आपतकालमा जीवनरक्षा हेतु आवश्यक पूर्व तयारी : भाग – ३

आपतकाल पार गर्नको लगि साधना सिकाउने सनातन संस्था !

अखिल मानवजातिलाई आपतकालमा जीवित रहनको लागि
पूर्व तयारीको विषयमा मार्गदर्शन गर्नुहुने एकमेव परात्पर गुरु डॉ. जयंत आठवलेजी !

यस श्रृंखलाको पहिलो लेखमा बाढी, भूकम्प, विश्व युद्द, कोरोना महामारी आदि जस्ता प्रतिकूल समयमा बच्चनको लागि आवश्यक उपायहरुको बारेमा हामीले माटोको स्टोभ, बायोग्यास आदि जानकारी लियौं । दोस्रो श्रृखलामा सब्जि, फलफूल आदिको खेती गर्ने विषयमा जानकारी लियौं । यो श्रृखलामा लामो समयसम्म टिकने पदार्थहरुको विवेचन गरिएको छ । आपतकालमा सामान्य दिनको जस्तै बिहानको, दिउँसो, साझ खाजा वा खाना बनाउन सम्भव हुन सक्दैन त्यसैले भोकमारीको सामना गर्न नपरोस् यसको लागि पहिलानै घरमा अगाडि दिएको टिकाऊ पदार्थहरु बनाएर राख्नुहोस्, तिनीहरु काममा आउँनेछन् ।

भाग २ पढ्नको लागि : ‘आपतकालमा जीवनरक्षा हेतु पूर्व तयारी भाग – २’

३. आपतकालको दृष्टिले शारीरिक स्तरमा आवश्यक विभिन्न तयारीहरु !

३ अ ५. विभिन्न टिकाऊ खाद्यपदार्थ खरीद गर्नुहोस् अथवा घरमा बनाएर राख्नुहोस्

आपतकालमा यस्तो स्थिति निर्माण हुन सक्छ कि खाना बनाउनको लागि ईन्धनको अभाव, घरमा बिरामी सदस्यहरु, अचानक अन्य स्थानमा सर्नुपर्ने, बाजारमा साग-सब्जिहरुको अभाव इत्यादि । यस्तो समयम सधैजस्तो बिहान, दिउँसो र साझको खाजा/खाना बनाउन सक्दैनौं । यो स्थितिको लागि विभिन्न टिकाऊ खाद्यपदार्थहरु संग्रह गर्नु उपयुक्त हुन्छ ।

अ. अगाडि दिएको पदार्थहरु मध्ये केहि पदार्थहरु बाजारबाट किनेर राख्न सक्छौं । घरमा अहिले देखिनै यस्तो पदार्थहरु बनाएर राख्ने बानी बसालौं; किन कि आउने दिनहरुमा आपतकालको तीव्रता जब बढ्दै जान्छ तब यी पदार्थहरु बाजारमा उपलब्ध हुन पनि कठिन हुन्छ ।

आ. अगाडि दिएको विभिन्न पदार्थहरु उदाहरण स्वरूप हुन् । यसको साथै यहाँ उल्लेख गर्ने समय अधिकतर महाराष्ट्रको दृष्टिले विचार गरिएको छ । पाठक आ-आफ्नो राज्य अथवा देश अनुसार टिकाऊ पदार्थ खरीद गरेर राख्न सक्छ अथवा घरमा बनाउन सक्छ ।

इ. हामीले टिकाऊ पदार्थ बनाउने विधि विस्तारमा दिएका छैनौं । धेरैलाई विधि थाहा हुन पनि सक्छ । तर आपतकालको विचार गरि अनेक स्थानहरुमा टिकाऊ पदार्थ अधिक समयसम्म खानयोग्य कसरी राख्ने, यस सन्दर्भमा उपयुक्त सूचनाहरु दिएका छौं ।
पाठकलाई यदि टिकाऊ पदार्थ बनाउनको लागि जानकारी छैन भने आफन्तहरुसँग सोध्नुहोस्, कसरी पकाउने भन्ने विषयमा पुस्तक पढ्नुहोस् अथवा ‘यू ट्यूब’ मा पनि हेर्न सकिन्छ ।

