीन घटनाहरु उत्पन्न हुँदा तत्काल घर छोडेर अन्य स्थानमा सर्नु पर्ने हुन्छ । यस्तो समयमा घरको महत्त्वपूर्ण चीजहरु एकत्रित गर्न समय हुँदैन । तसर्थ, सबै आवश्यक चीजहरु (कपडा, औषधि आदि) एकत्रित राख्नु पर्छ । झोला यस्तो हुनुपर्छ जुन पानीमा भिजदैन ।

७ आ. सामानहरु एक ठाउँमा राख्नुहोस् जुन सजीलै फेला पार्न सकिन्छ

राम्रो गुणस्तरको ‘प्लास्टिक शीट’ तथा मजबूत डोरीहरु घरमा हुनु पर्छ र तिनीहरुलाई त्यस्तो ठाउँमा राख्नुहोस् कि सजिलै फेला पार्न सकोस् । बाढीको स्थितिमा सामानहरु बॉध्न प्रयोग गर्न सकिन्छ ।

७ इ. महत्त्वपूर्ण सम्पर्क नम्बर र ठेगानाहरु नोट बुकमा लेखेर राख्नुहोस्

बिजुलीको अभावमा मोबाइल फोन चार्ज गर्नमा अवरोध उत्पन्न हुन्छ । त्यसकारण एक अर्कासँग सम्पर्कमा बाधा नहोस् यसको लागि आफन्तहरुको, पुलिस थाना, अग्निशमन दल, नजिको अस्पताल आदिको टेलिफोन नम्बर र ठेगानाहरु लेखेर आफैसँग राख्नुहोस् । अन्य मार्गद्वारा, उदाहरणको लागि अरुको मोबाइलबाट / ल्यान्ड लाइन फोनबाट सम्पर्क गर्न सकिन्छ ।

 

८. वर्षाऋतु भन्दा पहिला गर्ने पूर्व तयारी

अ. मानिसमा भन्दा पशुहरुमा संकटको सम्वेदना जान्ने क्षमता अधिक हुन्छ । तसर्थ घरपालुवा जनावरको व्यवहारमा परिवर्तन बोध भयो भने सावधान हुनुपर्छ ।

आ. जनावरहरु (कुकुर, गाई आदि) लाई सुरक्षित ठाउँमा लैजानुहोस् । त्यो ठाउँमा पानी र चारा जनावरहरुलाई उपलब्ध छ, यसमा ध्यान दिनुहोस् । यदि प्रशासन तथा स्वयंसेवी संस्थाहरुले विपत्तिको समय जनावरहरुलाई सुरक्षित ठाउँमा राख्ने प्रबन्ध गरेका छन् भने त्यसको फाइदा पनि लिन सकिन्छ । (वर्ष २०१९ मा पश्चिम महाराष्ट्रमा आएको भीषण बाढीमा मृत जानवरहरुको ज्ञात संख्या ८ हजार थियो तर त्योभन्दा पनि बढी हुन सक्दछ ।)

इ. ‘बाढी आयो भने के हामी आफन्त, चिनजान, माया गर्ने व्यक्तिको घरमा बस्न जान सक्छौं ?, यसको विचार गरेर राख्नुहोस् । जसले गर्दा अन्तिम समयमा खोजी गर्न समय व्यर्थ हुँदैन ।

ई. आपतकालीन अवस्थामा घरका वृद्ध र बच्चाहरुलाई के-के आवश्यक पर्न सक्छ, तिनीहरुको व्यवस्था गरेर राख्नुहोस् ।

उ. घरमा जमिन मुनि कोठाहरु छन् भने त्यहाँका सामानहरु माथिको तल्लामा ल्याएर राख्नुहोस् । घरमा पानी छिर्यो भने खराब हुने सामानहरु (जस्तै. गद्दा, धेरै मात्रामा तकियाहरु, ठूलो क्विल्टहरु) यी सबैलाई सुरक्षित ठाउँमा राख्नुहोस् ।

ऊ. घरमा भएको काठको फर्नीचरहरु सुरक्षित ठाउँमा लगेर राख्नुहोस् । यस्तो गर्न सम्भव छैन भने तिनीहरुलाई घरको स्तम्भहरु (सिमेन्टको खम्बा), झ्याल आदिमा बाधेर राख्नुहोस् । जसले गर्दा पानीको प्रवाहले अन्य ठाउँहरुमा बग्न सक्षम हुँदैन ।

ए. यदि बाढीको समय हामी अर्को ठाउँमा सर्नु पर्यो भने त्यस समयमा पूजा कोठाका सानो मूर्तिहरु, देवीदेवताहरुको चित्र साथमा लैजानुहोस् । सबै मूर्तिहरु साथमा लैजान सम्भव भएन भने साना मूर्तिहरु, शालिग्राम आदिलाई ‘स्टील’ अथवा ‘एल्युमिनियम’ को डब्बामा कपडा हालेर राख्न सकिन्छ । एउटै डब्बामा एक भन्दा बढी मूर्तिहरु राख्न सकिन्छ; तर दुई मूर्तिहरुमा नरम कपडा वा कपास राख्नुहोस् । जसले गर्दा मूर्तिहरु एक आपसमा टकराएर बिग्रीदैन । यो डिब्बा संभवतः आफ्नो घर (बाढी पीडित क्षेत्र) मा नराखेर आफन्त वा प्रियजनको घरमा सुरक्षित ठाउँमा राख्नुहोस् ।

