बाढी जस्तो विनाशकारी संकटको स्थिति सामना गर्नको लागि साधना गरि आत्मबल बढाउनुहोस् !

 

बाढी ग्रस्त क्षेत्रको पाठकहरु, शुभचिन्तकहरु र धर्मप्रेमिहरुलाई अनुरोध र साधकहरुलाई सूचना !

‘तुफान, पहिरो, भूकम्प, बाढी, तेस्रो विश्वयुद्ध आदि जस्ता संकटकालीन परिस्थितिहरु कुनै पनि क्षण उत्पन्न हुन सक्छ । यस्तो अवस्थामा के गर्नुपर्छ भन्ने ज्ञानको अभावले गर्दा सामान्य मानिस डराउँदछ र उसको मनोबल पनि कम्जोर हुन्छ । कहिलेकाँहि उसले केही अयोग्य कार्य गर्ने वा निर्णय लिने सम्भावना पनि हुन्छ । यस्तो परिस्थितिमा धैर्यको साथ सामना गर्नको लागि दैनिक जीवनमा नामजप साधना गरेर आत्मविश्वास बढाउनु आवश्यक हुन्छ ।

संकटकालीन परिस्थितिमा पनि साधनाको दृष्टिले कसरी प्रयास गर्न सकिन्छ? यस सन्दर्भमा निम्न सूत्रहरु दिइएका छन् ।

 

१. भगवानलाई प्रार्थना गर्नुहोस्

यस्तो अवस्थामा प्रतेक १५ मिनेट अथवा ३० मिनेटमा भगवान श्रीकृष्ण, ग्रामदेवता, स्थानदेवता र वास्तुदेवतालाई मनोभावसँग प्रार्थना गर्नुहोस्, ‘हे भगवना, हामी तपाईको चरणमा शरणागत छैं । तपाई हाम्रो मुक्तिदाता बन्नुहोस् । मबाट तपाईको नामजप निरन्तर होस् । म, मेरो परिवारका सदस्यहरु र मेरो घरको वरिपरि तपाईको नामजपको सुरक्षाकवच बनोस् ।’

 

२. अधिकाधिक नामजप गर्नुहोस्

दिन भरमा अधिकतम समय भगवान श्रीकृष्ण वा कुलदेवता वा इष्टदेवताको नामजप गर्नुहोस् । यस्तो स्थितिमा देवताको नाम नै एकमात्र आधार हुनाले मनमनै नामजप गरि राख्नुहोस् । नामजप लगाउनको लागि सुविधा छ भने मोबाइल वा ध्वनियन्त्रमा नामजप लगाउनुहोस् । यसले नामजप निरन्तर हुनेछ ।

 

३. अरुलाई मद्दत गर्दा कस्तो भाव राख्ने ?

यो आपत्तिमा सबैले एक-अर्कालाई मद्दत गर्नुहोस्, साथै मानसिक आधार दिएर भगवानप्रति श्रद्धा बढाउनको लागि प्रयास गर्नुहोस् । ‘सामाजिक भाईचाराको पालन गर्नुहोस्’, प्रत्येक व्यक्तिको धर्मकर्तव्य नै हो; तर अरुलाई मद्दत गर्दा यो मद्दत मैले होइन भगवानले नै मबाट गरिरहनु भएको छ’, यस्तो भावको साथ नामजप गर्दै मद्दत गर्नुहोस् । यसले हाम्रो मनमा कर्तापनको विचार आउँदैन र यसले व्यक्तिको साथ लेनदेन हुँदैन ।

 

४. स्वभावदोष र अहंको तीव्रता कम गर्नको लागि प्रयास गर्ने

यस्तो स्थितिमा सानो-सानो कारणले मन विचलित हुने, चिन्ता लाग्ने, साथै भय प्रतीत भएर अस्वस्थता बढ्ने आदि स्वभावदोषहरुको प्रकटीकरण हुने सम्भावना हुन्छ । यस्तो स्थितिमा उचित स्वसूचनाहरु लिनाले यस्तो स्थितिबाट बाहिर निक्लनमा सहायता मिल्दछ ।

४ अ. यदि चिन्ता लाग्छ भने निम्नांकित स्वसूचना लिन सकिन्छ !  (‘अ २’ स्वसूचना पद्धति)

प्रसंग : अत्यधिक वर्षाको कारण सर्वत्र पानीले भरिएको छ ।

स्वसूचना : जब शहरमा बाढीको स्थिति देख्दा मेरो मनमा ‘अब मेरो र घरको के हुनेछ ?’, यस प्रकारको चिन्ताको विचार आउनेछ, त्यो समय वर्तमानकालमा रहनाले समस्याको सामना गर्न सक्नेछु । ईश्वरलाई पनि यहि राम्रो लाग्नेछ । घरको सामग्री पानीबाट सुरक्षित स्थानमा राख्ने, साथै परिवारका सदस्यहरुलाई सहायता गरि उनीहरुलाई धैर्य दिनु वर्तमानकालमा मेरो कर्तव्य/साधना हो’, यसलाई म सम्झने छु र म यस कठिन स्थितिको सामना गर्नको लागि समय-समयमा प्राप्त ज्ञान अपनाएर नामजप गर्दै उचित कृत्य गर्नेछु ।