ई. ग्रन्थमा जहाँ सम्भव छ त्यहाँ खाद्यपदार्थ टिकने कालावधि पनि दिएको छ । यो कालावधि विशिष्ट प्रदेशको जलवायु, पदार्थ बनाउने समय राखेको सावधानिहरु इत्यादि घटकहरुमा पनि निर्भर हुन्छन् ।

३ अ ५ अ. चामल र कोदोको पीठो, दूध पाउडर इत्यादि पदार्थ

३ अ ५ अ १. चामल र कोदोको पीठो

कोदोको पीठो

‘यी मध्ये कोदोको पीठो अधिक पौष्टिक हुन्छ ।

चावल ३-४ घण्टा पानीमा भिजाएर, त्यसबाट पानी तर्काउनुहोस् । जब लगभग १ घण्टामा सबै पानी निस्किन्छ र गीलोपन कम हुन्छ त्यसपछि थोरै-थोरै चामल मध्याम आंचमा भुट्नुहोस् । एक पटकमा थोरै चामल लिदा चामल फूलिन्छ । अन्तमा चामलको पीठो बनाउनुहोस् र यसलाई सुक्खा भाँडामा भण्डार गरेर राख्नुहोस् । यो आटा (पीठो) लगभग ३ माहिना सम्म टिकछ । यसलाई दूध, दही, मही अथवा दालमा हालेर खान सकिन्छ । जब पीठोमा दूध मिलाउछौं स्वादको लागि चिनी अथवा गुड थप्न सक्नुहुन्छ ।

चामलको पीठो बनाउने विधि समान कोदोको पीठो पनि बनाएर राख्न सकिन्छ । यो पीठो लगभग ३ महिना टिकछ ।

३ अ ५ अ २. गहुँ / जौको पीठो

सातू

गहुँ धोएर पानी तर्काएर राख्नुहोस् । जब १ घण्टामा पानी तर्किन्छ र सुक्खा हुन्छ त्यसलाई मध्यम आंचमा भुट्नुहोस् साथै चना र जीरा पनि भुटेर मिसाउनुहोस् । यो पीठोलाई हावा नछिर्ने भाँडामा राख्नुहोस् । यो पीठोलाई पानी अथवा दूधमा मिसाएर स्वादको लागि चिनी अथवा गुड हालेर खान सक्छ । यो पीठो लगभग ६ माहिना टिकछ ।

प्रान्त अनुसार सातू बनाउने भिन्न विधिहरु छन् । कुनै स्थानहरुमा गहूँको बदला जौंको उपयोग गर्दछ, भने केहि स्थानहरुमा केवल चनाको पीठोको सातू बनाउछन् । ५ देखि ७ प्रकारका अन्नहरुलाई माथि बताएको अनुसार भुटेर पीठो बनाउन सकिन्छ ।

– श्रीमती क्षमा राणे, सनातन आशम, रामनाथी, गोवा. (फेब्रुअरी २०२०)

३ अ ५ अ ३. गहूँ अथवा कोदोको ‘सत’

कोदोको ‘सत’

गहूँ अथवा कोदोलाई रातभरि पानीमा भिजाएर राख्नुहोस्, त्यसपछि थोरै पानीको प्रयोग गरेर पिस्नुहोस्, पिसिसकेको गहूँ अथवा कोदोलाई छान्नुहोस् र घाममा राम्रोसँग सुकाएर पाउडर तयार पार्नुहोस्, यसलाई ‘सत’ भनिन्छ । यो पाउडर पौष्टिक हुन्छ र यसलाई दूध अथवा पानीमा पकाएर चीनी अथवा गुड राखेर खान सकिन्छ । यो पाउडर ३ माहिनासम्म टिकछ ।