ऐ. घरका भारी मूर्तिहरु अन्यत्र लैजान सम्भव छ भने सुरक्षित ठाउँमा लैजानुहोस् । यदि यो सम्भव छैन भने मूर्ति घरको अग्लो र सुरक्षित ठाउँमा राख्नुहोस् । मूर्ति राख्नको लागि अगाडि दिए अनुसार बक्स बनाउन सक्नुहुन्छ ।

पानीले खराब नहुने राम्रो गुणस्तरको काठको चौकार बक्स बनाउनुहोस् । मूर्तिहरु केही समयसम्म त्यसमा व्यवस्थित रहन सक्छ । काठको बक्समा रंग लगाउनाले वा ‘वॉटरप्रुफ कोटिंग’ गर्नाले बक्सको आयु बढ्न सक्छ । राम्रो गुणस्तको काठ उपलब्ध भएन भने फाइबर अथवा अन्य सामग्री उपयोग गरेर बक्स बनाउनुहोस् ।

ओ. बिजुलीबाट चल्ने उपकरणहरु फ्रिज), धुलाई यन्त्र (वाशिंग मेशीन), टिभी, ‘ओभन’ आदि मा) पानी छिर्नाले उपकरणहरु बिग्रन सक्छ । त्यसैले तिनीहरुलाई ‘प्लास्टिक’ ले व्यवस्थित बाधेर सुरक्षित स्थानमा राख्नुहोस् । भारी सामानहरु र उपकरणहरु सार्न सम्भव छैन भने तिनीहरुलाई माथि जस्तै प्याक गरेर चेनको सहायताले भित्तामा बाधेर राख्नुहोस् । जसले पानीको स्तर बढ्दा पनि तिनीहरु बिग्रदैन ।

औ. बाढी आएको खण्डमा, विद्युत आपूर्ति धेरै घण्टा तथा केही ठाउँमा केही दिनको लागि खण्डित हुन सक्छ । यस्तो समयमा मोबाइल ‘डिस्चार्ज’ भएर सम्पर्क गर्न अवरोध हुन्छ । त्यसैले वैकल्पिक रूपमा ‘पावर बैंक’ को उपयोग गर्न सक्दछ । यदि घरमा पुरानो मोबाइल संग्रह छ भने हेर्नुहोस् र त्यो चल्ने स्थितिमा छ या छैन जाच गर्नुहोस् । कुनै पनि समय त्यसको प्रयोग गर्न सक्नुहुन्छ ।

अं. छाता, रेनकोट तथा वर्षाऋतुमा प्रयोगमा आउने जुत्ताहरु छन् भने तिनीहरुलाई सफा राख्नुहोस् ।

क. घरको वरिपरि पानी ताल्लेर बसेको छ भने लामखुट्टे उत्पन्न हुने सम्भावना हुन्छ । त्यसकारण, यदि सम्भव छ भने वरपरको परिसरमा पानी ताल्लेर नबसोस् तथा लामखुट्टेबाट रक्षाको लागि उपायहरु अपनाउनुहोस् ।

ख. प्रशासन र मौसम विभाग द्वारा समय समयमा प्रसारित गरेको जानकारीको पालना गर्नुहोस् । तिनीहरुलाई बेवास्ता नगर्नुहोस् ।

 

मानिस, आपतकालको दृष्टिले भौतिक स्तरमा तयारी
गर्नुको साथै साधना आरम्भ गरि आध्यात्मिक स्तरमा पनि तयारी गर्नुहोस् !

भीषण बाढीको दृष्टिले भौतिक स्तरमा पूर्व तयारी गर्दा पनि हाम्रो रक्षा हुनको लागि ईश्वरको नित्य आराधना (साधना) गर्नु पर्दछ । सामान्य व्यक्ति आपतकालीन स्थितिमा डराउँछ । साधना गर्ने व्यक्तिको (साधकको) मनमा दृढ श्रद्धा हुन्छ कि ईश्वरले प्रत्येक स्थितिमा उसको रक्षा गर्नेछ, त्यसैले उनी कठिन परिस्थितिमा पनि स्थिर रहन सक्षम हुन्छ । जीवनमा घट्ने दुःखद घटनाहरुलाई धैर्यको साथ सामना गर्ने शक्ति केवल साधनाबाट नै प्राप्त हुन्छ ।

मानिसहरु, सम्भावित आपतकालमा स्वयंको जीवन सुसह्य बनाउनको लागि साधना त्वरित सुरु गर्नुहोस् र आपतकालको सामना गर्नको लागि सबै तहमा तयार रहनुहोस् !

(प्रस्तुत लेखमालाको सर्वाधिकार (कॉपीराईट) ‘सनातन भारतीय संस्कृति संस्था’ सँग संरक्षित छ ।)

भाग ४ पढ्नको लागि अगाडि दिएको लिंकमा क्लिक गर्नुहोस् : https://www.sanatan.org/hindi/a/30621.html

Leave a Comment