४ आ. डर लाग्दा निम्न प्रकारले प्रसंगको अभ्यास गर्न आवश्यक ! (‘अ ३’ स्वसूचना पद्धति)

हामीलाई जुन प्रसंगले डल लाग्छ, त्यो प्रसंगको सामना गर्नु भन्दा पहिला ‘अ३’ स्वसूचना पद्धति अनुसार प्रसंगको अध्यन गर्नुहोस् । यसको एउटा उदाहरण तल दिइएको छ ।

प्रसंग : ‘केही दिनदेखि शहरमा बाढीको स्थिति छ ।’, यस सन्दर्भमा टेलिभिजना मैले समाचार देखें । त्यसपछि ‘हाम्रो घरको नजिकै नदी छ, त्यो नदीमा पनि बाढी आउनेछ । बाढी आएपछि हामी सुरक्षित स्थानमा जानको लागि कहाँ जाने । तब ‘के अन्य स्थानमा स्थलांतर गर्न मलाई सम्भव हुनेछ ?’, यस विचारले मलाई डर लाग्यो ।

१. हाम्रो घर नजिकैको नदीमा बाढी आएको कारणले नगरपालिकाको कर्मचारिले हामीलाई अन्यत्र स्थलांतर गर्न आग्रह गरेका छन् ।

२. म ईश्वरलाई आर्तभावसँग प्राथना गरिरहेको छु, ‘तपाई मलाई यो स्थितिबाट सुरक्षित बाहिर निकालि दिनुहोस्’ ।

३. म आवश्यक सामग्री साथमा लिएर परिवारका सदस्यहरुसँग घरबाट निक्लिदै छु ।

४. ‘कसरी संकटकको स्थितिबाट बाहिर आउने ?’, यस सम्बन्धि ज्ञान भएका केही सहयोगी मेरो साथ छ । उनको सहायताले म बाढीको पानीबाट मार्ग निकाल्दै अगाडि बढि रहेको छु । जहाँ अधिक पानी छ, त्यहाँ म सर्तक भएर मार्ग निकालि रहेको छु । म मनमनै प्रार्थना र नामजप गरिरहेको छु ।

५. जब कुनै समस्या आयो, तब मेरो सहयोगिहरुबाट सहयोग प्राप्त भएर ईश्वरको कृपाको अनुभव गरिरहेको छु र त्यसले मेरो मन आश्वस्त भएर ईश्वरप्रति मेरो श्रद्धा बढि रहेको छ ।

६. ईश्वरको कृपाले म सुरक्षित स्थानमा सुरक्षित रुपमा पुग्न सक्षम भएको छु ।

७. ईश्वर प्रति कृतज्ञता व्यक्त गरि म सबै सामग्री ठीकसँग राखि रहेको छु ।
स्वसूचनाहरुको सन्दर्भमा सनातन द्वारा प्रकाशित ‘स्वभावदोष-निर्मूलन प्रक्रिया (भाग २)’ ग्रन्थमा दिइएको छ ।

 

ईश्वर प्रति भक्त प्रल्हाद जस्तै अटूट भक्ति उत्पन्न गर्नको लागि प्रयास गर्नुहोस् !

ईश्वर प्रति श्रद्धा छ भने कुनै पनि संकटबाट बाहिर निक्लनको लागि शक्ति प्राप्त हुन्छ । यसमा भक्त प्रल्हादको उदाहरण सर्वविदित छ । ठूलो-ठूलो संकट उत्पन्न हुँदा पनि प्रल्हादको ईश्वरप्रति श्रद्धा तनिक पनि कम भएन । प्रत्येक पटक उनी अत्यन्त श्रद्धापूर्वक ‘नारायण, नारायण’ पुकारिरहे । उसको आर्त पुकार सुनेर ईश्वर नृसिंह रूप धारण गरि दैडिदै आउनु भयो ।

‘मनुष्यमा ईश्वर प्रति कति अटूट र अचल निष्ठा हुनुपर्छ’, यो उदाहरणबाट ध्यानमा आउँछ । भक्तिको उच्च स्थिति प्राप्त गर्नको लागि साधना अतिरिक्त अन्य कुनै विकल्प छैन । साधनाको नित्य प्रयास गर्नु ईश्वरप्रति अचल श्रद्धा उत्पन्न हुनको लागि पहिलो कदम हो । प्रल्हादको जस्तै अचल निष्ठा उत्पन्न हुनको लागि प्रयास गरि सबै ईश्वरको अपार कृपा महसुस गर्नुहोस् ।

स्रोत : दैनिक सनातन प्रभात

Leave a Comment