बाढीको पानी घटेपछि लिनु पर्ने आवश्यक सावधानिहरु’ को सन्दर्भमा मार्गदर्शक सूत्र : भाग ५

सबै नागरिकहरु को लागि महत्त्वपूर्ण जानकारी

वर्ष २०१९ मा महाराष्ट्र र कर्नाटक राज्यहरुको केही शहरहरुमा बाढी आएपछि ‘यस परिस्थितिमा के गर्नु पर्छ’, यसको ज्ञान नहुनाले अनेक नागरिक संकटमा परे । यस्तो स्थितिमा नागरिकहरु अयोग्य कार्य गर्न सक्छन् अथवा अयोग्य निर्णय पनि लिन सक्छन् । यस्तो नहोस्; यसको लागि ‘बाढीको कारण घर छोडेर अन्यत्र सुरक्षित स्थानमा जाने समय के गर्नु पर्छ ?’, साथै बाढीको पानी घटेपछि कुन सावधानिहरु अपनाउनु पर्छ ?, यस सन्दर्भमा आगाडि मार्गदर्शक सूत्र दिएको छ ।

भाग ४ पढ्नको लागि अगाडिको लिंकमा क्लिक गर्नुहोस् : https://www.sanatan.org/nepali/a/813.html

१२. बाढीको कारण बाढी प्रभावित क्षेत्रमा रहेको घर

छोडेर अन्य सुरक्षित ठाउँमा जाँदा के गर्नुपर्छ ?

 

अ. यदि घर छोडेर जाने स्थिति आयो भने पहिला बच्चा, स्त्री र वयस्क व्यक्तिलाई पठाउनुहोस् ।

आ. घरको बिजुलीको मुख्य प्रवाह बटन (मेन स्विच) बन्द गरि बिजुलीको प्रवाह खण्डित गर्नुहोस् । सकेटबाट बिजुली उपकरणहरु निकालेर राख्नुहोस् ।

इ. फ्रिज, धुलाईयन्त्र (वाशिंग मेशीन), ल्यापटप, टेलिभिजन सेट जस्ता उपकरणहरुमा पानी नछिरोस् यसको लागि ती उपकरणहरुलाई सुरक्षित ठाउँमा लैजानुहोस् ।

ई. घरमा स्थित काठको सामग्री सकेसम्म उच्च स्थानमा राख्नुहोस् । पानीमा भिजेर खराब हुने कागजपत्र, साथै बहुमूल्य सामानहरु प्लास्टिकको झोलामा राखेर साथमा लैजानुहोस् ।

उ. घरको ढोका र झ्यालहरु ठीकसँग बन्द गर्नुहोस्, साथै अलमारीको ढोकाहरु पनि सबै बन्द गर्नुहोस् ।

ऊ. सम्भवतः फ्रिज खाली गर्नुहोस् र बन्द गरेर राख्नुहोस् । भन्छा घरमा स्थित ‘ग्यास सिलिन्डर’ को मुख्य बटन बन्द गर्नुहोस् ।

ए. घरमा खराब हुने पदार्थ (उदा. तरकारी, फलफूल र दूध) नराख्नुहोस् ।

ऐ. यदि ढल निकास अवरुद्ध भयो भने ढलको पानी घरमा प्रवेश गर्न सक्छ । त्यसैले घर बन्द गर्ने समयमा पानीको स्तरमा वृद्धि हुन्छ भने बोरामा बालुवा भरेर शौचालयको कमोडमा राख्नुहोस् । यसो गर्दा ढलको पानी घरमा प्रवेश गर्नबाट रोकिन्छ ।

ओ. स्थानांतरित हुने समय साथमा पर्याप्त कपडा तथा अन्य जीवनोपयोगी सामानहरु लैजानुहोस् ।

 

१३. बाढीको स्थितिमा घर छोडेर जाने समय स्वयंको साथ राख्न योग्य आवश्यक सामग्री

अ. बहुमूल्य सामानहरु, महत्त्वपूर्ण कागजपत्र र नगद धनराशि

आ. प्राथमिक चिकित्सा बक्स, औषधि, लामखुट्टे प्रतिरोधी उदबत्ती अथवा ‘ओडोमॉस’

इ. प्राणरक्षक सामग्री (लाईफ ज्याकेट, टायर ट्युब इत्यादि), टर्च, साथै सीटी

ई. आफ्नो इष्टदेवताको चित्र

उ. मोबाइल र चार्जर

ऊ. छाता, रेनकोट, साथै वर्षाऋतुमा उपयोग हुने बूट

ए. आवश्यक कपडा, साथै अन्य जीवनोपयोगी सामानहरु

ऐ. सुक्खा खाद्यपदार्थ र पानीको बोतल

 

१४. बाढीको स्थितिमा घरबाट बाहिर जाँदा निम्न सावधानि अपनाउनुहोस् !

