आकाशमा बिजुली चम्किरहेको छ भने, निम्न सावधानिहरु अपनाएर सुरक्षित रहनुहोस् !

१. महत्त्वपूर्ण सुचनाहरु

अ. चट्याङ्गले घरको साथै प्राणहानि नहोस् यसको लागि घरमा बिजुली निवारक (लाईटनिंग एरेस्टर) तन्त्र स्थापित गर्न अत्यन्त आवश्यक छ । आफ्नो घरमा बिजुली निवारण तन्त्र स्थापित गरेको छ, यसको सुनिश्चित गर्नुहोस् ।

आ. घरको गीलो पर्खाल, धातुको फर्नीचर आदि बिजुलीको वाहक हुन्छन् । घर बाहिर चट्याङ्ग लाग्दा घरको गीलोपनले संकट उत्पन्न हुन सक्छ; त्यसैले वर्षाऋतु भन्दा पहिला घरको पर्खालहरुको गीलोपन सुकाउनुहोस् र भविष्यमा पुनः गीलो नहोस् यसको लागि निर्माण विशेषज्ञको मार्गदर्शन लिएर आवश्यक सुधार गर्नुहोस् ।

इ. तार विद्युत-वाहक हुनुको कारण घर, खेत, बगैंचा आदि वरपर तरको घेरा नबनाउनुहोस् । यदि पहिला नै घेरा बनाएको छ भने त्यसको कारण हानि नहोस् यसको लागि राम्रोसँग अर्थिंग गर्नुहोस् ।

ई. यदि तपाई को भवन बाहिर हाइ टेन्शन तार छ र रुखहरु छेउमा छन् भने वर्षा अथवा ठूलो बतासको कारण रुख भाचिएर प्राणहानि हुन सक्छ । त्यसकारण स्थानीय विद्युत विभागलाई सम्पर्क गर्नुहोस् र विद्युत तारको छेउमा रहेको रुखको हाँगाहरु काट्नको लागि भन्नुहोस् ।

उ. कुनै पनि बिजुलीको तारमुनि नउभिनुहोस् र त्यस्ता ठाउँमा मोबाइलमा कुरा नगर्नुहोस् । कुनै पशु पनि त्यहाँ उभिएको छैन, यसमा ध्यान दिनुहोस् । बिजुलीको तरबाट झिल्काहरु निस्किरहेको छ भने तुरुन्त विद्युत विभागलाई सूचित गर्नुहोस् ।

ऊ. बिजुलीको खम्बा, बिजुलीको तार साथै रुखको तल मोटरसाइकल वा गाडी राखिएको छ भने चक्रवातको कारण खम्बा वा रुख वाहनमाथि खसेर ठूलो हानि हुन सक्छ । त्यसैले वाहन राख्ने वा चलाएर जाने यस्तो कृत्य नगर्नुहोस् ।

ए. वर्षाऋतुमा अनिश्चित अवधिको लागि बिजुली आपूर्ति बन्द हुन सक्छ । त्यसैले घरमा बत्तीहरु, मैनबत्तीहरु, टर्च, लालटेन आदिको प्रबन्ध गर्नुहोस् ।

ऐ. प्रशासनले समय-समयमा मौसम सम्बन्धित प्रसारण गरेको जानकारीको पालना गर्नुहोस् । जानकारीको बेवास्ता नगर्नुहोस् ।

 

२. बिजुली चम्किने समय घरमा हुनुहुन्छ भने यी सावधानिहरु अपनाउनुहोस् ?

अ. घरबाट बाहिर नजानुहोस्, साथै कौसीमा नजानुहोस् ।

आ. घर बाहिर नजानुहोस्, छेउछाउका घरहरुको छत साथै वस्तुहरु हावाले उडाएर हानि पुग्न सक्छ ।

इ. झ्याल र ढोका राम्रोसँग बन्द गर्नुहोस् । हवाको वेगको कारण ढोका स्वत: नखोलोस् यसको लागि भारी वस्तुहरु भित्र राख्न सकिन्छ ।

ई. झ्यालको सिसा फुटेर चोट लाग्न सक्छ । यस कारणले गर्दा झ्याल नजिक नबस्नुहोस्, नसुत्नुहोस् ।

उ. घरको मुख्य बिजुली प्रवाह बटन (मेन स्विच) बन्द गर्नुहोस् । सकेटबाट टिभी, मिक्सर आदि उपकरणहरुको पिन (प्लग) निकालेर राख्नुहोस् ।

ऊ. यस समयमा लिफ्ट, एसी, कपाल ड्रायर आदि प्रयोग नगर्नुहोस् । फ्रिजलाई नछुनुहोस् ।

ए. कहिलेकाँही संकटकालमा अफवाहहरु फैलाउछ; त्यसैले कुनै पनि अफवाहहरुमा विश्वास नगर्नुहोस् । शासन द्वारा आधिकारिक रूपमा प्रसारित सूचनाहरु मात्र विश्वास गर्नुहोस् ।

 

३. घरबाट बाहिर हुँदा अपनाउने सावधानिहरु

अ. खुला आकाश मुनि (उदा. मैदान, समुद्री किनार आदि), साथै बिजुलीको खम्बा, मोबाईल टावर, दलदल ठाउँहरु, पानी ट्यांक्की, टिनको टहरा आदि स्थानहरुमा नरोक्नुहोस् ।