– श्रीमती अर्पिता देशपांडे, सनातन आश्रम, मीरज. (फेब्रुअरी २०१९)

३ अ ५ अ ४. यन्त्र द्वारा प्रशोधन गरिएको पौष्टिक वस्तुहरु

दूध पाउडर, साना बच्चाहरुको लागि विभिन्न पौष्टिक घटक युक्त पाउडर, उदा. ल्याक्टोजेन (Lactogen), सेरेलाक (Cerelac) । सेरेलाक बिरामी वा वयस्कहरुको लागि पूरक आहारको रुपमा पनि खान सकिन्छ ।

३ अ ५ आ. घाममा सुकाएको रोटी, गुडको रोटी इत्यादि

३ अ ५ आ १. ज्वारी र जुनेलोको रोटी

ज्वारीको रोटी

‘यो रोटी बनाउनु भन्दा पहिला स्वादको लागि नुन, खुर्सानी र हींग हाल्न सक्छौं ।

अ. ज्वारीको पीठोको पातलो रोटी बनाएर घाममा राम्रोसँग सुकाउनुहोस् । यो रोटि लगभग १ महिना टिकछ ।

आ. जुनेलोको पीठोको एकदम पातलो रोटी बनाएर चर्को घाममा सुकाउनुहोस् । यो रोटी तुलनात्मक रुपमा ज्वारको रोटी भन्द स्वादिष्ट हुन्छ र लगभग २ माहिना टिकछ ।

घाममा राम्रोसँग सुकाएको रोटी डिब्बामा भरेर राख्नुहोस् । यी रोटीहरुलाई टुक्राएर त्यसमा गरम दाल अथवा तरकारी राखेर खान सक्छ ।

३ अ ५ आ २. गुडको रोटी

गुडको रोटी

गुडबाट बनाएको रोटी राम्रोसँग सेक्नुहोस् । रोटीलाई सेकेपछि राम्रोसँग चिसो हुन दिनुहोस् । जब रोटी तातो हुन्छ तब एक माथि अर्को रोटी नराख्नुहोस् । चिसो भएपछि हावा नछिर्ने डिब्बामा भरेर राख्नुहोस् । यस्तो रोटी लगभग १ माहिना अथवा त्यसभन्दा पनि अधिक टिकछ ।

३ अ ५ आ ३. खाकरे (सुख्खा र खस्ता मसलादार रोटी)

खाकरे

मेथी, जीरा, मसला (उदा. चाट मसला, गरम मसला) आदि स्वादहरुमा खाकरे बनाउन सकिन्छ । यसको लागि गहूँको पीठोमा हामीलाई जुन स्वादको खाकरे बनाउनु छ, त्यो पदार्थ हालेर कडा आटा (पीठो) मुछनुहोस् । त्यसबाट अत्यन्त पातलो रोटी बनाउनुहोस् । रोटी पकाउने समय स्वच्छ कपडाले पूरै रोटीलाई दबाएर मन्द आंचमा सेक्नुहोस् । रोटीलाई कतैबाट पनि फुकिन नदिनुहोस् । त्यसपछि रोटीलाई पूर्णत: चिसो हुन दिनुहोस् । खाकरे चिसो भएपछि हावा नछिर्ने डिब्बामा बन्द गरेर राख्नुहोस् । यो लगभग ३ माहिना टिकछ ।

३ अ ५ इ. गहूँको पीठो र अन्य अन्नहरुको पीठोको लडूहरु

गहूँको पीठोको लडू

पिसेको चिनी अथवा गुड मिलाएर बनाएको आटाको लडू १-२ माहिना टिकछ । कोदोको पीठो, चनाको पीठो (बेसन), मूँगको पीठो इत्यादि को लडू पनि १-२ माहिना टिकछ ।