अ. बगि रहेको पानीमा नहिँड्नुहोस् । पानीमा जान आवश्यक छ भने जहाँ पानी बगेको छैन त्यहाँबाट जानुहोस् । जहाँ हामी पाइला राख्ने छौं त्यहाँको भूमि बलियो छ यो सुनिश्चित गर्न लठीको उपयोग गर्न सक्छौं ।

आ. बाढी ग्रस्त क्षेत्रमा वाहन नचलाउनुहोस् । यदि चार पांग्रे सवारी चलाउँदा पानीको स्तर बढ्न थाल्यो भने तब वाहनलाई त्यही छोडेर उच्च स्थानमा जानुहोस् ।

इ. यदि वर्षाको कारण सबैतर्फ भिजेको छ भने बिजुलीको खम्बा नछुनुहोस् । परिसरमा रुख अथवा बिजुलीको तार बिग्रेको छ भने, स्पर्श नगर्नुहोस् । दमकल र बिजुली विभागलाई यसको सूचना दिनुहोस् । सडकमा लडेको रुख-झाडीहरुलाई नछुनुहोस्; किनकि त्यस्ता रुखहरुमा बिजुलीको तार खस्ने सम्भावना हुन्छ ।

 

१५. बाढीको पानी घटेपछि अपनाउने आवश्यक सावधानि

अ. पानीको स्तर घट्न आरम्भ भएकपछि अन्यत्र स्थानान्तरण भएका मानिस आफ्नो घर फर्कन थाल्छन् । जब प्रशासनले हाम्रो क्षेत्रलाई पुनर्वासको लागि सुरक्षित घोषणा गर्दछ तब मात्र घर फर्कनुहोस् ।

आ. माटोको घर हो भने अनुभवी व्यक्तिबाट घर बस्नको लागि सुरक्षित छ भनेर सुनिश्चित गर्नुहोस् ।

इ. बिजुली विभाग द्वारा बिजुली प्रयोग गर्नको लागि सूचना नदिएसम्म बिजुलीको उपयोग नगर्नुहोस् । बिजुली प्रवाह आरम्भ गरेपछि बिजुलीको लाइनमा कुनै बाधा छैन यसको पुष्टि गर्नुहोस् । ३-४ दिनपछि बिजुली उपकरणहरुको उपयोग शुरु गर्नुहोस् ।

ई. वाहन, बिजुलीको उपकरण, साथै घरको सामाग्री नयाँ छ र यदि तिनीहरुको बीमा भएको कारण हानिभरपाई मिल्छ भने तब बीमा प्रतिनिधिलाई आएर पंचनामा गर्नको लागि भन्नुहोस् । यस्तो गर्न सम्भव छैन भने बीमा प्रतिनिधिको मार्गदर्शन लिएर हानि पुगेको सामानहरुलाई हटाउनु भन्दा पहिला फोटो खिचेर पंचनाम गर्नुहोस् ।

उ. ग्यास सिलिन्डरबाट ग्यास लीक भइरहेको छ भने बिजुलीको प्रवाहको मुख्य बटन (मेनस्विच) बन्द गर्नुहोस् । त्यो समय घरको पंखा, बत्ती आदि चलिरहेको अवस्थामा छ भने तिनीहरुलाई बन्द नगर्नुहोस्; तर कुनै पनि बिजुलीको उपकरण शुरु नगर्नुहोस् अन्यथा ‘विस्फोट’ हुन सक्छ ।

सिलिन्डर खुल्ला स्थान अर्थात् हवाको सम्पर्क हुने ठाउँमा राख्नुहोस् । घरमा ग्यासको गन्ध फैलिएको छ भने बिजुलीको बटन नदबाउनुहोस् । घरको ढोका र झ्याल खोलि दिनुहोस् । घरमा फैलिएको ग्यास हावाको साथ बाहिर जान्छ ।

ऊ. घरको भित्ता र स्विच बोडहरु भिजेको छ भने बिजुलको उपकरणहरु चालु गर्न अत्यन्त संकटकारी हुन्छ । यसले बिजुलीको झटका लाग्न सक्छ । घर सुकेपछि बिजुली विशेषज्ञ द्वारा जाच गरेपछि मात्र बिजुली प्रवाह शुरु गर्नुहोस् ।