आ. दुई पाङ्ग्रो वाहन तथा ट्रयाक्टर चलाउने समय अथवा ङुगाबाट जाने समय तुरन्त सुरक्षित स्थानमा जानुहोस् । चार पाङ्ग्रो वाहनबाट यात्रा गर्ने समय सुरक्षित स्थानमा रोकेर गाडी भित्रै बस्नुहोस् ।

इ. दुई पाङ्ग्रो या चार पाङ्ग्रो वाहन बिजुलीको खम्बा अथवा रुख भन्दा टाढा सुरक्षित ठाउँमा रोक्नुहोस् । चार पाङ्ग्रो वाहनको झ्याल र ढोका राम्रोसँग बन्द छ यसको सुनिश्चित गर्नुहोस् । पाङ्ग्राको तल ढुङ्गा राख्नुहोस् किनकि चक्रवाती हवाको गतिले वाहन यता-उता जाने सम्भावना हुन्छ ।

ई. रुखहरुमा आकाशीय बिजुली आकर्षित हुन्छन्; त्यसैले कुनै पनि रुखमुनि नरोक्नुहोस् । चट्याङ्ग भूमिमा भन्दा उच्च स्थानहरुमा अधिक मात्रामा आकर्षित हुन्छन्; त्यसैले उच्च स्थनमा प्राणको संकट हुन्छ ।

उ. यदि वर्षा भईरहेको छ र सबै ठाउँ ओसिलो छ भने यस्तो समयमा कुनै पनि बिजुलीको खम्बा स्पर्श नगर्नुहोस्; किनकि गीलोपनको कारण बिजुलीको झट्का लाग्न सक्छ ।

ऊ. सडकमा ढलेको रुखलाई स्पर्श नगर्नुहोस् किनकि यस्तो रुखमा बिजुलीको तार झरेको हुन सक्छ ।

ए. पानी विद्युत वाहक हुनुको कारण पानीको स्रोतहरुबाट टाढा रहनुहोस् ।

ऐ. खेतमा अथवा पानीमा काम गरिरहेको व्यक्ति तत्काल सुख्खा र सुरक्षित ठाउँमा जानुपर्दछ ।
ओ. बिजुलीबाट चल्ने उपकरणहरु, साथै धातुबाट बनेको वस्तुहरु विद्युतीय वाहक हुनाले प्रयोग नगर्नुहोस् । यस्तो समयमा धातुको तार भएको छाता पनि प्रयोग नगर्नुहोस् ।

 

४. बिजली चम्कन बन्द भएपछि गर्ने आवश्यक कृत्य

अ. वातावरण सामान्य नभएसम्म घरबाट बाहिर नजानुहोस् ।

आ. चक्रवात र वर्षाको कारण परिसरमा रुख ढलेको छ अथवा बिजुलीको तार बिग्रिएको छ भने स्पर्श नगर्नुहोस् । यस सन्दर्भमा दमकल विभाग र विद्युत विभागलाई तुरुन्त सूचित गर्नुहोस् ।

इ. यदि घरमा ग्यास सिलिन्डरबाट ग्यास चुहावट छ भने बिजुलीको प्रवाहको मुख्य बटन (मेन स्विच) बन्द राख्नुहोस् । जब बिजुली चम्किन बन्द हुन्छ सिलिन्डरलाई हावा चल्ने ठाउँमा राख्नुहोस् जस्तै कौसी । यदि घरमा ग्यासको गन्ध फैलिएको छ भने बिजुलीको बटन नदबाउनुहोस् ।

ई. यदि वाहन, विद्युतीय उपकरण, साथै घरमा भएको नयाँ सामग्री, तिनीहरुको बीमा गरेको छ र प्राकृतिक विपत्तिले गर्दा हुने नोक्सानीको क्षतिपूर्ति मिल्छ भने यस्तो अवस्थामा बीमा प्रतिनिधिको मार्गदर्शन लिनुहोस् । क्षतिग्रस्त वस्तुहरुलाई उठाउनु भन्दा पहिला तिनीहरुको तस्वीर लिनुहोस् र पञ्चनामा गर्नुहोस् ।

आपदाको समय राष्ट्रीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकारण (National Disaster Risk Reduction & Management Authority) को हेल्पलाइन नम्बर ०१-४२००२५७ मा सम्पर्क गरेर मार्गदर्शन लिन सकिन्छ ।

पाठकहरुलाई आवाहन !

यहाँ चक्रवातको दृष्टिले केही मार्गदर्शन सूत्र दिएका छन् । यो परिप्रेक्ष्यमा पाठकसँग अनुरोध छ कि केही सूत्र बताउनु छ भने कम्प्युटर वा हुलाक ठेगानामा पठाउनुहोस् ! यसले समाज अगाडि व्यापक दृष्टिले विषय राख्नमा सहायता हुनेछ ।

कम्प्युटर ठेगाना: [email protected]

हुलाकको ठेगाना : श्रीमती भाग्यश्री सावंत, द्वारा सनातन आश्रम, २४/बी, रामनाथी, बांदिवडे, फोंडा, गोवा – ४०३४०१

स्त्रोत : दैनिक सनातन प्रभात

Leave a Comment