३ अ ५ ई. आपको रोटी र पाकेको रुखकटहरको रोटी

रुखकटहरको रोटी

आप र रुखकटहरको स-सानो टुक्राहरुलाई चर्को घाममा सुकाउनुहोस् । जब सुकेको आपको टुक्राहरुमा गरम पानी हाल्छौं तब जाम जस्तो बन्छ र रोटीसँग खान सक्छौं ।

आप र कटहरको सुकेको टुक्राहरु लगभग १ वर्ष टिकछन् ।

– (पू.) वैद्य विनय भावे, सनातन आश्रम, रामनाथी, गोवा. (जनवरी २०२०)

३ अ ५ उ. आपको रस

आपको रस

१. समान मात्रामा आपको रस र चिनी मिसाएर सुक्खा नभएसम्म घाममा सुकाउनुहोस् । यसरी सुकाएको आपको रसलाई फ्रिजमा राख्दा डेढ-दुई वर्ष टिकछ र फ्रिज बाहिर राख्दा १ वर्षसम्म टिकछ ।

२. आपको रसमा समान मात्रामा चिनी मिसाएर मिश्रणलाई बाक्लो नभएसम्म उमाल्नुहोस् । यो आपको बाक्लो मिश्राण फ्रिजमा लगभग १ वर्षसम्म टिकछ । (यदि फ्रिजमा राखेनौं भने ढुसी आउन सक्छ ।)

३ अ ५ ऊ. आपको जाम, काच्चो आपको गुलीयो साथै पिरो जाम

कुटेको काच्चो आपमा पर्याप्त चिनी वा गुडको चाशनी राखेर बाक्लो नभएसम्म पकाउनुहोस् । पकाउनाले पानीको अंश रहदैन र लामो समयसम्म टिकछ । बाक्लो चाशनीको कारण ‘प्रिजरवेटिव’ (पदार्थ खराब नहोस्; त्यसको लागि प्रयुक्त रासायनिक पदार्थ) हाल्नु पर्दैन ।

३ अ ५ ऊ १. आपको जाम

आपको जाम

यो काच्चो वा पकेको आपबाट बनाउँछ, यो एक वर्षसम्म सजिलै टिकछ ।

३ अ ५ ऊ २. काच्चो आपलाई कोरेसोमा कोर्ने (काच्चो आपलाई कोरेसोमा कोरेर आवश्यकता अनुसार विभिन्न पदार्थहरु हालेर बनाएको मिश्रण)

यसलाई १५ देखि २० दिनसम्म चर्को घाममा राख्नुहोस्, यो धेरै वर्षसम्म टिकछ ।

३ अ ५ ऊ ३. अमला, काच्चो आप, स्ट्रबेरी, सुन्ताला आदिको जाम

जाम

यिनीहरु साधारणत: १ वर्ष टिकछ ।

– श्रीमती अर्पिता देशपांडे, सनातन आश्रम, मीरज. (फेब्रुअरी २०१९)

३ अ ५. अचार र गोलभेडाको सस् (sauce)

३ अ ५ ए १. अचार

काच्चो आपको अचार

अ. घरमा बनाएको अचार लामो समयसम्म टिकाउनको लागि यी सावधानीहरु अपनाउनुहोस्

यदि निम्न चीचहरु ख्याल राखेर घरमा अचार बायौं भने अमला, खुर्सानी, काच्चो बेसार आदिको अचार १-२ वर्षसम्म टिकछ । कागतीलाई उमालेर बनाएको अचार लगभग ४-५ वर्ष टिकन सक्छ । आगतीको अचारले बिरामीको मुखमा स्वाद आउछ र जति पुरानो हुन्छ त्यतिनै उत्तम हुन्छ ।