ए. बाढीको पानीसँग सर्प, बिच्छू, मुसा, भ्यागुता घरमा प्रवेश गर्न सक्छन् । त्यसैले भुइँ वा कुनामा राखेको सामानहरु सावधानीपुर्वक चलाउनुहोस् ।

ऐ. यदि घरमा फोहर छ भने स्वच्छ गर्ने समय र त्यहाँको सामग्री निकालने समय बूट र पन्जा लगाउनुहोस् । यसले तीखो बस्तुहरु जस्तै कैंची, चक्कुहरु बाट र साथै विषाक्त कीराहरु र जनावरहरुको फोहरबाट रक्षा हुन्छ ।

ओ. बाढीको पानीसँग सम्पर्कमा आएका सामाग्रीहरु (उदा. काठको फर्नीचर, कपडा, भाँडा आदि) प्रयोग गर्नु अघि पुछने वा धुनु पर्छ । घरमा स्थित फलामको सामग्रीमा (अलमारी, ओछ्यान, कुर्सी, आदि मा) खिया नलागोस् यसको लागि तिनीहरुलाई सुक्खा कपडाले पुछ्नुहोस् ।

औ. भुइँ सफा गर्नको लागि ‘लाइजॉल’ जस्तो जीवाणुनाशक रसायनको उपयोग गर्न सकिन्छ । नीमको पात र कपूर जलाएर घरमा धूप देखाउनुहोस् । यसले घरको वातावरण शुद्ध भएर घरको निर्जीवीकरण हुन्छ ।

अं. प्रतिदिन १० मिनेटसम्म पानी उमालेर मात्र पिउनुहोस् । बाढीको पानीले भिजेको खाद्यपदार्थ नखानुहोस् ।

क. घरमा राखिएको औषधि भिजेको छ भने प्रयोग नगर्नुहोस् । औषधिहरु सुक्खा हुँदा मात्र प्रयोग गर्न सकिन्छ ।
ख. बाढीको पानीलाई वरपरको परिसरमा जम्मा हुन नदिनुहोस् ।
ग. पूजाघरमा अवस्थित देवी-देवताहरुको मूर्तिको पूजा

पूजाघरको मूर्तिहरुलाई पञ्चगव्यले (गाईको दूध, दही, घीउ, मूत्र र गोबरले) अभिषेक गर्नुहोस् । तत्पश्चात पञ्चामृत (दूध, दही, घीउ, मह, चीनी) ले मूर्तिहरुमा अभिषेक र जलाभिषेक गरि पहिलाको भांति पूजा गर्न आरम्भ गर्नुहोस् ।

घ. पूजाघरका स्थित देवता तथा सन्तहरुको चित्र/फोटोको पूजा

देवी-देवताको मुर्तिको लागि दिएको माथिको सूत्र लागु गर्न आवश्यक पर्दैन । सामान्य दिनको जस्तै देवी-देवताको चित्र/फोटोको पूजा गर्न सक्छौं ।

आपदाको समय ‘राष्ट्रीय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण’ को (National Disaster Risk Reduction and Management Authority) हेल्पलाईन क्रमांक ०१-४२००२५७ मा सम्पर्क गरेर मार्गदर्शन लिन सकिन्छ ।

 

पाठकहरुलाई आवाहन !

बाढीको दृष्टिले यहाँ केही मार्गदर्शक सूत्रहरु दिएको छ । यस विषयको परिप्रेक्ष्यमा पाठकहरुलाई अन्य केही सूत्र सुझाव छ भने निम्नांकित ईमेल अथवा हुलाक ठेगानामा पठाउन अनुरोध गर्दछौं ! यसले समाजमा अझ गहिराईमा उपयोगी सामाग्री पस्तुत गर्न मद्दत गर्नेछ ।

ईमेल ठेगाना : [email protected]

हुलाक ठेगाना : श्रीमती भाग्यश्री सावंत, द्वारा ‘सनातन आश्रम’, २४/बी, रामनाथी, बांदिवडे, फोंडा, गोवा. पीन – ४०३४०१

(प्रस्तुत लेखमालाको सर्वाधिकार (कॉपीराईट) ‘सनातन भारतीय संस्कृति संस्था’ को साथ सुरक्षित छ ।)

Leave a Comment