अ १. अचार बनाउनु अघि हात राम्रोसँग धोएर सुकाउनुहोस् । अचारको लागि प्रयोग गरिने काच्चो आप, आगती, अमला, काच्चो बेसार, खुर्सानी इत्यादि धोएर, पुछनुहोस् र सुक्खा बनाउनुहोस् । अचार बनाउनको लागि प्रयोग गरिने समाग्री, उदा. खुर्सानी, ढिक्का नुन भुट्नुहोस् । भुट्दा पानीको मात्रा रहदैन । (अचार टिकाउनको लागि आयोडिनयुक्त नुनको सट्टामा ढिक्का नुनको प्रयोग गर्नुहोस्; आयोडिनयुक्त नुनले अचार छिट्टै बिगार्न सक्छ ।) अचारको लागि चिनीको प्रयोग गर्नुपर्यो भने सुक्खा चिनी लिनुहोस् । अचार बनाउँदा आवश्यकतानुसार ‘प्रिजरवेटिव’ को उपयोग गर्न सक्नुहुनेछ ।

अ २. अचार चीनी सिरामिक माटोबाट बनेको भाँडा अथवा मोटो सिसाको भाँडामा राख्नुहोस् ।

अ ३. अचार भाँडामा भरिसकेपछि माथिको भागमा ढिक्का नुन फैलाइदिनुहोस् ।

अ ४. अचारको सतहमा ढुसी नलाग्नको लागि हातको दुई औंलाको गहिराई बराबर तेललाई तताएर चिसो भएपछि अचारमा हाल्नुहोस् ।

अ ५. अचारको भाँडाको खुला भाग स्वच्छ र सुक्खा कपडाले पुछेर ढक्कन राम्रोसँग बन्द गर्नुहोस् । ढक्कनीमा स्वच्छ सूती कपडा राखेर त्यस कपडालाई भाँडाको धाँटीमा बाध्नुहोस् ।

अ ६. अचारको भाँडालाई सुक्खा स्थानमा राख्नुहोस् । (पहिलाको समयमा अचारको भाँडालाई उच्च ठाउँ वा पूजाघरमा राखिन्थ्यो ।)

अ ७. प्रतिदिन खानको लागि अचार मुख्या भाँडाबाट ननिकाल्नुहोस् । पूरै हप्ताको लागि एउटा छुट्टै भाँडामा निकालेर राख्नुहोस् । यथासम्भव ननुहाई मुख्य भाँडाबाट अचार निकाल्नुहोस् । अचार निकाल्नको लागि उपयोग गरिने चम्चा, जुन भाँडामा राख्ने हो त्यो भाँडा र अचार निकाल्ने व्यक्तिको हात सफा र सुक्खा हुनुपर्छ । अचार निकाली सकेपछि भाँडालाई बाहिरबाट स्बच्छ कपडाले पुछनुहोस् र पहिले जस्तै बन्द गर्नुहोस् ।

अ ८. मासिक धर्म भइरहेको स्त्रीले अचारको मुख्य भाँडा स्पर्श नगर्नुहोस् । ग्रहणकालमा पनि मुख्य अचारको भाँडा स्पर्श नगर्नुहोस् ।
कोकण वा तटीय क्षेत्रको वातावरणमा आर्द्रताको कारण अचारमा ढुसी लाग्ने सम्भावना अन्य क्षेत्रहरुको तुलनामा अधिक हुन्छ । त्यसैले त्यस्ता स्थानहरुमा अचार गर्मी र सुक्खा वातावरणको तुलनामा छोटो समय रहन्छ ।

– श्रीमती अर्पिता देशपांडे, सनातन आश्रम, मीरज (फेब्रुअरी २०१९) र श्री. प्रसाद म्हैसकर, रत्नागिरी (८.८.२०१९)

३ अ ५ ए २. गोलभेडाको सस्

गोलभेडाको सस्

गोलभेडाको सस् सिरका (सिरका अर्थात vinegar – लामो समयसम्म टिकाइ राख्नको लागि प्रयोग गरिने खट्टा पदार्थ) नराखि बनाएको, फ्रिजमा राख्दा १ वर्ष टिकछ । सिरका युक्त गोलभेडाको सस् सामान्य तपक्रममा ६ महिना टिकछ र फिर्जमा राख्दा लगभग डेढ देखि २ वर्षसम्म टिकन सक्छ ।

३ अ ५ ऐ. चटनी आदि पदार्थ

३ अ ५ ऐ १. काच्चो आप, अमला र इमलीको गीलो चटनी

काच्चो आपको गीलो चटनी

अ. काच्चो आपको चटनी : चिनीको बाक्लो चाशनी बनाउनुहोस् । त्यसमा आवश्यक मसलाहरु र उमालेको आप हालेर चटनी बनाउनुहोस् । यो चटनी आधा पाकेको आपबाट पनि बनाउन सकिन्छ र चिनीको सट्टा गुडको चाशनी पनि बनाउन सकिन्छ ।

आ. अमलाको चटनी : काच्चो आपको समान नै आमलाको पनि चटनी बनाउन सकिन्छ ।

इ. इमलीको चटनी : इमलीलाई आधा घण्टा पानीमा भिजाउनुहोस् । त्यसपछि यसको रस निकाल्नुहोस् । त्यसपछि गुड अथवा चिनीको बाक्लो चाशनी बनाएर त्यसमा इमलीको रस, सुकेको रातो खुर्सानीको पाउडर, नुन, मरिच पाउडर र धनिया-जीराको पाउडर हालेर त्यो मिश्रणलाई राम्रोसँग उमाल्नुहोस् । सबै सामग्रीहरु राम्रोसँग मिसिएपछि ग्यास बन्द गर्नुहोस् ।

चटनी चिसो भएपछि सिसाको भाँडामा राख्नुहोस् । फ्रिजमा राख्दा यो चटनी डेढ वर्षसम्म टिकछ, जबकि बिना फ्रिज १ वर्षसम्म टिकछ ।

– श्रीमती अर्पिता देशपांडे, सनातन आश्रम, मीरज. (फ्रेबुअरी २०१९)

३ अ ५ ऐ २. विभिन्न प्रकारको सुक्खा चटनीहरु

सुक्खा चटनी

उदाहरणको लागि भुटेको बदाम, तिल, अलसी, छिल्का नभएको चना, सुक्खा नारिवल इत्यादि मा स्वादानुसार मसालहरु हालेर चटनी बनाउन सकिन्छ । यो भातसँग खान सकिन्छ, सुक्खा भएको कारण ३ महिना टिकछ ।

– श्रीमती क्षमा राणे, सनातन आश्रम, रामनाथी, गोवा. (जनवरी २०२०)

३ अ ५ ओ. बडी, पापड इत्यादि पदार्थ

सब्जि एवं सोयाबीनको ‘सांडगे’

यो पदार्थ लगभग वर्षभरि टिकछ ।

१. बडी : केहि राज्यहरुमा यसलाई ‘सांडगे’ पनि भनिन्छ ।

अ. ‘सांडगे’ तरबुजको सेतो र हरियो भाग, विभिन्न तरकारीहरु जस्तै लौका, फर्सी, मेवा, बन्दकोबी इत्यादि एवं सोयाबीनबाट बनाउन सकिन्छ

आ. सखरकण्ड र ज्वारको बडी

इ. मूँगदाल, उडद दाल, चना दाल, सिमी आदि बाट बडी बनाउन सकिन्छ । यी सबै दालहरु मिसाएर पनि बडी बनाउन सकिन्छ ।

बडीको सब्जी पनि बनाउन सकिन्छ । लौका, फर्सि जस्तो सब्जिको बडी बनाउने समय नुन नहाल्नुहोस् । किनकि नुनको कारण सब्जी पकाउनमा बाधा आउँछ । खानाको साथ यदि तारेर खानको लागि बडी बनाउन छ भने नुन हाल्नुहोस् ।

– श्रीमती छाया विवेक नाफडे, सनातन आश्रम, रामनाथी, गोवा. (मे २०२०)

२. कोरेसोमा कोरेको : कोरेसोमा कोरेको आलू र सखरकण्ड

३. पापड : पापड कालो मास, मूँग, चामल, जौ, चिउरा र पाकेको रुखकटहरको बनाउन सकिन्छ ।

पापड

४. ज्वार, चामल, साबुदाना र आलूबाट पापड बनाउन सकिन्छ । गहूँको कुडलई (तेलमा तारेर बनाएको जुन चकलिससँग मिल्दछ) घाममा सुकाएर भण्डार गर्न सकिन्छ ।

५. भरेको खुर्सानी अथवा दही भएको खुर्सानी

– श्रीमती अर्पिता देशपांडे, सनातन आश्रम, मीरज. (फेब्रुअरी २०१९)

६. रुखकटहरको बीज

३ अ ५ औ. तिर्खा र केही प्रमाणमा भोक कम गर्ने पेयपदार्थ

पेयपदार्थ

‘कागतीको रसमा बराबर मात्रामा चिनी मिसाएर सिसाको भाँडामा राख्नुहोस् र चिनी कागतीको रसमा नपगलेसम्म घाममा राख्नुहोस् । घामको तीव्रता अनुसार चिनी पगलिनमा लगभग १५ देखि ३० दिन लाग्न सक्छ । कागतीको शरबत बनाएको पद्धति समान नै सुन्ताला र मोसमको शरबत पनि बनाउन सकिन्छ । यो शरबत फ्रिजमा नराखे पनि २-३ वर्ष टिकछ, फ्रिजमा राख्नाले स्वादमा परिवर्तन हुन्छ त्यसैले फ्रिजमा राख्दैन ।

३ अ ५ औ २. काच्चो आपको रस

काच्चो आपको रस

काच्चो आप उमालनुहोस्, उमालेको आपको वीउ निकाले पछि रसमा चिनी अथवा गुड मिलाएर आपको रस तयार पार्नुहोस् र यस रसलाई सिसाको भाँडामा हालेर फ्रिजमा राख्नुहोस् यो एक देखि डेढ वर्ष टिकछ ।

यस प्रकार प्रान्त अनुसार (उदा. कोकणमा कोकम शरबत) र फलको उपलब्धता अनुसार विभिन्न फलको टिकाऊ पेयपदार्थ बनाएर राख्न सक्छ ।

– श्रीमती अर्पिता देशपांडे, सनातन आश्रम, मीरज (फेब्रुअरी २०१९)

३ अ ५ अं. अधिक पोषक तत्त्वले युक्त बिस्कुट, ५ वर्षसम्म टिकने चकलेट, कुकीज, सुक्खा फलहरु इत्यादि

शेल्फ लाईफ चकलेट

आपतकालमा यदि कुनै समय एकाएक स्थलांतर गर्नु पर्यो भने, त्यहाँ केही कारणवश फस्यो भने त्यस्तो समयमा कहिलेकाही खानको लागि अन्न पनि उपलब्ध हुँदैन । यस्तो स्थितिमा उपरोक्त पदार्थको अधिक राम्रोसँग प्रयोग गर्न सकिन्छ ।

सन्दर्भ : सनातनको आगामी ग्रन्थमाला ‘आपतकालमा प्राणरक्षा हेतु आवश्यक पूर्वतैयारी’

(प्रस्तुत लेखमालाको सर्वाधिकार (कॉपीराईट) सनातन भारतीय संस्कृति संस्थासँग सुरक्षित छ ।)

भाग ४ पढ्नको लागि : आपतकालमा जीवनरक्षा हेतु आवश्यक पूर्व तयारी भाग – ४

संकलनकर्ता : परात्पर गुरु डॉ. जयंत बाळाजी आठवलेजी

Leave a Comment